धार्मिक दृष्टिकोण अनुसार तीज भनेको नारीहरूको सौभाग्य र समृद्धिका निमित्त शिव र पार्वतीको उपासना र पुजा गर्ने ऐतिहासिक पर्व हो। प्रत्येक बर्षको भाद्र शुक्ल तृतीयाको दिन यो पर्व पर्दछ। यसलाई हरितालिका तीज भनिन्छ। धार्मिक परम्पराअनुसार हिमालय पर्वतकी छोरी पार्वतीको सानै उमेरदेखि महादेवसँग गहिरो प्रेम थियो। हिमालय पर्वतले विष्णुलाई छोरी कन्यादान दिन तयार भएको पार्वतीले थाहा पाएर उनी भागेर ज·ल गईन् र महादेवको तपस्या गरिन्। यसकै परिणाम छोरीको पति रोज्ने चाहनालाई बाबु हिमालय पर्वतले स्विकार गर्नु पर्यो। यही ऐतिहासिक कथाको आधारमा तीज मान्ने गरिन्छ। हाम्रो परम्परामा बिहे भएर पराईघर गएपछि चेलीहरूलाई गरेका व्यवहार, भोग्नुपरेका दुःख, नन्द, अमाजू, देवर र सासूको बुहार्तन साथै जन्म दिएर आफ्नो काखमा हुर्केकी छोरीलाई पराईको साथमा पठाउने बा आमासँग दिदीबहिनीहरू जम्मा भएर माईतीको आँगनमा आफ्नो मनका पीडाहरू गीत मार्फत् व्यक्त गर्ने चाड हो तीज। हाम्रो सांस्कृतिक मान्यताहरू समाजलाई समय अनुसार रूपान्तरण गर्दै अगाडी बढ्नु पर्दछ। यसलाई हामीहरूले समाजमा यसलाई संस्कृतिको रूपमा बचाउँदै लैजान सक्नु पर्दछ। पर्व लाई विकृतितिर लैजानु हुँदैन। सुरुका दिनमा नारी संघर्षको प्रतिमूर्तिका रूपमा मानिदै आएको यो पर्व अहिले आएर पार्वतीको त्याग, तपस्या र महत्त्वलाई विर्सेर कथित सौभाग्यको रूपमा मह·ा कपडा र गहनाहरू लगाएर प्रतिस्पर्धात्मक किसिमले भड्किलो रूपमा मनाउन थालिएको छ। यसले हाम्रोे समाजका मध्यमवर्गीय परिवारमा सिधै असर पर्ने गरेको छ। यसले एकातिर महिलाको आत्मधिकारको सवालसँग जोडिएको यस पर्वलाई सामाजिक विकृतिको रूपमा विकास गर्दै लगेमा भोलिका दिनमा यो पर्वले ठूलो समस्या नपर्ला भन्न सकिन्न।
वर्षभरि भोगेका पीडा र दुःखहरूलाई गीत मार्फत व्यक्त गर्ने यस पर्वलाई खुल्लाचौरमा स्वतन्त्ररूपमा मनाउनको लागि असुरक्षा महशुस हुने हुनाले सुरक्षित ठाउँको खोजी गर्नुपर्ने अवस्था सृजना हुन जान्छ। नेपालीहरूको एकता र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले यो पर्व मनाइँदै आएको छ। यो पर्वमा विशेषरूपले आफ्ना दाजुभाइले दिदीबहिनीलाई तीजको उपलक्ष्यमा दर खुवाई नाचगान गर्ने कार्यक्रमहरू गर्ने गर्दछन्। यसले नेपाली दिदीबहिनी र दाजुभाइसँगको भावनात्मक सम्बन्धसँगै यस पर्वको महत्त्व झनै बढ्दै गएको अनुभव गर्न सकिन्छ। आफ्नो माईतीघर सम्झेर निरास भएका दिदीबहिनीहरूका लागि यस्ता कार्यक्रमहरूले थोरै समय भएपनि आफ्नो जन्मघरको आँगनमा मनाएको अनुभूति गराउँछ। हिन्दुनारीहरूको महान् पर्व हरितालिका तीज नारी संघर्षको प्रतीक हो। यसको महत्त्वलाई बुझेर हाम्रो धर्म, संस्कार र संस्कृतिको मूल्य, मान्यता र तिनीहरूको मौलिकतालाई लोप हुन दिनु हुँदैन। यस पर्वमा हुर्कदै गरेको भड्कीलोपनलाई आजैबाट रोकेर यसको महत्त्वलाई अझै उँचो पार्दे लान सक्नु पर्दछ। महिलाको महान पर्वको रूपमा रहेको तीजको ऐतिहासिक महत्त्व हराउँदै जान थालेको छ।
