हिन्दू जाति

कल्याण पन्त
माघ २२, २०७६

प्रायजसो धर्मका प्रवर्तकहरु छन् तर हिन्दू यो यस्तो धर्म हो, जुनको संस्थापक वा प्रवर्तक छैनन् । प्रवर्तक नहुनु नै यस धर्मको विशेषता हो ।

हिन्दू शब्दको उत्पत्ति र नामाकरणको बारेमा केही तथ्यहरु छन् । यसमध्ये एक पत्यारिलो भनाइ अनुसार सिन्धु नदीको तटमा बसोबास गर्ने मानव जातिलाई कालान्तरमा ʻहिन्दूʼ भनिएको हो । ʻसिन्धुʼ नदी भारत र पाकिस्तान क्षेत्र वरपर भएर बग्ने एक पवित्र नदी हो । सिन्धु सभ्यताबाट हिन्द, हिन्दी र समय क्रममा हिन्दू समेत नामाकरण हुन पुगेको तर्क धेरै विद्वान्हरुले गरेका छन् । त्यस नदीका तटमा बोलिने फारसी भाषामा ʻसʼ को उच्चारण ʻहʼ हुन गएकोले सिन्धुबाट हिन्दू शब्दको प्रादुर्भाव भएको पाइन्छ ।
जापानी भाषामा ल को उच्चारण नभएजस्तै ʻसʼ को उच्चारण त्यस वरपर बोलिने फारसी भाषामा ʻहʼ भएको अनुमान गर्न सकिन्छ । यसरी नै कालान्तरमा भाषाको प्रयोग हुँदै जाँदा हिन्दूस्थान, हिन्दचीन, हिन्दमहासागर, हिन्दकुश, हिन्दी, हिन्दूपति आदि शब्द बनेका पाइन्छ । स्मृति तथा श्रुतिग्रन्थ अनुसार भगवानमा आस्था राख्ने र पुनर्जन्ममा विश्वास गर्नेलाई ʻहिन्दूʼ भनिएको छ ।
प्रायजसो धर्मका प्रवर्तकहरु छन् तर हिन्दू यो यस्तो धर्म हो, जुनको संस्थापक वा प्रवर्तक छैनन् । प्रवर्तक नहुनु नै यस धर्मको विशेषता हो । बौद्ध धर्मका बुद्ध, क्रिश्चियन धर्मका जीसस क्राइष्ट, इस्लाम धर्मका मोहम्मद पैगम्बर संस्थापक हुन् । हिन्दूको आधिकारिक स्रोतको लागि एउटा व्यक्तिको जीवनीमा आधारित छैन । यसको मूल स्रोत ग्रन्थ भने वेद हो । यसका ४ भाग छन्ः १) मन्त्रहरु २) ब्राह्मण अर्थात् मन्त्र तथा कर्मकाण्डको व्याख्या ३) आरण्यक (वनमा गएर गर्ने ध्यान ४) उपनिषद् (आध्यात्मिक सत्यमाथि प्रकाश पार्ने र तिनलाई साक्षात्कार गर्ने उपाय) ।
वैदिक समाजलाई नियमानुसार मार्गदर्शन गराउन आवश्यकता अनुसार ऋषिहरुले परिवर्तन गर्दै आएका छन् । हिन्दू समाजका मनु, याज्ञवल्क्य, पराशर आदि नियम निर्माताहरु छन् । रामायण र महाभारत यी दुई प्रसिद्ध महाकाव्य हुन् । वेदका सिद्धान्त र स्मृतिका नियमहरुलाई इतिहास र आख्यानद्वारा पाठकहरुमा छाप पार्नु यी ग्रन्थका उद्देश्य हुन् ।
हिन्दूधर्मको धर्मको उत्पत्ति र विस्तार नामक पुस्तकमा भीमलाल लामिछाने लेख्छन्, ʻहिन्दू धर्मको पुख्र्यौली नाम वैदिक सनातन आर्य धर्म हो । नेपालमा वसोवास गर्ने अनादिवासी, आदिवासी र आप्रवासीहरु मध्ये अनादिवासी ऋषिमहर्षिहरुका सन्तान नै आर्य धर्मका पालक हुन् ।ʼ
हिन्दू धर्मले ॐ कारलाई मूल मन्त्र मानेको छ । जुनसुकै धार्मिक कार्य गर्दा पनि यस शब्दको उच्चारण महत्वपूर्ण हुन्छ । जैन, बौद्ध, र सिख धर्मावलम्बीहरु पनि धार्मिक कार्यको सुरुवातमा यसैको उच्चारण गर्दछन् । यस धर्मका चार मुख्य सिद्धान्त छ, धर्म (सत्यनिष्ठ व्यवहार), अर्थ (भौतिक सुखप्राप्ति), काम (सबै प्रकारको इच्छापूर्ति) र मोक्ष (जन्ममृत्युको जञ्जालबाट छुटकारा लिनु) । ॐकार ध्वनिबाट सृष्टिको प्रारम्भ भएको हो भन्ने भनाइ छ । ॐ शब्दलाई ॐध्वनि, ॐकार, परब्रम्हा, परमेश्वर पनि भनिन्छ । ॐ शब्दबाट आकाश, आकाशबाट वायु, वायुवाट सूर्य, सूर्यबाट जल, जलबाट पृथ्वी उत्पन्न भएको धार्मिक विश्वास गरिएको छ ।
