भोगिसके पछि रहश्य,
जानी बुझिन्छ,
सो रहेन अब
नौलो जो पहिला सोचिन्छ।
सेरोफेरो
जीवनका हरेक शुभ-अवसरमा नयाँ रङ दिने मानवीय जीवनको उदियमान सोच सायद कसैलाई हुँदैन भन्न नमिल्ला। यो पछि के होला, जब त्यो पछि यो, भन्ने नविनतम् अनुमानका कौतुहल सोच वास्तवमै मानवीय गुणहरुको एउटा अमुल्य निधि पनि हो। सधै एकै ठाउँ र एउटै स्वरुपमा रहने स्वभावका धेरै, थोरै मानवहरुमा प्रायः लाग्छ उनीहरुको सुखमय जीवन त्यति स्वभाविक बन्न सक्दैन कि ? अधिकतम चञ्चलताले पनि हाम्रो मनहरुलाई स्थिर अवस्थामा नपुर्याउन सक्छ भने अधिकतम् स्थिर मनले अन्यको तुलनामा प्रगतिको बाधकको सूचना प्रवाह गर्छ। आफ्नो मनको स्थिरता कतिपय अवस्थामा आफ्नै हातको खेलौना हुन सक्छ भने कतिपय अवस्थामा देखासिकीको कारण पनि बन्न सक्छ। त्यतिमात्र होइन कतिपय समुहका विकृतिजन्य उपहासहरुको व्यक्तिमा त्यसबाट सिञ्चित उर्जाको नकारात्मक प्रभावका कारणले हुन पनि सक्छ। मानवभित्रको खुसीयाली केवल आफ्नै हातको खेल नभएर कतिपय अवस्थामा अन्यको प्रभाव वा सकारात्मक सहयोगबाट पनि उर्त्र्सजन हुन सक्छ।
सीमितताभित्र पनि सीमित
“जीवनको गहिर्याइमा सधै जीवनलाई डोर्याउछु,” भन्ने भनाइ जति मिठो र भावपूर्ण छ त्यसको कार्यन्वयनमा थप जटिलता त अवश्यै छ। त्यसको कारणहरु धेरै हुन सक्छन्। त्यसमध्ये सबैभन्दा प्रवल कारण भनेको उसले टेकेको धरातलीय स्वरुप पहिलो अवश्य हो । यहाँ धरातलीय स्वरुपको तार्त्पर्य उसको समाजसँग छ। समाज बाहिरको कृयाकलापलाई समाजले पच्य मान्दैन तसर्थ समाज सापेक्ष्य हाम्रो व्यवहार कत्तिको व्यक्ति सापेक्ष छ त्यसको अवलोकन वा मुल्याङ्कन आजको मेरो विषय हो। मानिसका हरेक चाहनाहरुको असीमित अवस्थाबाट अलग्गिएर जब सीमित अवस्थामा थ्रि्रन पुग्छ तब व्यक्तिको चाहना आफ्नो पूर्व लगानीको मैदानबाट पछि हट्न खोज्छ। हुन पनि जब उसको चाहनामा सीमितताभित्र पनि सीमित हुन पुग्छ अनि त्यो क्रमसः निरपेक्ष रुपमा उसलाई वाहिघात लाग्न थाल्छ। उसँग रहेका यस अघिका सँगी साथीहरुको मित्रतामा प्रगाढ बन्न सक्छ तर केवल मानसिक रुपमा। भौतिक रुपमा उसले त्यो काल खण्डलाई पछाडि पारिसकेको हुन्छ अनि उसको चाहना भनेको कुनै आफ्नो लगावमा गहिरिनु हो। गहिरिनु भनेको जीवन दर्शनको लागि गहकिलो बन्नु हो। बहकिनु भनेको अर्काको अस्तित्वमा रमाउनु र आफ्नो वर्चस्वलाई खत्तम पार्नु हो।
असामान्य मानिसले आफ्नो जीवनको अन्त्यसम्म मात्र होइन कि अपितु प्रलयको अन्तिम घडीसम्म पनि आफू नाँचिरहेको देख्ने तीव्र इच्छाको रोग पालिरहेको हुन्छ। कसैबाट आफू प्रशंसित भैरहन चाहन्छ तर अचम्म छ उसले आफ्नो कर्तव्य त्यतिबेलासम्म भुलिराखेको हुन्छ। सधै प्रशंसामात्रको तीव्र चाहना गर्ने मानिसहरु कायर र मुर्खहरु हुन्। कायर र मुर्ख मानिसहरु समयको बेगसँग जुध्न सक्तैनन् र त्यसबाट आत्म सुरक्षा प्राप्त गर्नको लागि समाजले प्रशंसित गरोस् भन्ने व्यग्र प्रतिक्षा गरिरहेका हुन्छन्। समयको चुनौतीलाई हर तरहले स्वीकार गर्ने मानिस