चैत्र ७ गते मुलुकले एउटा शान्ति-नायक गुमाएको दिन। २०६६ साल चैत ७ गते गिरिजाप्रसाद कोइरालाको निधन भएको थियो। आज हामीले उनको चौथो स्मृति दिवस मनाउँदैछौं। दुर्इवर्ष र थप दुर्इ वर्ष गरी पूरापूर चारवर्षको सत्ता र भत्ता भरण गर्दा पनि मुलुकले संविधान नपाउँदाको प्रशव वेदना सहेर नै नेपाली जनताले पुनः दोस्रो पटक संविधानसभाका लागि मतदान गरे। मतदानको परिणाम आयो। परिणामसँग जोडिएका बेतुकका टिकाटिप्पणी भए। यस्तो माहोलमा फेरि सम्झियो उनै गिरिजाप्रसादलाई। कोइरालाले यस्तो बोल्दैनथे, स्वभाविक रूपमा मतदान परिणाम स्वीकार्थे। किनभने उनी प्रजातन्त्रका अभ्यस्त खेलाडी थिए। सलाम छ, गिरिजाबावुलाई।
प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा मन्त्रिमण्डल गठन भएको छ। शान्ति प्रक्रियाको सुरुवात गर्ने गिरिजाबाबु भए पनि यसको टुङ्गो लगाउने जिम्मा नेपाली काङ्ग्रेसकै सभापति सुशील कोइरालाको हातमा आएको छ। यो नियमित आकस्मिकता हो। यो युगले सुम्पेको युगीन दायित्व पनि हो। यो काम पूरा हुँदा मुलुक र जनताको भलो हुन्छ।
गिरिजाप्रसादको निधन भए यता संविधान निर्माण प्रक्रियाले कयौं हण्डर-ठक्कर खाइसकेको छ। पहिलो संविधानसभाले संविधान दिन नसके पनि दोस्रो संविधानसभालाई पहिलो संविधानसभाको स्वामित्व मान्ने प्रमुख दलको सार्वजनिक घोषणाले शान्ति प्रक्रियाको परिणाम सकारात्मक देखिएको छ। यसर्थ, शान्ति नायकको भूमिकामा गिरिजाप्रसादको सङ्र्घर्ष र त्यागप्रति उच्च मूल्याड्ढन गरिएको स्पष्ट भएको छ।
जनआन्दोलनबाट प्रतिनिधि सभाको पुनस्र्थापना गर्ने प्रमुख माग गर्दै २०६२ चैत २४ गते जनआन्दोलन-२ घोषणा भयो। सोही आन्दोलनको उचाईबाट २०६३ साल वैशाख ११ गते प्रतिनिधिसभा पुनस्र्थापना भयो।फलतः वैशाख १२ गते गिरिजाप्रसाद कोइराला अन्तरिम प्रधानमन्त्री बने। कानुनको शासन लागू गर्ने योजना अनुशार संविधानसभामार्फत संविधान बनाउने बीपी कोइरालाको नीति, २०६४ चैतमा संविधानसभाको निर्वाचनमार्फत गिरिजाप्रसादले गराए हुन्।
२०४६ पछिको संसदीय व्यवस्थामा विवादास्पद बनेका गिरिजाप्रसाद यिनै उपलब्धिका कारण उनको जीवनको उत्तरार्द्धतिर आइपुग्दा उनको राजनीतिक स्थान राष्ट्रपितासरह हुन पुग्यो। यस्ता तिनै शान्तियोद्धा गिरिजाप्रसादको भूमिकाप्रति तत्कालीन प्रमुख पार्टीबाटै अवमूल्यन गर्ने प्रयास गरियो। त्यो दुखद् कुरा हो। उदाहरणका लागि उनको निधन भएको एक वर्ष पनि नबित्दै २०६७ माघमा माधव नेपाल गठबन्धन सरकारले माओवादी लडाकूलाई विषेश समितिको मातहतमा ल्याउँदा चितवनको शक्तिखोरको भव्य समारोहमा गिरिजाप्रसादको नाम कसैले उच्चारण गरेन। शक्तिखोरमा गिरिजाप्रसादको योगदान बिसर्न हुँदैन्थ्यो भन्ने व्यापक विरोधका स्वरहरू सार्वजनिक भए। सरकार तथा विशेष समितिको त्यो प्रयासलाई जनस्तरबाट अनुमोदन गर्न दिइएन। फलतः विशेष समितिले गिरिजाप्रसादको योगदानबारे चर्चा नभएकोमा गल्ती भएको स्वीकार गर्यो। अबका दिनमा शान्ति नायक गिरिजाप्रसाद कोइरालालाई यस्ता औपचारिक कार्यक्रम नविर्सियोस्।
