सहकारीमा वित्तीय साक्षरता

आदर्श समाज सम्वाददाता
पौष १८, २०७१

पैसा खर्च गर्नका लागि नै बनाइएको हो। तर त्यसो भन्दैमा जसरी पायो त्यसरी यसलाई खर्च गर्नु हुँदैन। सबैले पैसा कमाउन सिकाउँछन् तर जोगाउन सिकाउँदैनन्। पैसा खर्च गर्न सजिलो छ, सबैले जानेका छन् खर्च गर्नलाई। तर कसरी खर्च गर्दा राम्रो हुन्छ र जोगाउन पनि सकिन्छ भन्ने चाहिँ थोरैलाई मात्रै थाहा हुन्छ। लेनदेनको धेरथोर कारोबार सबैले गर्छन्। तर व्यवस्थित र विश्वासिलो कारोबार थोरैले गर्छन्। पैसा धेरैले कमाउँछन् तर थोरैले मात्रै जोगाउँछन्। आर्थिक कारोबारसँग गाँसिएका नगद तथा जिन्सीको आदान-प्रदानलाई आवश्यकताअनुसार व्यवस्थित गर्दै सुरक्षित, भर पदो र लाभदायक बनाउने कला नै वित्तीय साक्षरता हो।

व्यक्ति, परिवार, सङ्घसंस्था, पेशा-व्यवसाय, सेवा, उद्योग, लगानी आदि सबै क्षेत्रमा वित्तीय ज्ञान नभई अन्धाधुन्ध अर्थात जथाभावी खर्च वा लगानी गर्दा व्यक्ति, परिवार, व्यवसाय, सङ्घसंस्था आदि संकटमा पर्न सक्छन्। घाटा लागोस्, संकट आओस् भनेर कसैले कारोबार गर्दैनन् तर हुन्छ त्यस्तै। त्यसको मूल कारण भनेको वित्तीय ज्ञान अथवा वित्तीय साक्षरताको कमी हो। त्यसैले व्यवहार गर्न अथवा कारोबार गर्न आफ्नो आवश्यकता अनुसारको वित्तीय ज्ञान हुन जरुरी छ। वित्तीय ज्ञानको अभावमा प्रशस्त धनसम्पत्ति भएका कतिपय व्यक्ति तथा परिवारहरू सधै आर्थिक संकटमा परेका देखिन्छन्। त्यस्तै कम्पनी, संस्था र सहकारीमा पनि यो अवस्था आउँछ।

देशविदेशसम्म फैलिएर ठूलोठूलो कारोबार गर्ने बहुराष्ट्रिय कम्पनीदेखि दैनिक सय दुर्इ सय रुपियाँ आर्जन गरेर जीविका चलाउने साधारण मानिससम्मले आफ्नो अवस्थाको वा स्तरको वित्तीय ज्ञान राख्नु पर्दछ। यसलाई साधारण भाषामा ‘होस पुर्‍याएर कारोबार गर्नु’ भन्ने गरिन्छ।

अचेल नेपालमा सहकारी संस्थाहरूको संख्यामा अत्यधिक वृद्धि भएको छ। ठूला बैंक तथा वित्त कम्पनीहरूको वित्तीय अवस्था नराम्रो नहोस् भनेर नेपाल राष्ट्र बैंकले तिनलाई विभिन्न सीमाहरू तोकेर व्यवसाय तथा कारोबार गर्ने अनुमति दिन्छ। किनकि त्यस्ता निकायहरू असफल भए भने सर्व साधारण धेरै मानिसको सम्पत्ति जोखिममा पर्छ र त्यसले समाजमा नै नराम्रो असर पार्दछ। सामूहिक व्यवसाय गर्ने उद्देश्यले खोलिएका धेरै सहकारी संस्थाले पनि बैंकले जस्तै कारोबार गर्छन्। तर तिनले गर्ने कारोबारको सीमा र आकार बैंकको भन्दा फरक र सीमित हुन्छ। तिनले आफ्ना सदस्यको मात्रै निक्षेप लिन र सदस्यलाई मात्रै कर्जा लगानी गर्न पाउँछन्। आफ्ना सदस्यसँग मात्रै कारोबार गर्ने भएकाले यसमा नेपाल राष्ट्र बैंक वा राज्यको नियन्त्रण खुकुलो हुन्छ।

