स्मृतिमा भूपी

आदर्श समाज सम्वाददाता
पौष १०, २०७३

हुँदैन बिहान मिर्मिरमा तारा झरेर नगए

बन्दैन मुलुक दुइ-चार सपूत मरेर नगए

यति बेला हामी कवि भूपी शेरचनको ८१ औं जन्म जयन्ती मनाइरह“दा उनको चर्चित कविता सङ्ग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता सङ्ग्रह (२०२६) मा सङ्ग्रहित ‘सहिदहरुको सम्झानामा’ कविताका यी पङक्तिलाई पनि सम्झिरहेका छौ। आधुनिक नेपाली कविता फा“टमा सवाधिक लोकप्रिय कवि भूपीको जन्म वि.सं. १९९२ साल पुस १० गते मुस्ताङ जिल्लाको थाक टुकुचेमा भएको हो। बुबा सुब्बा हितमान शेरचन र आमा पदमकुमारी शेरचनका कान्छा छोरा भूपीको वास्तविक नाम भूपेन्द्रमान शेरचन हो। आफ्नो बाल्यकाल १३/१४ वर्षको उमेरदेखि नै कविता लेख्न थालेका भूपीले सबैको नजरमा पर्ने गरी वि.सं. २००६ सालदेखि कविता लेख्न थालेको पाइन्छ।

नेपाली साहित्य फा“टमा आफ्नो छुट्टै पहिचान र युग बनाएका शेरचनले गोपालप्रसाद रिमालबाट थालनी गरिएको गद्य कविता लेखन परम्परालाई अझै स्थापित र मजबुत बनाएको पाइन्छ। आफ्नो जीवनकालमा नयाँ झयाउरे (कविता, २०१०) परिवर्तन (नाटक, २०१०) निर्झर (कविता, २०१५) र घुम्ने मेच माथि अन्धो मान्छे (कविता, २०२६) जस्ता चर्चित कृति सुम्पेका कवि भूपी शेरचनको कविता लेखनको यात्रालाई नियाल्दा वि.सं. २००६ सालदेखि वि.सं. २०१० सालसम्मको समयावधि उनको कविता लेखनको पहिलो चरणको रुपमा देखा परेको पाइन्छ। प्रारम्भिक चरणमा अभ्यासिक अवस्था एवं मार्क्सवादी, वामपन्थी विचारधाराबाट प्रभावित शेरचनका कवितामा क्रान्तिकारी, स्वच्छन्दतावादी, प्रगतिवादी विचार पाइन्छन्। वि.सं. २०१० सालमा प्रकाशित ‘नयाँ झयाउरे गीति कविता सङ्ग्रह यसको उदाहरण हो। उनको यस सङ्ग्रहका कवितामा सामन्ती संस्कारका विरुद्ध र साम्राज्यवादी प्रकृतिका विरुद्धमा तीव्र आवेग र उत्तेजना  प्रकट गरिएको पाइन्छ।

कवि शेरचनले आफ्नो कविता लेखनयात्रामा वि.स. २०११ देखि २०१५ सालतिर आइपुग्दा स्वच्छन्दतावादी, प्रगतिवादी धारालाई समेटेको पाइन्छ। वि.सं. २०१५ सालमा प्रकाशित ‘निर्झर’ कविता सङ्ग्रह यसको उदाहरण हो। यो दोस्रो चरणमा आइपुग्दा कवि शेरचनले स्वच्छन्दतावादी भावलाई साम्यवादी विचारबाट व्यक्त गरेको पाइन्छ।

वि.सं. २०१६ सालबाट कवि शेरचन आफ्नो कविता लेखनको यात्रामा परिपक्व, उत्कृष्ट र खारिएर देखा परेको पाइन्छ। यही“ कालखण्डमा उनले चर्चित कविता सङ्ग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ -२०२६) नेपाली साहित्य फा“टमा ल्याए। यो चरणका कवितामा नेपाली समाजको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं जीवन चर्चामा देखा पर्ने विकृति र विसङ्गतिलाई भूपीले समेटेका छन्। कविलाई यही“ कविता सङ्ग्रहले वि.सं. २०२६ सालको साझा पुरस्कार र गोरखा दक्षिण बाहु दोस्रो पदक दिलायो। भूपीले यो समयका आफ्ना कवितामा राष्ट्र प्रेम, प्रकृत्रि्रेम र मानवता जस्ता गहन भावहाई अत्यन्तै सरल, सहज एवं परिष्कृत शिल्प, सौन्दयको प्रयोग गर्दै निखारिएका र सक्षम कविताको रुपमा प्रस्तुत गरेका छन्।

