स्व. सप्तबहादुर थापा सान्निध्यका अमृतमय क्षणहरू

आदर्श समाज सम्वाददाता
जेठ २९, २०७०

यही जेठ १७ गते स्व. खड्गबहादुर बानियाँजीको स्मृति ग्रन्थ विमोचन समारोहमा व्यस्त थिएँ। नेपाली काङ्ग्रेसका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री परमआदरणीय श्री शेरबहादुर देउवाजीको प्रमुख आतिथ्यता र वरिष्ठ नेतागणको समुपस्स्थितिले र विभिन्न क्षेत्रका वरिष्ठ व्यक्तित्वहरूको उपस्स्थितिले सभा भव्य र गरिमामय बनेको थियो। हामी आयोजकहरूका निमित्त सो सभा निकै गर्व र गौरवको विषय बनेको हुँदा गरिमामा कतैबाट पनि कुनै प्रकारको आँच आउन नपाओस् र निर्विघ्न सम्पन्न होओस् भन्ने कुरामा बडो सावधानीपूर्वक चिन्ता र चासो पनि त्यत्तिकै थियो।

प्रमुख अतिथिको व्यस्ततामा हामीले पनि केही समय लिने शौभाग्य पाएका थियौं। वाषिर्क श्राद्ध र स्मृति ग्रन्थ विमोचनस्वरूप श्रद्धाञ्जली सभा नै भए तापनि सबैमा प्रशन्नता नै छाएको थियो र हामी कार्यकर्ताको लामो समयको संकल्प कल्पनाले मूर्त, साकार रूप लिइरहेको हुँदा अझ बढी गौरव र आनन्दको विषय थियो। त्यस सभाको निर्विघ्न सम्पन्नता, कार्यक्रमको शुभारम्भसँगै नेता हड्बडाउन थाल्नुभयो। मुलुकको बिग्रदो स्स्थिति, अस्थायी राजनीतिले कतिखेर कहाँ, के वित्यास पार्ने हो ? भन्ने जगजगीपूर्ण अवस्थाले गर्दा मञ्चासीन नेताहरूको हडवडी र मुहारमा प्रष्टै देखिइने मलिनता, चिन्ताका रेखाहरूले कुनै ठूलो अनिष्टको इसारा गरिरहेका थिए।

हामी पनि झसङ्ग भयौं। अनिष्ट कल्पना त छँदै थियो। लौ अब कहाँ के वित्यास पर्‍यो भनेर। नभन्दै समाजसेवी, वरिष्ठ व्यक्तित्व, पोखराका बहुमुखी प्रतिभा, परिवारजनका मायालु संरक्षक, वात्सल्यमय ममताका खानी, गर्व र गौरव, अनाथहरूका सहारा, सेवक, परोपकारी, ०७ सालको क्रान्तिका सहयात्री सबैलाई समान आदर सम्मान दिनुहुने, सुसंस्कृत व्यक्तित्व, शीतल छहारी सप्तबहादुर थापाजी स्वर्गे हुनुभएछ। जो सबैका लागि अपूरणीय क्षति तथा चिन्ता र चासोको विषय थियो।

तुरुन्त सामान्य औपचारिकतामा सभा छोट्टयाएर कार्यक्रम समाप्त गरी नेतागण हतारहतारमा शवयात्रामा सामेल भई श्रद्धाञ्जली समर्पण गर्न त्यतातिर लाग्नुभयो। सभा सकिए तापनि अन्य अनिवार्य कारणले दुर्भाग्यवश् म शवयात्रामा सामेल हुन सकिनँ। बरु समयमै नेताहरूलाई त्यता उपस्स्थित हुन वातावरण सहज बनाइ निवेदन गरेँ। नेता गणको समुपस्स्थिति स्व. सप्तबहादुरजीप्रति कृतज्ञतास्वरूप श्रद्धाञ्जली समर्पणले केही महत्त्व राख्दथ्यो भने पाखेको उपस्स्थिति ज्यूँदाको जन्ती, मर्दाको मलामी आफ्नो बन्धुत्व धर्म निर्वाह गर्नु मात्रै थियो। शवयात्राको गरिमामा खासै अर्थ राख्दैनथ्यो। जब कि पार्टीका तर्फबाट गर्नुपर्ने सर्त्कर्मले र सामाजिक, राजनीतिक चलनवर्तन  अनुरूप अति आवश्यक थियो।

