सिद्धबाबाको सान्निध्यमा

कल्याण पन्त
चैत्र ११, २०७५

वि.सं.२०६७ साल चैततिरको कुरो हुनुपर्छ, पोखरास्थित विन्ध्यवासिनी भएर पृथ्वीनारायण क्याम्पसतिर सोझिदा एउटा व्यानर देखेको थिएँ, पोखरामा पहिलो पटक पाशुपत महासिद्ध योग। स्थान विन्ध्यवासिनी सभा हल।

पाँच दिनसम्म चल्ने यो जानकारी मैले त्यतिखेर एक दुई जना साथीहरूलाई सहभागिताका लागि बताएँ। तर समय अभावको कारण साथीहरू खुम्चिनुभो। म स्वयम् साथीहरू जस्तै भएँ। चौथो दिन बितिसकेको थियो। अनायास एक अध्यात्म व्यक्तित्व खडानन्द आचार्य भेटिनु भो। उहाँले पनि मन्दिरमा महासिद्ध योग भइरहेको बताउनुभो। के खोज्छस् कानो भनेझैं हाम्रो मन मिल्यो, हामी निर्धारित समय भन्दा एक घण्टा ढिलो भए पनि चौथो दिनमा सहभागी भयौं। कार्यक्रम बिहानबेलुका दुवै समय चलिराखेको रहेछ।

विन्ध्यवासिनी मन्दिरको सभा हलमा साधक सहभागी खचाखच थिए। गुरुको प्रवचन हुँदै थियो। हामी लुसुक्क पछाडि पलेटी मारेर बस्यौं। सिद्धमहायोगको केही अंश तत्व ज्ञान श्रवण भइसकेपछि साधना अभ्यासका लागि आग्रह भयो। सबै पलेटी मारेको आसनमा मेरुदण्ड सिधा बनाएर बसे। आँखा चिम्म गरेर ज्ञान मुद्रामा लिप्त भए। हामीले पनि जसोजसो बाहुन बाजे तसोतसो स्वाहा भनेझैं गर्यौं।

सिद्धबाबाको माथिल्लो खण्ड मञ्चबाट निदेर्शन हुन्थ्यो। सबैजनाको एकाग्रतापूर्वक गुरुवाणीमा ध्यान थियो। गुरुको क्लिंम्, ह्रिंम जस्ता ध्वनि के आउन थालेको थियो, केही साधकहरू रुन, कराउन, चिच्याउन थाले। आँखा चिम्लेको अवस्था आकाशै खस्यो जस्तो लाग्ने अनुभूतिलाई मैले गुरुको आँखा नखोल्नु भन्ने आज्ञालाई शिरोपर नै गरें।

कोहीले गीत गाएर गुनगनाउन थाले। कसैले रामायणका श्लोक भट्याएको सुनेँ। आँखा नखोल्दाको भित्री वातावरण एकदमै भयभीत थियो। गुरुको निदेर्शन माइकबाट छिनछिनमा भइराख्थ्यो। करिब ४८ मिनेट बितिसकेपछि विधिअनुसार हामीले नयन खोल्यौं। बाहिर बेग्लै संसार भएको अनुभूति भो। त्यसपछि गुरुको सामान्य प्रवचन र आरती भएपछि भोलिपल्ट बिहानसम्मका लागि हामीले बिदा लियौं। भोलिपल्ट बिहानै ५ बजे म फेरि सहभागी भएँ। म पुग्दा अन्य साधकहरू आआफ्ना आसन जमाएर बसिसकेका थिए। सुरुवातमै सुदर्शन योग क्रिया भयो। योगक्रिया बडो आनन्ददायक थियो। यसै बीच ४८ मिनेट ध्यान बसियो। आँखा खोल्दा त्यही अनुभूति प्राप्त भयो, जुन अघिल्लो दिनमा भएको थियो। ८.३० बजे साधना सकिँदा केही साधकहरू हलको एकातिर छेऊमा झुण्ड भएर औषधि लिइ रहेका थिए। त्यो माहौलको त्यत्ति मेसो नपाएर मैले एक जनासित खुसुक्क सोधेँ।उनले भने, गुरुदेवलाई हिजो नाडी जँचाएर आज औषधि लिनेहरूको लाइन हो। तपैंको जँचाउन छ भने अब एकछिन पछि नाडी हेर्ने कार्यक्रम छ, नाम लेखाइ हाल्नुहोला।’ मेरो पनि दायाँ कोखामा नजानिदों दुखाइ भइराख्थ्यो। हत्तपत्त मैले नाम लेखाइ हालेँ र पालोमा पर्खे।