संविधानसभाको निर्वाचनबाट काङ्ग्रेसको पक्षमा परिणाम राम्रो आउँदैन भन्ने जानकारी हुँदासमेत निर्वाचन सम्पन्न गराएर लोकतान्त्रिक गणतन्त्र स्थापना गरे। अर्थात्, निर्वाचनको परिणामलाई सहर्ष स्वीकार गरी तत्सम्बन्धी प्रक्रियामा सक्रिय सहभागिता जनाए। जसरी नेपाली काङ्ग्रेसको नेतृत्वमा २०४६ सालको परिवर्तन भयो। त्यसबेला प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वमा गठित सरकारबाट एक वर्षमै नेपालको संविधान २०४७ निर्माण गरी जारी गरिएको थियो। विगतकै इतिहासको सर्न्दर्भजस्तै अहिले पनि फेरि नेपाली काङ्ग्रेसकै नेतृत्वमा संविधान बनाउने बेला भएको छ। विगतको संविधानसभामा नेपाली काङ्ग्रेसले एकपटक पनि सरकारको नेतृत्व गर्न पाएन। त्यसैले संविधान निर्माण गर्नका लागि अहिले जनताले सबै भन्दा ठूलो दल नेपाली काङ्ग्रेसलाई बनाएका हुन्। काङ्ग्रेसले सरकारको नेतृत्व गर्न नपाएकाले पहिलो संविधानसभाबाट संविधान नबनेकै हो।
शान्तिपूर्ण आन्दोलनको नेतृत्वबाट राजालाई दरवारबाट हटाएर गणतन्त्रको घोषणा गर्ने ऐतिहाँसिक काम गरे। उनलाई आफ्नै नेतृत्वमा संविधानसभामार्फत संविधान बनाउने इच्छा थियो। ‘संविधान बनाएर काङ्ग्रेसले नया“ इतिहास रच्नेछ’ भन्ने उनको इच्छा पहिलो संविधानसभाबाट पूरा भएन। नयाँ संविधानले देशमा शान्ति र सुशासन कायम गर्नेछ भन्ने उनको विचार थियो। त्यसैले उनलार्ई शान्ति नायक भन्ने गरिन्छ। गिरिजाप्रसाद हरेक राजनीतिक गतिविधि नेपालमा कसरी शान्ति ल्याउन सकिन्छ भन्ने थियो। उनी हरेक राजनीतिक निर्णयका अगुवा नेता थिए। त्यसको साक्षी इतिहास नै काफी छ।
मुलुकमा अशान्ति हुनका पृष्ठभूमिमा नेकपा माओवादीले २०५२ सालदेखि जनयुद्धका नाममा ४० बुँदे मागलाई तत्कालीन सरकारको नेतृत्व गर्ने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेश गरेको थियो। त्यसलाई सरकारले पुरा नगरेको विरोधमा जनयुद्ध गरिएको थियो। सोही सर्न्दर्भमा तत्कालीन दरबारले खेलेको राजनीतिक दुष्चक्रबाट कोइरालालाई प्रभावित पार्यो। उदाहरणका लागि वि.सं. २०५८ साउनमा होलेरीमा सेना परिचालन गर्ने सरकारी निर्णयविपरीत दरबार खडा भयो। त्यसको परिमाणः गिरिजाप्रसादले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको थियो। त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्रबाट भएको टेकओभर विरुद्ध २०५९ असोज १८ र २०६१ माघ १९ गतेको अलोकतान्त्रिक अभ्यासविरुद्धको आन्दोलनमा अग्रणी मोर्चामा पनि गिरिजाप्रसाद नै लागि परे। संसद् पुनस्र्थापनाका लागि निरन्तर सङ्र्घर्ष गरे। यस विषयमा सुरुका दिनहरूमा एक्लो बृहस्पति झुटा भनेजस्तो पनि देखिए, उनी। तर आफ्नो अडान र एजेण्डाप्रति दृढमात्र भएनन्, पूर्णतः सफल पनि भए।