थापा बुवाको निधनले झस· बनायो। मनै भारी भयो तर त्यस समारोहमा अनिवार्य अ·का रूपमा रहेका कामहरू त पूरा गर्नु नै थियो। मनभरि स्मृतिका पानाहरूमा धार्मिक, सामाजिक क्षेत्रमा उहाँका सानिध्यतामा बिताएका मीठा सम्झनाहरू स्मृतिका पानाहरूमा कुन चलचित्रका दृश्यहरू पर्दामा आएझैं क्रमशः आउन थाले। उहाँको व्यक्तित्वबाट प्रभावित भएर उहाँसँगका अनुभव, ज्ञान आदि लिई सार्वजनिक गर्दै सबैलाई प्रेरणा दिने उद्देश्यले उहाँको सानिध्यतामा पुगी बिताएका केही अमृतमय क्षणहरूकै आधारमा अहिले श्रद्धाञ्जलीस्वरूप बन्धुहरूमा निवेदन गर्दैछु।

मान्छे अच्युत होइन। गल्ती थाहा हुनेबित्तिकै समय र परिस्स्थिति अनुसार सच्याउनु, पश्चात्ताप गर्नु, क्षमा माग्नु र प्रायश्चित गर्नु मानवता हो। अच्युत भनी मानिएका स्वयं भगवान पनि विवादमा हुनुहुन्छ भने मान्छेको के कुरा गर्ने ? मान्छे स्वतन्त्रताप्रेमी बौद्धिक प्राणी हो। ‘कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुद्धि’ भन्ने अमृत वचनअनुरूप असल मान्छे हुनुहुन्थ्यो भन्ने कुरामा सायदै दुर्इ मत होला। लामो कालखण्ड खासगरी पोखरा वृद्धाश्रम निर्माणको स्थापनाकालको पूर्व तयारीको अवस्थादेखि बीचबीचमा पर्न आएका विविध बाधा अवरोध हर्टाई निर्विघ्न मार्ग प्रशस्त गर्नमा उपाध्यक्षको गहन जिम्मेवारी वहन गरी नेतृत्व दिनुभएको अनुभव, सहयात्रामा उहाँका सानिध्यतामा पाएका अमृतमय वचन, व्यवहारबाट निकै प्रभावित बनेको थिएँ।

मृदुभाषिता, सहनशीलता, दानी, सेवक, क्रियाशीलता र धार्मिकता, गमेर निर्णायक भूमिकामा सक्षमता, गुरु गम्भीर -शालीन स्वभाव र त्यस्तै शारीरिक सौम्य, सुन्दर स्वरूपले उहाँको व्यक्तित्व निखारिएको थियो। थप ०७ सालको क्रान्ति अघि, प्रतिक्रान्तिपछि राणाहरूको दमन, अनेकौ प्रताडनाद्वारा धेरै नै दुःख, कष्ट भोगिरहेका पोखराका नेता कार्यकर्तालाई केन्द्रबाट दिइने निर्देशन, यहाँको परिस्स्थिति, गतिविधिको जानकारी लिने एक मात्र माध्यम टेलिफोनको स. अपरेटरका नाताले तत्कालै जानकारी हुने हुँदा नेता कार्यकर्तालाई अग्रीम जानकारी गराई ठूलो जोखिम उठाएर गराउनुभएको सहयोग कम महत्त्वको थिएन। यस प्रस·मा प्रत्यक्ष अनुभवी नेता कार्यकर्ता विविध प्रस·मा यदाकदा बडो रोचक, रोमाञ्चक शैलीमा सुनाउँदै हुनुहुन्छ र तत्कालीन नेताहरू स्व. पं. ऋषिकेशव पराजुली जी र स्व. श्रीकान्त अधिकारीजीहरूले विविध प्रस·मा आफ्ना ऐतिहासिक दस्तावेजहरूमा सँगै उल्लेख गर्नुभएको छ।

थप परम श्रद्धेय वरिष्ठ नेता पूर्व प्रधानमन्त्री श्री शेरबहादुर देउवाजस्ता राष्ट्रिय व्यक्तित्वद्वारा पार्टीको झण्डाद्वारा अभिनन्दन गरी शव यात्रामा सामेल हुनु गौरवको विषय भएको छ भने सनातन धर्म सेवा समितिजस्ता सङ्घसंस्थाहरूद्वारा उहाँ जीवितावस्थामै पनि सम्मानित, अभिनन्दित हुनुभएको छ।

समृद्ध किसान, कुशल थोक व्यापारी, धार्मिक, सामाजिक, राजनीतिक क्षेत्रका वरिष्ठ व्यक्तित्व स्व. सप्तबहादुर बुबाको समग्रतामा प्रकाश पार्ने क्षमता पनि छैन र स्मृत्रि्रन्थ तयार गर्ने प्रयत्न पनि त पक्कै गरिएला, गनैपर्ने हो, गर्नुपर्छ। त्यतिबेला सहयोग गर्ने सौभाग्य मिलेछ भने उहाँको साथी, सहयोगी, सहृदयी योद्धा महानुभावहरूका विचार समेटी प्रकाश पार्ने प्रयत्न गरिएला। यो त केवल सविनय श्रद्धाञ्जली मात्रै हो। थप सुशिक्षित, संभ्रान्त, सुसम्पन्न परिवारले स्मृति प्रतिष्ठान खडा गर्ने तिर पनि सोचेकै होला –

