नेपालमा अहिले चारैतिर सरसफाइ र हराभरा वातावरण बनाउने होडबाजी देखिन्छ। सहर स्वास्थ्य र सफा बनाउने अभियानमा त कास्की र पोखरा अगाडि नै पर्दछ। प्राकृतिक रूपले नठगिएको सहर पोखरा आफैमा सुन्दर छ। लाग्थ्यो पोखरामा सराङकोट छ, पातले छाँगो छ, महेन्द्र, गुप्तेश्वर गुफा छ जहा प्रत्यक वर्ष हजारौं पर्यटक आउँछन्। ट्रेकिङ जाने पर्यटकको पनि कमी छैन पोखरामा। यहीँ माथि साततालको सहर लेखनाथ पोखराको आडैमा छ। अझै भनौं पोखराको शिरमा माछापुच्छ्र्रे र काखमा फेवाताल पाएको छ। शैक्षिक केन्द्रका रूपमा नेपालकै ठूलो र धेरै विद्यार्थी अध्ययन गर्ने क्याम्पस पृथ्वीनारायण क्याम्पस छ। साथ साथै पोखरा विश्वविद्यालय पनि छ। स्वास्थ्यका दृष्टिकोणले ठुल्ठुला अस्पतालहरू, वरिष्ठ चिकित्सकहरू छन्। आर्थिक उत्पादनमा पोखेली सबल छन्। धार्मिक क्षेत्रको कुरा गरौं भने तालबाराही, विन्ध्यवासिनी, भद्रकाली मन्दिर पोखरामै छन्। यो कुरामा पनि हामी धनि नै छौं। खेलकुदको कुरा गरांै भने साहसिक खेलको राजधानी नै हो पोखरा। कला साहित्यको क्षेत्रको त कुरै नगरौं विगतदेखि वर्तमानसम्म नेपाली कला साहित्यमा पोखराको हस्तक्षेषकारी एवं सशक्त उपस्थिति रहेको पाइन्छ। वषेनी हजारौं पर्यटक सर चराजस्तै उड्छन् पोखराको आकाशमा पाराग्लाइडिङबाटै पञ्चासेजस्तो पवित्र धामिक क्षेत्र पोखरा नजिकै पर्दछ। मलाई लाग्थ्यो हामी पोखरेली गरिब कहाँ छौं – सबका सब धनी छौं।
अचानक म झस्किएँ जतिबेला महेन्द्रपुल चोकमा मुत्र विसर्जन गर्ने सार्वजनिक शौचालयको कुरा आयो। र लाग्यो हामी पोखरेली जसले कास्कीलाई खुल्ला दिसा पिसाबमुक्त जिल्ला बनायौं। इतिहास बनायौ, रेर्कर्डका लागि प्रमाण पनि बनायौ, मात्र बनाएनौ सार्वजनिक स्थलमा यात्रु वटुवाका लागि सार्वजनिक शौचालय।
मानिस जन्मिएपछि अत्यावश्यक कुरा गाँस, वास, कपास मात्रै होइन रहेछ। चेतना भएकाले मानिस लाजको पोको पनि हो। त्यसैले गर्दा गाँस, बास, कपाससँग थपिएको अको आवश्यकता हो निकास। पोखरामा धेरै व्यस्त स्थानमा समेत सार्वजनिक शौचालय नहुनाले आन्तरिक र बाह्य पर्यटकले समेत निकासका लागि खुल्ला दिसा पिसाबमुक्त क्षेत्रमा चारैतिर वोटविरुवाले ढाकिएर बनेका बन्द झाडीहरू, पर्खालको कुनातिर मित्रता गाँस्नु र गन्तव्य सोझ्याउनुपरेको तीतो यथार्थ पोखरेलीमाझ छ। यो कुराले लाग्यो हामी सबथोकमा धनी पोखरेली आखिर गरिब रहेछौं चेतनाको, जसले प्रमाणित गर्छ कि हामीले आफ्ना लागि पटक-पटक सोच्यौं तर कहिल्यै सोचेनौ अरुका लागि।
पोखराको अति नै व्यस्त मानिने, केन्द्र पृथ्वीचोकको नजिकै, सस्तो बजार जाने बाटोमा साहारा एकेडेमीको भवन मुनितिर एउटा शौचालय छ। जहाँ पसिहाले भने कि त सुटुक्क कुद्नुपर्दछ कि त एकपल्ट लज्जित भएर र्फकनुपर्दछ। किनकि त्यहाँ सार्वजनिक शौचालय छ, तर सशुल्क। अको सार्वजनिक शौचालय पोखराको नयाँ बसपार्क जसलाई बागलुङ बसपार्कका नामले चिनिन्छ। त्यहाँ थियो तर अहिले शौचालयको भवन भत्किइएको छ र नयाँ संरचनामा खुलेका छन् मःम पसल, साइँलाहरूका लागि भट्टि पसलहरू। त्यस्तै छोरेपाटनबाट थोरै अगाडि स्याङ्जा जाने बाटोमा। त्यसबाहेक राष्ट्रबैड्ढ चोकतिर भएका सरकारी भवनमध्ये कार्यालय खुल्दाको दिन जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालयजस्ता कार्यालयहरूका