सुगन्धबिनाको अमेरिका यात्रा

Avatar आदर्श समाज सम्वाददाता
फागुन ३, २०७६

“राजा घले जी नमस्ते । केही लेइदिनुपर्छ कि ?” “हजुरले मलाई देशको सुगन्ध लेइदिनुहोला ।” मैले राजा घलेजीलाई केही उपहार दिनुपर्ने दायित्व सम्झेर उहाँलाई उक्त वाक्य व्यक्त गरें । उहाँले देशको सुगन्ध लेइदिन भनेको हुँदा म पोखराबाट २०१९ अगस्ट २१ तारिक (२०७६ भदौ ४ गते) का दिन काठमाडौं आएँ । काठमाडौँमा बसेर धेरै भौंतारिएँ । २२ तारिक (२०७६ भदौ ५ गते) का दिन काठमाडौंबाट देशको सुगन्धबिनाको अमेरिका यात्रा आरम्भ गरें ।
२२ अगष्टका दिनमा म काठमाडौंको सुनधाराबाट टेक्सीमा चढेर मनमा केके केके कुरा खेलाउँदै दिउँसोको ठीक २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य द्वारमा पुगें । विमानस्थल भित्रका सम्पूर्ण प्रक्रिया पु¥याएर जहाज चढ्ने ठाउँमा पंक्तिबद्ध भएँ । मलाई बोकेर फकाउँदै लैजाने कतार एयर नामको जहाजको नजिकै पंक्बिद्ध भएपछि सम्झनाका निम्ति त्यही जहाजको आडमा उभिएर फोटा खिचाएँ । त्यसपछि फेरि अरु जस्तै बनेर जहाजभित्र छिरें ।
त्यहाँको सत्कार र सरसफाइ देखेर रमाएँ । अब धेरै बेर आकाशमार्गबाट जमिनतिरको दृश्य देख्न पाउँछु भनेर चञ्चले मन समाल्हँदै आप्mनो ठाउँमा गएर बसें । जहाजभित्रका कर्मचारीले आप्mनो काम जति सकेर आपूm बस्ने ठाउँमा गएर बसेकाले जहाजले आप्mनो गति बढायो । नेपाली समयअनुसार अपरान्ह ४ः३५ बजे त्यो जहाज हनहनाउँदै उड्यो ।
आकाशमार्गबाट मन्टो तनक्क तान्दै तलतिर हेर्दा काठमाडौं शहरका घरहरु गुजुमुज्ज देखें । हेर्दाहेर्दै काठमाडौंको डाँडो काटें । त्यसपछि पनि जमिनतिर हेरें । सानासाना घरका बुकुरा देखें । कुनै बेला माथितिर हेरें, आकाशमात्रै देखें । जमिनतिरका दृश्य अनि आकाशतिरको दृश्य देख्दादेख्दै मैले आपूmलाई छुट्टै संसारमा विचरण गरेको अनुभूत गरें । गर्वले पुरुङ्ग भएँ । निकै रमाएँ । फुरफुर फुरफुर भएँ । यस्तैमा फेरि निराशाको डोरीले बेरिन थालें । धेरै मान्छे बोकेर उडेको जहाजभित्र ठ्याक्कै चिनेको मित्र कोही नहुँदा आपूm एक्लो भएको महसुस गरें । अमेरिकामा बस्ने साथीलाई नेपालको सुगन्ध लान नपाएकोमा विरक्त भएँ । एक्लै एक्लै टोलाएँ ।
जहाजभित्रको खानपिन, रमाइलोको अनुभव सँगाल्दै गर्दा रातिको बत्ती बल्यो । जमिनतिर पनि झिलिमिली बत्ती बलिरहेका थिए । जहाजभित्रबाट दोहा उत्रने बेला भएको जानकारी आयो । दोहा शहरको माथिबाट हेर्दा शहर सुनसुन झलझलाए जस्तो अनुभव भयो । जहाज क्रमशः तलतिर झर्दै गयो । रातिको ९ः१० बजे दोहाको विशाल विमानस्थलमा बस्यो । विमानस्थल परिसरमा जताततै झिलिमिली देखें अनि जहाजबाट हँसिलो मन लिएर दोहामा उत्रें । विमानस्थलभित्रका कर्मचारीले हामीमध्येका केहीलाई रात बिताउनका निम्ति शान्त कोठा (क्वाइट रुम) मा गएर भने । त्यसैअनुसार अरु जस्तै म पनि क्वाइट रुममा गएँ । जाडो भएकाले मैले कतार एयरकै कर्मचारीसित ओड्ने वस्त्र मागें । उनीले मलाई पातला दुईवटा कम्मल दिए । तिनै ओडेर रात बिताएँ । बिहान पञ्चस्नान गरेर एकछिन ओहोरदोहोर गरें ।