गिरिजाप्रसादले लामो समय सत्ताको दुरूपयोग गरेर मुलुक दयनीय अवस्था भएको भनी आलोचना गर्ने पनि छन्। उनका कमजोरी पनि नभएका होइनन्। त्यो बेला शान्ति प्रक्रियाको पहल कसै न कसैले गर्नै पथ्यो। राजनीति समयमै बुझिएन भने अरु विध्वंश पनि हुन सक्छ भन्ने उनको मूल्याड्ढन थियो। शान्तिका लागि कोइरालाको अभ्यास नेपाली जनता एवं बौद्धिक वर्गले बिर्सन हुँदैन। त्यतिबेला देशमा घमासान युद्ध, हत्या, अपहरणका घटना दिनहुँ हुन्थे। त्यसबाट करिब १५ हजार नागरिकको ज्यान गइसकेको अवस्था थियो। दिनको एक-दुर्इ जना मानिसको कुनै न कुनै पक्षबाट हत्या भएको समाचार आइरहन्थ्यो। चारैतिर अशान्ति भएको बेला नै २०६२ मङ्सिर ७ गते भारतको नयाँ दिल्लीमा माओवादीसँग १२ बुँदे समझदारी गरी शान्तिको औपचारिक रूप दिन उनी सफल भएका हुन्।
नेपाली काङ्ग्रेसको स·ठनलाई सशक्त बनाउँदै पार्टीबाई यहाँसम्म ल्याउने बीपी, गणेशमान, कृष्णप्रसाद र गिरिजा प्रसादको इतिहास पार्टीले भुल्न हुँदैन। उनीहरूको खुबी, शक्ति र विशेषता साँच्चै लोभलाग्दा र अनुकरणीय थिए। गणेशमान, कृष्णप्रसाद, सुवर्णयशम्शेरजस्ता हस्तीहरूका माझमा गिरिजाप्रसाद समकालीन स·ठन लिडर थिए। हुन त सुशील कोइराला, शेरबहादुर देउवा, रामचन्द्र पौडेलसमेतका दर्जनौ व्यक्तित्व र खारिएका नेताले सम्हालेको पार्टीहो यो। शान्ति प्रक्रियाको नेतृत्व गर्ने गिरिजाप्रसादको बोलीमा पनि दम थियो। गड्स थियो। काङ्ग्रेसले जे गर्छ, त्यही भन्छ, जे भन्छ त्यही गर्छ। अरुले जस्तो होइन।’ जनता त्यहीले बोलीमा आस्थावान हुन्थे। उनलाई मन पराउनेले मात्र होइन। मन नपराउनेले पनि उनको भाषण मन पराउँथे।
गिरिजाप्रसादको पहलकदमीबाट सुरु भएको शान्ति प्रक्रियाले शान्ति स्थापना हुनेछ। सफलताका उज्याला दिन देखिन लागेको बेला काङ्ग्रेसले तिनवटा दायित्व पूरा गर्नुपर्ने अवस्था देखिएको छ। पहिलो, जारी सङ्क्रमणकाललाई टु·याउने। दोस्रो, सङ्घीय लोकतान्त्रिक संविधान बनाउने। र, तेस्रो नेपाली काङ्ग्रेसको स·ठन दर्हो र चुस्त बनाउने। यद्यपि तेस्रो दायित्व नेपाली काङ्ग्रेससँग मात्र सम्बन्धित छ। जसरी गिरिजाप्रसाद जीवित हुँदा राजनीति उनकै वरिपरि घुम्थ्यो। अब पनि राजनीति काङ्ग्रेस वरिपरि नै घुम्ने हो। त्यसैले नेपाली काङ्ग्रेस आधुनिक लोकतन्त्रको नेतृत्व गर्न लागि सक्षम हुन जरूरी छ र त्यसका लागि नयाँ उपाय र रणनीतिगत हुनुपर्दछ। त्यसको सामना गर्न लोकतन्त्रमा मास लिडर चाहिन्छ। गिरिजाप्रसादजस्तै असहाय जनताका पिरमर्काको एजेण्डा लिएर जनतासामु जाने राजनेताको खाँचो भइसकेको छ। देश दौडाहाका क्रममा युवकहरूलाई ‘अब तपाइँहरूले यो पार्टीचलाउनुपर्छ’ भन्थे। सबै तह र तप्काका कार्यकर्तालाई उनले हौसला दिने नेता गिरिजाप्रसादपछि काङ्ग्रेसमा कोही देखिएको छैन। अब साँच्चै नेपाली काङ्ग्रेसमा मास लिडरको अभाव खडि्कएको छ। काङ्ग्रेसमा मास लिडरको खडेरी छ भन्दछन्, कार्यकर्ता। मास लिडर नभएमा जनतामाझ आफना एजेण्डा पुर्याउन मुस्िकल हुन्छ। जनताले बुझने भाषा बोल्न सक्ने हुनुपर्छ। आम जनताबिच जाँदा जनताले भोगेका समस्या र निधानका उपायहरू सबैले बुझने गरी घाम जस्तै र्छल· भन्न सक्नुपर्दछ। भाषणमा उर्जा हुनुपर्दछ। तागत हुनुपर्दछ र जनविश्वास हुनुपर्दछ। आमसभामा जनतालाई नेताको भाषणले कमसेकम ५/१० पटक ताली र नाराले गडगडाहट हुन आवश्यक छ। जो उनीमा थियो।
