सेवा

आदर्श समाज सम्वाददाता
भाद्र १७, २०७०

सेवा भन्दा वित्तिकै एकले अकोर्लाई सहयोग वा चाकडी, पालन, पोषण सम्झनु कुनै अनौठो कुरा होइन तर यहाँ सेवा शब्दको अर्थ शिव परमात्माको अमर वाणी अरू जो सुकैलाई जानकारी गराई बुझाउने सबैलाई प्रशिक्षण गराउने भन्ने बुभिन्छ। तर पनि हरेक क्षेत्र, समाज, गाउँ, घर, टोल, संस्था, राज्य, अड्डा, अदालत सवै स्कुल कलेजहरूमा बिनापारिश्रमिक सहयोगको हिसाबले काम गर्ने भावनालाई सेवा भनी सम्झनु ठीक होला। यसरी ब्रह्माकुमारी इश्वरीय विश्वविद्यालयमा दिइने ज्ञानदाता भगवानका वाणी निमित्त भइ पढाउने त्भबअजभचक शिक्षक शिक्षिकालाई सेवाधारी भन्ने गरिन्छ। यसमा भगवान शिवले आफै पढाउने गीता, ज्ञान ब्रह्मा बाबा मार्फत् निमित्त भइ सेवाधारीले पढाइ सेवा गरेको प्रसस्त देखिन्छ। कुनै कामलाई अरूले सहयोग गरिदिएको अर्थलाई सेवा मान्न सकिन्छ। राजयोगको चार विषयमध्येकै एक विषय हो सेवा यसमा त्भबअजबच बहिनीहरूले हरेक क्षेत्रमा सेवा दिइरहनु भएको छ।

यसमा तालिम, प्रशिक्षण, ज्ञान, सुनाउने जे भने पनि सेवालाई नै हो यस्तो सेवा सबैभन्दा ठूलो धर्म पनि भन्न मिल्छ किनभने ज्ञान बिहीन आत्मालाई ज्ञानी बनाइन्छ। अनपढ पनि समझदार बन्दछ २१ जन्मको कमाई गर्दछ मूख पनि ज्ञानबाट ज्ञानी र ध्यानी बन्दछ। समाजमा बुद्धिमानी कहलाउँछ। एउटै सेवाधारीले धेरै आत्मालाई चेतना भर्दछन् र समाज परिवर्तन गर्दछन् मानिस नरबाट नारायण, नारीबाट लक्ष्मी बन्ने लक्ष्य राख्दछन्। अको जन्मको कमाई गर्दछन्। साथै शान्ति खुसीले बाँच्दछन्। यस्ता इश्वरीय सेवाधारीको ठूलो महत्त्व रहन्छ। समाजै कायापलट हुन सक्छ यस्ता सेवाधारीलाई सानो भन्न मिल्दैन। सेवाबाट शिब भगवानको परिचय हुन्छ। आत्मा र परमात्मा चिन्दछ व्यक्ति-व्यक्तिको परिवर्तनसँगै समाज बन्दछ। राष्ट्र तब मात्र विश्व परिवर्तन हुन्छ। सेवाबाट भगवानले तिमी आँट म पुर्‍याउछु भन्नुहुन्छ आत्मबल बढ्न गई असम्भव काम पनि सम्भव बन्दछ। बिनास्वार्थ सेवाले सबैको मन मस्तिक छुन्छ, ज्ञान बढछ, समाजमा सद्भाव, प्रेम र शान्ति छाउँछ त्यस्तो सेवालाई कसैले नकार्दैनन् उच्च सम्मानमै राख्छन्। जसबाट विश्व कल्याण हुनुका साथै जीवन जीउन सिकाउँछन्। आत्मा परमात्मा इश्वर शितको परिचय दिन्छन् निरन्तर बाबा भगवानको याद गर्न सिकाउँछन्। जसबाट सबैको कल्याण हुन्छ। अहिलेको आवश्यकता भनेको यही हो। अहिलेको दुखी दुनियाँमा यसमा सबैले शान्तिको सेवा पाउन सकून्, खुसीले जीवन जीउन सकून्, अशान्त कोही नबनून्।  शान्ति

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width