हिन्दूधर्म शास्त्रमा मानवीय कर्मलाई तीन भागमा विभक्त गरिएको छः क) प्रारब्ध ख) सन्चित ग) आगामी । प्रारब्ध भन्नाले पहिलेले नै निश्चित भइसकेको कर्म हो जुनलाई टार्नै सकिदैंन । यसलाई जतिसुकै प्रयास गरे पनि बदल्न सकिन्न । आफ्नो वंश, लिंग र छालाको रंग हामीले फेर्न नसकेजस्तै हो । यो भोगेर मात्र सिद्धिन्छ । सञ्चित कर्म भन्नाले पहिलेको जन्ममा जम्मा हुन आएको कर्म हो । पूर्वजन्ममा आफूले प्राप्त गरेको आधारमा केही संस्कार र प्रवृत्ति आर्जन गरेको हुन्छ । यो वंश, लिंग जस्तै अपरिवर्तनीय भने हुँदैन । निरन्तर अभ्यासबाट यसलाई बदल्न सकिन्छ ।
यस विषयमा धर्मग्रन्थ भन्दछ, ʻप्रारब्धलाई कुनै जुक्ति, बुद्धिले पनि टार्न सकिन्न तर सञ्चित कर्मलाई भने ज्ञानद्वारा भष्म गर्न सकिन्छ ।ʼ आगामी कर्म भन्नाले भविष्यका लागि गरिने काम हो । हामीले जस्तो बीउ रोप्छौ, त्यस्तै वनस्पति उम्रन्छ अर्थात् जे जस्तो कर्म गर्दर्छौ, त्यस्तै फल प्राप्त हुन्छ भन्ने मान्यतामा आगामी कर्मको व्याख्या गरिएको छ । यो कर्म पूर्णतया हाम्रो अधीनमा छ । प्रारब्ध सिद्धिएपछि आफूले सँगालेका अनुभव लिएर यस धर्तीलाई त्यागेर अन्यत्र अर्को जन्म लिनुपर्ने हुन्छ । मृत्यु आकस्मिक भए पनि यो प्रकृति –ईश्वर) को नियमले परिवेष्ठित छ ।
हिन्दूधर्ममा पूर्वजन्ममा गरेको कर्म प्रारब्ध भोग्नै पर्छ या टारेर टर्दैन भने किन धर्मकर्म नगरेर बस्ने त ? यस सम्बन्धमा धर्मग्रन्थले भन्दछ, ʻआफूले गरेका नराम्रो कामले गर्दा मानिसले दुःख पाउँछ भने आफूले गरेका असल कामले गर्दा ईश्वरीय सहायता पनि पाइन्छ ।ʼ राम्रो काम गर्नेलाई कोही न कोही मानवले उसलाई सहायता गर्न तम्तयार भइरहेको हुन्छ । आध्यात्मिक क्षेत्रमा लागेर ईश्वरकै शरणमा (शरणागत) प¥यौं भने ईश्वरले उपाय निकालेर हामीलाई बचाउँछन् भन्ने मान्यता छ ।
शरणागत शब्दको अर्थलाई दुई तरीकाले बुझ्न सकिन्छ । बिरालाले आफ्नो बच्चालाई च्यापेर हिँड्छ । यसो भन्नुको अर्थ बच्चा माउको शरणागतमा हुन्छ । बाँदरको बच्चाले माउलाई समात्दछ । यसो भन्नुको अर्थ बच्चा माउको शरणागतमा हुँदैन । हामीले हाम्रो जीवनलाई आध्यात्मिक क्षेत्रमा पूरापूर भगवानमा ध्यान लगायांैं भने जिन्दगीमा जुनसुकै प्रकारको दुःख आए पनि ईश्वरले बचाउने गर्छन् भन्ने मान्यता हिन्दूधर्मको हो ।
नेपालमा धार्मिक संस्थाहरु थुप्रै छन् । हरेक क्षेत्रका संस्थाहरु विश्वमा उत्तिकै तवरले सक्रिय रुपमा चलेका छन् । तर कुरो के भने सबैले त्यस क्षेत्रमा लागेका खर्चपर्चको जोहो स्वतः आफै पुगिरहेको छ । लाखौं भक्तजनहरु त्यसैमा रमाइरहेका छन् । भगवानप्रति शरणागत भएका धार्मिक संस्थाहरु उँभो लागिरहेका छन् । राधेराधे, ओम् शान्ति, आत्मज्ञान आदिका क्षेत्र विश्वभर शरणागत अवस्थामै चलिरहेका छन् ।
हिन्दू धर्म प्राचीन, विशाल र उदार छ । यो कर्मकाण्ड र पूजाआजामा मात्र सीमित छैन । यसले सहज जीवनयापनका लागि मानवका भौतिक, नैतिक र आध्यात्मिक सबै प्रकारका उन्नतिको बाटो देखाउछ । मुुलुकमा देखा परिरहेका व्याप्त हिंसा, अशान्ति, अव्यवस्था र भ्रष्टाचारलाई समेत न्यूनीकरण गर्न समेत धर्मले सहयोग पु¥याउँछ । हिन्दू दर्शनका महात्मा मनुले दीर्घ जीवनको आधार र पारमार्थिक जीवनको आधार भनेका छन् । यस दर्शनले शारीरिक दोषहरु समेत शोधन गर्दछ । सकारात्मक विचार प्रादुर्भाव धर्ममा नै रहेको छ ।