करिब १५ मिनेटपछि मेरो पालो आयो। गुरुले नाडी छामेर भन्नुभयो, तपैंलाई पथ्थरी रहेछ।’ मैले भने, छैन गुरु ” उहाँले फेरि दोहर्याएर भन्नुभो, छ। ’ मैले फेरि भने, छैन, गुरु।’ अनि मैले कुरो खोलें, ६/७ महिना अघि थियो तर पित्त थैली समेत निकालेर फालिसकियो।’ त्यसपछि उहाँले भन्नुभो, पित्तथैलीमा हैन, मृगौलामा।’ त्यसपछि फेरि पनि मैले ‘छैन’ भनेर जवाफ फर्काएँ। यसो भन्नुको एउटा कारण थियो। मलाई मेरो पित्तथैली ७ महिना अधि जँचाउर्दाँ तपाईको मृगौलामा पथ्थरी रहेनछ भनेर डाक्टरले भनेको राम्ररी याद थियो।

यस खालका अत्यन्तै मसिना पथ्थरीलाई भिडियो एक्सरेले समेत पत्ता लगाउन सक्दैन, पहिले मेरो पनि थियो, औषधि खाए पछि निको भयो।’ उहाँले भन्नुभयो। त्यसपछि औषधि लेखिदिनुभो। भोलिपल्ट ससाना दुई ओटा पोका औषधि लिएँ। दुई थरीलाई मिलाएर दिनको ३ पटक महसित खानुपर्ने थियो। मलाई आफ्नो व्यस्तताको कारण दिउँसो घरमा आएर खान सम्भव थिएन। तर पनि जेनतेन एक महिना जति गुरुको निदेर्शनबमोजिम सो औषधि सेवन गरें। नभन्दै एक महिनामै मेरो दायाँ कोखको नजानिदों दुखाई हटेर गयो। अझ रातो खालको धूलो औषधि सकिन त बाँकी नै थियो। वास्तवमा पित्तथैलीको अप्रेसन गराउनुको मूल उद्देश्य यही दुखाइलाई निर्मूल गराउनु थियो। तर यो निरन्तर भइरहेको दुखाइले भने छोडेको थिएन। यसलाई सिद्धबाबाको सान्निध्यको फलस्वरुप स्वास्थ्य लाभ गरेको कहिल्यै बिर्सन सक्दिन। मेरा लागि सिद्धबाबा जिन्दगीको एउटा अद्वितीय धन्यवादका पात्र हुनुहुन्छ।

