हिमाली मूलको आदिबासी जनजाति तामाङहरूको महान् चाड ‘सोनाम ल्होसार’ हजारौं शिशिर-बसन्त पार गर्दै माघ ७ गतेको सूयोर्दयसँगै नयाँ हषोर्ल्लास र उम· लिएर फेरि आइपुगेको छ। मञ्जुश्री सम्वत् २८५१ औं ल्हकुलो भेडा वर्ग सोनाम ल्होसारको शुभ उपलक्ष्यमा सबैलाई ल्हासो भन्दै अनि आपसमा शुभकामना आदानप्रदान गर्दै तामाङ जातिले धुमधामले मनाउँदैछन्।
नेपाल एकीकरण अभियानको सर्जक एवम् नेपाल निर्माणका अभियन्ता पृथ्वीनारायण शाहका स्पष्ट शब्दहरू भन्थे, “नेपाल चार जात छत्तीस वर्णयो साझा फूलबारी हो।” यति सजिला शब्दमा उनले नेपाललाई जुन किसिमको परिचय दिए, आजपर्यन्त त्यो कायम छ। विश्व मानचित्रमा सांस्कृतिक र जातीय दृष्टिकोणमा नेपालको छुट्टै विशेषता छ। शाहको अभिव्यक्तिमा हरेक जातजातिलाई फूलको संज्ञा दिइएको छ र ती फूलहरूको मौलिक संस्कृतिको रंगले नेपाललाई सजिएको रंगीचंगी फूल बाटिकाको रूपमा प्रस्तुत गरिएको छ। यहा“का जातजातिहरू र तिनको जातीय संस्कृति, परम्परागत शैली, लोक रीतिरिवाज आदिले विश्वलाई नै सदैव आकर्षण गरेको छ। नेपाललाई सुन्दर जातीय बगैंचा बनाउन सहयोग गरेका जातजातिहरूमध्ये तामाङ पनि एक हो।
इतिहास
तामाङहरू खासगरी मध्य नेपालमा बसोबास गर्ने महत्वपूर्ण आदिबासी जनजाति हुन्। तामाङहरूको उत्पति र उद्गमबारे कुनै पनि इतिहासकारहरूले स्पष्ट ठोकुवा गर्न सकेका छैनन्। यद्यपि विभिन्न अध्ययन, अनुसन्धान र विश्लेषणले तिनलाई नेपालको भूमिपूत्र आदिबासी जाति भनेर मानेका छन्। “हाम्रो समाज एक अध्ययन” नामक पुस्तकमा इतिहासकार जनकलाल शर्माले ऐतिहासिक कालदेखि नै तामाङहरू काठमाडौं उपत्यकामा आवाद भइसकेको कुरा उल्लेख गरेका छन्। कतिपय विद्वानहरूले लगभग ३० हजार वर्षअघि देखि नै तामाङहरूको अस्तित्व रही आएको बताएका छन्। तामाङ जाति मंगोल वंशका हुनाले चीनबाट महामञ्जुश्री आर्यले काठमाडांै बस्ती बसालेको तथ्यलाई तुलनात्मक दृष्टिकोणबाट विश्लेषण गर्दा मञ्जुश्रीसँगै काठमाडांै आई बसोबास गर्ने पहिलो आदिबासी नै तामाङ हुन् भन्ने कुरा पुष्टि भएको छ। नेपालको तत्कालीन राजा अंशुवर्माले आफ्नी छोरी भृकुटीलाई तिब्बती राजा स्रङचङ गम्पोसँग विवाह गराएपश्चात उनीसँग घोडा चढी आएका सेनाहरू नेपालमै बसेका थिए। घोडा चढी आएका सेनाहरूलाई तामाग भनिन्थ्यो। त्यही तामाग कालान्तरमा तामाङ भएको भनिन्छ। “सात सूर्य एक फन्को” नामक पुस्तकमा रमेश विकलले पनि यस्तै इतिहास कोरेका छन्। तिब्बतबाट नेपाल घोडा चढी आएकाहरू पछि घोडा काम नलाग्ने भएपछि घोडाको व्यापार गर्ने बसें। यसरी घोडाको विक्री गर्न बसेकाहरूलाई तामाङ भनिदै आएको र अहिले यसरी जातिको रूपमा उत्पति भएका कथाहरू छन्।