पश्चिमा संस्कृतिको प्रभाव र बढ्दो आधुनिकीकरणले महिलाले भोगेका वेदना र समस्यालाई अभिव्यक्त गर्ने माध्यम बनेको महिलाको तीज पर्व अहिले आधुनिक गीत र सँगीतमा रमाउन थालेका छन। तीज पर्व आउनुभन्दा दुर्इ महिना अघिदेखि नै तीजका भाकाका गीत घन्कनु र दरखाने परम्परामा मासाहारी खाना खानुले तीजको मर्मको उपहास गरिएको छ। विगतका तीजमा दरको रूपमा शुद्ध शाहाकारी भोजन ग्रहण गरेर निरहार व्रत बस्ने चलन थियो तर अहिले यो परम्परामा विकृति हुँदै गएको छ। महिलाले भोगेका पीडा, दुःख, बेदना पोख्ने माध्यमको रूपमा तीजको महिमा रहेको थियो। महिलाले घाँस, दाउरा गर्दाका पीडादेखि लिएर सासूले बुहारीमाथि र जेठानीले देउरानीमाथि हुने गरेको थिचोमिचोका घटनाहरू तीजका गीतहरू बन्द थिए। तर आजभोली राजधानीका गल्ली होस् या अरु कुनै पनि शहर बजार अनि गाउँ घरतिर जानुहोस् तीज सुरु हुनुभन्दा अगाडिदेखि नै तडक भडक सुरुहुन्छ। पश्चिमेली सँगीतमा छाडा संस्कृतिका तीजका गीत सुन्न पाइन्छ। पहिले जस्तो तीजका गीतमा आम समाजका घटेका घटना तथा महिलाका आफ्नै व्यथा अनि भगवानलाई पुकारेर उनकै बारेमा तीज गीत बनाएर गाउने प्रचलन हराउन थालेको छ। तीजलाई आज भोली माया पिरतिका उरन्ठाउला गीत बनाएर आफ्नो संस्कृतिलाई विकृति बनाउन खोजिएको छ। चली आएको परम्परालाई आधुनिक शैलिमा मनाउनु त कुनै नौलो होइन तर संस्कृतिमै दाग लाग्ने गरी परिवर्तन गर्नु राम्रो होइन। यसले हाम्रो समाज लाई कस्तो बनाउला – समयमानै सोच्न जरुरी छ।
विगत केही वर्ष यता आएर बढ्दो सहरीकरण चेतना र आम्दानीसँगै फुसदिला महिलाहरूको भड्किलो पहिरन, खानपान तथा नाचगानका दृश्य महिनैभरि देखिंदैछ। आर्थिक रूपले पछाडि परेका महिला वर्गलाई हीनता, खिन्नता र लोभ बढाइदिने अवसरका रूपमा तीज मनाइरहेका त छैनौं – एक पटक सोच्ने गरौँ । भड्किलो शैलीमा तीज मनाउनेले यतातिर सोच्ने बेला आएको छ। जसको कारण सामाजिक, सांस्कृतिक, शास्त्रीय पक्ष भने हराएर जान थालेको छ। अहिलेको तीज भनेको पूर्ण शरीरमा रातो वस्त्र, पहेंला ? सुनका गहना, हरियो पोते, रंगीविरंगी अन्य साधन किन्ने लगाउने र दर खाने-खुवाउने नाममा होडबाजी चल्न थालेको छ। घर-घरमा वा पार्टीप्यालेसमा वा होटलमा जमघट र खचिलो भोज आयोजनामा तीज पर्वको रूपमा हाम्रा महिला वर्ग रमाउन थालेका छन। दर खान जाँदा आफूसँग नभए पनि अरुका गहना मागेर लगाउने, गहना नभएकाले तीजको भेटघाटमा जानै नचाहने स्थिति पैदा भएको छ। तीजकै लागि भनेर ऋण सापटी खोजेर पनि खचिलो र भड्किलो तरिकाले मनाउने, यसको सामाजिक सद्भाव र सांस्कृतिक रसलाई उपेक्षा गरेर उत्ताउला गीत र नाच आयोजना गर्नेक्रम बढेको छ। अर्कातिर समाजको बहुसंख्यक समूह गरिबीमा बाँचिरहेका छन् र बहुसंख्यक महिलाहरू आर्थिक कारणबाट यो पर्वलाई मनाउन कठिन हुन थालेको छ।