कल्पनाका तरङ्गहरुमा बएली खेल्दै कतारी समय ७ः३० बजे म एटलान्टा जाने कतार एयरको जहाज भित्र छिरें । मृदुमुस्कानका साथ परिचारिकाले गरेको निर्देशनअनुसार म बस्ने ठाउँमा पुगें । त्यहाँ धुम्म परेर एकातिर भारतीय युवक बसेका रहेछन् अनि कालो अनुहार भएकी युवती अर्कातिर बसेर बाहिरी दृश्य नियालीरहेकी रहिछन् । तिनका नजिकमा पुगेपछि दुबैजनाले सँगै जाने यात्री ठानेर म बस्ने बीचको ठाउँमा सँगै बस्ने वातावरण बनाइदिए । मुस्कुराउँदै धन्यवाद व्यक्त गरें अनि टेढोमेढो हुँदै म बिचको ठाउँमा गएर बसें ।
धेरै कुरा मिल्ने भएकाले पहिला छिमेकी देशका भारतीय नागरिकसित चिनजान गरें । ती नागरिकले एटलान्टामा जागिर गरेर धेरै वसन्त पार गरिसकेका रहेछन् । तिनीसित मित्रताको साइनो गाँसेपछि मैले मेरै आडमा भ्mयालतिर बसेकी अनि कालो अनुहार भएकी युवतीसित कुरा गर्ने जमर्को गरें । “बोल्दा के भन्लिन् ?” भन्ने शंकाले मलाई अकमक्क बनायो । रिसाही जस्ती देखिने ती युवतीसित चिनजान नगरे त झन गाह्रो होला भनेर मैले चिनजान गरें । ती युवती उनी केन्याकी नागरिक रहिछन् । रिसाही जस्ती देखिए पनि कमलो मन भएकी दयालु मनकी नारी रहिछन् । हाँसेर कुरा गर्ने ती युवती एटलान्टामा जागिर गर्ने आप्mनो श्रीमान् भेट्न जाँदैरहिछिन् ।
यसरी चिनजान गरेपछि म बस्ने ठाउँ र त्यहाँको वातावरण यात्राभरिका लागि पारिवारिक बनिहाल्यो । एकआपसमा प्रसन्नतापूर्वक कुराकानी गर्न थाल्यौं । केही छिनपछि हामी तिनैजनाले आप्mना अगाडिका टिभी खोलेर आआप्mनो रुचिअनुसारका दृश्य हेर्न थाल्यौं । जहाजका कर्मचारी मुस्कुराउँदै ओहोरदोहोर गर्दै थिए अनि कुनैले सामान राखेका माथिका ठाउँका कोप्रे ढोका ढप्काउँदै थिए । यस्तैमा हामी बसेको जहाज हनहनायो अनि जहाजका कर्मचारीेहरु पनि आआप्mना ठाउँतिर गएर बसे । भनेर बुझाउन नसकिने कस्तोकस्तोे रमाइलो मान्दै मैले भ्mयालबाट बाहिरको दृश्य नियालीरहेको थिएँ ।