बसोबास
तामाङ जातिको बसोबास नेपालको पचहत्तरै जिल्लाहरूमा पाइन्छ। यद्यपि काठमाडौं, ललितपुर, भक्तपुर, रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, चितवन, मकवानपुर र सिन्धुली तामाङ बाहुल्य जिल्ला हुन्। नेपालबाहिर पनि भारतको दार्जिलिङ, सिक्किम, मुसापानी, नागाल्याण्ड, नैनिताल र मंगोलिया, चीन र तिब्बतमा समेत तामाङहरूको बसोबास पाइन्छ। नेपालको कूल जनसङ्ख्यामा तामाङले ६.६ प्रतिशत -१,१२८,०००) स्थान ओगटेको जनगणना तथ्याङ्क देखाउँदछ।
सांस्कृतिक सम्पदा
तामाङ जातिलाई आफ्नो भाषा, भेषभुषा, संस्कृति, नाच, परम्परा र रीतिरिवाज आदि इत्यादिमा निकै धनी मानिन्छ। वास्तवमा यिनै सांस्कृतिक पक्षहरूको आधारमा नै एउटा जाति अको जातिबाट छुट्टनिे गर्दछ। तामाङअन्तर्गत घिसिङ, थोकर, वमजन, मोक्तान, पाख्रिन, बल, गोले, वाइबा, आदि जस्ता थरहरू पर्दछन्। आफ्नो पूजाविशेषमा तामाङहरूले चलाउने पूरोहितलाई लामा भनिन्छ। भाषा, चार्डपर्व, भेषभुषा र पेशामा तामाङको आफ्नै चिनारी छ। स्यामालंुगी, ग्या, गाबरको ग्या, तोकरोक, ऊनी राडी, पाखी, स्योल्दो, लुकुनी, पेड्का, अल्लोको घरबुना लुगा अनि लोक्ताबाट हाते कागज बनाउने, जंगली निगालोबाट नाङ्लो बनाउने, डोको, थुन्से बुन्ने, थाङ्का चित्रकला, मुकुण्डो खोप्ने आदि तामाङ जातिका मौलिक पेशाहरू हुन्। यस्तै तामाङहरूको आफ्नै लोकबाजा पनि छन्। डम्फु, टुङ्गना, डोइमेन्थ्या, डोइमेन, ग्यालिङ, मुरली डिल्बु, काङ-लिङ, पली, भोटेमादल, पिदुङ जस्ता सांगितिक बाजाहरू तामाङका लोकबाजा हुन्। यीमध्ये डम्फु अत्यन्त लोकप्रिय बाजा हो। सांस्कृतिक नाच तामाङ सेलो डम्फुको तालमा तामाङ धुनमा नाचिन्छ र यो नेपालको तर्फबाट विश्वभर नै प्रख्यात नाच हो । तामाङहरूको आफ्नै मातृभाषा पनि छ। यो भाषा भोटबमेली भाषा परिवार अन्तर्गत पर्दछ। तामाङहरू बौद्ध धर्मको विशेष अनुयायी हुन्। जनै पूणिर्मा, बुद्ध जयन्ती र सोनाम ल्होसार यिनीहरूको मुख्य चाड हुन्।
ल्होसार