जुनसुकै कारोबार गर्ने सहकारीले पनि आफ्नो आवश्यकताको वित्तीय ज्ञान थाहा पाउन र त्यसका सीमाहरूको पालन गर्न आवश्यक छ। अझ पैसाको कारोबार मात्रै गर्ने अर्थात बचत तथा ऋणको काम गर्ने सहकारीले त यसको बारेमा झन बढी जानकारी राख्नुपर्छ। अनि त्यसलाई व्यवहारमा प्रयोग गर्नुपर्छ। जसरी एउटा स्वस्थ मानिसको शरीरका सबै अङ्ग मिलेको आकारमा दुरुस्त र आ-आफ्नो कामका लागि सक्षम हुन जरुरी छ त्यसै गरी वित्तीय कारोबार गर्ने सहकारी संस्थाको शेयर पुँजी, निक्षेप, कर्जा, कोष, सदस्य संख्या, खराब ऋण, बाहृय ऋण, सञ्चालन खर्च, पुँजीगत खर्च, स्थिर सम्पत्ति, चालु सम्पत्ति, नगद, लगानी, कुल आम्दानी, खर्च, खुद बचत, दायित्व, निक्रिय सम्पत्ति आदिको सन्तुलन मिलेको हुनुपर्छ। संस्थाका सञ्चालकहरूमा यस प्रकारको वित्तीय ज्ञानको जानकारी छैन भने उनीहरूले संस्थाको वित्तीय सन्तुलन ब्रि्रेको थाहा नै पाउँदैनन्। हेर्दा सर्लक्क र स्वस्थ देखिने मानिस पनि गम्भीर रोगको शिकार भएको हुन सक्छ। दक्ष चिकित्सकले आधुनिक उपकरणको सहयोगमा मात्रै यस्तो थाहा पाउन सक्छ। रोग पत्ता लागेपछि मात्रै सही उपचार हुन सक्छ र ज्यान जोगिन सक्छ। वित्तीय संस्था पनि त्यस्तै हो। संस्था रोगी भए पनि वित्तीय ज्ञान अथवा वित्तीय साक्षरताको अभावमा त्यसलाई हामी देख्दैनौँ।

केही सहकारी संस्थाले शेयर पुँजी धेरै बनाउन बल गरेको देखिन्छ। त्यस्ता सहकारी संस्थाका सञ्चालकहरूको बुझाइमा शेयर पुँजी धेरै भयो भने संस्था बलियो हुन्छ भन्ने हो। तर त्यसको दीघकालीन प्रभाव स्वरूप सदस्यले शेयरमा गरेको लगानीको उचित प्रतिफल पाउने छैनन् र संस्थाप्रति आकर्षण कम हुनेछ। ठूलो टाउको र सानो शरीर भएको मानिस जस्तो हुन्छ त्यो संस्था। टाउकाको भार शरीरले थाम्न सकेन भने त्यहाँ समस्या आउँछ। त्यस्तै शेयर पुँजी कम भयो तर अन्य कारोबार निक्षेप तथा कर्जा लगानी धेरै भयो भने पनि संस्थामा सदस्यको चासो कम हुने र कारोबारमा जोखिम धेरै हुन जान्छ। जस्तो सानो टाउको र भद्दा शरीर भएको मानिस जस्तो।

अहिले धेरै सहकारीहरूले नाफा एकदमै कम देखाउने गरेका छन्। यसमा लेखा परीक्षकले पनि सघाइरहेका छन्। सदस्यलाई लाभांश दिन छुट्टै कोषको व्यवस्था गरेर खर्च लेख्ने गर्छन्। जस्तै यातायात, स्वास्थ्य उपचार आदि। वास्तविक नाफा कम देखाएर तत्काललाई सरकारलाई कर तिर्नबाट त बचिएला। तर संस्थाको कोषमा जाने रकम न्यून हुन जान्छ। संस्थाको कोषमा जाने भनेको त नाफाको रकमबाट मात्रै हो। जब नाफा नै कम देखाइन्छ तब कोष -जगेडाकोष, घाटा पूर्र्तिकोष, शिक्षाकोष, संरक्षित पुँजी फिर्ताकोष आदि) मा रहने रकम धेरै हुनै सक्दैन। संस्थामा कोष बलियो हुँदा मात्रै लागत रहित पुँजी प्राप्त हुन्छ र त्यस्तो पुँजीले संस्थाको दिगो विकासको आधार बनाउँदै लान्छ। सहकारी संस्थामा कोष भनेका मानव शरीरका भित्री अ·हरू मुटु, कलेजो, मृगौला आदि जस्तै हुन्। यी भित्री अ· बलिया भए मात्र शरीरले राम्ररी काम गर्न सक्छ। त्यस्तै हो सहकारी संस्था पनि।

