सामाजिक दूरी, क्वारेन्टिन र आइसोलेसन

sudipghimire सुदीप घिमिरे
जेठ २३, २०७७

विश्व समुदाय कोरोना भाईरसको महामारीवाट प्रभावित छ । यसवाट बच्न सामाजिक दूरी, क्वारेन्टिन र संक्रमित भएका व्यक्तिहरुलाई आइसोलेसन वा अलग राख्ने प्रकृयालाई प्राथमिकताका साथ लागु गरिरहेको छ । हामी पनि लामो समय देखि बन्दाबन्दीको अवस्थामा छौं । सामाजिक दूरी कायम गरिएको छ । क्वारेन्टिन र आइसोलेसनमा व्यक्तिहरुलाई राखिएको छ । बिश्व स्वास्थ्यसंगठनले दिएको मापदण्डलाई आधारमान्दै धेरै प्रकृयाहरु अवलम्बन गरिदै आइएको छ । तर कोरोना भाईरसको संक्रमण बढिरहेको छ । सामाजिक दूरी, क्वारेन्टिन, आइसोलेस के हो, यसको किन महत्व छ । वर्तमान परिवेशमा नेपालमा के भईरहेको छ । कुन पक्षलाई वढावा दिनु पर्ने छ आदि बिषयमा यो आलेख केन्द्रीत छ ।

सामाजिक दूरी

तपाई र अन्य व्यक्ति वीच ठाउँ खाली राख्नु सामाजिक दूरी हो । यसलाई शारीरिक दूरी पनि भनिन्छ । वीचमा दुई मिटरको खाली राखिन्छ । सामाजिक दूरी कायम गर्न यात्राका लागि रोक लगाइन्छ । भिडभाड, समुह, ठुलाठुला जमघटमा भाईरसको संक्रमण छिटो फैलन सक्ने हुदाँ बन्द गरिन्छ । यस्तो कार्यले एक व्यक्तिमा भएको संक्रमण अर्को व्यक्ति जान पाउदैन । संक्रमण रोक्ने यो एक उत्तम उपाय हो । एक हजार बर्ष पहिले स्पेनिश इन्फुएन्जा महामारी आएको वेला सामाजिक दूरी कायम गरिएको थियो । त्यसैगरी सन् १९५७ को एसियन फ्लु, २००९ मा आएको स्वाइन फ्लुको प्रकोप, सन् २००३ को सार्समा समेत बिद्यालय, सार्वजनिक स्थलहरुमा हिडडुल गर्न वन्द गरिएको थियो । कोभिड १९ लाई नियन्त्रण गर्न टोल, गाउँ, शहर, जिल्ला, प्रदेश बन्द गरिएको छ । यसले गर्दा एक गाउँ, टोलको समस्या अर्कोमा जान पाउँदैन् । त्यसैले एक देश र अर्को देश बीचको सम्पर्क वन्द गरिएको छ ।

हामी तीन महिना देखि बन्दा बन्दीको अवस्थामा छौ । विमानस्थल वन्द छ । तर कोरोना भाईरसको संक्रमण बढीरहेको छ । नेपालमा कोरोना भाईरसको पहिलो केस माघमा पहिचान भएको थियो । दोश्रो केस त्यसको दुई महिना पछि चैत्र १० गते पहिचान भएको थियो । चैत्र ११ गते देखि नेपाल पूर्णरुपमा वन्दा बन्दीको अवस्थामा छ । जेष्ठ २१ गते सम्म आइपुग्दा ९ जनाको निधन भएको छ । संक्रमित व्यक्तिहरुको संख्या २ हजार ३ सय पुगि सकेको छ । देश वन्दा बन्दीको अवस्थामा छ तर कसरी संक्रमण बढीरहेको छ ?

