स्वयंसेवा र रक्तदान

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७१

स्वयंसेवा प्राचीन र विश्वव्यापी अवधारणा हो। मानव जीवन र सभ्यताको अभ्यूदयसँगै अरुलाई सहयोग गर्नुपर्दछ र त्यसबाट आफैलाई पनि सहयोग प्राप्त हुन्छ भन्ने अवधारणा मानवीय मूल्यको रूपमा स्थापित भएको पाइन्छ। ‘परोपकार पापाय, पुण्याय पर पिडनम्’ भन्ने कुरा हाम्रो धर्मशास्त्रमा समेत महत्त्वका साथ उल्लेख भएको छ। अरुलाई परोपकार गर्नु धर्म हो। धर्म भनेको हाम्रो संस्कृति, परम्परा, अनुशासन, कर्तव्य र नैतिकताको एकत्रित रूप पनि हो। एउटा मानिसलाई दुःख पर्दा अको मानिसले सहयोग गर्नु मानवीय कर्तव्य हो। मानव जीवनका धेरै क्षेत्रमा जोखिम र कष्टपूर्ण अवस्थामा रहेका, मानवीय सड्ढटमा परेका वा पर्न सक्ने समुदायको भलाईका लागि जीवन रक्षा र सोचमा परिवर्तन ल्याई सेवाको कार्यमा अझ प्रभावकारी ढ·ले परिचालन गर्ने लक्ष्यका साथ रेडक्रस अगाडि बढेको छ।

आज रक्तदान दिवस हो। आजकै दिन नेपाल रेडक्रस सोसाइटीद्वारा वि.सं.२०२३ श्रावण १२ गते वीरअस्पताल काठमाडौंको हातामा रक्तसञ्चार सेवाको सुरुवात भएको दिन हो। त्यसैले आजको दिनलाई रक्तदान दिवसको रूपमा विभिन्न गतिविधि गरी मनाउँदै आएका छौं। यससम्बन्धी विषय र प्रस·लाई चर्चा परिचर्चा गर्ने गर्दछौं। कास्की रेडक्रसले पनि तीन दिवसीय कार्यक्रमका साथ विभिन्न गतिविधिसँगै अगाडि जुटेका छौं। यसै सर्न्दर्भलाई आत्मसाथ गर्दै ५ दर्जन भन्दा बढी जिल्लामा रेडक्रसले रक्त सञ्चार सेवा प्रदान गर्दै आइरहेको छ।

रगतको अभावमा मानिसको जीवन रक्षा र स्वास्थ्य सुरक्षा गर्नु रक्तदान नै एक मात्र विकल्प हो। विश्वमा हरेक वर्ष करोडौं मानिसले रक्तदान दिएर वा पाएर आफ्नो जीवनलाई बचाउन वा सजिलो बनाउन पाएका छन्। हरेक १० जना व्यक्तिमा एकजना व्यक्ति रगतको आवश्यकतासहित अस्पतालमा भर्ना हुन्छन् भन्ने आँकडा रहेको पाइन्छ। धेरै गर्ने, राम्रो गर्ने र अगाडि पुग्ने दृष्टिकोणका साथ हाम्रा नयाँ सोच, गहन अनुभव एवं विविध प्रकृतिका सिकाइहरूबाट प्राप्त थप उर्जाका साथ रेडक्रसकर्मी देशैभर क्रियाशील रहेका छन्।

कास्की जिल्लामा पनि वि.सं. २०३५ आषाढ २ गतेदेखि तत्कालीन गण्डकी अञ्चल अस्पताल हालको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हाताभित्र रक्त सञ्चार सेवा केन्द्रको स्थापना गरियो। यस सेवा केन्द्रलाई सबैको साथ र सद्भावका कारणले समयानुकूल स्तर उननतिसँगै हाल क्षेत्रीय रूपमा पोखरा रामघाटमा केन्द्र र मणिपाल शिक्षण अस्पतालमा छुट्टै युनिट खडा गरी सेवा कार्यलाई विस्तार गरेका छौं। यस क्षेत्रका अधिकांश जिल्ला शाखाहरू, निजी, सरकारी, गैरसरकारी तथा सामाजिक सङ्घसंस्थासँग समन्वय सहकार्य गरी वाषिर्क रूपमा लगभग १२ हजार प्रिन्ट रगत सड्ढलन परीक्षण, भण्डारण र वितरण सेवा प्रदान गर्दै आएका छौं। त्यसैगरी नेपाल सरकारले नेपाल रेडक्रस सोसाइटीलाई नेपालमा रक्तसञ्चार सेवा कार्य सञ्चालन गर्ने सम्पूर्ण अभिभारा सुम्पिएबाट नेपाल रेडक्रसको जिम्मेवारी र दायित्व झनै बढेको छ।