कवि शेरचन २०३१ देखि २०४६ सालतिर आइपुग्दा आफ्नो कविता लेखनको निष्कृय चरणको रुपमा देखा परेको पाइन्छ। पारिवारिक जीवनका मानसिक पीडा एवं अस्वस्थ शारीरिक अवस्थाले यो समयमा उनको लेखन त्यति सक्रिय देखिँदंैन। यद्यपि लामो समयको मौनताछि २०४१ सालतिर र्ँसपहरुको खोजीमा’ भन्ने कविता लेखेको पाइन्छ। कुशल, लोकप्रिय र अगुवा गद्य कविका रुपमा परिचित भूपीका कविता सरल, सरस भाषाशैली एवं अुनप्रासयुक्त र लयात्मक भावाभिव्यक्तिले सिंगारिएका छन्। आफ्नो छोटो जीवन अवधिमा तीन ओटा कविता सङ्ग्रह र एउटा नाटक सङ्ग्रह नेपाली साहित्याकाशमा नासो छाडेर गएका कवि भूपी शेरचन सबै नेपालीको मनमा हा“सिरहेका छन्, बाँचिरहेका छन्। उनी युगौंयुगसम्म यो धर्ती, यो आकाश अनि यो नेपाल रहुन्जेल बाँचिरहने छन्।

अन्त्यमा उनको चर्चित कविता सङ्ग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’मा सङ्ग्रहित ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ शीषकको यो कविता :

दिनभरि

सुकेको बाँसझैं

आफ्नो खोक्रोपनमाथि

उँघेर,

पछुताएर,

दिनभरि

रोगी मलेवाझैं

आफ्नो छाती आफ्नै चुच्चोले ठु“गेर,

घाउहरू कोट्याएर,

दिनभरि

सल्लाघारीझैं एकलासमा

अव्यक्त वेदनाले सु“क्क -सु“क्क रोएर

दिनभरि

पाते च्याउँझैं

धरती र आकाशको विशालतादेखि टाढा

एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर

एउटा सानो छाताले आफूलाई ढाकेर

सा“झमा

जब नेपाल खुम्चिएर काठमाडौंं

काठमाडौं डल्लिएर नयाँ सडक

र नयाँ सडक-असङ्ख्या मानिसका पाउमुनि

कुल्चिएर-टुक्रिएर

अखबार, चिया र पानको पसल बन्छ,

किसिम-किसिमका पोशाकमा

ओहोरदोहोर गर्छन् थरीथरीका हल्लाहरू

फुल पारेको कुखुराझैं कराउँदै

हिंड्छन् अखबारहरू

र ठाउँ-ठाउँमा अन्धकार पेटीमा उक्लिन्छ

मोटरहरुको प्रकाशदेखि तर्सेर

अनि असङ्ख्य मौरीको भुनभुन र डसाइदेखि आत्तिएर

म उठ्छु

न्यायको दिनमा प्रेत्मात्माहरु उठेझैं

र नपाएर विस्मृतिको ‘लेते’ नदी

रक्सीको गिलासमा हाम फाल्छु

र बिसन्छु आफ्नो पूवकथालाई

पूवजूनी र मृत्युलाई

यसरी नै सधैं

चियाको किटलीबाट एउटा र्सूय उदाउँछ

सधैं रक्सीको रित्तो गिलासमा एउटा र्सूय अस्ताउँछ

घुमिरहेकै छ म बसेको पृथ्वी – पूववत्

फगत म अपरिचित छु

वरिपरिका परिवर्तनहरूदेखि

दृश्यहरूदेखि

रमाइलोदेखि

प्रदर्शनीको घुम्ने मेचमाथि

करले बसेको अन्धोजस्तै

Related News

सम्बन्धित समाचार

  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…
  • रेमिटेन्स

    झलककुमार खाती असाेज २२, २०८०
    नेपालमा वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिट्यान्स हो । विदेशमा आर्जन गरेको रकम त्यहाँको मुद्रा नेपालमा पठाउनुलाई नै ‘रेमिट्यान्स’…

hero news full width