हिन्दू धर्म प्राचीन, विशाल र उदार छ । यो कर्मकाण्ड र पूजाआजामा मात्र सीमित छैन । यसले सहज जीवनयापनका लागि मानवका भौतिक, नैतिक र आध्यात्मिक सबै प्रकारका उन्नतिको बाटो देखाउछ । मुुलुकमा देखा परिरहेका व्याप्त हिंसा, अशान्ति, अव्यवस्था र भ्रष्टाचारलाई समेत न्यूनीकरण गर्न समेत धर्मले सहयोग पु¥याउँछ ।

धर्मको मुख्य उद्देश्य आचरणमा नियन्त्रण स्थापित गरेर सत्यासत्य मार्ग निर्देशन गर्नु हो । महाराज मनुले धर्मका दसवटा लक्षण बताएका छन् । यी दस लक्षणमा सत्य आचरण, दम, तपस्या, पवित्रता, सन्तोष, लज्जा, आर्जव ज्ञान, दया र अक्रोध हुन् । महाभारतमा भनिएको छ, धैर्यहीन व्यक्तिले हरेक परिस्थितिलाई अनुकुलमा समाहित गर्न सक्छन् । ऋग्वेद (२ ÷४) मा उल्लेख छ, धैर्य भन्नु इन्द्रिय र मनमाथि विजय प्राप्त गरी अनृत मा छिर्न नदिनु हो । अनियन्त्रित कर्म अर्धैयताको परिणाम हुन् ।
महाभारतको शान्ति पर्वमा पितामह भीष्मले आफ्ना पनाति युधिष्ठिरलाई उपदेश दिने क्रममा भनेका छन्ः आफ्ना सन्तान छोराछोरी, मानसिक वा शारीरिक सुख, धन इत्यादि नष्ट भए तापनि विवेकी पुरुषले धैर्य धारणा गरेर पुनः श्रेयस्कर अवस्था प्राप्त गर्न सफल हुन्छन् । क्रोधलाई नियन्त्रणमा राख्न सक्नु पनि धार्मिक व्यक्तित्वको लक्षण हो । क्रोधरहीत मानवले आफ्नो निन्दा, अपकार, अनादर इत्यादि विषम परिस्थितिमा सहज अवस्थामा राख्न सक्छ ।
नेपालमा ८१ प्रतिशत हिन्दू धर्मावलम्बीहरु रहेका छन् । विश्वमा २ सय ६ मुलुकमध्ये २०६२÷०६३ को जनआन्दोलन अघि नेपाल एक मात्र हिन्दू राष्ट्रको रुपमा परिचित थियो । तर जनमत र बहुमतलाई लत्याएर परिवर्तनकारी नेताहरुले हिन्दूराष्ट्र भन्ने पहिचान नै मेटाएका छन् । हिन्दू शब्द यतिखेर चर्चाको विषय छ । सरकारले धर्म निरपेक्ष नेपाल देश घोषणा लगत्तै एक प्रकारको तरंंग अझै सेलाउन पाएको छैन ।
यसबाहेक नेपालमा बौद्ध, क्रिश्चियन, ईसाइ, जैन आदि धर्मभीरु दिनानुदिन बढिरहेको पाइन्छ । यसमा पनि क्रिश्चियनहरुको संख्या ह्वात्तै बढिरहेको छ । जवर्जस्ती धर्म परिवर्तनलाई संविधानले पनि निषेध गरेको छ । तर नेपालका गाउँगाउँमा अन्य धर्मको तुलनामा ईसाइहरुको संख्याले गति लिएको छ । नेपालमा अधिकांश धर्मावलम्बीहरु हिन्दू छन् । राजनैतिक परिवर्तन पछि हिन्दू शब्द संविधानबाट हटाइएको छ । एक सय भन्दा भाषाभाषी र विभिन्न धर्महरु भएको नेपालमा यतिखेर निरक्षेप शब्दसित विशेषतः हिन्दूमार्गीहरु रुष्ट भएका देखिन्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width