सोमनाथ गुरूप्रति श्रद्धाञ्जली

आदर्श समाज सम्वाददाता
जेठ २१, २०७१

हाम्रो गोलवगालबाट एकजना विशिष्ट व्यक्तित्व पं. सोमनाथ बराल यही २०७१ वैशाख ८ गते सदासदाका निमित्त विदा भएर जानुभएको आज ४५औं दिनको पुण्यतिथि । वहाँको सर्त्कर्मका अनेकौं संरचना र मीठा सम्झनाहरू भने पोखरा उपत्यका भित्रका सज्जन सत्कर्मीहरूमा ताजै छ र अनन्तकाल सम्म रहने छ। आफ्ना सर्त्कर्म, सत्कीर्तिहरूद्वारा वहाँ अमर हुनु भएको छ। उहाँका कीर्ति, सर्त्कर्मका प्रसगंमा संझना गर्दा कुनै धार्मिक चलचित्रको दृश्य झै मानसपटलमा विविधताको संझना हुन पुग्दछ। उहाँले सानैमा मातृ पितृ वियोग सहनु पर्‍यो । त्यसैले पनि हो कि वहाँ सबैको प्यारा स्नेह सद्भावका पात्र बन्न पुग्नुभयो। पं.सोमनाथले बनारसमा पुगेर उच्च शिक्षा प्राप्त गर्दैगर्दा नेपालमा नर्मल तालिम र शिक्षक पदको विज्ञापन छापिएको पढ्नु भयो र स्वदेश र्फकनु भयो।

अहिले पोखरा-१५ मा वनविज्ञान केन्द्रीय क्याम्पस, कालिका, सिद्ध बहुमुखी क्याम्पस लगायतका धेरै अंग्रेजी बोर्डिङ स्कुल, सरकारी उच्च माविहरू प्रशस्त बनेका छन्। त्यसबेला रामबजार वरिपरि कुनै विद्यालय थिएनन्। आधुनिक शिक्षाको खासै प्रभाव थिएन। कृष्णमणि, होमनाथ र सोमनाथ यसपरिवारका तीनै भाइ पण्डित हुनुहुन्थ्यो। चिसाखोलामा होमनाथ र सोमनाथले अध्ययन गर्नुभएको हो। त्यस समयका वरिष्ठ विद्धान ब्रÞमचारी प्रेमचैतन्य विशेष चर्चित हुनुहुन्थ्यो – शिक्षा, संस्कृति र राजनीतिमा समेत।

प्रेमचैतन्य ब्रÞमचारीले श्रीमद्भागवत महापुराण वाचन समेत गर्नुभएको मीठो सम्झना पाखेमा अद्यावधि ताजै छ। बाँस, धान, खर, जस्ता सामानहरू उठाउन आश्रमका गुरुहरू र विद्यार्थीहरू समेत समय-समयमा यहाँ आइरहन्थे। सायद त्यहींबाट उच्च शिक्षाको प्रेरणा मिल्यो। सोमनाथ शिक्षा इन्सपेक्टर हुनुभयो। पं. होमनाथ, कविराज, पं. कृष्णमणि कर्मकाण्डमा निपूर्ण, आचारविचारमा विशेष कट्टर कडा मिजासका समृद्ध किसान हुनुहुथ्यो। शुद्ध शाकाहारी स्वयंपाक्य हुनुहुन्थ्यो।

सर्वप्रथम वहाँ छिनेडाँडामा विद्यालयहरू स्थापना गर्न सफल हुनुभयो। त्यहाँ सजिलो पनि भयो। किन भने त्यति बेलाका जिल्लाका शिक्षा अधिकारी छिनेडाँडाकै स्थानेश्वर पोख्रेलजी हुनुहुथ्यो। यता आफ्नै गाउँमा भने विद्यालय स्थापना हुन सकेको थिएन। स्थानीय खड्गबहादुर वाँनिया लगायतका तत्कालीन भद्र भलाद्मीहरूलाई विद्यालयको आवश्यकता र महत्व सम्झाई अभ्रि्रेरित गर्न उहाँ सफल हुनुभयो। स्थानीय वनपाले -हाल बन क्याम्पसको भञ्ज्याङ) ठाउँमा सिद्ध प्रा.वि.को स्थापना गराउनु भयो। हाल सिद्ध उ.मा.वि. हुँदै क्याम्पसका रूपमा स्थापना भएको छ। जनचेतनाको विकासमा विशेष योगदान स्वरूप स्थानीय  ज्ञानज्योति पुस्तकालयलाई जग्गा उपलब्ध गराउनु भयो। जुन पुस्तकालय आधुनिकतातर्फ लम्कदैछ। त्यसो त तत्कालीन छिनेडाँडा गा.वि.स द्वारा संचालित विद्यालयलाई लाखौको ऋणमुक्त गराइ अद्धितीय योगदान पुर्‍याउनु भएको थियो। मन्दिर, विद्यालय, महापुराण, बाटो, कुवा र चौतारी, पोखरी निर्माणको चन्दा दिनमा खुला दिलले सहयोग गरी माग्न आउनेहरूलाई खुशी बनाएर पठाउनु हुन्थ्यो। वहाँबाट निरास भएर कोही पनि र्फकनु परेन। विशेषतः श्री विन्ध्यवासिनी संस्कृत विद्यापीठका संस्थापक उपाध्यक्षका रूपमा खेल्नुभएको भूमिका र उदार दिलले गर्नुभएको योगदान अझ बढि महत्वको छ। चेतनाको विल्कुलै अभाव, बढीरुढी ग्रस्त, अकिञ्चन, अनाथ, हेपे, होचिएको सामाजिक परिवेशमा पं. सोमनाथ जस्ता व्यक्तित्वहरू समाजका पारिवारिक आपसी विवादमा भलाद्मी, मुद्दै पर्दा वकील, विरामी पर्दा बैद्य, खेतीपातीमा जेटिए, अर्थात् समाजको हरेक आवश्यकता पूरा गर्न महत्वपूर्ण भूमिकामा रहेका थिए। नैतिकता र इमानदारीका अनमोल आदर्श खजाना यस्ता महानुभावहरूकै सत्प्रेरणा र प्रयासद्धारा समाजमा सुख-शान्तिको आशा गर्न सकिने हुन्छ। आफ्ना व्यवहारिक समस्याहरूलाई वास्ता नगरी समाजकै निमित्त सदासर्वदा लागिरहने सोमनाथजी वास्तवमै तत्कालीन परिस्थितिमा चेतनाका मसाल हुनुहुन्थ्यो।

