२०६८ सालको बडा दसैंको पूणिर्माको भोलिपल्ट जुन दिन थियो, मेरो लागि स्मरणीय दिन रह्यो। म पहिलो रात, पहिलो दिन हस्पिटलको बेडमा सुतेँ। त्यस रात मलाई डर लागेको थियो। किन कि अचानक मुटु दुखेको थियो, रातको दुर्इ बजेदेखि। हुन त २ हप्ता पहिले मैले डा. कुमारशम्सेर राणासँग चेक गराउन गएको थिएँ, मलाई अलि अलि छाति दुख्छ भनेँ, उहाँले चेक गरिसकेपछि ग्याष्टिकको शंका गर्नुभयो, उहाँले दिनुभएको औषधि लिएँ। आएको मध्य एउटा औषधि थियो, त्यसबारे उहाँले भन्नुभएको थियो जब जब दुख्छ त तब यो औषधि मुखमा च्याप्नु भनेर दिएको औषधि मेरो साथमा थियो। त्यत्ति खेर मैले त्यस औषधि प्रयोग गरे मलाई औषधिले छोएजस्तो लागेन। मैले पटक पटक गरी ६ गोली बिहानको ५ बजेसम्म खाइसकेको थिएँ, त्यस्तै साढे ५ बजेतिर मलाई न्रि्रा लागेझैं भयो, सुतेँ। बिहान ८:३०, ९ बजे उठेपछि दुख्न कम भई सकेको थियो। उठिसकेपछि सधैंझैं नुहाई धुवाई मेरो दैनिकी नै थियो। बिहानको खाना १० बजे खाना खाएर बसिरहेको थिएँ, फेरि दुख्छ कि भन्ने लागेर म दिनको २ बजे मनिपाल हस्पिटल पुगें। त्यहाँ डाक्टरलाई देखाएपछि, उहाँले तपाई भर्ना हुनुपर्छ भन्नुभयो, म केबल जाँच गराउन गएको थिएँ। औषधि लिई आउने विचारलाई भ· गरिदियो। आखिर म त्यस रात वेडमा सुत्न बाध्य भएँ। त्यस रात मनमा अनेक कुरा खेल्न थाल्यो, समय निकै बितिसकेको थियो, अब कुन डा. देखाउने भन्ने भइरहेको बेलामा याद आयो शहीद गंगालाल हस्पिटल छ। त्यहाँ उपचार मुटुको मात्र हुन्छ भन्ने थाहा थियो।
मणिपाल हस्पिटलबाट डिस्चार्ज हुने कुरा भयो, डिस्चार्ज पत्र लियौं, त्यही दिन २ बजेको जहाजबाट हामी काठमाडौं पुग्यौं र एयरपोर्टबाट नै सरासर गंगालाल हस्पिटलमा गयौं।
मुटुरोग समयमा उपचार नपाउँदा खेरि नेपालमा धेरै मानिसको मृत्यु भएको कुरा सुनेको थिएँ। त्यस्तै २०२८ माघमा राजा महेन्द्र विरविक्रम शाहदेवको पनि हट अट्याक्टबाट नै मृत्यु भएको भन्ने सुनेको त्यो कुरा याद आयो। राजा महेन्द्र कुनै पनि मुलुकमा पुगेर उपचार गर्न सक्थे, तर प्रारम्भिक चरणमा नै रोग पत्ता नलाग्नु छातिको दुखाई चर्को बज्रदै जानु, दुखाई कम गर्ने औषधि समेत समयमा सेवन गर्न नपाउनु, केही रोकथाम नहुनुको कारण नै मृत्यु हुन पुगेको हुनुपर्दछ।
