सांस्कृतिक महत्वको चाड दसैं

आदर्श समाज सम्वाददाता
असाेज ३०, २०७२

हामी नेपालीले मान्ने चाडमध्ये प्रमुख चार्डपर्वको रूपमा दसै पर्व पर्दछ। विशेष गरेर हिन्दूधर्म मान्नेहरूले यो पर्वलाई धर्म संस्कृति र परम्पराको रूपमा मनाउँदै आएका छन्। दसैँ पर्व नजिकै आएको हुँदा यस लेखमा दसैँको बारेमा चर्चा गरिएको छ। असत्यमाथि सत्यको विजयका रूपमा मनाउन सुरु गरिएको दसैँ केही वर्षयता आफ्नो आर्थिक हैसियत बिर्सेर अरु घांेडा चढे भनेर आफू धुरी चढ्ने प्रवृत्ति पनि बढ्दै गएको छ। जसले गर्दा दसैँ पर्व उल्लास र उमंगको चाड हुन सकेको छैन। जुन कारणले गर्दा दसैँ दशा भएर आउने र जाने गरेको छ। दसैँ पर्वलाई सांस्कृतिक महत्त्वको चाडका रूपमा मनाएको पाइन्न। दसैँको गरिमा वृद्धि हुनेगरी विशुद्ध मनोरञ्जनात्मक रूपमा मनाउनुपर्नेमा त्यसो हुन सकेको छैन। दसैँलाई घाँटी हेरी हाड निल्नु भन्ने उखानलाई हृदयंगम गरी मनाउन सकियो भने मात्रै दसैँ पर्व साँच्चिकै दसैँ बन्न सक्छ। अहिले खाद्य, लत्ता कपडा, मासु आदि वस्तुहरूमा छाएको महंगी त्यसमाथि मिसावटयुक्त पदार्थ उपभोग गर्न बाध्य नेपालीहरूले अभावका बाबजुद पनि दसैँलाई आफ्नो हैसियत अनुसार मनाउनेतर्फ सबैले सोच्नुपर्दछ।

विजया दशमी हिन्दूहरूको लागी प्रमुख पर्व हो। यो पर्वमा नेपालीको ऐतिहासिक संस्कृति र धर्म जोडिएको पनि छ। हाम्रो शास्त्रमा उल्लेख भए अनुसार दसैँ पर्वको प्रसंग राम र रावणको युद्धमा जोडिएको छ। राम र रावणको लडाइमा रामले रावणलाई युद्धमा मारेपछि विजयको खुसीयालीमा यो पर्वको सुरुवात भएको धार्मिक कथन छ। घटस्थापनादेखि नै हिन्दूहरूले विभिन्न शक्ति पीठमा दुर्गा सप्त शनि, चण्डी र भगवतीको स्त्रोत पाठ गरी दसैँ पर्वको सुरुवात हुने गर्दछ। विशेष गरी दसैँ पर्वमा विभिन्न शक्तिपीठ र दुर्गा भवानीको आराधना गरिन्छ। परम्परागत दसैँ पर्वमा खड्ग यात्रा र पूजाको प्रचलन भएकाले यो पर्व नेपालमा तन्त्र यानको प्रादुर्भाव भएदेखि नै भएको हो भन्ने तर्क एकथरि विद्वानहरूको छ। तर इतिहासले भने राजा हरिसिंह देवले नेपाल सम्वत् ४४४ अर्थात आजभन्दा ६८९ वर्ष पहिले तुलजा भवानीसमेत लिएर नेपाल प्रवेश गरी उपत्यकामा राज्य सञ्चालन गर्ने क्रममा दसैँको पर्व सुरु भएको भन्ने पनि छ। देवी पुराण धर्मग्रन्थमा उल्लेख भए अनुसार सत्य युगमा देवासुर सग्राम भएदेखि नै दसैँ पर्व मनाउन थालिएको कुरा धार्मिक मान्यता पनि रहेको छ।