प्रशंसा होइन संङघर्ष र संङघर्षको परिणाम बाट निस्कने महसँग जीवन गुजार्न चाहन्छ। सधै प्रशंसित हुनेले आत्म-रक्षाको पाटोलाई बिर्सेको हुन्छ। कसैको निगाहद्वारा आत्म-रक्षाको पाटोमा हात थापेर बस्नेहरु कठिन समस्या देखि डराउने र भए गरेका कुराहरुलाई लुकाएर राख्न र खुलस्त बनाउन सक्तैनन्। त्यतिमात्र होइन जो मानिस स्वतन्त्र रहन सक्तैनन् तिनीहरु कसै न कसैका पिछलग्गु, गुलामी र वास्तविकतालाई समेत आँखा चिम्लेर बिर्सनबाध्य हुन पुग्छन्। स्वतन्त्र अस्तित्व सम्पूर्णताको परिपक्व कसी हो भने परतन्त्र भौतिक वा मानसिक वा दुबै रुपले अपरिपक्वताको पराधिन मानसिकता हो। यसको वातावरणमा समयले महत्वपूर्ण भूभिका खेलेको हुन्छ भने उसँग लालयित हुनेहरुले यसको मलजलको काम गरिरहेका हुन्छन्।
अस्तित्व
मानव स्वतन्त्रताभित्र शान्ति, कान्ति, छवि र रवि लुकेका हुन्छन्। स्वतन्त्रता राष्ट्रको उर्वर र उर्जाशील यौवन हो। स्वतन्त्रता मानवीय जीवनको सर्वश्व र यथार्थता हो भने परतन्त्र नालायकी र घिनौन जीवनको अन्तिम थुक हो। स्वतन्त्रता सर्वोच्च सोच हो भने त्यो भन्दा अगल दास र तल्लोस्तरका असक्त प्रवृत्ति हो। स्वतन्त्रता स्वयम् उर्जा हो भने उसबाट प्रस्फुटन हुने आन्तरिक भावनाहरु समानतामा आधारित सिद्धान्तहरुको खजना हो। स्वतन्त्रताको वकालत हामी सबैको लागि घाम र र्सूयबाट प्राप्त पोशिलो दाना हो भने परतन्त्रका भण्डारहरुबाट निस्कने वाचाहरु “तँ, तँ र म, म” का दुर्वाच्यहरु हुन्। स्वतन्त्रता एउटा उच्च पवित्र गहनाको मन्दिर हो भने परतन्त्र एउटा तल्लोस्तरको सुंगुरको खोर हो। मन्दिर सदा सबैको लागि खुला रहने छाती हो भने सुंगुरको खोर गन्दा र दुर्गन्धले भरिएको रोगहरुको स्रोत हो। जीवनको स्रोत पक्कै पनि दोस्रो कदापि होइन। पहिलोलाई जीवनको स्रोत बनाउनको लागि आफू कमर्ठ र निडर हुनु अत्यावश्यक छ। आफ्नो खुट्टो स्वयम् लङ्गडो बनाउने वालाहरुको लागि स्वतन्त्र अस्तित्व केबल एउटा परिकल्पना र दिवा सपना मात्र हो। दिवा सपनामा बाँच्न रमाइलो, अनि स्वादिलो र अथकित हुन्छ भने स्वतन्त्रमा बाँच्न कठिन, जटिल र हर समय संङघर्षको पगरी भिरिरहनु पर्ने हुन्छ। यसका पथहरुमा हजारौ प्रकारका छिनाझम्टी आइलाग्छन् भने पर निर्भरतामा यस प्रकारको बिरलै हुन्छ। परनिर्भरता धेरैका माझ हाइहाइ तर व्यक्तिगत स्वतन्त्रतामा बाइवाइको सिद्धान्त अवलम्बन गरिएको हुन्छ। यसले घमण्डी र तरवार चलाउने को पक्ष लिन्छ भने स्वतन्त्रतामा व्यक्ति कुनै हालतमा कहि कतैपनि स्खलित हुँन सक्दैन। उसले रचेको सुनको मार्ग सदासदा अरुको लगि पनि खुला रहन्छ भने उ आफै एउटा खुला शितल आकाश बन्छ। शितल आकाश मेरो अन्तिम चाहना हो भने अरु जनता शितल आकाशका उपभोगकर्ता।
भोगेको