यस्तैमा हामी बसेको जहाज अमेरिकाको एटलान्टा इन्टरनेश्नल एयरपोर्टतिरको निशाना बाँधेर गुनुनुनुनुुनुनुुनु गर्दै भुईँमा गुड्यो अनि क्रमशः गति लिएर बिहानको कतारी समय ठीक आठ चालिस बजे भुईं छाडेर आप्mनो मुन्टो ठड्याउँदै आकाशमार्गतिर लाग्यो । जता हेरे पनि नौलो र रमाइलो भएकाले घरी जमिनतिर अनि घरि जहाजभित्रको वातावरणतिर आँखा दगुराउँदै आखा चिम्म गरेर मैले मेरो भाग्यलाई नमन गरें । उकालिँदै हुँइकिरहेको जहाज धेरै माथि पुगेर मन्दगतिमा तेर्सियो । अप्सरा जस्ता परिचारिकाहरु जहाजभित्रका बाटाहरुमा ओहोरदोहोर गर्न थाले । मीठा परिकारयुक्त भोजन ग्रहण गरेपछि मैले फेरि सम्झें मलाई एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टमा लिन आउने राजा घलेलाई नेपालको सुगन्ध के दिने ? ।
समयको सदुपयोग गर्ने भनेर काठमाडौंमा किनेर मैले झोलामा राखेको रणहार नामको पुस्तक निकालें । योगेशराजले लेखेको यो पुस्तक हेर्दै जाँदा यस पुस्तकको आवरण आकर्षक देखें । थम्सन प्रेस भारतबाट ई.सं.२०१८ सालमा छापिएको रहेछ । पब्लिकेसन नेपालय कालिका स्थान काठमाडौंले प्रकाशित गरेको रहेछ । यस कृतिमा १९वटा परिच्छेद र शब्दार्थ अनि उपसंहारमा विभाजित रहेछ । रणहार नामको यस पुस्तकमा नेपालको अठारौँ शताब्दीको ऐतिहासिक घटनालाई विषय बनाइएको रहेछ । यस वर्षको मदनपुरस्कार प्राप्त यस कृतिलाई पढेर सकेपछि विधागत हिसाबले के भन्ने ? यो प्रश्न मस्तिष्कमा सल्बलाइरह्यो ।
२३ अगस्टमा म जर्जियाको एटलान्टा अन्तर्राष्ट्रिय एयरपोर्टमा उत्रें । एयरपोर्ट भित्रबाट आप्mना सामान लिए बाहिर निस्कें । केही समयपछि म बसेको ठाउँमा पर्यटन दूत तथा नासाका निर्वाचित प्रथम अध्यक्ष राजा घले आउनुभयो । राजाजीले स्वागतम् भन्दै मेरो गलामा खादा लगाइदिनुभयो अनि गला मिलाउनुभयो । म हर्षले गदगद भएँ । फेरि एकैछिनमा निराश भएँ अनि भनें राजाजी, देशमा सुगन्ध पाइनँ, दुर्गन्ध ल्याउन सकिनँ । राजाजी एकछिन स्तब्ध हुनुभयो । म पनि स्तब्ध भएँ । ठीकै छ रणहार त ल्याइदिनुभएको रहेछ । त्यसैमा चित्त बुझाउँला ।
त्यसपछि हामी दुबैजना गाडीमा पुग्यौँ । गाडी भित्र चालकसिटमा विद्या गुरुङ हुनुहुँदो रहेछ । विद्या बहिनी राजाजीकी जीवनसँगिनी हुनुहुँदो रहेछ । यसरी चिनजान गरेपछि विद्या बहिनीले चलाउने गाडीमा हामी बस्यौँ । विभिन्न ठाउँको दृश्यावलोकन गर्दै हामी राजाजीको घरमा पुग्यौँ । गाडीबाट झरेर आप्mना सामान लिएर राजाजीको घरमा म छिरें । राजा र बहिनी विद्याले प्रस्तुत गरेको अतिथि सत्कार लोभलाग्दा र उदाहरणीय बन्यो । यसै बेला त्यस घरमा धनगढीनिवासी रोशन कँडेलजीसँग भलाकुसारी भयो । राति खाना खायौँ, धेरै बेर कुराकानी गर्यौं अनि सुत्नका निम्ति आआप्mना कोठातिर गयौैं ।
२४ अगस्टका दिन बिहान उठेर नित्यकर्म सकेपछि बिहानको चियानास्तामा हामी सहभागी भयौं । आप्mनो काम सकेर राजा र विद्या दिउसो घर आइपुग्नुभयो । उहाँहरुसँग बसेर भोजन ग्रहण ग¥यौं । त्यसपछि केही क्षण विश्राम गरेपछि राजा र विद्याजीले तीजे कार्यक्रममा जान मलाई अनुरोध गर्नुभयो । नेपलिज एसोसिएसन अफ जर्जियाले आयोजना गरेको तीजको दरखाने र तीजे गीत गाउने कार्यक्रममा मलाई अतिथिका रुपमा लैजानुभयो ।