हरेक व्यक्ति वा सङ्घसंस्थाले आ-आफ्नो तरिकाले असल कामका लागि आ-आफ्नो ठाउँबाट सहयोग पुर्‍याउन सक्छन् भन्ने हेतुले कुनै पनि किसिमको पीडा वा दुःखबाट छटपटाइरहेका मानिसहरूको लागि सेवा र सहयोग पुर्‍याउनु हाम्रो दायित्व पनि हो। रेडक्रसले जुनसुकै प्रकारको मानवीय विपत्तिलाई सकेसम्म पूरै हटाउन कोसिस गर्दछ र साधन स्रोत, क्षमताले नभ्याएमा जति सकिन्छ त्यती घटाउनमा अहोरात्र क्रियाशील रहन्छ। यसै सर्न्दर्भमा विभिन्न कारणबाट मानिसको शरीरमा रगतको कमी हुन गई तत्काल रगतको आपूर्ति नभएमा घाइते वा विरामीको जीवन सड्ढटमा पर्दछ भन्ने कुरालाई सचेतनापूवक कास्की रेडक्रसले आवश्यक पहलकदमी अगाडि बढाउँदै आएको छ। आकस्िमक दुर्घटनामा परि घाइते भएका वा आर्थिक अवस्थाको कारणले रगतको विभिन्न परीक्षण, भण्डारण र अन्य प्राविधिक सेवाका शुल्क तिर्न नसकी रगतको अभावमा स्वास्थ्य उपचारबाट बञ्चित हुन नपरोस् भनी कास्की रेडक्रसले असहाय रक्त सहायता कोषको स्थापना गरि सेवा कार्यमा सहजता बढाएको छ। साथै उक्त कोषको परिचालन गर्नका लागि एक निर्देशिका लागू गरिएको छ। रेडक्रस एक प्रकारको अभियान हो र मानवीय भावना हो। भावानात्मक समर्पणबाट मात्र रेडक्रसलाई चिन्न र देख्न सकिन्छ। रेडक्रसका हरेक गतिविधि यसका आधारभूत सात सिद्धान्त, जेनेभा महासन्धिहरू, अन्तर्राष्ट्रिय मानवीय कानुनलगायतका अन्तर्राष्ट्रिय मूल्य मान्यताका आधारमा परिचालित हुन्छन्। स्वयंसेवा रेडक्रसको पाँचौं आधारभूत सिद्धान्त हो। बहुजन हितका लागि उनीहरूसँगै मिलेर उनीहरूकै आवश्कता पूरा गर्न सहयोग र सहकार्य गर्नु मानवीय सेवा कहलाउँदछ। सेवामा त्याग हुन्छ, दान हुन्छ र कर्तव्य पनि हुन्छ। स्वयंसेवामा कुनै पनि किसिमको लाभको आशा गरिएको हुँदैन। हामीहरू रेडक्रसको सदस्य भएर वा नभएर पनि रेडक्रसकर्मी वा स्वयंसेवक बन्न सक्छौं। आवश्यकताको आधारमा आफूसँग भएका कुरा निस्वार्थ रूपमा समर्पण गर्दछौं। हामीले गर्ने रक्तदान पनि निस्वार्थ रूपको समपर्णनै हो। विश्वका करोडौं अबौर्ं स्वयंसेवकहरूको अभियान हो, रेडक्रस। यसर्थ मानव जीवनको रक्षा र स्वास्थ्य सुरक्षा गर्न स्वयंसेवकलाई सधँै उत्प्रेरित गरिरहन्छ। हरेक रक्तदाताहरू स्वयंसेवक हुन्। उनीहरूले दान दिएको रगत कसैका लागि जीवन बनिरहेको हुन्छ। रगत किनेर पाइने चिज होइन। रगतको विकल्प आजको विज्ञानले पनि पत्ता लगाउन सकेको छैन। मानिसका लागि रगतको विकल्प हामी स्वस्थ मानिसहरू नै हौं। हामीले रक्तदान गरेनौं भने अरुले पाउँदैन वा अरुले रक्तदान गरेनन् भने हामीले पाउँदैनौं। विश्वमा आज धेरैले रक्तदान गरेर वा पाएर आफ्नो जीवनलाई सजिलो बनाएका छन् वा दीघायु प्राप्त गरेका छन्। त्यसैले हामी भन्ने गछौर्ं रक्तदाता नभई रक्त सञ्चार सेवा हुँदैन। रक्त सञ्चार सेवा नभई अस्पतालमा रहेका घाइते वा विरामीको सर्जरी वा अप्रेशन हुँदैन। हाम्रा डाक्टर विशेषज्ञहरूद्वारा गरिने सर्जरी वा अप्रेशनबिना मानवीय सेवा नै प्रभावित हुन्छ। सि·ो मानव जीवन नै सड्ढटमा पर्दछ। त्यसैले हामी सबैले १८ वर्ष पूरा भएर ६० वर्ष ननाघे सम्मका हरेकले स्वयंसेवी भावनावाट रक्तदान गर्नु आजको आवश्यकता नै बनेको छ।

