हात्तीपाइले रोग निवारण किन ?

आदर्श समाज सम्वाददाता
माघ २४, २०७०

हात्तीपाइलो रोग मानव समाजमा धेरै पुरानो रोग हो। कुष्ठरोग जस्तै मानिसलाई शारीरिक रूपमा असक्त, असमर्थ तथा अपा· बनाउने सरुवा रोग एक प्रकारको मसिनो धागो आकारको परजीवीबाट सङ्क्रमण भएपछि लाग्दछ। असमर्थ, अपा· अवस्थामा पुगेपछि प्रभावकारी उपचारको लागि औषधि नभएको हुँदा यस रोगले व्यक्तिगत, पारिवारिक एवं सामाजिक समस्या बढाउन र विकासमा अवरोध ल्याउन अहम् भूमिका खेलेको छ।

सोझै ज्यान नलिने तर अशक्त, अपा·, असमर्थ भई जिउनुपर्दा मानसिक, शारीरिक तनाव बढ्ने र परिवारको आम्दानी खर्चमा प्रत्यक्ष प्रभाव पार्ने यो रोगविरुद्ध एकजुट हुन इ.सं. १९९७ मा विश्व स्वास्थ्य स·ठनको सभाले प्रभावकारी एवं सुरक्षित औषधि उपलब्ध भएको हुँदा सन् २०२० भित्रमा रोग निवारण गर्न प्रस्ताव पारित गर्‍यो। नेपाल सो स·ठनको सदस्य राष्ट्रको हैसियतले सो प्रस्तावप्रति सहमत भई हात्तीपाइले रोग निवारण गर्न प्रतिबद्धता जाहेर गर्दै सन् २००३ देखि क्रमश ‘आम औषधि सेवन’ ९:बकक म्चगन ब्dmष्लष्कतचबतष्यल० कार्यक्रम प्रभावित ६१ जिल्लामा लागू गरिसकेको छ।

यसै सर्न्दर्भमा कास्की जिल्लालगायत देशका ३१ जिल्लामा २०७० माघ २५, २६ र २७ गते र बाँकी ९ जिल्लामा फागुन १०, ११ र १२ गते ‘आम औषधि सेवन’कार्यक्रम सञ्चालन हुन गईरहेको छ। यस सर्न्दर्भमा आउन सक्ने केही जिज्ञासा यहाँ प्रष्ट पार्ने प्रयास गरिएको छ।

१. हात्तीपाइले रोग कसरी पत्ता लग्दछ त –

यो रोगको परजीवी शरीरमा प्रवेश गरिसकेपछि मनिसको शरीरमा विकास भइ रगतमा छ छैन भनी हेर्न त्यति सजिलो छैन। यस्का परजीवीहरू लिम्फनलीहरूमा बस्ने भएकोले दिउँसोको समयमा रगत जाच्दा परजीवी नदेखिन सक्छ। यी परजीवीहरू दिउँसो मान्छेको रगत बग्ने ठूला नलीहरूमा बस्ने गर्दछ भने रात्रीको समयमा छालामुनिका मसिना रगतनलीहरूमा गएर बस्ने गर्छन्। यही कारणले गर्दा हात्तीपाइले ९’ष्बिचष्ब० रोगबाट सङ्क्रमण भएको छ छैन निदान गर्न जाँच गर्नका लागि रगत नमूना राति सुतेको समयमा रात्रि १० बजेदेखि बिहान २ बजे भित्र को समय पारेर लिनुपर्छ।

२. कास्की जिल्लामा हात्तीपाइले रोग छ र ?

कास्की जिल्लामा सन् २००१ मा गरिएको सर्वेक्षणबाट ७.३ प्रतिशतमा परजीवी पाइएको छ। साथै गतवर्ष अभियानको दौरानमा पोखरा उप-महानगरपालिका वडा नं. ५, ८ र ९ मा हात्तीपाइलेकै अवस्थामा पुगेका विरामीहरू पाइएको छ। तसर्थ हाम्रो जिल्लामा रोगको कारक परजीवी भएको र सार्ने लामखुट्टे पनि रहेको हुँदा हरेक व्यक्ति यो रोगको खतरामा छन्। लामखुट्टेले जसलाई पनि टोक्न सक्छ र परजीवी सार्न सक्छ। रोगबाट सुरक्षित हुन वर्षको १ पटक आमरूपमा वितरण हुने औषधि खाई ढुक्क हुन अति आवश्यक छ।

३. हात्तीपाइले रोग ठुलो मानिसलाई हुन्छ तर केटाकेटीलाई पनि औषधि चक्की दिईन्छ किन ?

रोगका परजीवीको आकार धेरै सानो हुन्छ जुन मानिसको शरीरभित्र बढ्न, ठूलो हुन धेरै वर्ष लाग्छ। केटाकेटी अवस्थामा रोग लागेमा लक्षण देखिँदासम्म ठूलो भइसकेको हुन्छ। त्यसैले बालबालिका, युवा, वृद्ध सबै यो रोगको जोखिममा छन्।

४. औषधिहरूले खराबी गर्छ कि ?

हो, औषधिहरूले परजीवीलाई खराबी गर्दछ अर्थात मार्दछ। परजीवी शरीरमा धेरै छन् भने औषधिको प्रभावले मर्दछ र यसले एक प्रकारको त्यहष्ल (रसायन) निकाल्छ जसको कारणले टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने जस्ता लक्षण र परजीवी बसेको भाग वरिपरि सुनिने र दुख्ने हुन्छ। विश्वभरि प्रयोगमा आएको यी औषधि प्रभावकारी, सुरक्षित छन्। यस्ता लक्षण केही समयपछि विस्तारै हराउँदै जान्छ। समस्या धेरै दिनसम्म रह्यो भने नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु पर्दछ।

५. प्रयोग गरिने औषधिहरू के के हुन् ?