कोभिड १९ को संक्रमण भए नभएको पहिचान गर्न यसले सहयोग गर्छ । प्राय भाईरस व्यक्तिमा प्रवेश गर्नासाथ कोभिड १९ का लक्षणहरु देखिदैनन् । लक्षणहरु देखिन समय लाग्ने हुदाँ क्वारेन्टिनमा बस्नु महत्वपुर्ण हुन्छ । हाम्रो देशमा स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकार विभिन्न स्थानमा क्वारेन्टिनहरु निमार्ण गरिएका छन् । त्यस्ता स्थानमा व्यक्तिहरु बस्नु पर्छ ।

संक्रमण फैलनुमा पहिलो कारण लामो समय सम्म युवाहरु भारतीय सीमा क्षेत्रमा रोकेर राखियो । जहाँ शौचालय, खानेपानी र सरसफाईको व्यवस्था कम्जोर थियो । त्यसै गरी भारतसंग सिमा क्षेत्रहरु खुला भएकाले हजारौ युवाहरु नेपाल भित्रिए । स्थानीय प्रशासन र सरकारलाई कति मानिसहरु नेपाल भित्रिए त्यसको सही रेकर्ड राख्न समस्या भयो । उनीहरुलाई सुरक्षित तवरले क्वारेन्टिनमा राख्न सकिएन । सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमण फैलियो । अझै फैलन सक्ने सम्भावना बढेको छ । अर्को तर्फ सरकारले द्रुत गतिमा रोगको परीक्षण, पहिचान र व्यवस्थापन गर्न सकेन । अझै मलेसिया र खाडी मुलुकमा रहेका युवाहरुलाई नेपाल ल्याउने तयारी गरिरहेका छौं । सामाजिक दूरी कायम नगर्ने, क्वारेन्टिनमा नराख्ने हो भने संक्रमणले महामारीकोरुप लिन सक्छ । त्यसैले स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार, संघ संस्थाहरुको सहयोगमा समयमानै व्यवस्थापनका लागि लाग्नु पर्ने देखिन्छ ।

हालै गरिएको अनुसन्धानले कोरोना भाईरसको संक्रमित व्यक्ति तर लक्षणहरु नदेखिएको व्यक्तिले अन्य व्यक्तिलाई कोरोना भाईरस फैलाउन भूमिका खेल्ने वताएको छ । विदेशवाट आएका व्यक्तिहरुको राम्रो परिक्षण, र अनुगमन प्रभावकारीढंगले गरिनु पर्छ । व्यक्ति व्यक्तिको सचेतनाले संक्रमण कम हुनलाई सहयोग गर्छ । त्यसैले तपाई जहाँ हुनुहुन्छ स्थानीय सरकारले गरेको निर्णयलाई लागु गरौं । यदि तपाई किराना पसल, औषधी पसल वा अन्य सामानहरु खरिद गर्न जादै हुनु हुन्छ भने कम्तीमा दुई मिटरको सामाजिक दूरी कायम गर्ने । घर वाहिर हिड्दाँ मुखमा मास्क र हातमा पञ्जा लगाउने । हातहरु राम्रोसंग सफा गर्ने । सामाजिक सञ्जाल वा अन्य माध्यम्वाट परिवार, नातेदार र साथीहरुसंग सम्पर्कमा रहिरहने ।

सामाजिक दूरीले बेफाइदा पनि गर्छ । व्यक्तिहरु सहजरुपमा हिडडुल गर्न पाउँदैनन् । व्यापार, व्यवसाय, रोजगार, बिद्यालय जाने सवै प्रकृया वन्द गरिन्छ । यसले व्यक्तिलाई चिन्ता, तनाव, डर, रिस जस्ता भावनात्मक कठिनाईहरु सृजना गरेको छ । संचारजगतले दिएको कोरोना सम्बन्धी समाचार एवं अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावले व्यक्तिको दैनिक जीवन सहजरुपमा लैजान कठिन भएको छ । अनिश्चितता र नैराश्यताले व्यक्तिलाई आत्महत्याको अवस्था सम्म लैजान सक्छ । बन्दाबन्दीको अवस्थामा मात्रै नेपालमा ९ सय ८२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ । अन्य सामाजिक अपराधहरु बढ्न थालेका छन् । त्यसैले आर्थिक र सामाजिक समस्यालाई व्यवस्थापन गर्न सरकारको दीर्घकालिन योजना वनाउनु पर्ने देखिन्छ । व्यक्तिमा आउन सक्ने मनोबैज्ञानिक पक्षलाई बलियो वनाईराख्न मनोसामाजिक सहयोगका कार्यक्रमहरुलाई उत्तिकै ध्यान दिइनु पर्ने देखिन्छ ।