हाम्रा अग्रजको मेहनत, क्रियाशीलता, ज्ञान र निर्माणका कारणले आजको हाम्रो जीवनशैली र दैनिकीलाई सहजतामा अगाडि बढाएका छौं। विज्ञ वैज्ञानिकहरूले विभिन्न रोगका विरुद्धमा धेरै औषधिको आविष्कार गर्नुभएको छ। विभिन्न प्राविधिहरूको विकास गर्नुभएको छ। हाम्रो जीवनलाई सहज र व्यवस्थित गर्न धेरै सुविधायुक्त चिज वस्तुको आविष्कार त्यति सजिलै भएको होइन। हाम्रा सामाजिक धरोहर, सँस्कृति सभ्यताको विकास र निर्माणमा हाम्रा अग्रजले धेरै पसिना बगाउनुभएको छ। कठिन मेहनत गर्नुभएको छ। आफ्नो जीवनको महत्त्वपूर्ण समय खर्चिनुभएको छ र न आजा हामी यो अवस्थामा छौं। अब हाम्रो काँधमा अग्रजको भूमिकालाई सम्मान गर्दै आगामी समयलाई अझ उपलब्धिमूलक बनाउन निस्वार्थ स्वयंसेवी भावनाबाट आफ्नो सीप, क्षमता, दक्षता र योग्यताको अधिकतम प्रयोग गर्नु समय सापेक्ष हुनेछ।

आज भोली हामीले रक्तदान गर्नुपर्दछ। हाम्रो शरीरमा बन्ने रक्तकोषिकाहरू तीन-तीन महिनामा नयाँ जन्मिछन र पुरानाहरू स्वतः मृत भएर काम नलाग्ने भई बाहिरिन्छन् भन्ने कुराको ज्ञान हामी धेरैले पाएका छौं। हाम्रो रगतको विकल्प रगत नै हो यसका लागी रक्तदान नै एक मात्र अन्तिम विकल्प हो। त्यसैले पनि हामीले रक्तदान गर्नुर्पर्दछ। रक्तदान गर्नु भनेकै स्वस्थताको परिचायक पनि हो। रक्तदान गरेर केही हुँदैन। आत्मसन्तुष्टि प्राप्त हुन्छ, परोपकारिता बढ्छ। मानवीय सेवाको अभियानमा टेवा पुग्दछ भन्ने स्वयंसेवी भावना बढेकाले रक्तदाताको सङ्ख्यामा पनि वृद्धि भएको छ। हाम्रा विभिन्न स्वयंसेवी सामाजिक सङ्घसंस्थाको साना ठूला कार्यक्रममा समेत रक्तदान कार्यक्रमलाई महत्त्वका साथ राख्ने गरेको पाइन्छ। अन्तर्राष्ट्रिय स्वयंसेवक वर्षले पनि स्वयंसेवाका लागि पारस्परिक सहयोग, परोपकारिता, सर्वसाधारणको संलग्नता, वकालत वा अभियानलगायतका पक्षलाई जोड दिएको छ। हाम्रो आजको विषयवस्तुले पनि यिनै कुरासँग सन्निकटता राख्दछ। रक्त दान गरौं, जीवन बचाऔं भन्ने मूल भावनाबाट अभ्रि्ररित भई रक्तदान गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गए तापनि शुद्ध र समूह मिल्ने रगत सर्वसूलभ रूपमा उपलब्ध गराउनु आजको चुनौती बनेको छ।

(लेखक नेपाल रेडक्रस सोसाइटी, कास्की जिल्ला शाखाका मन्त्री हुन्।सं.)

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width