हाम्रो देशको सडक यात्रा कति सुरक्षित ?

आदर्श समाज सम्वाददाता
चैत्र २७, २०७१

हाम्रो मुलुकमा २०४७ सालमा भएको परिवर्तन र प्रजातन्त्रको उदयपछि सडक क्षेत्रमा भएको प्रगति र सडक विस्तारको क्रम अत्याधिक वृद्दि भएको छ। राष्ट्रविकासको क्रममा स्वागतयोग्य पनि छ। उच्च प्राविधिक ज्ञान विना निर्माण भएका ग्रामीण सडकहरू अनगिन्ति छन्, जसको अवस्था अत्यन्त दयनीय छ। कतिपय ग्रामीण सडकहरू त केवल डोजरकै सहारामा उर्वरभूमी तथा बन वनस्पतिहरू भत्काउने र भूक्षय गर्ने काम मात्र भएको देख्न सकिन्छ।

बढ्दो जनसंख्याको चाप, पुराना गाडी, कम दक्षता भएका चालकहरू धूलो र खाल्टो भएको मार्ग तर पनि सबै यात्रीहरूलाई आ-आफ्नो गन्तव्यमा पुग्नुपर्ने बाध्यतावस जस्तोसुकै कठिनाई सहेर पनि यात्रा गर्नु पर्ने बाध्यता आदि निम्न आय भएका सबै नेपालीहरूको लागि साझा समस्या भएको छ। म पनि एक मध्यम वर्गमा परेको एक यात्री नै हुँ र सो कठिन यात्राको स्मरणले यो रचना लेख्ने प्रेरणा पाएको छु।

म आफ्नै गृह जिल्ला स्याङ्जा सेतीदोभानबाट जम्मा ३३ कि.मी. दूरीमा रहेको आफ्नो वासस्थान पोखरासम्म आउनु पर्ने थियो। सेतीदोभानबाट सिर्द्धार्थ राजमार्ग नागडाँडामा बुटवलबाट पोखरा आउने बसको प्रतीक्षा गर्दा कैयाँै गाडीहरू त्यहाँ नरोकी अगाडि बढ्दै गए। गाडीहरूको सिट भन्दा यात्रु संख्या वढी थियो। सिट भन्दा बढी बस्न नदिने नियम कर्ढाईका साथ पालना गराउन डिउटीमा बसिरहेका प्रहरीहरू बाध्य थिए। प्रतीक्षामा रहेका धेरै साथीहरू त्यहाँ जम्मा भए। कोही बूढा थिए, कोही बच्चा काखमा च्यापेका महिला थिए। कोही उपचारका लागी हिँडेका बिरामीसमेत थिए। चारपाँच घण्टाको प्रतीक्षापछि एक मिनीब्ास रोकीयो; तर सिट भने खाली थिएनन्। यात्रुहरू भरिभराउ थिए। अलिकति बलताकत भएका ५।७ जना गाडी चढ्न सफल भयौँ। पोखरासम्म आउँदा अत्यन्त कठिनाई पार गर्दै आफ्नो कठिन यात्रा सफल भएको वा ठुलै युद्ध जितेर आए जस्तो लाग्यो। तर केही क्षणको विश्रामपछि ती आफूसँगै वसेका पीछडिएका बच्चा सहितका महिला, वृद्ध तथा विरामीको हालत के भए होला – भन्ने विचार आयो र विगतमा देशका हरेक भागमा यात्रा गर्दा परेका समस्या र पीडाहरूको सम्dmना भयो। साथै देशका विभिन्न भागमा भएका सडक दुर्घटनाका खवर एवम् समाचारहरू पनि मेरो मनस्थितिमा दौडन थाले। सडकदुर्घटना बाट भएको धनजनको क्षति भन्दा सडक दुर्घटनामा नसोचेको नसम्dmेको अकस्मात दुर्घटनामा मृत्यु हुने  परिवारमा परेको चोट वेदना र रुवावासीहरू कति दयनीय बनेका छन् त्यसमा पनि अत्याधिक दुर्घटनामा शिकार हुने निम्न आय भएका निम्न वर्ग र मध्ययम वर्गीय जनताहरू नै हुनभन्नमा अत्युक्ति हुनेछैन।

चिल्ला कार मोटरमा सवार गर्ने उच्च धनी वर्ग भन्दा निम्नवर्ग नै यसमा बढी पीडित हुने गरेका छन्।