चाहे जे जसरी पर्वको सुरुवात भए पनि परम्परागत मनाउँदै आएको दसैर्ँपर्व आज पनि हिन्दू समाजमा उत्तिकै लोकप्रिय चाडका रूपमा मनाउँदै आइएको छ। असत्यमाथि सत्यको विजय उत्सव मानि सुरु भएको दसैँ पर्व पछिल्ला दिनमा देवीलाई बलि दिनुपर्दछ भन्ने मान्यता लिई दसैँ पर्वमा लाखांै पशुपंछीलाई शक्तिपीठ मानिएका देवीदेवताको मन्दिर र दसैँ घरमासमेत बलि दिने गरीन्छ। पौराणिक शास्त्र अनुसार नेपालमा शक्तिपीठहरू ५१ रहेका छन तर आजभोली ५२ शक्तिपीठ हुन् भन्ने कुराहरू पनि आउने गरेको छ। जे होस् पौराणिक शास्त्रले सतिदेवीको अंग पतन भएको स्थानलाई शक्तिपीठ मानिँदै आएको छ। तर मानव समाजको विकास र नेपालमा भुरे-टाकुरे राजाहरूको पालामा विभिन्न अवसरमा स्थापना गरिएका देवीको मन्दिरहरू पनि कतिपय जिल्लामा शक्तिपीठकै रूपमा मान्दै आएको पाइन्छ। ती सबै शक्तिपीठमा दसैँ पर्वको अवसरमा पूजाआजा र पशुपंक्षीहरूको बलि दिने गरिन्छ। शक्तिकी देवीलाई बलि नदिँदा खुसी हुन्नन् भन्ने मान्यताको विकास भएको छ। तर वास्तवमा दसैर्ँपर्व मनाउनेहरले वली शब्दको भावपूर्ण अर्थ नबुझेको आभास पैदा हुन्छ। ब्लि शब्दको अर्थ हो अर्पण गर्नु अथवा चढाउनु वा उपहार दिनु झ्राँगोरूपी-क्रोध, भेडारूपी-मोह बोकारूपी-कामवासना अर्थात काम, क्रोध र वासनालाई अर्पण गर्नु, चढाउनुपर्दछ भन्ने हाम्रो शास्त्रको भाव हो। तर हामीले बलि भनेपछि पशुहरूलाई काटेर बलि दिने गरिन्छ। यसको बारेमा दसैँ पर्व मनाउनेहरूले सोच्न जरूरी छ।

पछिल्लो समयमा अहिले बलि प्रस्थाको विरोधका आवाजहरू पनि आउने गरेका छन्। पशुहरूको बलि नदिएर दसैँ पर्व मनाउनेको सङ्ख्या पनि दिनप्रतिदिन बढदै गएको छ। यो प्रथाको बारेमा अहिले समाजमा बहसको विषय बनेको छ। शास्त्रमा उल्लेख भए अनुसार भगवान रामले यसै दिन रावणको वध गरेका थिए। यसलाई असत्य माथि सत्यको विजयको रूपपमा हिन्दूहरूले विजया दशमीको पर्व मनाउने प्रचलन रहँदै आएको छ। प्राचीन कालमा राजाहरू यस दिन विजयको प्रार्थना गरेर रण-यात्राको लागि प्रस्थान गर्दथे भन्ने भनाइ रहेको छ।यस दिन ठाउँ-ठाउँमा मेलाहरू लाग्ने गर्दछ। अहिले पनि भारतमा रामलीलाको आयोजन हुन्छ। रावणको विशाल पुतला बनाएर जलाइन्छ। विजया दशमी भगवान रामको विजयको रूपमा मनाइने पर्व हो। दसैं पर्वले दश प्रकारका पापहरू काम, क्रोध, लोभ, मोह मद, मत्सर, अहंकार, आलस्य, हिंसाको अन्त्य गर्नु पनि हो।