क्वारेन्टिन

कुनै संरक्षित स्थान वा घरमा बस्नु क्वारेन्टिन हो । संक्रमण फैलिएको क्षेत्रवाट आएका व्यक्तिहरुलाई यस्ता स्थानमा राखिन्छ । १४ दिन सम्म व्यक्तिहरुलाई यस्ता स्थानमा राखेर स्वास्थ्यको प्रत्यक्ष अनुगमन गरिन्छ । कोभिड १९ को संक्रमण भए नभएको पहिचान गर्न यसले सहयोग गर्छ । प्राय भाईरस व्यक्तिमा प्रवेश गर्नासाथ कोभिड १९ का लक्षणहरु देखिदैनन् । लक्षणहरु देखिन समय लाग्ने हुदाँ क्वारेन्टिनमा बस्नु महत्वपुर्ण हुन्छ । हाम्रो देशमा स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकार विभिन्न स्थानमा क्वारेन्टिनहरु निमार्ण गरिएका छन् । त्यस्ता स्थानमा व्यक्तिहरु बस्नु पर्छ ।

सरकारको अनुमतिमा आफ्नो सुरक्षित घर छ भने घरलाई पनि क्वारेन्टिन वनाउन सकिन्छ । तर क्वारेन्टिनमा रहदाँ कोरोना भाईरसका सामान्य लक्षणहरु उच्च ज्वरो, खोकी, र श्वासप्रश्वासलाई ध्यान दिनु पर्छ । यदी यस्ता लक्षणहरुको विकास भएमा शरीरको तापक्रमको मापन गर्नु पर्छ । संक्रमण भए नभएको पहिचान गर्न क्वारेन्टिनले ठुलो सहयोग गर्छ । यदि संक्रमणको शंका देखिएका सम्पर्कमा रहेका व्यक्तिहरुलाई तुरुन्तै टेसिङ गराउँनु पर्छ । क्वारेन्टिनमा रहदाँ आफु र अन्य व्यक्ति वीचको दूरी कम्तीमा दुई मिटर वनाइनु पर्छ । शंकास्पद व्यक्तिहरु क्वारेन्टिनमा रहदाँ रोग महामारी फैलने सम्भावना कम हुन्छ । संक्रमण रोकिन्छ । रोगका भाईरसहरु आफन्त, नातेदार र छिमेकीलाई सर्देन् । क्वारेन्टिन निमार्ण गर्दा सके सम्म व्यक्तिहरुको आवत जावत कम हुने स्थानमा गरिनु पर्छ । जहाँ स्वास्थ्य परिक्षण, खाने, बस्ने, सफाई, चर्पीको न्यूनतम व्यवस्था भएको हुनु पर्छ ।

भारतीय भूमिवाट लाखौ युवाहरु नेपाल भित्रिएका छन् । तर स्थानीय सरकारले तयार पारेको क्वारेन्टिनहरु अप्रयाप्त छन् । आधारभुत आवश्यकताहरु शौचालय, पानी, खाना, बस्नको राम्रो प्रवन्ध नहुदाँ कोरोना संक्रमण बढ्ने सम्भावना प्रवल छ । त्यस वाहेक अन्य रोगहरुको सिकार हुन सक्ने सम्भावना त्यत्तिकै छ । त्यसैले सरकार, स्थानीय निकाय, संघसंस्थाको सहयोगमा विदेशी भूमिवाट आएकोहरुको सुरक्षा र स्वास्थ्यको राम्रो प्रवन्ध मिलाइनु पर्छ । राम्रो प्रवन्ध नभएमा कोरोना भाईरसको संक्रमण अझै बढ्न सक्ने छ ।

आइसोलेसन

कोरोना भाईरसवाट संक्रमित व्यक्तिलाई आइसोलेसन गर्नु वा एकान्तमा राख्नु वा अलग राख्नु नै आइसोलेसन हो । जहाँ रोगीलाई चिकित्सकहरुले प्रत्यक्ष निगरानी गर्दछन् । यसले अन्य व्यक्तिहरुमा संक्रमण फैलने सम्भावना हुदैन् । संक्रमित व्यक्तिलाई सरकारले तोकेको स्थान वा घरमानै अलग गराईनु पर्छ । जव सम्म व्यक्ति भाईरसको नेगेटिभ अवस्था आउँदैन तव सम्म व्यक्तिलाई आइसोलेसनमा राखिनु पर्छ ।

