कोरोना [कोभिड-१९] ताजा अपडेट
यहाँ क्लिक गर्नुहोस्

हराएको जीवन………….

Avatar वी.वी.श्रेष्ठ
वैशाख २९, २०७७

सोच एकातर्फी जीवन अर्कोतर्फ विवश हाम्रा गतिविधिहरु निरन्तर भईरहे र भईरहनेछन् । अनुकलतामा मात्र जीवन जीउन खोज्ने सोचहरुले सफलता हात पार्न सकिदैन । सोच र चेतनाको संगम त्यति सहज छैन, जुन हामी खोज्दछौ ।

विलासिताको चरम उपयोगितामा अभ्यस्त मानव जीवनको दैनिकी सामुहिकतामा भन्दा वैयक्तिततामा रम्दै गएकोे छ । जीवनको मूल सार भन्दा पनि वाहिर गएर गरिने कर्मले जीवनमा सकारात्मक भन्दा पनि नकारात्मक प्रभाव पार्दछ, त्यसैको परिणाम स्वरुप देखिने मानसिक रोगले जीवनका उत्तरार्धमा दिने पीडा नगण्य हुन्छन् । जीवन शाव्दिकतामा वैयक्तिक हुदैन, यो त सामुहिक हुन्छ, तर अहिलेका परिवेशलाई नियाल्दै वैयक्तितताले गाँजेको गतिविधिलाई जीवन मान्न सकिदैन । कर्ममा भन्दा भाग्यमा विश्वास गर्नेहरुको लर्कोले थप कष्टकर वनाएको छ । यहि पृष्ठभूमिमा हुर्किएको मानसिकताले जीवनमा शान्ति हैन, अस्थिरता मात्र सिर्जना गर्दछ, यहि अस्थिरताको जंजालमा हामीहरु जीवनका कहिल्यै प्राप्त गर्न नसकिने सार खोज्न अभ्यस्त छौ ।

व्यक्तिको चेतनास्तरअनुरुप जीवनका परिभाषाहरु भिन्न भिन्न प्रकारको पाईन्छ, व्यक्तिको दृष्टिकोण आर्थिक अवस्थासँग तुलना गर्न सकिदैन । दृष्टिकोणको मेल चेतनास्तर र क्षमता सँग खान्छ । त्यहि दृष्टिकोण अनुसार वस्तु र समाजको परिभाषा अलग अलग हुने गर्दछ । संसारका असंख्य जीवहरुको दृष्टिकोण जसरी अलग अलग हुन्छ, त्यसैगरि मानव जाति प्रकृतिको कुनै एउटा जीव मात्र हो । त्यसको समानता मानव जातिमा भएता पनि व्यवहारिक समानता भने भिन्न भिन्न रहेको हुन्छ । त्यहि भिन्नता भित्रको दृष्टिकोणले व्यक्तिगत तथा सामाजिक जीवनमा भूमिका खेल्दछ ।

जीवनको उपयोग व्यक्तिको पृष्ठभूमिमा अडिएको हुन्छ । वर्तमान समयमा जीवनको पृष्ठभूमिलाई नजरअन्दाज गरे जीवन यापन गर्नेहरुको भीडमा हराएको शैलीले प्रकृतिले समेत धर्तिमा अनवरत रुपमा प्रहार गरिरहेको छ । समाजका सर्वश्रेष्ठ प्राणीको रुपमा दर्जित मानव जातिका कारण प्रकृतिका अन्य सजिव प्राणीहरु समेत ग्रसित वन्न पुगेका छन् । प्रकृतिमा आएको उतारचढावले मानव जीवनको प्रक्रियामा स्वत प्रभाव पार्दछ, त्यसै प्रक्रियामा मानव जातिहरु चल्नुपर्नेमा प्रकृतिलाई नै चुनौती दिने ढंगवाट अगाडि वढेको छ । त्यसैको नकारात्मक प्रभावले मानवीय जीवनमा ठूलो अन्तरसंघर्ष पैदा गरेको छ । त्यसैको कोपोभाजनमा मानव जातिहरु परेको पाईन्छ ।

परिवारमा मात्र केन्द्रित रहेर जीवनलाई नियाल्ने हो भने पनि स्वार्थताका गन्ंधहरु हरेक सम्वन्धमा पाउन सकिन्छ । यहि कणको संगम विन्दुको विविधताले जीवन थप कष्टकर वनाईदिएको छ । परिवारभित्रको एकत्वमा समेत स्वार्थ मिसिएपछि त्यसले दिने परिणाम घातक हुन्छ, भने समाजको के कुरा ? त्यहि विवशतामा आम व्यक्तिहरु भाग्यको लेखान्त सम्झेर जीवन घिसारिरहेका छन् ।