बलि प्रथाको बारेमा अध्ययन गर्दा नेपालमा भुरे टाकुरे शासकहरूकै पालामा लडाइँ लड्दा होस् वा विजय प्राप्त गर्दा होस् देवीकै शक्तिले जीत भएको मानेर कोट, मौला, हतियार र देवीको मूर्तिमा बलि चढाउने परम्पराको थालनी भएको थियो। शाह वंशको इतिहास हेर्ने हो भने लमजुङका घले राजालाई अपदस्त गराएर यशोब्रह्म शाहलाई लमजुङको राजा बनाउँदा वि.सं. १५५० मा कालिकाको मन्दिर बनाई राँगा, बोका, भेंडा, कुखुरा, हाँस, परेवा गरी १९ वटा पशुपंक्षीको बलि चढाएर राजाले देवीसँग शक्ति मागेको इतिहास छ। शाह राजाहरूले पछिका दिनमा पनि ठाउँ-ठाउँमा देवीदेवताका मन्दिर बनाउन लगाएर राज्यकै तर्फबाट पूजाआजा चलाउँदै आएका थिए।अहिले समाजमा अहिंसावादीले पशुबलिको विरोध गर्दै आए पनि राज्यले समेत यो बलि प्रथालाई रोक्नेतर्फ लागेको छैन। दसैँ पर्वमा बलि प्रथा रोक्नुको सट्टा झन मौलाउँदै गएको कुरा बलि प्रथा विरोधीहरू बताउँछन्। धर्मको नाममा बलि दिनेहरूलाई चेतना दिनेहरूको सङ्ख्या र सङ्घसंस्था बढन थालेका छन्। हालसम्म औपचारिकरूपले पशुबलि निषेध अभियान नेपाल, कृष्ण प्रणामी युवा परिषद्, एनिमल वेलफेयर सोसाइटी लगायतका पशु अधिकारकर्मीका संस्था बलिको विरोधमा लागेका छन्।

असत्यमाथि सत्यको विजयका रूपमा मनाउन सुरु गरिएको दसैं केही वर्षयता आफ्नो आर्थिक हैसियत बिर्सेर अरु घोडा चढे भनेर आफू धुरी चढ्ने प्रवृत्तिले गर्दा उल्लास र उमंगको चाड हुन सकेको छैन। जसले गर्दा दसैं दशा भएर आउने गरेको छ। तसर्थ यसलाई एउटा सांस्कृतिक महत्त्वको चाडका रूपमा स्वीकार गरी दसैंको गरिमा वृद्धि हुने गरी विशुद्ध मनोरञ्जनात्मक रूपमा घाँटी हेरी हाड निल्नु भन्ने उखानलाई हृदयंगम गरी मनाउन सकियोस् अनि मात्रै दसैं साँच्चिकै दसैं बन्न सक्छ। अहिले खाद्य, लत्ता कपडा, मासु आदि वस्तुहरूमा छाएको महंगी त्यसमाथि मिसावटयुक्त पदार्थ उपभोग गर्न बाध्य नेपालीहरूले अभावका बाबजुद पनि दसैंलाई आफ्नो हैसियत अनुसार मनाउनेतर्फ सबैले सोच्न पर्दछ। आफन्तबाट टाढाटाढा रहेका परिवारका सदस्यहरू पनि यो पर्वमा आफ्नो जन्मस्थलो र आफन्त भेट्ने तथा मान्यजनबाट टीका र जमराको साथ आशीर्वाद लिने परम्परा रहेको यो पर्वले ऐतिहासिक महत्त्व बोकेको छ। त्यसैले आर्थिक मन्दीले सबैलाई सताइ रहेको अवस्थामा आएको विजया दशमीलाई ऋण सापट गरेरै भए पनि धुमधामका साथ मनाउने तयारीमा आम नेपालीहरू जुटिरहेको अवस्था छ।

