हिउँदको समय र वन डढेलो

आदर्श समाज सम्वाददाता
फागुन २२, २०६९

वन डढेलो भन्नाले हामीबिना उद्देश्य जानी नजानी वन क्षेत्रमा आगो लगाउनुलाई बुझिन्छ। हिउँदका समयमा पानी कम पर्ने र वनमा भएका घाँस पातहरू सुक्ने हुँदा आगो सल्कन सजिलो हुने हुँदा वन वा अन्य घर वस्तीमा समते बढी आगोलागी हुने गर्दछ। आगो आफैमा त्यसै लाग्ने वा कमै वस्तुमा सल्कने होइन। यो तपार्इं हाम्रोको भूल र विहोस साथै विद्युतीय कारणबाट पनि आगो लाग्न सक्दछ।

वन डढेलो लाग्नका कारणहरू

विगत केही दशक पहिला ग्रामिण वस्तीमा खोरीया खन्दा जम्मा भएका झिंगटा पोल्दा मानिसको नियन्त्रणभन्दा बाहिर गई वन क्षेत्रमा आगो सल्कने गर्दथ्यो भने वन क्षेत्रमा हरिया बुटा काटी गोल बनाउँदा वन क्षेत्रमा वन्यजन्तु वन कुखुरा मार्दा शिकारीबाट समेत आागो फुक्दा पनि वन डढेलो लाग्ने गर्दछ। त्यस्तै वन क्षेत्रमा गई कराई तथा वन भोज खाँदै गर्दा हामीले खाना पकाउँदा प्रयोग गरेको आगो हावाहुरीको कारण अन्यन्त्र सल्कन गई वन डढेलो लाग्ने गरेको छ।

त्यस्तै वन डढाउँदा त्यहा छिटो र राम्रो घाँस पलाउँछ भन्ने ग्रामीण क्षेत्रका मानिसको सोचाइबाट पनि वन डढेलो लगाउने गरेको पाइन्छ भने कहीँकतै मानिसहरूले रक्सी खाई अचेत अवस्थामा चुरोट खाँदा फालेको चुरोटको ठुटोमा भएको आगोबाट पनि सल्कन्छ भने कहीँकतै नियतवस वन डढाउने मानिसहरूको कारणबाट पनि वनमा डढेलो लगाउने घटना भएका छन्।

सामुदायिक वनमा सम्बन्धित क्षेत्रका वा सीमा क्षेत्रका मानिसलाई उपभोक्ता नराखी टाढा टाढाका मानिस र अपायक क्षेत्रका व्यक्तिहरू वन संरक्षणमा ध्यान नदिने तर वन उपभोगमा आफ्नो हैकम जमाउने हुँदा पनि वन क्षेत्र संरक्षण नभइ हानी नोक्सानी हुने गरेको पनि पाइन्छ। हिउँदका समयमा वनमा सुख्खा हुने हुँदा विभिनन कारणबाट वन डढेलो लाग्ने हुँदा यसबाट हामी सबै सजग र सतर्कता अपनाउनुपर्छ।

वनमा डढेलो लाग्दा हुने वेफाइदाहरू

हामीलाई वनमा डढेलो लाग्दा खासै त्यस्तो केही फाइदा हुँदैन तर धेरै किसिमको नोक्सानी हुने गर्दछ। वनमा डढेलो लागेर वन डढेपछि त्यहाँ भएका विभिन्न जाति प्रजातिका बोटविरूवा जलेर नास हुन्छन् र फुल र फलबाट बीउको रूपमा उत्पादन हुने रूखविरूवा सदाको लागि लोप हुन सक्छ भने वन क्षेत्रमा बसोबास गर्ने चराचुरूङ्गी र वन पशुहरू पनि जलेर मर्न सक्ने हुदा दुर्लभ जन्तु पनि लोप हुन सक्छ भने वन क्षेत्रमा हुने डढेलोबाट निस्कने धुवा मुस्लोको कारण जलवायुमा असर ल्याउन सक्छ भने डढेलो लागेको क्षेत्रमा भू-क्षय भई त्यस्तो प्रकोप अन्यत्र समेत पर्न जाने हुँदा स्थानीय धनजनको समेत क्षति हुन जान्छ। वन क्षेत्रमा भएका काठपात तथा वन पैदावरको नास भई वन क्षेत्रबाट उपयोग गरिने वस्तुको प्रयोगमा अभाव हुन जान्छ र मानवीय जीवन कष्टकर हुन जान्छ। त्यतिमात्र नभएर वन क्षेत्रमा रहेका पानीका स्रोतहरू समेत सुक्न गई पिउने पानीमा समेत कमी भई समस्या हुन जान्छ।

वन डढेलो लाग्नबाट जोगाउने उपायहरू

वन उपयोग गर्ने उपभोक्तालाई वनमा डढेलो लाग्दा हुने सबै प्रकारका नोक्सानीको जानकारी गराउनुपर्छ र सम्बन्धित वनको सीमा क्षेत्रमा रहेको गाउँवस्तीका मानिसहरू उपभोक्ता हुनुपर्छ त्यसो हुँदा ती उपभोक्ताबाट वनको संरक्षण हुन पुग्दछ। वन क्षेत्रमा जाँदा अग्नीजन्य सामान लिएर जान निशेध गर्नुपर्छ। वनमा आगो लगाउने जोकोहीलाई पनि वन नियम अनुसार कारबाही गर्नुपर्छ। वन सबैको साझा सम्पत्ति हो भन्ने भावनाको विकास गराउन समान दायित्व र उपयोगको नीति अवलम्वन गर्नुका साथै केही निश्चित व्यक्ति मात्र समितिमा सदाका लागि हावी हुन हुँदैन।

सबै उपभोक्ताको इच्छा आकाङ्क्षा अनुसार सामूहिक निर्णय गराउन सक्नुपर्छ। वन कार्यमा विभिन्न वनसम्बन्धी हुने तालिम गोष्ठीमा सबै उपभोक्तालाई क्रमशः सहभागी गराई वनको महत्व र संरक्षणको बारेमा ज्ञान तथा जनचेतना अभिवृद्धि गराउन सकेमा वन डढेलो जस्ता विनासकारी घटनाबाट वन जोसगाउन सहयोग पुग्न जाने देखिन्छ।

(लेखक पहरामुनी सामुदायिक वन उपभोक्ता समिति अर्मला -४, का सदस्य हुन्।सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width