हराएको एक महिनापछि मोबाइल पाएँ

आदर्श समाज सम्वाददाता
माघ २६, २०७१

बैंकमा काम गर्ने हामीलाई ऋणीको जग्गा फुकुवाका लागि मालपोत कार्यालय गइरहनु पर्छ। गत पुसमा एक दिन हामीलाई तनहुँका ऋणीको जग्गा फुकुवा गर्न दमौलीको मालपोत गयौँ। र्फकने क्रममा काठमाडाँैबाट आएको माइक्रोबसमा चढेका थियौँ। हामीलाई त्यो माइक्रोबस कहाँसम्म पुग्छ भन्ने पनि चासोको विषय परेन किनभने ती सबै माइक्रोबस पोखरा अवश्य नै पुग्छन् भन्ने थाहा थियो। त्यो बसमा पछाडिको सिटमा हामी ४ जना थियौँ। म र मेरो साथी बाहेक अरू २ जना नचिनेका पुरुष थिए। त्यहाँ न हामीले ड्राइभर चिनेका थियौँ न कन्डक्टर नै। पैसा पनि साथीले तिरेकी हुनाले मैले कन्डक्टरलाई वास्ता गरिनँ। न बस नम्बर नै याद गरिएको थियो। यी सबै जान्न जरुरी पनि त थिएन। यात्रा कति गरियो, ड्राइभर, कन्डक्टर चिनेर, बस नम्बर जानेर साध्य पनि थिएन, अर्थ पनि थिएन। हामीलाई पोखराको पृथ्वी चोकमा उतारेपछि त्यो माइक्रोबस कतै अन्तै लाग्यो। अको लोकल माइक्रोबस चढेर नयाँ सडकमा अफिस अघिल्तिर उत्रियौँ।

म त्यतिबेला झसंग भएँ, जब मेरो खल्तीमा मोबाइल छैन भन्ने थाहा पाएँ। बर्बाद भयो, माइक्रोबसमा मोबाइल खसेको हुनुपर्छ भन्ने लाग्यो। साथीको मोबाइल सेटबाट फोन गर्दा मेरो मोबाइल स्वीच्ड अफ भइसकेको थियो। त्यसपछि तुरुन्तै ट्याक्सीमा माइक्रोबस पार्क गयौँ। त्यहाँ गएर गर्नु पो के – न ड्राइभर चिनेको, न कन्डक्टर। न बस नम्बर नै थाहा छ। अस्ट्रेलिया बस्ने दाजु र भाउजुले प्रेमपुर्वक पठाइदिएको फोन थियो त्यो। साह्रै चित्त दुख्यो। मोबाइल फोन हरायो, सामानको खति त भयो नै, त्योभन्दा पनि मेरा सयौँ कन्ट्याक्ट नम्बर, फोटो, भिडियो लगायतका सामग्री पनि हराए मोबाइल फोन सँगसँगै। ती सबैलाई कम्प्युटरमा सारेको भए त हुन्थ्यो नि भन्ने पछुतो पनि लाग्यो। घरमा भन्न पनि सकिनँ। कसरी भन्नु म बेहोसी भएँ भनेर – केही महिनाअघि मात्रै गहनाको पोका भएको झोला हराएको थियो। अहिले फेरि मोबाइल फोन सेट।