लामो अवधि देखि विश्व भर प्रयोग भएका सुरक्षित, सुलभ र प्रभावकारी औषधिको रूपमा चिनिएका म्ष्भतजथअिबचदamबशष्लभ ९म्भ्ऋ० र ब्दिभलमबशयभि नामक औषधिहरू यस अभियानमा सन् २००० बाट अबौर्ं मानिसले प्रयोग गरी रोगबाट सुरक्षित भएका छन्

त्यति मात्र होइन, जुकाको सङ्क्रमणबाट बच्न ५ वर्षमुनिका बालबालिकालाई नेपालभर वैशाख र कार्त्तिकमा ब्दिभलमबशयभि प्रयोग भइरहेको छ भने विद्यालयमा पोषण कार्यक्रममा समेत विद्यार्थीहरूलाई ब्दिभलमबशयभि वितरण गरि बालबालिकाको पोषणस्तर एवं स्वास्थ्य राम्रो भएको हाम्रोसामु र्छल· छ। स्वास्थ्यकर्मी, चिकित्सकले उपचारको क्रममा म्भ्ऋ नामक औषधि विरामीलाई दिई स्वास्थ्य लाभ गरेको र नराम्रो असर नभएको व्यक्त गरेका छन्।

६. औषधि कहिले र कहाँ उपलब्ध हुन्छ –

विद्यालयहरूमा माघ २४ गते र घरघरमा स्वास्थ्यकर्मी/स्वयंसेवकबाट २५,२६ र २७ गते औषधि खुवाउने कार्यक्रम भएको हुँदा खानापछि औषधि परामर्शकर्मीको निगरानीमा औषधि उपलब्ध हुन्छ। सरकारी स्वास्थ्य संस्थाहरू नर्सिङ होम, निजी तथा शिक्षण अस्पतालमा फागुन २४ गतेदेखि २९ गतेसम्म औषधि वितरण हुन्छ।

७. औषधि कसले खानुपर्ने हो –

रोगको जोखिममा रहेका सबैले यो औषधि खानुपर्छ तर

–      २ वर्ष मुनिका बालबालिका

–      गर्भवती तथा ७ दिनभित्रका सुत्केरी

–      सिकिस्त विरामी व्यक्तिबाहेक सबैले यी औषधिहरू खानुपर्छ। हात्तीपाइलेको सङ्क्रमणमा परेका व्यक्तिहरूले पनि औषधि सेवन गरी रोगको असरलाई अझ भयावह हुनबाट जोगाउन आवश्यक छ।

८. ६ वर्षसम्म औषधि किन खानुपर्दछ  ?

यो अभियानको उद्देश्य उपचार मात्र होइन हाम्रो दाजुभाई, दिदीबहिनी, आमावुवा, सबैलाई र भोलीका पिंढीलाई पनि हात्तीपाइले रोगबाट जोगाउने महान अभियान हो। ५-६ वर्षसम्म आयु भएको रोगको कारक परजीवीलाई वर्षभरि मार्न दुवै औषधि वर्षको १ पटक खाएर रोग निवारण गर्न सकिन्छ।

जापान, चीन, ताइवान र दक्षिण कोरियाजस्ता राष्ट्रले यही अभियानबाट रोग निवारण गरिसकेका हुन् भने श्रीलङ्का, थाइलैण्ड र माल्दिभ्सले ६ वर्षसम्म औषधि वितरण गरी रोग निवारण घोषणा गर्ने क्रममा रहेका छन्।

९. मलाई रोग भएको छैन ? किन खाने ?

हामी सबै रोगको जोखिममा छौ। रोग लागिसकेपछि हात्तीपाइलो जस्तो अवस्थामा पुगेपछि निको पार्ने औषधि छैन। जीवनभर असक्त, अपा· र कुरूप भएर बस्नुपर्ने हुन्छ। रोगबाट बँच्न वर्षको १ पटक औषधि खानु सरल उपाय भएको हुँदा औषधि खाई आफू रोगबाट बच्नु स्वस्थकर हुन्छ। एचभखभलतष्यल ष्क दभततभच तजबल अगचभ भन्ने भनाई यसमा अझ लागू हुन्छ किनकि यसको त उपचार नै हुँदैन। रोकथाम  का लागि औषधि सेवन अनिवार्य छ।

अन्तमा मनिसको शारीरिक अप·ता, कुरूपता हुनबाट बचाउन र परिवारको आर्थिक सामाजिक विकासमा हुने अवरोधलाई कम गर्न विश्व स्वास्थ्य सङ्घको अगुवाइमा नेपाल सरकारले राखेको हात्तीपाइले रोग निवारण अभियानमा सचेत नागरिकको हिसाबले हातेमालो गरी लक्षित समूहहरूलाई औषधि खाने तथा खुवाउने काममा आवश्यक सहयोग गर्नु हामी सबैको कर्तव्य हो।

(लेखक जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख हुन्।सं)

Related News

सम्बन्धित समाचार

  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…
  • रेमिटेन्स

    झलककुमार खाती असाेज २२, २०८०
    नेपालमा वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिट्यान्स हो । विदेशमा आर्जन गरेको रकम त्यहाँको मुद्रा नेपालमा पठाउनुलाई नै ‘रेमिट्यान्स’…
  • सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो

    शिवप्रसाद गौतम असाेज ११, २०८०
    पोखरा वडा नं. ९ र ११ को बीच भएर सेती गण्डकी बग्छ । सोही नदीको नदीजन्य पदार्थहरू ढुंगा, गिटी, बालुवा…

hero news full width