विगतदेखि वर्तमान्सम्मका अधिकांश त्यस प्रकारका नेपालका पार्टीरु नै भएनन् जस्ाको बारेमा मैले पढेर वा परेर नजानेको होस्। तिनीहरुको सिद्धान्त पढ्न मलाई जति रमाइलो लाग्थ्यो त्यति नै उनीहरुलाई प्रत्यक्ष भेटेर कुरा गर्न। एउटा स्कुल पढ्ने बालकले आफ्नो शिक्षकको अगाडि जसरी नबुझेर सोध्ने गर्छ त्यसरी नै मैले लाज नमानी त्यो प्रक्रिया अपनाउँथेँ। मैले सोधेका कतिपय प्रश्नहरुको उत्तरबाट मलाई सन्तुष्ट मिल्ने गर्दथ्यो भने कतिपय प्रश्नहरुको उत्तर टालटुले र केटाकेटीहरुले धुलेमाटी खेलेजस्तो लाग्दथ्यो। भाषाको हिसाबले नाना थरिका पार्टीका नाउँहरु गुथिएता पनि वास्तवमा सबैको भित्री रहस्य एउटै हुन्थ्यो। मानिसहरुले नेताको पछाडि लागेर “हाम्रो पार्टीको नाम यो हो, तेरो पार्टीको नाम त्यो हो” भनेर थुप्रै गुत्थी बाधेता पनि आखिर स्र्वर्गको बाटो एउटै भएकाले वर्तमानमा त्यसबाट राष्ट्रको विकास कसरी भैरहेको छ भन्ने कुरा नाङ्गो आकाशजस्तै स्पष्ट छ। शब्द जालमा निर्ःसर्त सर्वसाधारणहरुलाई असाधारणहरुद्वारा झुत्ता खेल्नको लागि बनाइएको अनेक सराका लिङ्गे पिङ् हो, अनेकन नामक पार्टी सिलपट जादुगार एवम् चटकेले जनताको पसिनाको सिला खोजेर हुनेखानेलाई बिलो लगाउने एउटा शरणस्थल हो पार्टी पार्टी भ्रष्टाचारको लागि एक प्रकारको तालिम दिने उत्तम अखडा हो भने जनताको लागि शैतानको निमन्त्रणा अनिवार्य स्वीकार गनै पर्ने काउछो हो। एउटा दार्शनिकको परिभाषा अनुसार त “राजनीति भनेको सम्पूर्ण दुष्कर्मीहरुको शरणस्थल हो।” पार्टी व्यक्तिगत स्वार्थको लागिमात्र जनताको मतको आवश्यकता पर्दा, उनीहरुलाई निःशुल्क रुपमा जीउ, हजुरी गर्ने सर्वशुलभ ल्पेटर्फम हो, जसमा अधिकांश कुराहरु बिनातौले बोलिन्छ भने समयको अन्तराललाई क्रस गरेपछि अटोम्याटिक रुपमा बिर्सन कर लाग्छ।
सक्रिय शैक्षिक क्षेत्रको गहन र खँदिलो यात्रा पश्चातका दिनहरुलाई कलम चलाएर रचनात्मक क्षेत्रमा विचरण गर्नु सर्वोपरि हुने आम धारणा नै हो। यस्तो खारिएको जीवनको यथार्थलाई मध्यनजर गर्दै यस देशको गर्भमा लुकेका आम दमित भावनाहरुलाई बाहिर प्रस्फुटन गराइ आम जनताले यसको बारेका जानकारी लिउन् भन्ने आफ्नो सोच रहेकोले त्यसैलाई सर्वोपरी ठान्ने निर्ण लिनु सायद अन्यथा नहोला। एक जीवन पश्चातको अर्को जीवनको रमाइलो त्यसबाट अरु नयाँ अनुभवहरु कलेक्सन हुँदै जाने कुरा अस्वभाविक होइन। जनताको लागि पढेलेखेका महानुभावहरुले गर्ने भनेको जन-चेतना पनि अर्को महत्वको कुरो हो, भन्ने मेरो ठम्याइ छ। मलाई लाग्छ यो पवित्र यात्रालाई पैसाको दरकार पदैर्र्ैन र त्यो कार्य पैसाभन्दा कम महत्वको पनि हुँदैन। यसको लागि यथेष्ट समय, चिन्तन र मुर्धन्य व्यक्तिसँगको सर्म्पर्क त अनिवार्य नै हुन्छ, जसको कुशल र निरन्तर व्यवस्थापन हुनु अत्यन्त्ा अपरिहार्य हुनेछ।
Related News
सम्बन्धित समाचार
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्क प्रस्थान
सुरु भयो पदयात्राको याम
असाेज ४, २०८१गण्डकीमा ५ वटा ऐन संशोधन हुँदै
असाेज ४, २०८१रुपा रिङरोड दोस्रो खण्ड शिलान्यास, लागत ४७ करोड १८ लाख
असाेज ३, २०८१संविधान दिवसमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान
असाेज ३, २०८१पोखरामा मनाइयो संविधान दिवस
असाेज ३, २०८१