वि.सं. २०७२ वैशाख १२ गते ११:५६ बजे नेपालमा महाभूकम्प आए पछि झण्डै ८ हजार ८०० जनाको मृत्यु भयो। हजारौ मानिस घाइते भए। लाखौं जनता घरवारबिहीन भएर पाल मुनि वा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य भए। त्यस्तै नेपालका अद्वितीय ऐतिहासिक, सांस्कृतिक महत्त्वका धरोहरहरू पूर्णतया वा आं“सिक रूपले नष्ट भए। त्यतिमात्र नभइकन देशको अर्थतन्त्र धानिरहेको पर्यटन व्यवसाय पनि तहस नहस भए। हालै राष्ट्रिय योजना आयोगको अनुमान अनुसार यस महाभूकम्पले रु ६ खर्ब ६६ अर्ब जतिको नोक्सानी पारेको छ। अब हामी सबै नेपालीको सामू आफ्नो अवस्था भूकम्प हुनु भन्दा पहिलेको अवस्था कसरी पुग्ने, कति समयसम्म पहिलेकै अवस्थामा पुग्ला जस्ता प्रश्न सबैको मनमा उठिरहेको छ। कतिपय राष्ट्रहरूको इतिहासमा यस्ता दुर्घटनाहरू वा राष्ट्रिय शोकका घटनाहरू आइरहेकै हुन्छन्। तर विकसित राष्ट्रहरू र विकासोन्मुख राष्ट्रहरूको मुख्य अन्तर नै यसैमा रहेको छ कि विकसित राष्ट्रहरू यस्ता घटनाहरूबाट आफ्नै प्रयासले आफ्नै श्रोत साधनले छिट्टै अझ विकसित अवस्थामा पुगेको हामीले देखेका छौं। जस्तै जर्मन दोश्रो विश्वयुद्धपछि ध्वस्तै भएको थियो तर केही दशकपछि नै यसले पुनः निर्माणको काम मात्र नगरी विश्वलाई नै अचम्मित हुने किसिमले विकास गरी देखाए। हिरोसिमा र नागासाकीमा अमेरिकाले बम खसालेपछि जापानले ती शहरहरूलाई पहिलेभन्दा अझ आकर्षक हुने किसिमले पुनः निर्माण गरे। चिनमा नै १९७६ सालमा ठूलो भूकम्प गएपछि केहि समय नबित्दै पुननिर्माणको काम मात्र पूरा गरेन भूकम्पबाट क्षति भएका ठाउँहरू पहिलेभन्दा आकर्षक र विकसित बनाएर देखाइ दिए।
विकसित देशहरू र अल्पविकसित देशहरूको बीचमा यस्तो भिन्नता किन हुन गएको होला – विकसित देशहरूले कुनै विपति आइपर्दा त्यस्ता विपत्तिको समाधान गर्दै आफ्नो राष्ट्रलाई अझ उच्चस्तरमा पुर्याउँछन्जबकि अल्पविकसित राष्ट्रहरू कुनै प्राकिृतिक प्रकोप वा द्वन्द्व आइपर्दा तिनैमा अल्मलिएर अल्झिएर दैनिक विनास वा द्वन्द्वतिर उन्मुख हुँदै गएका देखिन्छ। यसको मूल कारण देशमा विद्यमान जनशक्तिको गुणात्मक अवस्था नै हो। कुरा के हो भने कुनै पनि राष्ट्रको जनशक्ति वा जनतामा अन्तर्निहित गुणहरू नै हुन्। अब कस्ता खालका जनशक्ति हामी जस्ता अल्पविकसित राष्ट्रहरूलाई आवश्यक पर्दछ त एक चोटी बुंदागत रूपले केलाएर हेरौं।