अमिलो मन धमिलो मुहार लिएर अफिसमा गएर सुस्ताउन थालेँ। मेरी दिदीको छोरीकोे फोन काठमाडौँमा दुर्इ साताअघि हराएको र पुनः पाइएको भन्ने अनयास सम्झेँ। अनि उसैलाई फोन गरेँ। “मोबाइल फोन राखेको खोलमा आइएमइआइ नम्बर हुन्छ। त्यही लगेर प्रहरी कार्यालयमा उजुरी गरे उनीहरूले पत्ता लगाइदिन्छन्। मेरो त त्यसै गरी पाइएको हो। प्रयास गर्नुस्, पाइन्छ। चिन्ता गर्नु पर्दैर्न।” उसले भनी। मनमा आशा जाग्यो। मोबाइल सेटको खोल घरमा थियो। आइएमइआई नम्बर माग्नलाई श्रीमान्लाई फोन गरेँ। उहाँले म पनि आउँछु र सँगै जाउला भन्नुभयो र हामी जिल्ला प्रहरी कार्यालय, गैरापाटनमा गयौँ। त्यहाँका प्रहरीले भने, “हराएको मोबाइल पाइने सम्भावना ५ प्रतिशत छ। एउटा निवेदन दिएर छोड्नुस्। पाइएमा हामी खबर गछौर्ं।” उनको भनाइ निराशायुक्त नै थियो। तर उनका कुराले भन्दा त्यहाँको वातावरणले निराश बनायो। उजुरी टिप्ने शाखामा उनी एक जना मात्रै थिए। त्यहाँ सर्वसाधारणको भिड थियो, कोही बाउन्स भएको चेकका कारण उजुरीमा आएका त कोही नर्सिङमा नाम निकालिदिने प्रलोभनमा पारी ३ लाख झवाम पारी बेपत्ता भएको मानिसलाई खोजिदिन अनुरोध गर्दै थिए। कोही स्कुटरले बच्चा ठक्कर दिएपछि उपचार खर्च र अन्य क्षतिपुर्र्तिको लागि दुवै पक्षको मेलमिलाप गर्न आएका थिए। तिनको मेलमिलापको कागज लेख्न एक प्रहरी व्यस्त थिए। घरमै सुत्नलाई साथी बोलाएकी हजुरआमाले बहिनीकी नातिनीलाई गहना चोरेको आशंका गरेपछि आफन्तबीचको वैमनस्यताको मध्यस्थता गरी तथ्य पत्ता लगाइदिन दुवै पक्ष याचना गर्दै थिए। तर त्यहाँको स्रोत सामर्थ्यले यो सबै होला भन्ने कत्ति लागेन मलाई। एउटा ल्याण्डलाइनको टेलिफोन सेट समेत थिएन, प्रहरीहरू आफ्नै मोबाइल सेटमार्फत कार्यालयसम्बन्धी फोन गर्दै थिए। मेरोभन्दा अरूका गम्भीर समस्या थिए। यिनीहरूले केही पार लगाउलान् जस्तो लागेन। तैपनि ती प्रहरीले भनेझैँ निवेदन दिएर घर फक्यौर्ँ। त्यही मोबाइल फोन झल्झली आयो आँखा वरिपरि। नेपाल टेलिकमको सिम थियो मेरो। केही उपाय लाग्छ कि भनेर दुर सञ्चार कार्यालयमा काम गर्ने दुर्इ आफन्तलाई समस्या बताएँ। एक जनाले एनसेलले त हेरेर पत्ता लगाइदिन्थ्यो, नेपाल टेलिकमले यसरी हेर्ने सुविधा दिएको छैन भने। अर्काले केही बेरपछि फोन गरेर भने, “ठ्याक्कै पत्ता लगाउन त सकिँदैन। तपाईको मोबाइल पर्वतको दक्षिणी भेगतिर छ जस्तो छ।” दुवै भनाइले निराश मात्रै बनायो।

दिन बित्दै गए, मोबाइल सेट पाउने आशा हरायो। करिब दुर्इ हप्तापछि अको मोबाइल र सिमकार्ड खोजेर चलाउन थालेँ। तर नयाँ मोबाइल पुरानो जस्तो राम्रो थिएन। फोन नम्बर हराएकाले कसैलाई फोन गर्न पनि मिल्दैनथ्यो। त्यसैले हराएको मोबाइल साह्रै मिस गरेँ। एक दिन दिउँसो अकस्मात घरमा जिल्ला प्रहरी कार्यालयबाट फोन आएछ, “तपाईहरूको हराएको फोन पाइए जस्तो छ, एक चोटि जिल्ला प्रहरी कार्यालयमा आउनुहोस्।” तुरुन्तै मेरो श्रीमान् त्यहाँ पुग्नुभयो। फोन भेट्टाउने मान्छे पर्वतको बेउलीबासका रहेछन् भन्ने थाहा भयो। ऊ १०/१२ दिनपछि मात्रै पोखरा आउने र त्यतिबेलै ज्रि्रकामा फोन बुझाउने भनेकाले अब के गर्ने भन्ने सल्लाह गर्न प्रहरीले हामीलाई फोन गरी बोलाएका रहेछन्। जिल्ला प्रहरी कार्यालयको भिडभाड र अस्तव्यस्तता उस्तै थिए। नानाथरीका समस्या लिएर थुप्रै सेवाग्रही त्यहाँ थुप्रिएका थिए। हामीलाई फोन गर्ने ती प्रहरी पोखरा रंगशालामा भइरहेको फुटबल प्रतियोगितामा ड्युटी गर्न जानुपर्ने भयोे। उजुरी शाखामा काम हुँदाहुँदै उनी त्यता लागेकाले त्यो दिन थप कुरा केही हुन पाएन।

