हामी हौं नित्य प्रकाशमान तथा सच्चिदानन्द स्वरुप

Avatar डा. क्षितीश चन्द्र चक्रवती
माघ ८, २०७६

स्वयंप्रकाश वस्तु सुखरुप नै हुन्छ। दुःख जस्तो चित्तको वृत्ति हो सुख पनि त्यस्तै चित्तको वृत्तिरुप हो। चित्तका सारा वृत्तिहरुलाई जसले प्रकाश गरिराखेको छ, त्यो हो तिम्रो हाम्रो वास्तव स्वरुप ।

हामी हौं नित्य प्रकाशमान
मानिसको जाग्रत र स्वप्न अवस्था हो कल्पित अवस्था मात्र । मानिस जागा भएर किंवा निद्रामा स्वप्न देखेर बस्न खुशी हुँदैन किनभने प्रचण्ड धनीमानी विद्वान मानिस पनि धन ,मान र विद्यालाई बोकेर वसिरहन खोज्दैन, किन्तु गाढा निद्रामा पुगेर बस्न खोज्दछ।
गाढा निद्रामा बस्नुको दुई विभाग छ। १ म मजासित सुतिराखेको छु, यो हो स्वप्न रहीत निद्राकालमा स्थित मानिसको अनुभवको एक हिस्सा र २ हो म सुखसित सुतिराखेको छु भनी थाहा पाईराखेको छु। म मजासित सुतिराखेको छु भनी निश्चितरुपले सुत्नुलाई थाहा पाइराखेका तिमी हामी जागा भएर विद्यमान रहन्छौं किनभने, सुत्नु र जाग्नुरुप हर अवस्थामा तिमी हामी स्वंय प्रकाशमान सदा विद्यमान र चिदानन्द आत्मरुपले विद्यमान भैरहेका छाँै। त्यसैले हामी नित्य प्रकाशमान र सुखरुप भनी निश्चित रुपले सिद्ध हुन्छौं।
यसप्रकार सच्चित सुखरुप तिमी हामीलाई यर्थाथ रुपले निरन्तर अनुभव गरिरहेपछि दुखले कहिल्यै पनि छुन सक्तैन। स्वयंप्रकाश वस्तु कहिल्यै पनि सुखी दुखी हुन सक्तैन। जो सदा प्रकाशमान वस्तु कहिल्यै पनि सुखी दुखी हुन सक्तैन। जो सदा प्रकाशमान वस्तु हुन्छ। त्यसलाई दुःखले अलिकति पनि छुन सक्तैन।
स्वयंप्रकाश वस्तु सुखरुप नै हुन्छ। दुःख जस्तो चित्तको वृत्ति हो सुख पनि त्यस्तै चित्तको वृत्तिरुप हो। चित्तका सारा वृत्तिहरुलाई जसले प्रकाश गरिराखेको छ, त्यो हो तिम्रो हाम्रो वास्तव स्वरुप ।
तिमीहामी चित्तसित मिलेका भनी कहिल्यै पनि सिद्ध हुँदैनौं। तिमी हौ चित्त र च्येत्यबाट विल्कुलै भिन्न स्वरुप। त्यसो भएको हुनाले तिम्रो हाम्रो वास्तव स्वरुलाई दुःखले अलिकति पनि छुन सक्तैन।
ख्याल राख्नुपर्दछ, तिम्रो हाम्रो चित्तसित कुनै सम्पर्क हुनै सक्तैन । जो जसको प्रकाशक हुन्छ।त्यो त्यस प्रकाश्यबाट कहिल्यै पनि स्पष्ट हुन सक्तैन । प्रकाश्य पदार्थ प्रकाशदेखि विल्कुलै भिन्न स्वरुप हुन्छ। चित्त अनात्मा हो तिमी हामी आत्मरुप हौँ। त्यसैले वृत्तियुक्त चित्तदेखि विल्कुलै भिन्न स्वरुप हौं।
यसरी आफू र चित्तवृत्तिरुप सारा अवस्थालाई प्रकाश र अन्धकार जस्तो भिन्न भिन्न हो त्यस्तै भिन्न भिन्न भनी जान्नु र सम्पूर्ण अवस्थादेखि त्यस अवस्थालाई जान्ने तिमी विलकुलै भिन्न स्वभाव भएका हुनाले तिम्रो र हाम्रो वास्तव स्वभावलाई कुनै अवस्थाले अलिकति पनि छुन सक्तैन यस्तो बुझ्नुपर्दछ।