यस परिवारका बाबुनानीहरूको शिक्षकका नाताले र पोखरा वृद्धाश्रमको परिकल्पनाकार र पृष्ठभूमिमा रहेर यसको संस्थापनमा खेलेको भूमिका, मैले प्रस्ताव राख्दा संस्थापक उपाध्यक्षको गहन भूमिका निर्वाह गर्नमा उहाँको तत्परता, सभापतिका रूपमा सफलतापूर्वक गर्नुभएको योगदान, रामघाट क्षेत्र विकास समितिको अध्यक्षका रूपमा आततायीहरूका अनेकौं धम्कीघुर्कीका बाबजुत निर्भिकतापूर्वक संरक्षणमा पाउनुभएको सफलता, गीता मन्दिरका अध्यक्षका रूपमा निभाउनुभएको सफल भूमिका, त्यहाँ गरिएका यज्ञयाज्ञादि र निर्माण गरिएका धर्मशाला, भव्य मन्दिर तथा तीर्थयात्रुका निमित्तका आवास, भोजनका प्रबन्धहरू, समय-समयमा सन्त, विद्वानहरूका सत्स· आदि अविस्मरणीय योगदान अभिनन्दनीय छन्। यस्तै प्रभावद्वारा उहाँको सानिध्य वात्सल्य भावद्वारा अभिनिन्दत बनाउने हुनाले ती अमृतमय श्रणहरूको संक्षिप्त विवरण पाखेले राष्ट्रिय दैनिक -समाधान ०६१ चैत, जनमत ०६५ वैशाख १६) हरूमा प्रकाशित गरेको थियो। केही थप जानकारी पाठकबन्धुले त्यहाँबाट प्राप्त गर्नुपर्ला।

वृद्धाश्रम राम्रै चलेको छ। असहाय वृद्धवृद्धाहरू सम्मानित रूपमा जीवन बिताइरहनुभएको छ। मठ मन्दिर, धर्मशाला सुचारु नै छन्। उद्योग व्यापार चलेकै छन्। राजनीतिले ठूलो छलाङ मारेर गणतन्त्रमा आइपुगेको छ। स्व. थापा बुबाको योगदानहरू सबैतिर फुलेफलेकै छन्।

छोरा, बुहारी, छोरी, ज्वाइ“, मामा, भाञ्जा, नातिनातिनी, पनाति, पनातिनी, बन्धुवान्धव, धार्मिक, सामाजिक, राजनीतिक क्षेत्रका सम्मानित व्यक्तित्वका रूपमा सम्मानित संरक्षक सप्तबहादुर बुबा पाको उमेरमा हामी सबैबाट सदासदाका लागि बिदा भएर जानुभयो। नेपालको इतिहासमा मात्र होइन कि विश्व इतिहासमै बहुचर्चित वीरवीर·नाहरूको पवित्र कुल थापा, प्रतिष्ठित, संभ्रान्त परिवारमा पिताजी स्व. इन्द्रबहादुर थापा तथा आमा कुश्मा थापाका पुत्ररत्नका रूपमा स्व. थापाको स्थानीय पोउमनपा-१२ कुँडहरमा वि.सं. १९८६ साल भाद्र ६ गते जन्म भएको थियो। शुभविवाह स्याङ्जाको प्रतिष्ठित परिवारमा धर्मबहादुर कार्कीकी एक मात्र सुपुत्री सुश्री नन्दकली कार्कीको साथ सुसम्पन्न भएको हो। दुर्भाग्यवश उहाँको असमयमै निधन भयो। दोस्रो विवाह माझठाना गाविसका स्व. देवीबहादुर तिमिल्सेनाकी कान्छी सुपुत्री सुश्री ललिताकुमारीसँग भएको हो। उहाँबाट सुपुत्रहरू श्री रिवबहादुर, श्री शिवबहादुर, श्री लेखबहादुर, श्री मनोजबहादुर, छोरीहरू श्रीमती कमला, श्रीमती स्यानु, श्रीमती राधा तथा नातिनातिनी, पनाति पनातिनीहरूको ठूलो परिवारका माउ बन्नुभएको थियो। उहाँको यस विषयमा अन्यत्र पनि थप चर्चा भएको छ।