उहाँको बारेमा यसपश्चातका दिनहरू खुल्दुलीपूर्ण रहे। चासोले धेरै जानकारी लिएँ। उहाँ आयुवेर्दाचार्य, ज्योतिषाचार्य समेत हुनुहुँदो रहेछ, अझ उहाँको विद्यावारिधि वनस्पतिशास्त्र अन्तगर्त औषधीय वनस्पति र औफिया सपेर्न्टिनामा भएको थाह पाएँ। मेरो पनि वनस्पतिशास्त्रमा स्नातकोत्तर भएकोले एउटा साधना कार्यक्रमकै क्षणिक भेटमा पृथ्वीनारायण क्याम्पसमा पढाउदै आएको छु भनेर परिचय दिएँ। खुसी हुँदै उहाँले केही पाठ्यक्रमका बारे कुरा निकाल्नुभो र अन्तमा नेपालका दस थरी दिब्य जडीबुटीका बारेमा विद्यावारिधि गर्नुस् भन्ने सल्लाह दिनुभो। यो सल्लाह पनि अविस्मरणीय भइरहेको छ। पोखराको प्राकृतिक वातावरणमा आश्रम बस्ने उहाँको अभिलाषा रहेछ। यसै अभिष्ट आकाक्षालाई पूर्वसांसद शुक्रराज शर्माले उहाँलाई पहिलो पटक सिद्धमहायोग सहितको जोहो मिलाउनु भएको रहेछ। पहिलो साधना कार्यक्रमका साधकहरूले समेत अति प्रभावित थिए।

दोस्रो कार्यक्रम पनि पोखरामा तय भयो। त्यस कार्यक्रममा पनि म सहभागी हुने मौका पाएँ। त्यतिखेर मैले मेरा मित्र प्रा. डा. विकास केसीलाई पनि उहाँको बारेमा आद्योपान्त बताएँ। हामी विन्ध्यवासिनी हलमा पुग्यौं। त्यहाँ ध्यान सुरु भयो र अन्तमा सुदर्शन क्रिया सहित साधना सम्पन्न भयो। मेरा मित्रले भन्नुभो, यो गजबको अध्यात्मिक विज्ञान रहेछ। म भौतिक संसारबाट अध्यात्मतिर यू टर्न भएँ।’ मूल कुरो उहाँलाई पनि साधनामा कम्पन छुटेको रहेछ। त्यहाँ पनि धेरै रुने, कराउने, चिच्चाउनेका संख्या बग्रेल्ती थिए। त्यसै दिनदेखि हामी जहिले पनि यस्तै अध्यात्मिक गुरुका कुरा गर्ने गछौर्ँ।

अर्को पटक सभागृहमा प्रवचन र साधना थियो। त्यस समारोहमा पनि मेरा अर्का मित्र कोमल मल्ललाई खबर गरें। उहाँ अध्यात्ममा त्यति चासो लिनुहुन्नथ्यो। त्यहाँको साधनामा उहाँलाई पनि कम्पन छुटेछ। पछि मलाई भन्नुहुन्थ्यो शरीरमा गजबका क्रिया हुँदारहेछन्।

मैले थाह पाएसम्म कार्यक्रमहरू छुटाएको छैन। तर आजभोलि म व्यस्त समयका कारण निकै पछि परेको छु। केही जानेको सुर्दशन क्रिया पनि बिर्सन थालिसकेको छु। तर यसको प्रत्यक्ष फाइदा साधक साथीहरू लिइरहनु भएको छ।

केही वर्ष अघि गुरुदेव रामघाट, पोखरास्थित हजारौं दर्शकहरू बीच भूसमाधिमा लीन हुनुभो। नवौं दिनमा बिना अक्सिजन जीवितै निस्कनुभो। प्राणशक्तिलाई ब्रह्मरन्ध्रमा अड्याएर विश्व चकित पार्ने कला त्यति सजिलो थिएन तर योगाभ्यासका कारण शरीरका प्रत्येक स्वचालित अंगलाई रोकेर राख्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेर देखाउनु ठूलो चुनौती थियो।

यो असाधारण प्रतिभालाई धेरै पदासीन व्यक्तित्वहरूले समेत विभिन्न टिप्पणी गरे। केही गुरुहरूले देखाउन नहुने रहस्य उजागर गर्यो भनेर समेत आक्षेप लगाए। कसै ढोगीं, फटाहा, विज्ञानलाई चुनौती दिने भनेर पनि लागिपरे। उहाँ अडिग रहनुभो। आफ्नै नजिक ठानिएका साधुसन्त र वंशजका केही सदस्यले समेत बदनियतपूर्ण गरेका प्रचार प्रसारबाजीलाई सामना गर्नुभो।