गुनियो, चोलोमा सजिएका दिदीबहिनी र दौरा, सुरुवाल अनि टोपीमा सजिएका पुरुषहरु देखेर म हर्षले पग्लिएँ अनि त्यहाँका निवासी नेपाली र आयोजकलाई मनमनै आभार व्यक्त गरें । यस संस्थाका अध्यक्ष कुमार के.सी.को अध्यक्षतामा औपचारिक कार्यक्रम आरम्भ भयो । त्यस कार्यक्रममा मलाई कुमार केसी र पर्यटन दूत राजा घलेज्यूले शब्दपुष्पका माला र सम्मानपत्रले अनि उपस्थित सबैले करतल ध्वनिले सम्मान गर्नुभयो ।
त्यसै बेला मैले तीजे संस्कृतिका बारेमा आप्mना बुझाइहरु राख्दै नेपाली राष्ट्रियताका निम्ति जर्जियामा बस्ने नेपालीले गरेको सत्कर्मको मुक्तकण्ठले प्रशंसा गरें । मञ्चबाट मैले “हाम्रा बाबाले दिएको गर्दुवा, थाल र कटौरा झालेमाले गाई” शब्दयुक्त तीजे गीत गाएँ । त्यस क्रममा त्यहाँ उपस्थित दिदीबहिनीहरु नाच्नुभयो । यसरी अमेरिकामा तीजे पर्व मनाउने अवसर प्राप्त गरें ।
यस पछि राजाजी र विद्या बहिनीले जर्जियाका विभिन्न स्थान भ्रमण गराउनुभयो । कोकाकोला कम्पनी, अकेरियमलगायतका स्मरणीय स्थल मेरा मानसपटलमा हट्नै सक्दैनन् । यसरी २५ देखि २९ अगष्टसम्म जर्जियाका विभिन्न ठाउँ घुमेर सकेपछि ३० अगस्टदेखि नर्थक्यारोलिनाको कार्यक्रममा सहभागी हुने सोच बनाइयो ।
३० अगस्टका दिन दिउसो राजा घलेको घरबाट २ः२५ बजे नर्थक्यारोलिना जान यात्रा आरम्भ ग¥यौँ । यात्रामा राजा घले, विद्या गरुुङ, डा.तिलक श्रेष्ठ र म गरी हामी चारजना थियौँ । तिलक श्रेष्ठले कार चलाउनुभयो । यात्राको आरम्भ गर्दा “आरति कि जय हनुमान लाल कि” भन्ने भजन बजाउनुभयो । जर्जियाबाट हिँडेपछि साउथ क्यारोलिनाको स्टेटको सीमामा पुग्नासाथ राजाजीले कार रोक्न भन्नुभयो । डा.तिलकजीले एउटा रेष्टँुरेन्ट परिसरमा कार रोक्नुभयो । त्यहाँ हामीले फोटो खिच्यौँ । त्यहाँ एकछिन भुलेर हामी कारमा चढेर पुनः हुँइकियौँ । ६ः१५ मा हाम्रो कार नर्थक्यारोलिना छि¥यो । उता ज्ञानेन्द्र गदालजीले फोनबाट हाम्रो यात्राको अवस्था बुझिरहनु भएको थियो ।
सफा फराकिलो बाटोमा हाम्रो कार हुइँकिराखेको थियो । विद्या बहिनी अगाडि बसेर मार्गनिर्देन गरिराख्नु भएको थियो । सूर्यको प्रकाशले प्राकृतिक वातावरण मुस्कुराइरहेको थियो । थाकेर होला राजाजी निदाउनुभयो । यात्रा आरम्भ गरेदेखि नर्थक्यारिलिनास्थित हामी बस्ने होटेलसम्म पुग्दा बाटोको छेउछाउमा मनमोहक हरियाली देखिन्थ्यो । उइन्स्टन सालेम शहरमा छिर्दा ७ ः २५ बजेको थियो । घाम अस्ताचलतिर गएका थिए । ठीक आठ बजे घाम अस्ताए । डा.तिलकजीले चलाएको कारको बत्ती बल्यो । ८ः१५ मा हामी होटेलमा छि¥यौँ ।