फोन पाइन त पाइयो तर उधारो जस्तो भयो कुरा। त्यसै दिनमा मेरो पुरानो नम्बरमा मेरा एक आफन्तले फोन गर्दा त्यो मोबाइल सेट भेट्टाउने मान्छेले फोन रिसिभ गरेको भन्ने थाहा पाएँ। अनि हामीले पनि आफ्नै नम्बरमा फोन गर्‍यौँ। फोन भेट्टाउने व्यक्तिले भने, “मोबाइल तपाईले पाउनुहुन्छ। ढुक्क हुनुहोस्। मोबाइलको चार्ज सकिएकोले तपाईलाई उतिबेलै मैले यो फोन फर्काउन सकिनँ। चार्जर खोजेर चार्ज गर्दा धेरै समय लाग्यो। अनि म यतै गाउँतिर अस्तव्यस्त भएँ।” उनले कुरा मिलाए। मलाई उनीप्रति उस्तो गुनासो पनि थिएन। उनले मेरो फोन सेट चोरेका थिएनन्। खसेको टिपेका थिए। उतिबेलै हामीले गरेको फोन उठाएर फिर्ता गरिदिएका भए बढी इमान्दार दरिन्थे। तर त्यसो गरेनन्, स्वीच अफ गरे। अहिले प्रहरीले खोजेपछि मात्रै दिन तयार भए। नत्र उनले मोबाइल फिर्ता गर्न आवश्यक ठानेनन्। कुराकानीका क्रममा उनले थपे, “म त्यहाँ आउन नमिलेकोले यो मोबाइल सेट बसबाट पठाइदिन्छु। तपाईले बसबाटै लिनोस्।” बसमा पठाउँदा भर हुँदैन कि भन्ने लाग्यो हामीलाई। त्यसैले हामीले “पछि फोन गछौर्ं” भन्यौ। जिल्ला प्रहरी कार्यालयका टंक पौडेल हाम्रो नातेदार पनि हुनुहुँदो रहेछ। उहाँलाई नै भेटेर कि हामी नै जानु परे जाऔँला त्यहाँ भनेर सल्लाह गरेपछि उहाँले “तपाई जानुभन्दा त्यो मान्छेलाई प्रहरीमा मोबाइल फोन बुझाउन भन्छौँ। अनि कुनै उपायले ल्याउँला” भन्नुभयो। र केही दिनपछि प्रहरीमार्फत फोन आयो पनि। अन्ततः हराएको एक महिनापछि मेरो प्यारो मोबाइल फोन सिमसहित हात पर्‍यो। मलाई धेरै खुसी लाग्यो।

आइएमइआइ नम्बर भएको मोबाइल सेट हराएमा सोही नम्बरमार्फत खोज्न सकिने रहेछ। सो नम्बरमार्फत जुन सिम हाले पनि त्यो नम्बर थाहा हुने रहेछ। अनि प्रहरीले त्यस नम्बरमार्फत पत्ता लगाउँदो रहेछ। यस खोजी कार्यमा प्रहरीको योगदान प्रशंसायोग्य लाग्यो। स्रोत साधनको अभावका वावजुद पनि उनीहरूले अपराध र अपराधी नियन्त्रणमा प्रहरीले खटिएर काम गरेको आफैले देख्न पाइयो। कतिपयले हराएको मोबाइल पाइँदैन भनेर खोज्ने प्रयास नै नगरेको देखिन्छ। तर प्रहरीलाई खबर गर्ने हो भने मोबाइल फोन पुनः प्राप्त गर्न सकिँदो रहेछ।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width