जीवनको निरन्तरतालाई धेरै पक्षले प्रभाव पारेता पनि अन्ततोगोत्वा सोच नै जीवन सहजताका मुख्य तत्व हो, त्यहि सोच नै जीवन जीउने मुख्य आधार हो । सकारात्मक सोचले सहज र नकारात्मक सोचले असहज अवस्थाको सिर्जना गर्दछ । तर त्यो सोचको मापन के र कति त ? सोचको उच्चतम रुप के हो त ? सोच र चेतनामा कति समानता पाउन सकिन्छ ? सोच र चेतनाको मेल सँग व्यक्तिको आत्मविश्वासले कतिको भूमिका खेल्दछ ? यहि पृष्ठभूमिको नजिक रहेर जीवनको अर्थ खोज्ने हो भने जीवन व्यक्तिगत होईन, सामाजिक रहेछ भन्ने वुझिन्छ । जीवनका विभिन्न आयामहरु पाउन सकिन्छ । जीवनको सार यहि अन्र्तवस्तुमा पाउन सकिन्छ । हरेक विषयमा व्यक्तिगत प्रधान हुने कारकमा सामूहिकताको आधार पाईन्छ । कोहि पनि सिगो व्यक्ति वा जीवन धर्तिमा लामो समय वाँच्न सक्दैन । कुनै न कुनैको साथमा मात्र वाच्न सक्ने विषयको अन्तर्यलाई केलाउने हो भने हामी सहज जीवन यापन गर्न सक्दछौ तर व्यक्ति केन्द्रित सोच हामी भईदिदा सोच एकातर्फ र जीवन अर्कोतर्फ भएर जीवन वाध्यतामा वाचिरहेका छौ । समाजलाई केहि समय अलग राखेर परिवारमा मात्र केन्द्रित रहेर जीवनलाई नियाल्ने हो भने पनि स्वार्थताका गन्ंधहरु हरेक सम्वन्धमा पाउन सकिन्छ । यहि कणको संगम विन्दुको विविधताले जीवन थप कष्टकर वनाईदिएको छ । परिवारभित्रको एकत्वमा समेत स्वार्थ मिसिएपछि त्यसले दिने परिणाम घातक हुन्छ, त्यहि विवशतामा आम व्यक्तिहरु भाग्यको लेखान्त सम्झेर जीवन घिसारिरहेका छन् ।

शुन्यताभित्रको जीवनको परिकल्पनामा रम्ने हो भने शान्ति नै शान्ति पाउन सकिन्छ । सोच र चेतनाको सन्तुलन मिलाउने र त्यहाँ आत्माविश्वासलाई जोड्ने हो भने जीवन सार्थक वनाउन सकिन्छ । तर त्यो गर्ने मानव जातिमा धैेर्यता, एकाग्रता र ईच्छाशक्ति छैन । यो यो सवै सोच्ने हामीमा चेतना छैन । चेतनाविहिनताको जगमा टेकेर आकाश छुने कुरा सम्भव छैन । त्यहि असम्भव गतिविधिमा हामी आकाश छुने मनसायका साथ चिच्याई रहेका छौ ।

सोच एकातर्फी जीवन अर्कोतर्फ विवश हाम्रा गतिविधिहरु निरन्तर भईरहे र भईरहनेछन् । अनुकलतामा मात्र जीवन जीउन खोज्ने सोचहरुले सफलता हात पार्न सकिदैन । सोच र चेतनाको संगम त्यति सहज छैन, जुन हामी खोज्दछौ । कर्म विना फलको आशा गर्ने हामी मानव जातिहरु जीवनको सार खोज्ने हिम्मत कहिल्यै गर्न खोजेनौ । सहजता र अनुकलको व्यवहार निश्चित समय सम्मका लागि मात्र पाच्य हुन्छ, नकि जीवन भर । सोच एकातर्फी र जीवन अर्कोतर्फी व्यतित गर्नेहरुको होडमा त्यहि छिर्न खुरापाती गर्ने सोच भन्दा अन्य सोच कहिल्यै विकसित हुन सकेन । त्यसैको परिणाम चाहना र सोच एकतर्फ, जीवनको गति अर्कोतर्फको दूरीमा जीवन जीउन विवश वनिरहेका छौ ।

 

हाम्रो सुझाव