सबैलाई प्रेमगर्नु, मीठोबोली व्यवहार र अझ खासगरी स-साना बालबालिकाहरूप्रति वहाँको वात्सल्यभाव, देख्ने वित्तिकै काखा लिनु हुँदै मुसारेर म्वाइँ खानु भएको स्नेहमय व्यवहार असाध्यै मनमोहक हुन्थ्यो। खुशीले आमाहरूका परेला रसाउँथे।

प्रेमचैतन्य ब्रम्हृाचारीजीबाट वहाँमा राजनैतिक प्रेरणा मिलेको हुन सक्दछ। वनारसमा विद्यार्थी जीवनमा राजनैतिक प्रभाव के कस्तो रÞयो त्यो त भन्न सकिन्न तर यहाँ आउनु भए पछि शिक्षा इन्स्पेक्टर वा सरकारी सेवामा रहनु हुँदा  नागरिक अधिकार र लोकतन्त्रका पक्षमा वहाँ सधै सहयोगी रहनु भयो। सरकारी सेवानिवृत हुनुभएपछि भने नेपाली काँग्रेसको क्रियाशिल सदस्यका रूपमा विशेष सक्रिय रहनु भयो। श्रीमती खेमकुमारीका प्ररणाका स्रोत पंं. सोमनाथले सदा सर्वदा वहाँलाई व्यवहारीकताबाट फुसद दिनु भएर तनमन धनले साथ सहयोग दिइरहनु हुन्थ्यो। श्रीमती खेमकुमारी जस्ता राजनीतिमा सोझा सज्जनहरू कहिले पनि हामीकहाँ अगाडि बढ्न पाएका छन् र – सोमनाथ रुपि कल्पवृक्षको शीतल छायाँ, संरक्षणमा सम्पूर्ण परिवार लोकतान्त्रिक समाजवादी अभियानमा अटल, अविचल रूपमा सदा अग्रिम मोर्चामा संङ्घर्षरत थिए। नेपाली काँग्रेस वृत्तमा चर्चित हुनुहुन्छ श्रीमती खेमकुमारी राजनीतिमा र समाजसेवामा। छोरा खगराज धार्मिक तथा राजनीतिमा, इन्जिनियर दिपक तथा प्रकाश, छोरी भवानी लामिछाने, प्रकाश उद्योग व्यसायमा रहेर नैतिकता र इमानको कमाइले सुख सम्पन्नतामा सम्मानित नागरिक जीवनका विविध भूमिकामा हुनुहुन्छ।

स्व. गुरु सोमनाथको स्मृतिमा १३औं दिनका दिन विशाल शोकसभामा सांसद्हरूको बाक्लो उपस्थितिले उहाँको व्यक्तित्व झल्कन्थ्यो । शोकसभामा पोखराका शिक्षाप्रेमी एवम् धार्मिक व्यक्तित्वहरूको बाक्लो उपस्थितिले उहाँको योगदान झझल्को आउँथ्यो । उहाँको योगदानको कदर स्वरूप लेखक रविन्द्र माकाजूले ‘अग्रज व्यक्तित्व सोमनाथ बराल’ पुस्तक लेखेर श्रद्धासुमन व्यक्त गर्नु भएको छ । उहाँका नाममा धेरै सामाजिक कामहरू गर्न बाँकी छन् । एउटा स्मृति प्रतिष्ठान खोलेर उहाँको योगदानलाई सधैं जीवन्त राख्नुपर्ने टड्कारो देखिन्छ ।

वहाँका स्वजन, आत्मीयजन परिवार अहिले टुहुरा हुन पुगेका छन्। यद्यपि परिवारका सबै सदस्यहरू जनजीवनका विविध फाँटहरूमा सफलतापूर्वक अघि बढेकै छन्। परापूर्व कालदेखि पूर्खा, सद्गुरुहरूका संरक्षणमा सुसंस्कृत आचरण व्यवहारमा सभ्यताका शिखरमा रहेको यस परिवारमा सोमनाथजीको समेत लालनपालन मार्गर्दर्शनले शिष्टता सौहार्दता, सद्भाव, शालीनता कायमै छ। नैतिकता र इमान्दारीको वर्तमान उजाडलाग्दो अवस्थामा यस्तो पारिवारिक सु-सम्बन्ध विरलै पाइन्छ। आज यस परिवारले परिवारका मूल संरक्षक गुमाउनु पर्दा मर्माहत हुँदै ठूलो पीडा भोगिरहेको छ। यस दुःखद् अवस्थामा धैर्यधारण गर्ने क्षमता मिलोस्र् इश्वरसँग यही प्रार्थना गर्दै दिवगंत आत्माको चिरशान्तिको कामना सहित हार्दिक श्रद्धाञ्जली, अस्तु।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width

trending post

ट्रेन्डिङ्ग