अब नेपालमा रोगको पहिचान छिटो पत्ता लगाउन सक्ने र रोकथाम गरेर उपचार गर्न सक्ने सक्षम डाक्टर भइसकेको छ। अब धन भएका, पहुँचवालाहरु देश छोडेर अन्यत्र देशमा गएर पनि उपचार गर्न सक्ने छन्, सामान्य तथा मध्यम वर्गका नागरिकहरुका लागि स्वदेशकै शहीद गंगालाल हस्पिटलबाट नै उपचार हुन सक्ने र उपचार लिन सक्नेछ। म आफ्नु उपचार क्रममा पहिलो भर्ना मणिपाल हस्पिटल भयो र दोस्रो शहीद गंगालाल हृदयरोग हस्पिटल काठमाडौंको बासबारीमा उपचार गराउन पुगेको थिएँ।
यस किसिमको हस्पिटल देशका लागि अति आवश्यक रहेको तर देशमा एउटा मात्र छ, त्यो पनि केन्द्रमा मात्र भएको हुँदा गरिब, असहाय व्यक्तिहरुले हस्पिटलको नाममात्र सुन्ने उपचार कहाँ पाउने होला, त्यसैले यस्तो हस्पिटल देशको विकास क्षेत्रहरुमा एक एक हुन अति जरुरी छ, सरकार देश र जनताप्रति उत्तर दायित्व ठान्छ भने हस्पिटल पाँचै विकास क्षेत्रमा रहनुपर्छ भन्ने ठान्दछु। शहीद गंगालाल हस्पिटल पुगेपछि डा. सँगको पहिलो भेटबाट नै आफूलाई मृत्युबाट बँच्न सकिने आत्मविश्वास जागेर आयो। डा. राजीव राजभण्डारीको सरल व्यवहार सरलता मात्र नभई त्यहाँका स्टार्फ नर्सहरुबाट पनि धैर्यता गाँस्नु गर्नुस् उपचार हुन्छ। डाक्टरबाट लेखिएका औषधि नियमित हामीबाट खुवाउनेछु। अन्य उपकरणबाट चेक जाँच हुनेछ, रोग पत्ता लगाएर उपचार हुनेछ र निको भएर जान सक्नुहुनेछ भन्ने आश्वासन दिने र निश्चित समयमा औषधि सेवन गराउन आउने गर्नुहुन्थ्यो। यति मात्र नभई आराम भएको झैं लाग्दै थियो। शहीद गंगालाल हस्पिटल स्वच्छ, सफा, शान्त वातावरण पनि थियो। हस्पिटलबाट हुने सेवा उच्चस्तरीय नै लाग्यो, आफ्नो पनि आत्मबल बढ्दै गयो। मुटुका विरामीहरूले हरियो परियो तरकारी खाने र दैनिक बिहान एक घण्टा घुमफिर गर्ने, गह्रौं चिज नउचाल्ने, सन्तुलित खाना खाने। आफ्ना स्वास्थ्यलाई सदावहार राख्न, रोग लाग्नुभन्दा पहिले आफै होसियार बनौं। स्वस्थ जीवनका लागि स्वस्थ आहारविहार खाने गरौं, आफू पनि स्वस्थ बनौं परिवारजनलाई सुखी, खुसी वातावरणमा रहने गरौं। यही नै हो, हाम्रो स्वास्थ्य जीवन यही नै हो हाम्रो स्वस्थ समृद्धि राष्ट्रियता यही नै हो हाम्रो राष्ट्रिय सम्पत्ति, स्वस्थ मुटु हाम्रो जीवन हाम्रो मुटु स्वस्थ जीवन रहन राख्नको लागि सदा ध्यान दिऔं।
उपचारमा एन्जियो ग्राफिक अर्थात् अप्रेशन भयो। अप्रेशन भएको रातमा १२ घण्टा जति दुखेको महसुस मैले गरेँ। भोलिपल्ट पट्टी झिकेपछि दुख्न छाडेको थियो। म १२ दिन हस्पिटल बेडमा बसेर म्हपूजा -गोर्बर्द्धन पूजा) को दिनमा डिस्चार्ज भएँ र मेरो म्हपूजा भाइ टिका काठमाडौंमा नै भएको थियो। ३-४ दिनको लामो वर्षत्ले गर्दा काठमाडौं पोखराको उडान रद्द भयो। पाँचौ दिनमा पोखरा आएँ, मैले औषधि सेवन नियमित गर्न थालेको छु, डा. राजीव राजभण्डारीसँग मैले नियमित चेक गराउँदै आएको पनि छु।