१. राष्ट्रपे्रम, राष्ट्रिय भावना भएका नेताहरू – जनशक्ति भन्नाले धरै पढेलेखेका डाक्टर इन्जिनियर आदि प्रविधिक रूपले सक्षम जनशक्ति मात्र होइनन्, आफ्नो राष््रट्रप्रति मरिमेट्ने, आफ्नो सम्प्रदाय, आफनो समुदाय, आफ्नो जाति, वा आफ्नो पार्टीवा दलको स्वा्थ मात्र नहेरेी हरेक आफ्ना सङकीर्ण स्वार्थहरूबाट माथि उठेर नीति निर्माण गर्दा कार्यान्वयन गर्दा राष्ट्रको स्वार्थलाई सवोपरि राखेर अरुलाई पनि समेट्दै अ्घि बढ्न सक्ने क्षमता भएका जनशक्ति वा राजनेताहरू चाहिन्छन् जो हाम्रो देशलाई खा“चो आजसम्म पनि टड्कारो अभाव महसुस भएकै छ। यस्ता व्यक्तित्वहरू जो राष्ट्रिय भावनाले ओतप्रोत हुन्छन्, उनीहरू आफ्नो परिवारको सङकीर्ण स्वार्थलाई पनि ख्याल नगरी देशको लागि बलिदान दिन पनि तत्पर हुन्छन्। सिंगापुरका लिक्वान यु, दक्षिण अफि्रकाका नेल्सन मण्डेला, भियतनामाका होचिमिन्ह यस्ता नेताहरू केही उदाहरण हुन्। हाम्रा देशमा पनि यस्ता नेताहरू हुँदै नभएका त होइन तर यस्ता नेताहरूले पूरा क्षमता देखाएर काम गर्ने अवसर पाएनन् वा वातावरणले साथ दिएन (अवस्था नै भएन) वा उहा“हरूमै केही कमजोरीहरू थिए होलान्। तर कुनै पनि देशको विकासमा यस्ता राष्ट्रवादी, मानवतावादी नेताहरूको नितान्त आवश्यक पर्दछ। राष्ट्रलाई अगाडि बढाउन यस्ता नेताहरू निरन्तर देखापरिरहनु पर्दछ।
२. कुशल व्यवस्थापकहरू : कुनै पनि देशको विकास गर्न देशमा रहेको विभिन्न राजनैतिक, सामाजिक, आर्थिक, वित्तीय संस्थाहरू आवश्यक पर्दछ। यस्ता संस्थाहरूको नीति निर्मार्ण गर्न, नीतिहरू कार्यान्वयन गर्न र दैनिक कार्यहरू सञ्चालन गर्न क्षमता भएका शिक्षित तालिम प्राप्त व्यवहारिक कुशल व्यवस्थापकहरू आवश्यक पर्दछन्। यस्ता कुशल व्यवस्थापकहरूलाई सघाउने खालका निम्न तहका कुशल व्यवस्थापकहरू पनि आवश्यक पर्दछन्। यस्ता कुशल व्यवस्थापकहरू कसरी चिन्ने, कसरी छान्ने, कसरी काममा लगाउने भन्ने कुराहरू पनि अति महत्त्वपूर्ण हुन आउँछ। फेरि यस्ता कुशल व्यवस्थापकहरू कसरी उत्पादन गर्ने, कस्तो शैक्षिक प्रणाली कसरी स्थापना गर्ने भन्ने कुरा पनि महत्वपूर्ण देखिन्छ। तर हाम्रो नेपालमा यस्ता कुशल व्यवस्थापकहरू उत्पादन गर्नु भन्दा पनि भागवण्डामा पारेर नियुक्त गर्ने, राजनैतिक पहुँचको आधारमा नियुक्ति गर्ने जुन प्रचलन घोषित अघोषित रूपमा चलिरहेकै छ, जसले गर्दा राष्ट्रको विकास नै अल्मलिरहेको हुन्छ। राज्यले कुनै संघ संस्था हाक्न सक्ने खालका मानिसहरूको एउटा रोष्टर बनाएर आवश्यक पर्ने बेलामा सर्म्पर्क राख्ने संयन्त्र बनाउनु पर्दछ। साथै पूर्ण रूपले भागबण्डा गरेर राजनैतिक पहुँचको आधारमा संस्थान, आयोग, नियोग आदिमा नियुक्ती दिने तौरतरिका चटक्क छोड्नु पर्दछ।