केही सञ्चालकहरूमा आफू सञ्चालक समितिमा भएको समयमा सदस्यलाई अधिकाधिक लाभ दिन धेरै लाभांश बाँड्ने लालसा हुन्छ। राम्रो मनसायले गरेको काम भए पनि यसो गर्दा घुमाउरो बाटोबाट विधि मिचिएको हुन्छ। सदस्यलाई सेवा र चेतना बाँड्नुको सट्टा पैसामात्र कमाइदिन खोज्नु सहकारीको मर्म विपरीतको कार्य हो। यस्तो विचार र व्यवहारले अन्ततोगत्वा सहकारीलाई नै नोक्सान पुर्‍याउँछ। सहकारीका सञ्चालकमा सहकारीसम्बन्धी वित्तीय ज्ञान अथवा वित्तीय साक्षरता नहुनाले यस्ता कार्यले प्रोत्साहन पाएका छन्।

वित्तीय कारोबार गर्ने संस्थाका लागि वित्तीय अवस्था परीक्षण गर्ने विभिन्न तरिका छन्। संस्थाको कारोबार कत्तिको सन्तुलित छ – जोखिमको मात्रा कता बढी छ – संस्थाको कारोबार सुधार्न कुन कुरामा धेरै ध्यान दिन जरुरी छ – आदि जस्ता विषयमा जानकारी लिई सहकारी संस्थाको वित्तीय अवस्था थाहा पाउन सकिन्छ। यदि अन्धाधुन्ध संस्थालाई ठूलो मात्रै पार्ने र सदस्यलाई धेरै नाफा मात्रै कमाइदिएर खुसी पार्न सकिन्छ भन्ने मान्यता राख्ने हो भने त्यस्तो संस्थामा ढिलोचाँडो समस्या आउँछ।

सहकारी संस्था सफल हुँदै गएको वा नगएको बारेमा थाहा पाउने अको महत्वको विषय भनेको सदस्यहरूको सन्तुष्टि र सहकारी प्रतिको आकर्षण एवं विश्वास हो। संस्था बलियो त भयो तर सदस्यको आकर्षण कम भयो भने बुझनुपर्छ, संस्था आफ्नो मूल कामबाट विमुख भयो। सहकारी संस्थाको मूल काम अर्थात मूल ध्येय भनेको आफ्ना सदस्यको सन्तुष्टि हो। सदस्यको पेशा व्यवसायमा सघाउ पुर्‍याउनु र विचौलियाको अनावश्यक झन्झट र शोषणबाट छुटकारा दिन सबै एकजुट भई मिलेर प्रयास गर्नु हो। हाम्रा कतिपय सहकारीमा अझै दुर्इ प्रकारका सदस्य भएको भान हुन्छ। सहकारीले संस्थाको मात्रै वित्तीय अवस्था राम्रो बनाएर पुग्दैन। साथसाथै यसमा आवद्ध भएका सदस्यको समेत वित्तीय अवस्था राम्रो बनाउन प्रयास गर्नुपर्छ। जब सहकारीमा दुर्इ खालका सदस्य भएको अनुभूति गरिन्छ त्यहाँ सबै सदस्यलाई जागरुक बनाउने भन्ने विषय ओझेलमा पर्ने गर्छ।

कतिपय संस्थाको सम्पत्ति राम्रै भए पनि वित्तीय सन्तुलन कायम हुन नसक्दा संस्थामा आर्थिक संकट आर्इपर्छ। यस्तो अवस्था कि त घरजग्गा आदि स्थिर सम्पत्तिमा संस्थाको धेरै लगानी हुनाले आउँछ, कि त लगानी भएको सम्पत्तिको गुणस्तर कमजोर र निक्रिय सम्पत्ति धेरै भएर आउँछ। त्यसैले संस्था ठूलो बनाउने मात्रै होइन, वित्तीय हिसावले सन्तुलित हुन एकदमै जरुरी छ। संस्था जति ठूलो भयो वित्तीय जोखिम पनि त्यति नै ठूलो हुन्छ। त्यसैले संस्थालाई जोखिमबाट जोगाएर अगाडि बढाउन यसका सदस्य र सञ्चालकले संस्थाले वित्तीय नियमहरूको जानकारी राख्नै पर्छ र व्यवहारमा उतानै पर्छ। वित्तीय साक्षरता त्यसैका लागि चाहिएको हो।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width