शौचालयहरू अघोषित सार्वजनिक शौचालयको रूपमा प्रयोगमा आएको देख्न पाइन्छ। तर पनि ती शौचालय सरसफाइमा चासो कसैको देखिँदैन। पोखराको हरिचोक, जिरो किमी चोक, सभागृह चोक चिप्लेढुङ्गा, ट्याक्सीचोक रत्नचोक, राष्ट्र बैड्ढ चोकमै पनि सार्वजनिक शौचालय निर्माण गरिनु तत्कालको आवश्यकताभित्र देखिन्छ। पोखराको लेकसाइड जुन पर्यटकको चहलपहल ज्यादा हुने ठाउँ हो। यो क्षेत्रमा, डेविजफल्सको आसपास, विरौटा चोक, अमरसिंह चोकमा समेत सार्वजनिक शौचालयको खाचो सहज महसुस गर्न सकिन्छ।
कास्कीबाट नेपाली काङ्ग्रेसको तर्फबाट ४ जना, नेकपा एमालेको तर्फबाट ४ जना, एनेकपा माओवादीको तर्फबाट १ जना, सङ्घीय समाजवादी पार्टीको तर्फबाट १ जना र अखण्ड नेपाल पार्टीको तर्फबाट १ जना गरी जम्मा ११ जना माननीयको संविधानसभामा प्रतिनिधित्व देखिन्छ। पछिल्लो पटक चारवटा निर्वाचन क्षेत्रमा, निर्वाचन क्षेत्र विकास कोषका नाममा १-१ करोड नगद बराबरको विकास बजेट प्राप्त भएको छ। साथै प्रत्येक माननीयले सांसद विकास कोषबाट १५-१५ लाख विकास बजेट प्राप्त गर्दछन्। माननीयज्यूहरूले उक्त रकम विकासका लागि खर्च गर्ने प्रतिबद्धता एवं खर्चको शीर्षक प्रस्तुत गरिसक्नुभएको छ। तर कुनै माननीयले पोखरामा सार्वजनिक शौचालयको आवश्यकता महसुस नगरेकाले होला एकसुको छुट्याएको भेटिएन। आशा गरौं माननीयहरूले आफ्नो दलीय नीति परिवर्तन गरी थोरै विकास बजेट प्रत्यक्ष जनतासँग जोडिने कुरा, सार्वजनिक शौचालय निर्माणका लागि छुट्याउनुहुनेछ।
तर यो मात्रै पर्याप्त हँुदैन, पोखरा उप-महानगरपालिकाले यो विषयमा सोच्नैपर्दछ। पोखराको विकासको जिम्मेवारी पाएको निकाय यो विषयमा उदासीन देखिनु दुःखद् पक्ष हो। यसका अलावा पोखराका पर्यटन व्यावसायी, उद्योगी सबैलाई समेत यो विषयमा घच्घचाउनु नागरिक अगुवाको भूमिका हो।
आशा गरौं, चाँडो नै पोखरेलीको ध्यान, पोखराका व्यस्त स्थानमा सार्वजनिक शौचालय बनाउने कुरामा जानेछ। यसका अतिरिक्त पोखराका सडकमा यात्रुहरूका लागि फुटपाथ, खानेपानी र यात्रु प्रतीक्षालय बनाउन समेत पहल कदमी जरूरी देखिन्छ। साना तर पोखराको विकासमाथि ङच्िच दाँत देखाइदिने यी कुराहरूको समेत बेलैमा निर्माणतर्फ ध्यान दिन सके समृद्ध बन्नेछ पोखरा।
त्यस्तै पोखराको सेती नदी आसपासका घरहरूको सेफ्टी ट्याड्ढीको मलमुत्र र ढल समेत सीधै सेतीनदीमा मिसिएको देख्न सकिन्छ। यो रोकी घर घरमा सेफ्टी ट्याड्ढी र बजार व्यवस्थापनमा उप-महानगरपालिका लगायत सम्पूर्ण सम्बन्धित निकायको ध्यान जाओस्। अब पोखरेलीले पनि सरसफाइ शुल्क एवं कर उठेको रकम ट्याड्ढरमा फोहोर फाल्नुको अलवा स्वच्छ पोखरा बनाउन कहाँ-कहाँ खर्च भएको छ जानकारी र खबरदारी दुवै गर्नु र कर्तव्यमा निष्ठावान बन्नुपर्ने देखिन्छ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
प्रतिभाले उचाल्यो १६ औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
एउटा राजा फालेर सयौं राजा ल्यायो भन्नेले राजनीति बुझेकै छैन : मुख्यमन्त्री पाण्डे
मंसिर १७, २०८०फिल्ड जाने कर्मचारी छैनन्, लक्ष्य भने ८० प्रतिशत
मंसिर १७, २०८०बढ्दै छन् कुष्ठरोग प्रभावित
मंसिर १७, २०८०फिर्केमा डोजर चलाउन अदालतले रोक्यो : अन्तिम आदेश कुर्दै महानगर
मंसिर १७, २०८०बढ्दैछन् कुष्टरोग प्रभावित
मंसिर १६, २०८०