नर्थक्यारोलिनामा अमेरिका निवासी धेरै नेपालीहरु जम्मा भएका थिए । त्यहाँ विभिन्न शीर्षकमा प्रवचन तथा गोष्ठीपत्र प्रस्तुत गरेका थिए । मैले पनि गन्धर्व संगीतका बारेमा गोष्ठीपत्र पत्र प्रस्तुत गरेको थिएँ । नासाले आयोजना गरेको यो कार्यक्रममा विभिन्न व्यक्तित्वहरुसँग मित्रता गाँसी राजा घलेजीको घरतिर फर्कने योजना बन्यो ।
२ सेप्टेम्बरका दिन बिहान १०ः३० बजे नर्थक्यारोलिनाको होटेलबाट राजा घले, डा.तिलक श्रेष्ठ, विद्या गुरुङ र म डा.तिलक श्रेष्ठको गाडीमा बस्यौँ । यात्रा अगाडि बढ्यो । बाटोमा रेष्टुरेन्टमा पसेर ब्रेकफाष्ट खायौँ । केही घन्टा पछि अर्को रेष्टुरेन्टमा पसेर पिजा किन्यौँ अनि गाडीमै बसेर खायौँ । विभिन्न दृश्यावलोकन गर्दै एटलान्टामा राजाको घरमा साँझ आठ बजे आइपुग्यौं ।
३ सेप्टेम्बरका दिन राजाको घरमा बिहानको खाजा खाएँ । डा.तिलकले चिया मात्र खानुभयो । दिउँसो विद्या गुरुङ आउनुभयो । रेष्टुरेन्टमा गएर खाना खायौँ । पुनः घरमा आएपछि राजा आउनुभयो । डा.तिलक श्रेष्ठ बिदाबादी भएर गएपछि राजा र विद्याले आप्mनै गाडीमा राखेर मलाई एटलान्टा एयरपोर्ट पु¥याउनुभयो । प्रेमपूर्वक आठ दिन जसका घरमा बसेँ अनि निःस्वार्थ आत्मीयता पाएँ छुट्टिन गाह्रो भयो मन अमिलो भयो तैपनि उहाँहरुसँग बिदाबादी भएँ ।
म चढेको जहाज दोहा जानका निम्ति साँझ ठीक ७ः४५ बजे उड्यो । परिचारिकासित भ्mयालको सिट मिलाइदिनु भनेर अनुरोध गरेपछि उनले मलाई पछाडिको भ्mयालको सिटमा लगेर राखिदिइन् । जहाज उड्यो । घाम अस्ताउन लागेका थिए । उड्दाउड्दै साँझ प¥यो । भ्mयाल पाएर के गर्नु ? पछाडि त ट्रकमा जस्तै घक्राक र घुक्रुक हुँदोरहेछ । यस्तो अनुभव सँगाल्दै दिउसोको १ः२० बजे जहाज दोहामा ल्यान्ड ग¥यो । दोहामा आठ घन्टा बिताएँ ।
४ सेप्टेम्बरको रातिको १२ः४५ बजे कतार एयरको जहाजमा चढेर नेपालतर्फ प्रस्थान गरें । यसमा पनि भ्mयालको सिट मागें । यहाँभने राम्रो र शान्त ठाउँ फेला पारेँ । अमेरिकाबाट दोहासम्मको यात्रा र दोहाको आठ घन्टाको बसाइ र अनिँदोले अताल्लिएको म दोहाबाट काठमाडौं उड्दा निंदका कारण केही अनुभव गर्न पाइनँ ।
५ सेप्टेम्बरका दिन (भदौ १९ गते) बिहान ८ः३० बजे काठमाडौँ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रें । यात्राका कारण जिउ लखतरान परेको थियो । आप्mना सामान लिएर विमानस्थलबाट बाहिर निस्कनासाथ मेरो जेठो छोरा नारायणको अभिवादन स्वीकारें । उनै छोरासँगै नारायणसित सुनधारातिर गएँ र खाना खाएँ । पत्रिका पढें । अहिले पनि उपहारस्वरुप लैजाने खालको देशको सुगन्ध देखिन । राजा घलेजीलाई खोजेको सुगन्धको उपहार तयार नभएको देखेर निराश हुँदै निदाएँ ।

हाम्रो सुझाव