बौद्ध धर्म अनुयायी शेर्पा, गुरुङ, तामाङ आदि जातिले मनाउने महत्वपूर्ण चाड हो ल्होसार। तामाङहरूले मनाउने चाडलाई सोनाम ल्होसार भनिन्छ। आज माघ ७ गते तामाङहरू सोनाम ल्होसार निकै हषोर्ल्लासका साथ मनाउने तयारीमा छन्। ँल्हो’ को अर्थ साल या वर्ष हो र ँसार’ माने नयाँ भएकोले ल्होसारको अर्थ नयाँ वर्ष भन्ने बुझिन्छ। ल्होसार मनाउने समुदायले ल्हो अर्थात वर्ष बाह्रवटा भएको विश्वास गर्छन्। बाह्र वर्षको नाम पशुपंक्षीको नामबाट राखिन्छ। जस्तै मुसा, गाई, बिरालो, बाँदर, बाघ, सँगुर, भेडा, घोडा, सर्प, गरुड, चरा, कुकुर। बाह्र वर्ष समाप्त भएपछि फेरि उही नाम दोहोर्याएर नयाँ साल गनिन्छ। यसरी बाह्र वर्षको एक युगको परिकल्पना गर्दछन् यी जनजातिहरू। वास्तवमा नेपालमा ल्होसार मनाउने प्रचलन चिनिया सभ्यताबाट तिब्बत हु“दै नेपाल भित्रिएको हो। ल्होसारको दिन सबैजना आफ्नो तामाङ लोक परिधानमा सजिएर पूजा आजा गर्ने, गुम्बा, चैत्य जाने विभिन्न सांस्कृतिक कार्यक्रमहरू गरेर शुभकामना आदान प्रदान गर्दछन्।
मानव सभ्यताको विकाससंगै तामाङ जीवनशैली, भाषा, संस्कार र लोक पहिरनहरू संस्कृतिको रूपमा स्थापित बन्दै गएको देखिन्छ र यिनै संस्कृतिहरू विश्वभर नेपाललाई चिनाउने मौलिक पहिचानको आधार बनेको देखिन्छ। यति हुँदाहुँदै पनि एक्काइसौ शताब्दीमा आधुनिकीकरण र बजारीकरणको चपेटामा विकास, विज्ञान, प्रविधि र सहजताको नाममा यस्ता अमूल्य सांस्कृतिक विषयवस्तुहरू वलि चढ्दैछन्। सांस्कृतिक परम्परा, रीतिरिवाज, भाषा, धर्म लगायतका सम्पदाहरू ओझेलमा पर्न गएको छन् र यस्ता पक्षहरूको भविष्य संकटमा पर्न सक्ने थुप्रै संकेतहरू स्पष्ट भइरहेका छन्। चेपाङ, राउटे, कुसुण्डा जस्ता जनजाति सांस्कृतिक हिसाबले धनी भए पनि पछिल्लो पुस्ताले देखाएको गैरजिम्मेवारीपना र हेलचक्राइँको कारणले गर्दा लोपोन्मुख बनेका छन्। अबको समयमा त्यस्तो स्थिति आउन नदिनको लागि हामी युवा पुस्ता आफ्नो संस्कृत्रि्रति सजग, इमान्दार र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न नितान्त आवश्यक देखिएको छ। ‘युवा’ जसलाई देशको कर्ण्ााधार, भोलिको भविष्य भनिएको छ अब वास्तममै हामीले आफ्नो उर्जा, शक्ति, बल र बुद्धिको प्रयोग गर्नुपर्छ। हरेक तामाङ, हरेक गुरुङ, हरेक ब्राह्मण, हरेक क्षेत्री, हरेक दलित, हरेक थकाली, हरेक मगर, हरेक नेवार तथा सम्पूर्ण देशप्रेमी छोराछोरी अब जिम्मेवारीपूर्ण हिसाबले सम्पूर्ण राष्ट्रकै सांस्कृतिक मौलिक पहिचान र अस्तित्वलाई संरक्षण र प्रवर्द्धन गर्नको निम्ति अग्रसर हुनैपर्छ।
(लेखक बैदाम तामाङ युवा समाजका अध्यक्ष हुन्।)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०