३. मध्यम स्तरको जनशक्ति – उपरोक्त कुशल व्यवस्थापकहरू र उच्च प्राविधिक जनशक्तिलाई सहयोग गर्ने मध्यम स्तरको जनशक्ति पनि अति आवश्यक पर्दछ। यस्ता जनशक्ति प्रचुर मात्रामा नभएमा उच्च स्तरका जनशक्तिले पनि खास काम गर्न सक्दैनन्। यस्तै मध्यम स्तरका जनशक्तिबाट पनि कतिपय व्यक्तिहरू उच्च तहको कुशल व्यवस्थापक बन्ने सम्भावना राखेका हुन्छन्। उनीहरूलाई पनि काममा लगाउँदा लगाउँदै उनीहरूको पदोन्नति गराएर उच्चस्तरको कुशल जनशक्ति निर्माण गर्न सकिन्छ। तर नेपालको स्थिति हेर्ने हो भने यस्ता जनशक्ति धेरैजसो विदेशी रोजगारीमा लागेका छन् वा विदेशतिर पलायन भएका छन्। यो नेपालको विकासमा एउटा ठूलो विडम्बना हो। नेपालको दूषित राजनैतिक वातावरण, आफ्नो पहुँच नपुगेका मानिसहरूले कुनै अवसर नै नपाउने, पहुँच पुगेमा योग्यता नभए पनि अवसर पाउने, औद्योगिक व्यवसायिक लगानीको वातावरण आदि नभएको कारणले देशको विकास गर्न सक्ने खालको मध्यम स्तरको जनशक्ति आज खेर गइरहेको एउटा टड्कारो सत्य तथ्य हो।
४. विज्ञानिक र प्राविधिक जनशक्ति : कुनै देशका विकासमा भौतिक निर्माणहरू अत्यन्त आवश्यक पर्दछ। भौतिक निर्माण गर्ने भन्नाले राजमार्ग बनाउने, जलविद्युत गृह बनाउने, ठूला सार्वजनिक भवन बनाउने, अत्यावश्यक अनुसन्धान गर्ने आदि कामका लागि वैज्ञानिक र प्राविधिक जनशक्तिको आवश्यक पर्दछ। यस्तो जनशक्ति विकासको लागि अत्यावश्यक पूर्वाधार विज्ञान र प्रविधिको शिक्षा नै हो। तर नेपालमा यस्ता जनशक्तिको पनि नितान्त अभाव छ भने केही यस्ता जनशक्ति भएर पनि यथेष्ट मात्रामा काम लिन सकिएको छैन। कतिपय बेलामा यस्ता जनशक्ति तयार भए पनि उनीहरूले आफ्नै देशमा योग्यता र क्षमता सुहाउँदो काम पाएका अवस्था विरलै मात्र छ। यसैले पनि उनीहरू विदेशमा नै बसेर काम गर्न बाध्य भएका छन्। र आफ्नै मातृभूमिको विकासमा लाग्ने अवसर पाएका छैनन्।
५ निजी क्षेत्रको कृषि, उद्योग व्यापार व्यवसायमा कामगर्ने जनशक्ति : कुनै राष्ट्रमा सरकारी क्षेत्र, गैह्र सरकारी संंगठित क्षेत्र बाहेक बहुसंख्यक जनता निजी स्तरमा कृषि, उद्योग, बन्द व्यापार, व्यवसायमा लागेका पनि हुन्छन्। नेपाल एक कृषि प्रधान देश भएको हुनाले कृषि पेशा अपनाएका हुन्छन् भने कतिपयले, साना तथा घरेलु उद्योगलगायत ठूला मझौला उद्योग पनि सञ्चालन गरिरहेका हुन्छन्। हाम्रो जस्तो अल्पविकसित देशमा यस्ता निजी क्षेत्रका उद्यागहरू धेरैजसो परम्परागत सीप र साधन प्रयोग गर्छन् भने कमै मात्रामा मात्र आधुनिक प्रविधि र संगठन प्रयोग गरेका हुन्छन्। यस्ता निजी क्षेत्रमा लागेका जनशक्तिको