के यस्ता सडक दुर्घटनालाई न्युनीकरण गर्ने निकायहरू वा उपायहरू छन् वा छैनन् – हामी प्रश्न गर्न सक्छौं। अवश्यमेव त्यस्ता निकायहरू छन्, उपायहरू पनि हुन्छन्। जस्तो कि सरकार छ, टा्रफिक प्रहरी छ, चेक पोष्टहरू छन्, यातायात व्यवस्था विभाग छ, यदाकदा छानविन आयोग समेत पनि त बनेका हुन्छन्। तर किन हो झनझन आज भन्दा भोली सडक दुर्घटनाहरू बढ्दै गएका छन्। मेरो निजी विचारमा दुर्घटना न्युनिकरण गर्न प्रथमत : सरकारले गाडीमा टिकट व्यवस्था अनिवार्य गर्नु पर्दछ, जसबाट सरकारलाई र आम जनतालाई र यातायात व्यवसायीलाई समेत राहत र फाइदा हुन्छ भन्ने लाग्दछ।

टिकटव्यवस्था बाट हुने फाइदाहरू :

भाडादरमा हुने भिन्नतालाई रोक्न।

कहाँबाट कहाँ जाने भन्ने र यात्रुको नाम समेत राख्दा दुर्घटना जाच र सनाखत जस्ता विषयमा सजिलो हुने।

यात्रीहरूको सामान छुटे वा हराएमा गाडी सर्म्पर्क गर्न सजिलो हुने।

यात्रु विमाप्रदानगर्न सजिलो हुने।

गाडीमा यात्रु संख्या मापदण्ड चेकजाचलाई समेत सजिलोहुने र गाडी संख्यामा वृद्धि गर्न सजिलो हुने।

कम्पनिबाट वा र्फम व्यक्तिगत र्फमबाट सञ्चालित गाडीको आयव्यय भ्याटकरमा समेत सहयोग हुने।

अन्य दुर्घटना न्युनिकरण गर्ने उपायहरू पनि छन्।

जस्तै यात्री सचेतनाकार्यक्रमहरू,

दक्षचालकहरूको व्यवस्था

जनताले र सरकारले बनाएको  सडकमा सेन्डीगेटको एकाधिकार लाई खारेज गरेर खुल्ल्ाा प्रतिस्पर्धामा सुविधाजनक यात्रा गर्न पाउनु पर्ने।

दुर्घटना छानविन समितिले दिइएका सल्लाह सुझावलाई लागु गर्ने।

गाडीमाक्षमताभन्दा वढी यात्रु राख्न नपाउने व्यवस्था।

ट्राफिक चेक तथा सरकार र गाडी समितिको अनुगमनको निरन्तरता।

चालक र सहचालकलाई ड्रेस छुट्टै गर्ने व्यवस्था।

उक्त व्यवस्था पारदर्शी भएमा यात्रुलाई पनि राहत हुने र सरकारको जिम्मेवारी पनि पूर्ण हुने कुरामा दुर्इमत हुने छैन। सहरी क्षेत्रका सवारी साधनहरूमाकतै कतै सिटमा महिला वृद्धा अपा· तथा जेष्ठ नागरिक लेखेको हुन्छ तर सबभन्दायात्रा कष्टमय यीनै वर्गहरूका लागि देखिन्छ। नियम छ, नीति छ, कानुन छ तर कार्यान्वयन भएन भने नीतिनियमको के काम – मूलत : ग्रामीण सडकमा यात्रुहरूले व्यहोर्र्नु पर्ने कठिनाईहरूलाई ट्राफिक प्रहरीको दृष्टी नपर्ने हुँदा पनि सडक दुर्घटनाका सम्भावनाहरू बढी हुन्छन् र व्ािद्यमानयातायात क्षेत्रको समस्या चुनौतिपूर्ण रहेको छ। यसरी नै कच्ची सडकको विस्तार हुंदै जाँदा एकातिर भूक्षयमा पनि वृद्धि हुने र अकोर्तिर हरेक वर्ष हुने दुर्घटनाले डरलाग्दो भयहुने सङ्केत देखापर्ने छ। अत : यस विषयका नीतिनिर्माता प्रहरी लगायत आम नागरिक समेत सचेतक बन्न जरुरी छ।

दुर्घटनाग्रस्त तथा जोखिमपूर्ण क्षेत्रको वर्गीकरण गरी त्यो क्षेत्रमा विशेष निगरानि बढाउन आवश्यक छ। यात्रुले लैजान पाउने सामान, पेसेन्जर लगेजको बारेमापनि स्पष्ट नितिनियम जनताले थाहा पाउने गरी प्रचलनमा आउनु पर्दछ। आगामी २०७२ सालमा यस्ता दुःखद् दुर्घटनाहरू नदोहोरिउन् भन्दै पाठकवर्गमा शुभकामना दिन चाहन्छु।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width