भारतमा हुन लागेको निर्वाचनमा मास लिडरका रूपमा – नरेन्द्र मोदी, अरविन्द केजरीवाल आदि निस्केका छन्। अबको १३ औं महाधिवेशनमा नेपाली काङ्ग्रेसले एउटा लोकप्रिय, विचारक एवं कुशल-स·ठक नेता चुन्न सक्नुपर्छ। ताकि नेपाली काङ्ग्रेस विघटन हुनबाट रोकियोस्। नेपाली काङ्ग्रेसमा केन्द्रीय सभापति मास लिडर एवं स·ठक, लिडर अति नै खारिएर आउनुपर्छ। यस्तो लिडर पार्टीको भविष्यको गर्भमा अवश्य होला। अब जनताले प्रष्ट एवं मीठो भाषण दिन सक्ने चोखो नेता खोजेका छन्। आउने १३ औं महाधिवेशनमा केन्द्रीय सभापति त्यस्तो चाहिन्छ, जो देशलाई पूरै सन्देश दिन सक्ने। पार्टीको नीति तथा कार्यक्रम जनतासम्म लैजान सक्ने गिरिजा प्रसादजस्तै हुनुपर्छ।
नेपाली काङ्ग्रेसले सबै गाउँ, नगर, क्षेत्र जिल्लाका एकाइमा स·ठन गर्न जाँदा मास लिडर लिएर जानुपर्दछ। ताकि लिडरको भाषण बीपी बाबु र गिरिजा बाबुको जस्तै स्पष्ट जनताले बुझ्ने खालको हुनुपर्दछ। भाषण नबुझिने नेता स·ठन गर्न गयो भने जनतामा प्रभाव शून्य हुन्छ। मास लिडर नेपाली काङ्ग्रेसको नीति र कार्यक्रम कार्यकर्ता र जनतासम्म पुग्न हरेक महिना आ-आफ्नो कार्यक्षेत्रमा प्रवेश गर्नुपर्दछ। तवमात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास हुन्छ। राष्ट्रियता बलियो हुन्छ। लोकतन्त्रप्रति जनता जागरुक हुन्छन्। काङ्ग्रेस नेता, कार्यकर्ता जनताका घरघर, टोल छिमेकमा पुग्दछन् र जनताका सुखदुःखमा सहभागी हुन्छन्। लोकतन्त्रमा भ्रम फैलाउने र असत्यलाई पनि सत्य बनाउन खोज्नेहरू पनि हुन्छन्। त्यसलाई चिर्न पनि लोकतन्त्रवादीको भूमिका हुन्छ। त्यसैको लागि स·ठन दरो हुनु आवश्यक छ।
१६ पुस २०३३ सालमा तत्कालीन अवस्थामा बीपीले राष्ट्रियता बचाउन र जनताका अधिकार स्थापित गर्न राजासँग पनि मेलमिलाप गर्नुपर्दछ भन्ने धारणा अघि सारे। यसैगरी गिरिजाबावुले २०६२ सालमा राष्ट्र क्षतविक्षत भएको बेला अशान्ति उपद्र मच्चिएको बेला मुलुकमा शान्ति ल्याउनको लागि व्रि्रोहीसँग पनि समझदारी गरे। अहिले शान्ति स्थापनाको अन्तिम घडीमा छौं, हामी। त्यो कालखण्डको अवस्थाबाट मुक्ति दिलाउन उनलाई मुलुकले पाएकै हो। त्यसैले एक वर्षभित्र संविधान बनाउन सकियोस्। त्यसैमा उनीप्रति चौथो स्मृति दिवस मनाउनुको सार्थकता हुनेछ।
मुलुक हाँक्ने जिम्मेवार व्यक्तिहरूले यस्तो काम गरिदिउन् कि हामीलाई गिरिजाबाबु भएको भए यस्तो हुन्थ्यो उस्तो हुन्थ्यो भनी घरीघरी सम्झन नपरोस्। केवल ऐतिहासिक व्यत्तित्वको रूपमा मात्र सम्झन परोस्। संविधान नबन्दाको अभाव र दुःखमा होइन, शान्ति नायकको रूपमा। नेपाली जनताले बुझेको यही हो। अहिलेका नेताले बुझ्नुपर्ने कुरा पनि यही हो। चौथो स्मृति दिवसमा पुन सलाम छ, शान्ति-नायक गिरिजाबाबु तिमीलाई।
Related News
सम्बन्धित समाचार
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
रेमिटेन्स
सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०