पार्वतीले शिवजी नै पतिका रूपमा पाउँ भनी प्रार्थना गरेर व्रत बसेको अनुकरण गर्नु भनेको पोइल जान पाम जस्ता गीत गाएर तीजमा उफ्रिनुपर्छ भनेको होइन। नाच्नु-गाउनु आफैंमा संस्कृति र सभ्यताको प्रतिविम्ब हो र मनस्थिति उत्साही बनाउनु जीवनको आवश्यकता हो। तर आफूसँग भएको साधन लुकाएर, आफूसँग छैन भने खोज्न हिँडेर, तीज मनाइएन भने अरुले के भन्लान् भन्ने लोकाचारका नाममा अनावश्यक संकोच, शर्म र हीनतावोध मान्नु आफैमा राम्रो होइन। मानवीय दर्शनको मान्यता छ, हरेक मानिस अध्यात्मवादी पनि हुन्छ। किनकि ऊसँग बुद्धिका साथै विवेक पनि छ। धर्मको सार्थकता भनेको मानिसको मनस्थितिलाई सकारात्मक, र सिर्जनशील बनाउँदै एउटा शिष्ट र सामाजिक अनुशासनयुक्त जीवन दिनुमा छ। धर्मको देनमै आउँछन् चार्डपर्वहरू जसका आधारमा मौलिक संस्कृति विकसित हुन्छ। यिनीहरूको सही अर्थ लगाउँदा चार्डपर्वले उत्प्रेरणा र सिर्जनशीलता बढाउँछन्। गलत अर्थ लगाएर अमल गर्दा मानिस धर्मपीडित हुनसक्छ। तीजको सर्न्दर्भमा पनि दिदीबहिनीहरूलाई यति भन्न सकिन्छ, हाम्रो परम्परा र संस्कृतिलाई बचाउन तीजलाई भड्किलो र खर्चिलो बनाउन हुन्न।
आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्र्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ। यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्त्व रहेको छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीघायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन्। व्रतको समयमा महिलाहरूले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई व्रतकथा सुन्ने र बाÞमणलाई दान दक्षिणा गर्ने चलन रहेको छ। तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ। पहिलो दिन विशेष महत्त्वकासाथ दर खाने गरिन्छ। दरमा खीर, ढकने वा सेलरोटी खाने गरिन्छ। तर आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ। सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ। भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो। दोस्रो दिन तिथिअनुसार भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीजको व्रत बसिन्छ। यस दिन पानीसम्म पनि नखाई व्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको छ। यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएको विश्वास गरिने हुनाले हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो।
आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो। सृष्टि र समाज चल्नको लागि पूर्र्वीय मान्यताअनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउनु पर्नेहुन्छ। महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ। तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीघायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्दा आफ्नो स्वास्थ्यलाई समेत ख्याल राख्न जरुरी छ। तीजको व्रतबस्दा कतिपय महिलाहरू विरामी हुने र समयमा उपचार पाउन नसक्दा समस्या पैदा हुने पनि गर्दछ। त्यसैले भोको पेट बस्न नहुने महिलाहरूले यो व्रत लिनुभन्दा पहिल्यै आफ्नो स्वास्थ्यको बारेमा ख्याल राखौं ∕ महान तीज पर्व मनाऔं ∕ यही मेरो शुभ कामना छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०