हाम्रो समाज र अपाङगताप्रतिको धारणा

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७२

कुनै पनि अपा·ता भएका व्यक्तिको जीवन सरल वा कठिन राम्रो वा नराम्रो कसरी बित्छ भन्ने कुरामा अपा·ता भएका व्यक्तिको अपा·ताले मात्र होइन उप्रतिको सामाजको हेराइ र व्यवहारमा पनि भर पर्दछ। समुदायमा विभिन्न विचार, धारणा, दृष्टिकोण, सोचाइ र मान्यता भएका मानिस बसोवास गरेका हुन्छन्। कोही विद्धान हुन्छन् त कोही पटमुख, कोही सोंच, विचार गरेरमात्र बोल्दछन् त कोही अरुलाइ जस्तोसुकै असर परोस् मतलव नराखी प्याच्च बोलिदिने खालका हुन्छन्। त्यस्तै, समाजमा सा·, अपा· दुबै थरिका मानिसले जीवनयापन गरिरहेका हुन्छन्। सा· र अपा· मानिसको समुदाय भिन्दाभिन्दै हुँदैन। एउटै परिवारमा एउटै कोखबाट कोही सा· जन्मिन्छन् त कोही अपा·। त्यसैले परिवारकै कुरा गरौ सा· र अपा· बच्चाप्रतिको हेराइमा कति फरक पाउँदछौ। तर कतै जानेबुझेका अभिभावक छन् भने माया, ममता पनि देखाएको पाइन्छ भने कतैकतै वेवास्ता गरेको पनि देखिन्छ। दुःखलाग्दो कुरा चाहिँ यो छ कि कतिपय समाज, गाउँघरमा अपा·ता भएका व्यक्तिलाई आदर सम्मान तथा मौका दिँइदैन। उनीहरूमा जतिसुकै सीप, कला, वुद्धि र क्षमता भए पनि अवसरबाट वञ्चित गरेको पाइन्छ। यसो गर्नुमा बिभिन्न धारणाले भूमिका खेलेका हुन्छन्। तीमध्ये

केही धारणा निम्न प्रकार छन् :

पूर्वजन्मको पाप वा श्राप

‘पूर्वजन्ममा कसैको अ·भ· गरिदिएको थियो होला, कुनै अपराध, पाप गरेको थियो होला त्यसैले यस जन्ममा अपा· भएर जिन्दगी बिताउन परेको छ, अर्थात् पूर्वजन्ममा के पाप गरेको थियो होला, देवतालाइ वेखुसी पारेको थियो होला र देउताले श्राप दिएकाले अपा· भएर जन्मी कष्टकर जीवन बिताउन परेको छ। अब यस्तोलाई के उपाय लाग्ला र खै – अहँ विश्वास लाग्दैन’ जस्ता अन्धविश्वाश समाजमा थुप्रै सुन्न र देख्न पाइन्छन्।

बाबुआमाको पापको फल सन्तानमा

बाबु वा आमाले समाजमा केही नराम्रो काम गरेका अर्थात् गल्ती तथा अपराध गरेका थिए भने त्यो पापको फलस्वरुप छोराछोरी अपा· जन्मेका वा भएका हुन्। बा-आमाले गरेको पापको नतिजा सन्तानमा देखिन्छ भन्ने कुधारणाले गर्दा अपा·ता भएका व्यक्तिलाई हेयको दृष्टिले हेरी कुनै प्रकारको पनि सहयोग गर्न हिच्किचाउने गरेको पाइन्छ।

सरुवा समस्या (रोग)

अपा·तालाई सरुवा समस्या-रोग) का रुपमा पनि हेरेको पाइन्छ। आफूलाई पनि यो समस्या सर्न सक्छ भन्ने डरले अपा·ता भएका व्यक्तिको नजिक नजाने, सँगै बस्न, चार्डपर्व, पूजाआचामा तथा अन्य सामाजिक कार्यमा सहभागि गराउन हिच्किचाउने र डराउने, आफ्नो परिवारका सदस्य तथा केटाकेटीलाई नजिक जान, कुराकानी गर्न, खेल्न, जस्ता क्रियाकलापबाट टाढै राख्न चाहने गरेको देखिन्छ।