‘कीर्तिर्यमस्यसजीवति’-‘सत्कर्मी कीर्तिमानहरू सदा जीवित रहनुहुन्छ। उहाँहरूको कहिल्यै मृत्यु हुँदैन। भौतिक शरीर पञ्च महाभूतमा मिले तापनि पारमार्थिक शरीर परमपिता परमात्मामा मिलन हुन गई सज्जन, सत्कर्मी, ज्ञानीहरू सांसारिक बन्धनबाट मुक्त हुनुहुन्छ।’

‘मरणां प्रकृति शरीरिणाम् विकृति जीवन मुच्यते बुधै’-‘महाकवि कालिदासले मरणलाई प्राकृतिक घटना र बरु जीवनलाई विकृति भन्नुभएको छ। ‘जातस्य हि धु्रवो मृत्यु। धु्रवं जन्म मृतस्य चर’- जन्मेपछि मृत्यु निश्चित छ र मृत्युपछि जीवन पनि त्यत्तिकै सत्य कुरा हो। पुर्नर्जन्ममा सुखशान्ति वा स्र्वर्ग, मोक्षका कामनाले वा निष्काम कर्मयोगीहरूले सर्त्कर्मद्वारा आत्मोद्वार गर्दछन्। भनिन्छ, मानवजीवन अनमोल सृष्टिकै भारी मुकुट हो। मोक्षसोपान हो। मान्छे नभई ज्ञान हुँदैन र ज्ञानबिना मोक्ष सम्भव छैन।

‘देवान् देवयजो यान्ति, पितन्यान्ति पितृव्रता’- देवताका आराधनाद्वारा देवलोकमा पुगिन्छ र पितृभक्तहरू पितृलोकमा पुग्दछन्। पितृहरूका निमित्त गरिएका सर्त्कर्महरूद्वारा पितृहरूको उद्वारका साथै असल सन्तानहरूले आफ्नो पनि उद्वार हुने हुँदा गच्छेअनुसार दान पुण्य, तीर्थवर्तमा लाग्नु नै श्रेयष्कर छ। गया श्राद्ध पितृहरूका निमित्त उत्तम मानिन्छ र त्यस्तै अन्य दान पुण्यका कुरा पनि शास्त्रहरूमा छन्। हो थापा बुबा आफ्ना सर्त्कर्मले निश्चय नै उत्तम लोकमा पुग्नुभयो होला तर उहाँको अझै गतिमुक्ति र सन्तान र स्वयं आत्मोद्वारका निमित्त पनि उत्तराधिकारीले प्रयत्न गर्नु कल्याणकारक कुरा हो।

पिता पुर्खाले ठूलो प्रयत्न गरी आर्जेको सम्पत्तिभन्दा पनि उहाँहरूले श्रद्धाभक्तिपूर्वक खाइनखाई अनेकौं विघ्न बाधाहरूको सामना गर्दै, ठूलो प्रयत्नद्वारा खडा गरिएको आस्थाका धरोहर सामाजिक, धार्मिक, शैक्षिक, अर्थात सर्वजनहिताय, सर्वजनसुखाय खडा गरिएका संरचनाहरूको संरक्षण, सर्म्वर्द्धनका साथै अधुरा योजना, इच्छा, परिकल्पना पूरा गर्नमा पौरखी पारखी परिवारजनको ध्यान जानैपर्दछ। सके पुर्खाको कीर्ति बढाउँ नसके पनि पाखेको सविनय दुर्इकर जोडी नम्र निवेदन छ बन्धु हो, संरक्षणमा हामी सबै बन्धुबान्धव लाग्नै पर्दछ। यही नै सच्चा श्रद्धाञ्जली हो। रोए कराएर, च्याउरो पारेर समवेदना प्रकट गर्नुको तत्कालीन श्रणिक सान्त्वना मात्रै हो। दीर्घकालीन रूपमा त्यस्तो समवेदनाको खासै अर्थ रहँदैन।

अन्त्यमा दिवंगत आत्माको चिरशान्ति, स्र्वर्ग मोक्षको कामनासहित पितृहरूका आशीर्वादले हामी सबै सर्त्कर्ममा लाग्ने शक्ति, सत्बुद्धि मिलोस्। उनै पितृका कृपाले पितृवियोगको मर्मान्त पीडा सहन गरी कर्तव्यपथमा अग्रसर रहन परिवारजनलाई प्रेरण मिलोस् यही प्राथर्ना गर्दै दिवंगत आत्माप्रति सविनय श्रद्धाञ्जली समपण गर्दै परिवारजनप्रति समवेदना।

देवाताम्य पितृम्भ्यश्च महायोगी भ्यएवच।

नमः स्वहायै स्वधा यै नित्य मेव नमोनमः।

Related News

सम्बन्धित समाचार

hero news full width