त्यतिखेर मलाई के भएको भन्नेबारेमा गंगालाल हस्पिटलमा चेक गरिँदा मुटुमा रहेका रक्तसञ्चार नसामा कोलेस्ट्रोल जाम भएको रहेछ, जाम भएको कोलेस्ट्रोनलाई खोल्नुपर्ने देखियो। औषधि सेवनले मात्र खोल्न सक्ने भएन, त्यसैले केही दिन कुरेर मेरो पालोको समय आयो। दिनको ४ बजे डा. राजीव राजभण्डारीको टिमले एन्जियो ग्राफिक, अपरेशन गर्ने भयो र गरियो झण्डै ४०-४५ मिनेट लाग्यो, मलाई केही थाहा भएन। यसबारे मेरो प्रतीक्षामा रहेका मेरो छोरा दुर्इ र बुहारी आफन्तहरुले सुनाएका थिए, अप्रेशन विधि सरलझैं छ तर निकै सावधानी अपनाउनुपर्ने रहेछ, किनभने मेरो कोलेस्ट्रोन हटाउनका लागि अपनाएको विधि यस्तो थियो कि मेरो दाहिने खुट्टाको माथिल्लो काखिनेरको एउटा मोटो नसा प्वाल पारेर मसिनो २०-२२ नम्बरको भन्दै थियो, तार प्रवेश गरायो जहाँ जाम थियो त्यहाँ नै तारमार्फत कोलेस्ट्रोल खोल्ने काम भयो। खोल्ने काम सकिएपछि मलाई कोठामा पुर्याइएको थियो, त्यस रात जहाँ घाउ गरेको थियो, त्यहाँनेर दुखेको थियो, भोलिपल्ट पट्ट िझिकेपछि दुख्ने केही भएन, औषधि सेवन आजसम्म नियमित नै छ।
खानपिन के हुन्छ के हुँदैन, हामी अनभिज्ञ नै छौं। यस्तो रोग कोलेस्ट्रोन हुनबाट बच्न वा रोग नलाग्नका लागि हामीले खानपानमा नै बढी ध्यान दिनुपर्ने रहेछ। जस्तै हामी राँगो, खसी, बोकाको मासु खान्छौं मिठोको लागि। केही बोसो भएको मिठो हुन्छ भनेर हामीले मासु पोलेर, प|mाइ गरेर, पकाएर चिल्लो धेरै राखेर मरमसलामा पनि पिरो गरेर खाने गछौर्ं, तिनै राँगा, खसी, बोकाको मासु नै हाम्रो स्वास्थ्यको लागि हानिकारक रहेछ, हामीले चाल पाएनौं र शरीर फूर्तिलो राख्न खेल तथा व्यायाम गरेनौं केबल मुख मिठासको लागि मात्र जान्यौँ। इष्टमित्र साथीभाइलाई पनि यसैबाट सम्मान गर्योै, तर जानेर होइन नजानेर नै हो। यदि हामीले यसरी सम्मान गरेनौं भने हामी छुच्चा लोभी आदि शब्दबाट सम्मानित पनि हुन्छौं। त्यसैले मन फुकाएर दिल खोलेर पाहुना इष्टमित्र साथीभाइलाई सम्मान गछौर्ं। हामीले जानेर होइन नजानेर नै हो, अब बुझौ माथि उल्लेख गरेका पाहना सम्मान गर्न लायक वा अनलायक आफै बुझौं, अझ भन्ने हो भने यस्तो रोग व्याधिबाट बच्न बचाउन रातो मासु बोसो भएको चिल्लो ज्यादा खान हुँदो रहेनछ भन्ने जानौं।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०