भूतप्रेतले अवतार लिएको

‘ओहो ⁄ त्यो घरमा त भूत जन्मेछ, फलानीको कोखमा त भूतले जन्म लिएछ, अब के-के बिगार पार्दछ है ⁄ अब नराम्रो हुन सक्छ’जस्ता नराम्रा धारणा पनि हाम्रो समाजमा रहेको पाइन्छ। यसै कारणले छिमेकी आउने-जाने क्रम विस्तारै टुट्दै जाने, मेला, पर्म तथा सामुहिक कार्यमा पनि त्यो परिवारसँग मिलेर काम गर्न अप्ठ्यारो मान्नेजस्ता व्यवहार गरेको पनि देखिन्छ। यसै कारणले गर्दा नै घर-परिवारमा पनि अन्यौलको वातावरण सिर्जना भइ समस्या पैदा हुने, आमालाई परिवारका सदस्य तथा श्रीमान्ले हेयको दृष्टिले हेर्ने गरेको देखिन्छ। त्यस कारण अभिभावकले पनि आफ्नो बच्चा अपा· छ भनेर कसैलाइ भन्न तथा देखाउन पनि हिच्किचाउने र बच्चालाई घरभित्रै थुनेर राख्ने गरेको देखिन्छ।

पूर्वजन्मको साहु/ऋण

आफ्नै परिवार तथा बाबुआमाबाट पनि अपा·ता भएका व्यक्ति अपहेलित भएर बाँच्नु परेको छ। आफ्नै कर्मलाइ धिकार्दै यो पूर्वजन्मको साहु जन्मेको हो। मैले पूर्वजन्ममा यसको ऋण खाएको रहेछु, कति दुःख दिने हो, आफ्नो ऋण चुक्त गरेपछि जाने होला नि। कहिले चुक्ता हुने हो कुन्नि भनेर जीवनको तगारो सम्झी झर्किने र बेवास्ता गर्ने गरेको पनि देखिन्छ।

हाँसोको पात्र

गाउँटोलमा, चौतारा, चौर वा कसैको घर, आँगनमा बसी गफ गर्ने क्रममा होस् वा हासो ठट्टा गर्ने क्रममा नै किन नहोस्, त्यस बेला भनेर हास्ने गरेको देखिन्छ कि-फलानाको त याँ परेको ज्यान, हेर्दा पनि नाच्ला-नाच्ला जस्तो, फलानालाई एक पटक हिँडाउँदा तीन पटक डिस्को डान्स गर्दछ..। यस्तो भनी अपा·ता भएका व्यक्तिको अपा·ताप्रति इंगित गरी हाँसोको पात्रका रुपमा लिने र अपा·ता भएका व्यक्तिलाई जिस्काउने, गिज्याउने, डुँडो, ल·डो, खोनो, डेरो, लाटो, लठेब्रो जस्ता नराम्रा शव्द प्रयोग गरी जिस्काउने, गिज्याउने गरेको देखिन्छ। यो पनि एक प्रकारको मानवीय हिँसा तथा सामाजिक अपमान हो

घृणा तथा तुच्छ व्यवहार

अपा·ता भएका व्यक्तिलाई घृणा गर्ने, जतिसुकै राम्रो सीप, कला र क्षमता भए पनि आखिर त्यो अपा· नै हो के गर्न सक्छर खै भनी अवसर नदिने, सभा, मञ्च, बैठक, गोष्ठी, भोज, भतेर जस्ता सामाजिक क्रियाकलापमा भाग लिन नदिइ घृणाको दृष्टिले हेर्ने, रोजगारकै सवालमा राम्रो योग्यता भए पनि रोजगारीको अवसरबाट वञ्चित गराउने, अपा·ता भएका व्यक्तिलाई नरुचाउने, छिःछिः, दुरदुर गर्ने, तर्केर बस्नेजस्ता तुच्छ व्यवहार अहिले पनि हाम्रो समाजमा देखिन्छ।

सकारात्मक तथा सहयोगी व्यवहार

माथि उल्लेखि गरिएबमोजिम कतिपय घर, परिवार र समाजमा अपा·ता भएका व्यक्तिलाई अपहेलना, घृणा, बेवास्ता गरेको पाइए पनि कहिँ अपा·ता भएका व्यक्तिलाई असाध्यै माया दिने, विषेश हेरचाह गर्ने, मद्दत गर्ने, आफ्नो सम्पति खर्चेर अपा·ता भएका व्यक्तिलाई सेवा प्रदान गर्ने कार्यमा लागेको, अपा·ता भएका बच्चालाई अन्यलाई भन्दा विषेश ध्यान दिने, कसैले नजिस्काओस्, नगिज्याओस् भनी सजक रहने, उनीहरूलाई सीपहरु सिकाउने, अवस्थाअनुसार शिक्षा दिने गरेको पनि देखिन्छ। तर धेरै माया गरेर सबै काम आँफै गरिदिनु पनि राम्रो होइन। गर्न सक्ने काम उ आँफैलाइ गर्न प्रोत्साहन दिनु र गर्न नसक्ने काममा पहिला कोशिस गर्न लगाउने र पछिमात्र अभिभावकले गरिदिनु राम्रो हुन्छ।