उद्यमी जनशक्ति ९भ्लतभचउचभलभगचकजष्उ० अवस्था र विकास पनि कुनै देशको विकासमा अत्यन्त ठूलो भूमिका खेलेका हुन्छन्। यस्ता जनशक्तिले देशको आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यटन लगायत विभिन्न क्षेत्रको विकासमा पनि टेवा पुर्याएका हुन्छन्। तसर्थ राष्ट्रको विकासको सर्न्दर्भमा कुरा गर्दा यस्ता क्षेत्रमा लागेका जनशक्तिको अवस्थामा पनि हेक्का राख्नु पर्ने हुन्छ।
देशमा विद्यमान जनसंख्यालाई उपरोक्त ५ वर्गमा मोटामोटी रूपमा वर्गीकरण गर्न सकिन्छ भने यस्ता हरप्रकारका जनशक्तिका निरन्तर विकास हुनु कुनै राष्ट्रको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। सरकारले राज्यले यस प्रकारका हरक्षेत्रको विकास गर्ने जनशक्ति निरन्तर उत्पादन गर्ने, विकास गर्ने वातावरण बनाइ दिएको हुनुपर्छ। यसका लागि देशमा एउटा व्यवहारिक व्यवसायमूलक प्रविधिमूलक शिक्षा मा जोड दिने खालको शैक्षिक प्रणाली -शैक्षिक व्यवस्था) निर्माण गरेको हुनु पर्दछ। यसको लागि उत्पादित जनशक्तिले उचित पारिश्रमिक र उचित मुल्याङ्कन हुने परिपाटी पनि बनाएको हुनु पर्दछ। यति मात्र होइन नेपालका जनशक्तिलाई उच्च नैतिक मनोबल भएको, मानवतावादी सोच भएको, आफ्नो देशका भाषा संस्कृति कलाकौशलप्रति गौरव मान्ने खालको जनशक्ति निर्माण गर्नु पर्दछ। हाम्रो विकासको मूल समस्या भनेकै उपयुक्त जनशक्तिको अभाव, जनशक्तिको विदेश पलायन, भएका जनशक्तिको पनि न्यून परिचालन, जनशक्ति विकास गर्ने सम्बन्धी नीतिगत अभाव र समूचित वातावरण नहुनु हो। तसर्थ नेपालको विकास भनेको भौतिक निर्माण गर्नु मात्र होइन उचित जनशक्तिको विकास र परिचालन पनि हो भनेर बुझ्नु नितान्त आवश्यक छ। हालै काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको पुननिर्माणको लागि करिब अनुदान र ऋण सहयोग गरी ४ खरब ४४ अरब दिने बचन प्राप्त गरेको छ। तर यस रकम कसरी प्राप्त गर्ने हो र कसरी प्राप्त गर्ने र प्राप्त भए पछि सदुपयोग गर्ने कुरामा पनि नेपालको जनशक्तिको विभिन्न खालेका क्षमताहरूमा नै निर्भर रहनेछ। यदि प्रचुर जनशक्ति नभएमा उपयुक्त जनशक्ति नपुगेमा केवल आर्थिक सहयोगले मात्र केही हुँदैन।
अन्त्यमा यस लेखको शुरुमा उठाइएको भूकम्पपछिको पुननिर्माणको सम्बन्धमा पनि शक्ति तयार गर्नेतिर पनि ध्यान दिनु अत्यन्त अत्यावश्यक हुन्छ। यसरी उपयुक्त जनशक्तिको विकासलाई समेत समेटिएको पुननिर्माण खाकाले मात्र दीर्घकालीन रूपले नेपालको विकास सम्भव हुन्छ। अस्तु।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०