हामी हौ सच्चिदानन्दस्वरुप
वेदान्तको अद्वैत सिद्धान्तअनुसार केवल साच्चित सुखरुप ब्रÞम वस्तु मात्र विद्यमान छ। अरुकुनै पदार्थ वास्तवमा छैन। नाना भन्ने जो भिन्न भिन्न पदार्थ मानिन्छ त्यो हो परप्रकाश्यरुप, चित्तवृत्तिरुप, त्यसकारण भ्रमरुप र मिथ्या। जो चाहि हो केवल चित्तवृत्तिरुप त्यो कल्पित र मिथ्या भनी सिद्ध हुन्छ। तिम्रो हाम्रो जन्ममरण छैन। जन्म मरण हो केवल भनाइमात्र, वृत्तिरुप किंवा भ्रम मात्र । एक अद्वितीय साच्चित सुखरुप वस्तु हो आत्मब्रÞम, जो चाहिं तिम्रो हाम्रो वास्तव स्वरुप हो।
तिमी र हामी जन्म मरणबाट रहित हौँ प्रमाता। हामी जन्ममरण रहित हौं भनी हाम्रो संस्कारले द्योतन गरेको छ। त्यसो नभए हामीलाई सँधै बाँचिरहने इच्छा उत्पन्न हुने थिएन। यदि हामी जन्ममरणशील हुने थियौँ तव त्यो हाम्रो स्वभाव भएको हुनाले हाम्रो स्वभावलाई ग्रहण गर्न हामीलाई कहिल्यै पनि अनिच्छा उत्पन्न हुने थिएन जो चाही हो अस्वभाव त्यसको संस्कार उत्पन्न हुन सक्दैन जो संस्कार विरुद्ध हो त्यो कहिल्यै पनि सिद्ध हुन सक्तैन। हाम्रो जन्ममरणशीलता सिद्ध भएन। हामी हौं अजन्मा र अमर किनकि हामी आत्मादेखि भिन्न देहादि संघात होइनौ.।
देहादि संघात हो हाम्रो दृश्य, त्यसकारण हामीमा देहादि वास्तवमा कहिल्यै पनि अलिकति पनि सिद्ध हुन सक्तैन। हामी देहादिबाट रहित हौं। देहादि हो चित्तवृत्तिरुप मात्र चित्तले देहादिलाई उत्पत्ति हुन नसकेकोले देहादिको अभाव सिद्ध हुन्छ र त्यो अभावलाई हामी थाहा पाइरहन्छौं यसरी हामी हौ । देहादिरहित शुद्धबुद्ध सदा मुक्त सच्तिदानन्दस्वरुप।
देहादि विशिष्ट भाव हो केवल वृत्तिरुप , जहाँवृत्ति हुँदैन त्यहाँ देहादि संघातको सद्भाव अलिकति पनि हुन सक्तैन देहादि संघात हो चित्तको वृत्तिरुप मात्र सुषुप्ति र समाधिमा चित्तको सद्भाव हुन नसकेको हुनाले हामी आत्मस्वरुपले विद्यमान रहन्छौ किन्तु आकाशादि कुनै प्रकारको प्रपञ्च अलिकति पनि सद्भाव विशिष्ट हुन सक्तैन। देहादि संघातको अभाव यदि कुनै वेला प्राप्त हुन्छ तब बुझ्नुपर्दछ कि देहादि सत्य होइन। सत्य वस्तुको अपलाप कहिल्यै पनि सिद्ध हुन सक्तैन।

-प्रस्तोता अनन्तलाल सरस्वती

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

द्वन्द्वको पीडा

मानसिक रोग: भ्रम र यथार्थ

माओवादीहरु चार ग्रुपमा विभाजित

नेकपा र राजपाबीचको सहकार्यले ल्याएको तरंग

प्रमुख समाचार

अनियमितता गर्ने रेडक्रसका पदाधिकारीलाई कानूनी कारवाही गर्न निर्देशन

थप प्रमुख समाचार