राजनीतिक बहस चरम उत्कर्षमा छ । केही वर्ष वा महिनामा नै राजनीति फरक धार तयार गर्ने सम्भावना बढेको छ । राजनीति आज सिद्धान्तको आधारमा नभई पार्टीगत र स्वतन्त्रबाट व्यक्तिगत रुपमा जितेर आउनेबीच द्वन्द्व देखिँदै छ । भन्न सकिन्नँ, हिजो सत्तामा हुँदा संसद् विघटन गरेर आफू सही छु भन्ने आजको संसद्मा रहेको प्रमुख विपक्षले जुनसुकै तरिकाले संसद विघटनको अवस्था सिर्जना गर्न सक्छ । भर्खरै बजेट पास गर्ने क्रममा सरकार जेनतेन बचेको छ, प्रतिपक्षले त सरकार ढाल्नै खोजेको हो । त्यसैले सरकार जुनसुकै बेला ढल्न सक्छ । त्यतिखेर चुनावमा जानुपरेमा के कसरी जाने भन्ने सबाल पनि छ । आजको नेपालको संविधान प्रमुख रुपमा दलगत अस्तित्वको रुपमा स्थापित छ । त्यसमा स्वतन्त्र रुपमा पनि कुनै व्यक्ति जनताको मत लिएर जितेर आउन सक्ने संवैधानिक व्यवस्था मौजुदा रहेको स्पष्ट हुँदाहुँदै दलीय पक्षले निर्दलीय वा स्वतन्त्रलाई र स्वतन्त्रले दलहरूलाई गलाउने प्रयास गरिरहेको आभास भइरहेको छ । तर दुवैको आधार र बल जनता नै हुन् । स्वतन्त्रको नबुझिने पक्ष, के स्वतन्त्र जनप्रतिनिधिबाट जितेर आउने व्यक्ति सधैं स्वतन्त्र भएर रहन सक्छ ? अर्काे चुनाव जहिले होला त्यो वेलामा पनि ममात्र जितेर आएर पनि काम गर्न एक्लै सक्छु भन्ने हो वा बिस्तारै संगठित गर्दै अन्तत दल नै खोल्ने हो वा कुनै दलमा मिसिने र शक्ति आर्जन गर्ने? अब सोच्ने बेला भयो कि ।
सधैं एक सिट जिताए पनि नेमकिपा वा जनमोर्चा जस्तो भएर देशमा के परिवर्तन ल्याउन सक्छ र खै
सुदूर भविष्यसम्म एक्लै रहन मुस्किल पर्ला कि? हुन त जनता नै मेरा शक्ति र सहारा हुन्, जे गर्छन् जनताले गर्छन् भन्दै गर्दा कुन स्थान, तह र समयसम्म जनताले साथ दिने भन्ने पनि होला । जनप्रतिनिधि प्रमुखलाई सहयोग छिनछिनमा चाहिन्छ । हाम्रो जस्तो प्रणाली पूर्णरुपमा स्थापित नभएको समाज र राजनीतिक व्यवस्था भएको देशमा कार्यकारी वा पदाधिकारीको सहयोगबिना पद्धति बसाउन पनि गाह्रो छ एक्लैले । पछिल्लो चुनावमा स्थानीय निकायबाट एकल प्रयासमा चुनाव जितेर कार्यकारी प्रमुख भएका जनप्रतिनिधिप्रति आजका मितिसम्म राम्रो धारणा पाइन्छ जनताको तहमा । तर त्यसका बाबजुद यो उनीहरूको पुँजीलाई भविष्यसम्म कसरी बचाएर राख्ने भन्ने चुनौती भने अवश्य छ । यसप्रति ध्यान दिइएन भने उनीहरूको स्खलन निश्चित छ । यसरी हेर्दा रवि लामिछनेले अथवा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर बुद्धि पुर्याएको देखिन्छ । त्यसैले आज बिस सिटसहित संसदमा छ । हुन त उसका थुप्रै विवादहरू छन् । भोलिका दिनमा यो थप बल्झिन सक्छ र पार्टीलाई थप क्षति नहोला भन्न सकिन्नँ । यस सन्दर्भमा पुराना पार्टिहरू पनि स्थापना कालदेखि नै विवादित अवश्थाबाटै गुज्रँदै विभिन्न उतारचडाव भोग्दै आएको इतिहास छ । पछिल्लो चरणमा पनि हामीले देख्दै पनि आएका छौं । यो नेपालको सन्दर्भमा र विश्व इतिहासमै नौलो पक्ष होइन । जेहोस् उसले देशको संविधान र राजनीतिक परिवेशअनुसार गरेको छ । स्वतन्त्र व्यक्तिहरूले के भोलि देशमा निर्दलीय व्यवस्था ल्याउन खोजेको हो? होइन भने अब अन्य दलबाट असहयोग हुन थालिसक्दा पनि संगठित भई यो निर्वाचित अवधिलाई सफल बनाउने र आगामी चुनाव दलीयरुपमा लड्ने गरी तयारी सुरु गर्ने बेला भएन र ? यदि यो सुरु गरिएन भने पछि पछुताउने समय नआउला भन्न सकिन्न । जनता छ भनेर मख्ख नपर्दा राम्रो होला । ल, जनताले जिताएछ भने पनि वा सधैं एक सिट जिताएछन् भने पनि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) वा जनमोर्चा जस्तो भएर बसेर मात्रै देशमा के परिवर्तन ल्याउन सक्छ र खै ? त्यस्तै कार्यकारीभित्र आफू एक्लो अरु सबै सदस्यहरू अर्काेतिर भएमा एक्लो बृहस्पति झुटो पनि हुनसक्छ होइन, यसको लागि सोच्न परेन र ?
Related News
सम्बन्धित समाचार
नेपालको संविधानका विशेषता र चुनौतीहरू
संविधान कार्यान्वयनका चुनौतीहरू
नेपाली साहित्यमा मोतीराम भट्टको योगदान
निजामती सेवा भित्रको निजामती
शिक्षामा बालेनको डोजर
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०