सामाजिक कार्यमा अग्रसर हुँदै रामघाट बालुवा खानीका मजदुरहरू

आदर्श समाज सम्वाददाता
फागुन २१, २०७१

पोखरा, २० फागुन। एउटा हातमा बेल्चा, अर्काे हातमा नाम्लो र बोरा त्यसमाथि पनि आफूलाई मालिक सम्झनेहरूको दमन। सधैँ बालुवा गिटीसँग व्यस्त रहने रामघाट-११ का प्रेम विश्वकर्मा आफ्नो गुनासो पोख्न पाए पनि मन शान्त हुने आशा पालेर बसेका थिए। उनी मात्र होइन, बालुवा खानी मजदुर समितिका सहसंयोजक इश्वरी बैरागी पनि लामो समयदेखि रामघाटका मजदुरमाथि परेको अन्याय पत्रकारसँग पोख्न आतुर थिइन्। किनभने उनी र उनीजस्ता धेरै मजदुरले मालिक सम्झनेहरूको दमन धेरै समय व्यहोरे। त्यसको एउटै कारण थियो विगतका वर्षमा धाकधम्कीको भरमा रामघाटको बालुवामाथि विभिन्न व्यक्तिको चलखेल।

बुधबार रामघाट पुगेका पत्रकारसँग उनीहरू मन फुकाउँदै थिए। रामघाटको बालुवाखानीमाथिको चलखेलमा रामघाटका मजदुर सधैँ चेपुवामा परे। कतिका बालुवा बोकेर हिँड्दा चिप्लिएर ढाडै भाँच्चियो। कतिका हात र खुट्टा मर्किए तर ती मालिक सम्झनेहरूले त्यो बाटो मर्मतमा कुनै समय ध्यान दिन सकेनन्। यो उनीहरूको कुरा मात्र होइन, दाहसंस्कारका लागि रामघाटको बाटो पटक-पटक हिँडेका पितम सेन ठकुरी पनि पछिल्लो समय बाटोको मर्मत कार्य देखेर भन्दै थिए-‘यो बाटो हिँड्न निकै कठिन थियो, वर्षामा हिलो, हिउँदमा धुलो अहिले निकै राम्रो बनेको रहेछ।ु यो उनको ठम्याइ मात्रै होइन, वास्तविक नै हो।

रामघाट टोल विकास संस्था तथा रामघाट बालुवा खानी मजदुर समिति जे भने तापनि उनीहरू विकासका काममा एक जुट भएर लागिरहेका छन्। उनीहरूले पहिला आफैले बालुवा बोकेर हिँड्ने बाटो मर्मत गरे। बिजुलीका पोलहरूमा बत्ति जोड्न थाले। मजदुर साथीहरू भेला हुने सानो भए पनि समाज घर निर्माणको सपना देखे र समाजघर पनि बनाए। त्यो मात्रै होइन सानातिना कार्यक्रम गर्नका लागि आवश्यक पूर्वाधारको पनि उनीहरूले चाँजोपाँजो मिलाइसके, स्थानीयवासी सुशीला रानाभाटको अनुभव पनि यस्तै थियो।

यसरी पछिल्लो समय त्यहाँको परिवेश पृथक बन्नुको एउटै कारण उक्त बालुवा खानीको जिम्मा रामघाट बालुवा खानी मजदुर समिति, रामघाट-११ लाई दिनु नै हो। बालुवा खानी बाहिरका व्यक्तिलाई दिँदा न त मजदुर बालुवा बोकेर राम्रोसँग हिँड्ने बाटो मर्मत हुन सक्यो न त उनीहरू मन बिसाएर बस्ने चौतारी नै थियो। जब उनीहरूको हातमा उक्त जिम्मेवारी आयो तब उनीहरूमा टोलको विकास र सामाजिक काम गर्न भ्याइ नभ्याइ हुन थाल्यो।

यसरी सामाजिक कार्यमा सक्रिय हुने सर्न्दर्भमै समितिले एचआईभी पीडितलाई १० हजार सहयोग गरिसकेेको छ। यस्तै कोही मजदुर घाइते भइहालेको खण्डमा उपचार गर्नेलगायतका काम यस अगाडिदेखि नै गर्दै आइरहेको छ।

यसैगरी तिनै मजदुरले नेपाल पत्रकार महासङ्घ कास्की शाखाको भवन निर्माणका लागि पनि मन फुकाएका छन्। रामघाट बालुवा खानी मजदुर समिति, रामघाट-११, कास्कीद्वारा आयोजित रकम हस्तान्तरण समारोहबीच महासङ्घको भवन निर्माणार्थ २५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरे। समितिका सचिव प्रेम विश्वकर्मा र अध्यक्ष कर्णयहादुर पुनले महासङ्घ कास्कीका सचिव त्रिभुवन पौडेललाई उक्त रकम बराबरको चेक हस्तान्तारण गरे।सहयोग रकम ग्रहण गर्दै पत्रकार महासङ्घ कास्कीका सचिव तथा कार्यक्रमका प्रमुख अतिथि त्रिभुवन पौडेलले प्रशासनको आडमा विगतमा दिनमा मजदुरमाथि शोषण भइरहेको अवस्थामा आज मजदुरले महासङ्घलाई सहयोग गर्दा आनन्दित तुल्याएको बताए।

समितिका कोषाध्यक्ष तथा टोल विकास समितिका उपाध्यक्ष मनोज रसाइलीले दलालहरूलाई ५० लाखमा दाहसंस्कार भवन बनाउन दिएका ठेकेदारले चलखेल गरेर बालुवामाथि बनाएको संरचना भत्कनुको दोष रामघाटका मजदुरलाई दिएर विगतमा सात दिन खानी बन्द गराएको बताए।

उनले थपे-‘मजदुरहरू आफूले मजदुरी गरेर आफैले मन फुकाउन पाउनुपर्छ भन्दा अनर्गल प्रचार गरी खानी बन्द गर्ने र जसरी भए पनि यसलाई रामघाटका मजदुरको मुख बन्द गरेर मुन्द्रेहरूको हातमा सुम्पन्ने प्रयत्न भइरहेको छ। पत्रकारहरूले सही समाचार सम्प्रेषण गरी सहयोग गरिदिनुपर्‍यो। साथै रसाइलीले जिल्ला विकास समितिले खानी संरक्षणका लागि मजदुर ज्याला र जालीसहित १३ लाख उपलब्ध गराएको र त्यसमा २३ लाख मजदुरले सहयोग गरी ६५ मिटर क्षेत्रफल संरक्षण गरेको बताए। उनले जिविसले १५ मिटर मापदण्ड तोकेकोमा ३० मिटर छोडेर संरक्षण गरेको सो अवसरमा जानकारी गराए।

अध्यक्षको आसनबाट बोल्दै अध्यक्ष कर्णयहादुर पुनले रकम थोरै भए तापनि मजदुरको सहयोग तुलनात्मक रूपमा माथि हुने आशा समितिले लिएको बताए। उनले वषौर्ंसम्म मजदुरी गरेका मजदुरहरूले मनको कुरा राख्ने मौका कहिल्यै नपाएको अवस्थामा काम नै छोडेर भए पनि पत्रकारसँग आफ्ना कुरा राख्न र सहयोग गर्न पाउँदा खुसी लागेको बताए। प्रेम विश्वकर्माले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रमको सञ्चालन इश्वरी वैरागीले गरेकी थिइन्।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width