समाजमा आफ्नो विचार राख्दा वा कुनै कार्य सुरु गर्दा सबैभन्दा पहिला समाजको विश्वास, धारणा, चालचलन, आवश्यकता र सम्भावना आदिलाई मध्यनजर गरी मिल्ने खालका तौरतरिका बनाई कार्य सुरु गर्नु पर्दछ। विचार, सोंचाइ र धारणालाइ परिवर्तन गर्न सकिन्छ तर समय लाग्छ। अपा·ता भनेको अवस्था हो, स्थिति हो। सामाजिक तथा भौतिक जीवनका क्रियाकलापको सहभागितामा बिभिन्न कारणबाट आइ पर्ने व्यवधान तथा कठिनाइ नै अपा·ता हो, अपा·ताका कारण गरिवी पनि वृद्धि हुन्छ। यो कुनै रोग होइन। कुनै पनि व्यक्ति जन्मनुभन्दा अगाडि गर्भ अवस्थामा, जन्मने बेलामा, जन्मिसके पछि दुर्घटना वा कुनै पनि रोगले गर्दा भएको शारीरिक, बौद्धिक तथा ज्ञानेन्द्रीयको क्षति वा विकृतिका कारणले दैनिक जीवनयापनका कार्य गर्न सिमितता वा कठिनाइ हुन्छ भने त्यो नै अपा·ता हो। नेपाल सरकारले अपा·ताका बारेमा गरेको परिभाषा अनुसार ‘शरीरका अ·हरू र शारीरिक प्रणालीमा भएको अवरोधसमेतले दैनिक क्रियाकलाप सामान्यरुपमा सञ्चालन गर्न एवम् सामाजिक जीवनमा पूर्ण सहभागी हुन कठिनाइ हुने अवस्थालाइ अपा·ता भनिन्छ।’ कुनै पनि अपा·ता एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन, यो रोग होइन अवस्था (स्थति) हो भन्ने कुराको जानाकारी तथा चेतना सबैलाई दिनु जरुरी छ। माथि उल्लिखित कुधारणाले हाम्रो समाजमा परापूर्व कालदेखि नै जरो गाडेको पाइन्छ। यसलाई तत्कालै र विस्तारै परिवर्तन गर्दै लैजानु पर्दछ।

अपाङ्गतासम्बन्धी समाजमा रहेका नकरात्मक धारणालाइ परिवर्तन गरी हरेक क्षेत्रमा अपा·ता भएका व्यक्तिको न्यायिक र अर्थपूर्ण सहभागिता हुनु जरुरी देखिन्छ। विश्वका धरै राज्यले अपा·ता न्यूनीकरणको अभियान नै सञ्चालन गरेका छन्। नेपाल सरकारले पनि संयुक्त राष्ट्रसंघको वडापत्रमा हस्ताक्षर गरी अपा·ता भएका व्यक्तिको हकहितका लागि विभिन्न नीति, नियम निर्माण तथा कार्यन्वयन गरिसकेको पनि छ। नेपालले पनि अन्तर्राष्ट्रिय अपाङ्ग दिवस मनाउदै आएको छ। प्रत्येक वर्ष डिसेम्बर ३ लाई विभिन्न कार्यक्रम तथा नाराका साथ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको रुपमा मनाउने गरिन्छ। यस पटक पनि ‘अर्थपूर्ण समावेशीकरण सबै क्षमताका व्यक्तिका लागि पहुँच र सशक्तीकरण’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ। तर जब समाजमा सामाजिक कुप्रथा, कुधारणामा परिवर्तन आइ समाजमा साङ्ग र अपाङ्गता भएका सबै व्यक्तिले न्यायिक र आत्म गौरवका साथ अर्थपूर्ण जीवनयापन भएको हुनेछ तबमात्र यो दिवस र नाराले सार्थकता पाउने छ।

(लेखक सिविआरयस नेपाल, कास्कीका कार्यक्रम अधिकृत हुन्।­ सं.)

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width