विजया दशमी पर्वको अष्टमी, नवमी हुँदै दशमीको दिन नजिकिँदै छ। विजया दशमीको सधैँजसो शुभकामना लिने र दिने क्रम बढ्दो छ। दसैँ विजय र आनन्दको उत्सव हो। असत्यमाथि सत्यको विजय दानवीय स्वभावमाथि मानवीय स्वभावको विजय, कु-शासनमाथि सु-शासनको विजय, अन्यायमाथि न्यायको विजय, हिसामाथि अहिंसाको विजय, असुरी शक्तिमाथि दैवीय शक्तिको विजय नै विजया दशमी मनाउनुको मुख्य उद्देश्य हो। आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म दश दिन पूजा, पाठ, वर्त, उत्सव आदि गरेर मनाइने चाड भएकाले यसलाई दसैँ पनि भनिएको हो।

घटस्थापनादेखि नै हिन्दूहरूले विभिन्न शक्ति पीठहरूमा दुर्गा सप्त सति, चण्डी र भगवतीको स्तोत्र पाठ गरी विशेष गरी दुर्गा भवानीको आराधना गरिन्छ। परम्परागत दसैँ पर्वमा खड्ग यात्रा र पूजाको प्रचलन भएकाले यो पर्व नेपालमा तन्त्र यानको प्रादुर्भाव भएदेखि नै भएको हो भन्ने तर्क एकथरि विद्वानहरूको छ। तर इतिहासले भने राजा हरिसिंह देवले नेपाल सम्वत् ४४४ अर्थात आजभन्दा ६९० वर्ष पहिले तुलाजा भवानीसमेत लिएर नेपाल प्रवेश गरी उपत्यकामा राज्य सञ्चालन गर्ने क्रममा दसैँको पर्व सुरु भएको भन्ने पनि छ। देवी पुराण धर्मग्रन्थमा उल्लेख भए अनुसार सत्य युगमा देवासुर संग्राम भएदेखि नै दसैँ पर्व मनाउन थालिएको कुरा धार्मिक विद्वानहरू बताउँछन्। चाहे जे जसरी पर्वको सुरुवात भए पनि परम्परागत मनाउँदै आएको दसैँ पर्व आज पनि हिन्दू समाजमा उत्तिकै लोकप्रिय चाडका रूपमा मनाउँदै आइएको छ।

हामी नेपाली सस्कृतीका धनी छौं। सानो देशमा १२५ जातीहरू रहेका छौं। सानो देशमा १२५ जातीहरू रहेका छौं। पछिल्लो तथ्याक अनुसार नेपालमा हिन्दू धर्म मान्नेहरूको सङ्ख्या ८१.३४% रहेको छ भने राष्ट्रिय पर्वको रूपमा मानिने दसैँ पर्वलाई हिन्दूबाहेक बौद्ध, किरात, यस्लाम, क्रिश्चियन र अन्य धर्ममा आस्थावान भएका समुदायले पनि दसैँ पर्वलाई महत्त्व दिने गरेको पाइन्छ। हाम्रा हरेक संस्कृति र पर्वहरू आर्थिक पक्षमा जोडिएको हुन्छ। आर्थिक हैसियत भएका वर्ग र विपन्न वर्ग समेत हाम्रै समाजमा रहेका छांै। खर्च गरेर तडकभडक गरेर पर्व मनाउने र नसक्ने वर्गले पनि ऋणधन जुटाएर यस्ता साँस्कृतिक पर्वहरू मनाउँदा एउटा वर्ग जहिले पनि समाजमा ऋणको भारी बोक्नुपर्ने अवस्थामा रहेको हुन्छ। अबका दिनमा देखासिकी र आडम्बरयुक्त दसैं मनाउने मानसिकतालाई हामीले परिवर्तन गर्दै जान्नुपर्दछ। अब पनि यस्ता खर्चिला पर्वलाई परिवर्तन गर्न सकिएन भने समाजमा रहने विपन्न वर्गका मानिसहरूको अवस्था झनै दयनीय हुन जान्छ। यो २०७२ सालको विजया दशमीले सबैलाई खर्चिलो नबनाई आफ्नो संस्कृतिलाई बचाउँदै दसैँ पर्व मनाउन सिकाओस् यही हार्दिक मंगलमय शुभकामना छ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width