क्वारेन्टिन र आइसोलेसनमा रहदाँ व्यक्तिलाई चिन्ता, तनाव, रिस र डर हुन सक्छ । कोरोना सर्छकी भन्ने डर हुन्छ । तपाईको साथी वा परिवार तपाई प्रति असष्तुष्ट होला । कतिपयलाई स्वस्थ्यकर्मी वा सरकारले राम्रो ध्यान नदिएको रिस भनि उठ्न सक्छ । लामो समय देखि वन्दा बन्दीको अवस्थाका कारण मनमा अस्थिरता र निराशाहरु आएको हुन सक्छ । आफन्त, नातेदार र साथीभाईवाट अलग्गै वस्नु पर्दा एक्लोपनको अनुभूति आउन सक्छ । अनिश्चितताका कारण मनलाई व्यवस्थापन गर्न कतिपयले नकारात्मक व्यवहारहरु जस्तै रक्सी पिउने, चुरोट खाने बढेको हुन सक्छ । त्यसैले हरेक व्यक्तिको आफ्नो मनोबैज्ञानिक पक्षको बिशेष ख्याल गर्नु पर्छ । त्यसका लागि ध्यान, योग, खाना खाने, सुत्ने, पत्रपत्रिका पढ्ने, आफन्तसंग कुरा गर्ने समय निर्धारण गर्न सकिन्छ ।

क्वारेन्टिन व्यवस्थापन पक्षले हरेक व्यक्तिलाई आफ्नो मनका कुराहरु भन्न सक्ने विश्वासिलो वाताबरण वनाई सहयोग गर्नु पर्छ । व्यक्तिमा जति आत्मबल बलियो छ उतिनै रोगसंग लड्ने प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । कतिपय क्वारेन्टिनमा स्वास्थ्यकर्मी र मनोविमर्शकर्ताहरुले व्यक्तिमा आउन सक्ने डर, त्रास र तनावलाई कम गर्न मनोसामाजिक सहयोग प्रदान गरिएको छ । जसले गर्दा व्यक्तिको मनोबैज्ञानिक पक्षलाई स्वास्थ्य रहन सहयोग गर्छ । व्यक्तिमा आउन सक्ने नकारात्मक मनोबिज्ञानलाई समयमै व्यवस्थापन गर्न क्वारेन्टिन व्यवस्थापन पक्षले पत्रपत्रिका, टेलिभिजन र अन्य खेलकुदका सामाग्रीहरुको पनि व्यवस्थापन गर्दा राम्रो हुन्छ । जसले गर्दा क्वारेन्टिनमा व्यक्तिहरु रहे पनि वाहिरी सामाजिक पक्षसंग सम्बन्ध स्थापित भईरहन्छ । व्यक्तिलाई एक्लोपनको महसुस हुदैन् । कतिपय स्थानमा संक्रमित व्यक्तिहरु भाग्दा त्यसको असर आफ्नै परिवार र समुदायलाई पर्न सक्छ । त्यसैले क्वारेन्टिनको महत्वको बारेमा आफन्त, नातेदारले राम्ररी बुझाउनु जरुरी छ । गाउँपालिका, नगरपालिका, सरकारबाट तयार गरिएका क्वारेन्टिनमा न्यूनतम मापदण्ड तयार गरिनु पर्छ । कतिपय स्थानमा तयार गरिएका क्वारेन्टिनहरुमा चर्पी, बत्ति, पानीको प्रवन्ध नभएको वताइएको छ जसका कारण कोरोना भाईरससंग अन्य रोगको संक्रमण फैलन सक्ने सम्भावना देखिन्छ ।

समग्रमा सामाजिक दूरी, क्वारेन्टिन र आइसोलेसनले कोरोना भाईरसको व्यवस्थापनमा सहयोग गर्छ । क्वारेन्टिन र आइसोलेसनमा रहदाँ न्यूनतम मापदण्ड र व्यक्तिमा आउन सक्ने मनोबैज्ञानिक पक्षलाई चासो दिनु पर्छ । सामाजिक र आर्थिक गतिविधिलाई बढावा दिन सरकारको विशेष रणनीति वनाई लागु गर्नु पर्छ । यसले गर्दा व्यक्तिको सामाजिक, आर्थिक र मनोबैज्ञानिक पक्षमा टेवा पुग्छ ।

हाम्रो सुझाव