मिति १९९५ साल फाल्गुण १५ गते मङ्गलबार पोखरा-६, बैदाम मुलथोकमा पिता शहदेव पहारी र माता हरिकला पहारीको कनिष्ठ सुपुत्रको रुपमा मध्यम वर्गीय किसान परिवारमा जन्म भएको थियो ।
सानै उमेरमा पिता शहदेव पहारीको दिवंगत भएकोले माता हरिकला पहारीको छत्रछायाँमा वहाँको लालनपालन भयो । सानै उमेरदेखि संस्कारित स्वभाव वहाँमा बिद्यमान रहेको थियो । तत्कालीन अवस्थामा शिक्षा दीक्षाको अभावका बाबजूद पनि वहाँले विद्वान गुर्रुवर्गको सानिध्यमा रही वेद, कर्मकाण्ड तथा ज्योतिष शास्त्रमा विशेष ज्ञान राख्नुभएको थियो ।
१९ बर्षको उमेरमा नेपाली संस्कृतिअनुसार भलामका कुष्माखर पौडेलकी माइली पुत्री पूर्णमाया पौैडेलसँग वैवाहिक सम्वन्ध जोडिन पुगेको थियो । उच्चशिक्षा हासिल गर्नका लागि भारत जानेक्रममा सातौ संम्वत्सर वहाँले भारतमा नै व्यतित गर्नुभएको थियो । भारतको राजनैतिक परिवेश प्रजातान्त्रिक अभ्यासलाई आफ्नो भूमिमा पनि उतार्न तथा विदेशीभूमिमा पराधीन जीवन निर्वाह गर्नुभन्दा स्वदेशमा पसिना बगाउनु उपयुक्त ठानी पुनः नेपाल र्फकनुभयो ।
उद्योगिनां पुरुष सिहमुमैत्रि लक्ष्मी भन्ने संस्कार बोक्नुभएका स्व. भानुभक्त पहारीले व्यापार आफ्नो व्यवसायलाई एक दशकसम्म सञ्चालन गर्नुभयो । वहा निरन्तर भन्ने गर्नुहुन्थो कि परोपकाराय सतां विभुतय अर्थात् मानव जीवन परोपकारका लागि हो । धर्मको मर्यादामा रही समाजको उत्थानका लागि वहाँले धेरै कार्य गर्नुभएको छ ।
लामो समयसम्म गति लिन नसकी जीण्ा अवस्थामा रहेको केदारेश्वर महादेवमणि लामाखोर बैदाम मन्दिरलाई हालको अवस्थासम्म ल्याइ पुर्याउने कार्यमा वहाँको महत्वपूर्ण भूमिका रहेको पाइन्छ ।
हालको मन्दिर परिसर र मन्दिरको क्षेत्रलाई सुरक्षित अवस्थामा राख्दै पोखराको धार्मिक पर्यटकीय विकास आवश्यक महसूस गरी तत्कालीन अवस्थामा स्थानीय व्यक्तिहरुको सहभागीतामा निर्माण गरिएको तदर्थसमितिको अध्यक्ष पदमा रही आर्थिक तथा भौतिक योगदान गर्नुभयो ।
पदीय दायित्वलाई भन्दा कार्यलाई विशेष महत्व दिने वहाँको स्वभावलाई वहाका मित्रहरुले प्रशंसा गर्ने गर्दछन् । प्रतिकूल स्वास्थका बाबजूद पछिल्लो समय केदारेश्वर महामणि महादेवमणि मन्दिरको उपाध्यक्ष पदमा रही लामो समय मन्दिरको व्यवस्थापनमा खटिनुभएको थियो भने पछिल्लो समय सल्लाहकार हुनुहुन्थ्यो । यज्ञ याज्ञिक कर्महरुमा उत्साह साथ समर्पित वहाँ दानी स्वभावको हुनुहुन्थ्यो ।
अदम्य साहसका धनी स्व. भानुभक्त पहारी लामो समयदेखि अस्वस्थ हुनुहुन्थ्यो । श्वासप्रश्वासको रोगबाट ग्रसित वहाँ उपचारको क्रममा मणिपाल अस्पताल पोखरामा २०७० साल श्रावण २८ गते ब्रम्हलीन हुनुभयो । यसरी एक सच्चा समाजसेवी व्यक्तित्व यो संसारबाट अनन्तकालका लागि बिदा भयो । अन्त्यमा वहाँको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौ ।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
सहारा क्लब अष्ट्रेलियाका अध्यक्ष राजमानको निधन
एकीकृत समाजवादीका डेढ सय कार्यकर्ता एमाले प्रवेश
भाद्र २२, २०८१लामाचौर कपमा नेपाल पुलिस च्याम्पियन
भाद्र २२, २०८१हारबाट सिक्छ गण्डकी भलिबल
भाद्र २२, २०८१हर्षोल्लासका साथ मनाइयो तीज
भाद्र २२, २०८१लामाचौर महोत्सव भव्य, दुर्गेशले यसरी उफारे दर्शक
भाद्र २१, २०८१