आजको अवस्था यो छैन। धेरै योगाभ्यासीहरूले समाधिलाई सहज रुपमा बुझ्न थालिसकेका छन्। यो अभ्यासबाट मात्र सम्भव छ भन्ने अधिकांशले बुझिसकेका छन्। गत सालको भाद्रमा मुक्तिनाथ धाम, मुस्ताङमा विशेष रामार्चना आराधना हुँदै छ भन्ने थाह पाएपछि म गुरुदेवको सानिध्यमा पुगें र म पनि त्यतैतिर जाने योजना बनाएँ र पोखराबाट त्यतातिर लागें।

मुस्ताङमा पुगेको भोलिपल्ट बिहान म जडिबुटी संकलनको लागि मन्दिर वरपरको पाखातिर चाहारें। केही जडिबुटी खोजेर ल्याएँ र पूजाअर्चना हुँदै गरेको स्थानमा बाबालाई भेटेर एकएक संकलित वनस्पति देखाएँ। बाबाले खुसी हुँदै भन्नुभो, यी यही त हो नि सोमलता।’ म सोमलताको नाम लिदाँ निकै रौसिएँ। वास्तवमा मेरो यो वनस्पति चिन्न लागि म मुस्ताङतिरको यात्रा थियो। त्यो वनस्पति चार प्रकारका सोमलतामध्ये नेपालमा उपलब्ध अब्बल खालको रहेछ। अन्य दिब्य जडिबुटी पनि मसित थिए। उहाँले त्यस क्षेत्रमा निकै नै धेरै जडिबुटी भएको बताउनु भयो। आजभोलि म घोत्लिन्छु, योग र आध्यात्मिक बोध बिनाको शरीर व्यर्थ छ। भगवत् चिन्तनले आत्मशुद्धि गराउँछ। सैद्धान्तिक ज्ञानले मात्र जीवन सहज हुँदो रहेनछ।

वैदिक सनातन रामानन्दीय सम्प्रदाय वैष्णव सन्यासबाट दीक्षित हुनभएका सिद्धबाबा कृष्णदास महाराजलाई पोखरामा हजारौं भक्तहरूका बीच रथारोहणले साधुसन्त, महन्तका महत्त्व अझ झल्कँदै छ। विज्ञानले समेत साधुसन्त, महर्षिहरूलाई अनुसन्धानकर्ताको लिएको परिप्रेक्ष्यमा नेपालकै सन्दर्भमा एउटा गरिमा थपिएको छ। पोखरास्थित बिन्ध्यवासिनी, नारायणस्थान, केदारेश्वर, गुप्तेश्वरजस्ता धार्मिक तीर्थस्थललाई समेत पर्यटनमा जोड्न र सन्तहरूको व्यक्तित्वलाई विश्वभर चिनाउन रथारोहणले ठूलो भूमिका खेलेको छ।

हठयोग, मन्त्रयोग, लययोग र राजयोग जस्ता लुप्त विद्यालाई सदुपयोग गर्दै बेरोकटोक बढिरहनुभएका १००८ स्वामी कृष्णदास महाराज मुलुककै एक अद्वितीय व्यक्तित्वका रुपमा रहनुभएको छ। उत्तरकाशी, केदारनाथ, बदरीनाथ, मानसरोवर, मुक्तिनाथ आदि जस्ता हिमालय पर्वतमा जाडोमा गुफा ओडारमा तपस्यारत भएर पाशुपत सिद्ध महायोगद्वारा सम्मानित महायोगीको जति प्रशंसा गरे पनि पुग्दैन। लक्ष्मीनारायण मन्दिर, नारायणस्थान पोखराका पीठाधीश्वर जगतगुरु डा. कृष्णदास पोखरामा नभएर नेपालकै निधि रहीरहून्। जय सिताराम।

Related News

सम्बन्धित समाचार

hero news full width