सर्वमान्य त्रिमूर्ति शिव परमात्माको दिव्य कर्तव्यको यादगार पर्व महाशिवरात्रि

आदर्श समाज सम्वाददाता
फागुन २७, २०६९

के तपाई कल्पना गर्न सक्नुहुन्छ ? यस सृष्टिकै सवोर्च्च सत्ता, सर्वशक्तिवान सर्वमानव आत्माका पिता परमपिता परमात्मालाई अन्य कुनै मानव आत्मा, देवात्मा वा कुनै स्थूल पदार्थको रुपमा चित्रित गरिएको हुन्छ। वास्तवमा परमात्मा शिवको विषयमा यस्तै एउटा महान भूल भएको छ र त्यो महान भूललाई सच्चाउनु पर्ने आवश्यकता छ। संसारका विशेष मुस्लिम, क्रिश्चियन, बुद्ध आदि धर्महरुमा आ-आफ्ना धर्मपिताहरुलाई नै भगवानको रुपमा मानिएको हुन्छ तर हिन्दूहरुले सबै ३३ कोटी देवीदेवताहरु र परमात्मा शिवलाई एकै ठाउ“मा मिसाएर अनेकौं भगवानहरु बनाएर आफैं अन्यौलको खेती गर्नु हो। त्यतिमात्रै होइन, सर्वशक्तिवान, सर्वज्ञ, सवोर्च्च, सर्वमान्य शक्ति परमात्मालाई घटघटमा र कणकणमा मान्नु यो विल्कुल असत्य हो।

परमात्मा अलग्गै अति विशिष्ट शक्ति हुनुहुन्छ। वहाँ“ न देवता, न मानव नै हुनुहुन्छ। संसारमा धर्महरु अनेक छन् तर परमात्मा एक हुनुहुन्छ। आत्माहरु विभिन्न प्रकारमा हुन्छन्। जस्तै देवात्मा- कृष्ण, राम, दुर्गा,सरस्वती लक्ष्मी आदि। धर्मात्मा- इव्राहिम, बुद्ध, क्राइस्ट, शंकराचार्य, मुहम्मद आदि। महात्मा-महात्मा गान्धी, स्वामी विवेकानन्द आदि। पुण्यात्मा- पुण्य कर्म गर्नेहरु। पापात्मा-पाप कर्म गर्नेहरु र भूत वा प्रेतात्माहरु। यो कुरा अगाडि वर्णे भइसकेको छ कि कुनै पनि देहधारी व्यक्ति इश्वर या सर्वमान्य हुन सक्दैन तर आजसम्म हामी शिव र शंकर दुवै एक हुन भन्ने मान्यता राख्दै आयौं। यद्यपि शंकरलाई देहधारी तपस्वीको रुपमा देखाइन्छ। हातमा रुद्राक्षको माला लिई अगाडि शिवजीको प्रतिमा स्थापित गरी ध्यानमुद्रामा बसेको देखाइन्छ। यसबाट यही सिद्ध हुन्छ कि शंकरभन्दा पनि माथि अर्को कुनै हस्ती छ। ध्यान उसको गरिन्छ जो आफूभन्दा आदरणीय छ, उच्च छ। माला उसैको जपिन्छ, जो आफूभन्दा पूजनीय छ। शंकरजीले पनि जसको ध्यान गर्नुभएको छ र जसको माला जप्नुभएको छ त्यो सवोर्च्च शक्ति एक परमात्मा शिव नै हुनुहुन्छ। शंकरजी, श्रीराम, श्रीकृष्ण आदि देवतालाई शरीरधारीको रुपमा देखाइन्छ र यी सबै देवीदेवताहरुलाई केबल हिन्दूले मात्र स्वीकारेका छन्। अन्य धर्ममा कुनै पनि शरीरधारी व्यक्ति चाहे तो देवता नै किन नहोस् आफ्नो इष्टको रुपमा कसैले पनि स्वीकारेका छैनन्।

तसर्थ जो सर्व स्वीकार्य छैन, ऊ इश्वर हुनै सक्दैन ? त्यसैले एक परमात्मा शिवमात्र ज्योतिस्वरुपमा हुनाको कारणले सर्वमानवआत्माका पिता हुन्छ र सर्वमान्य हुनुहुन्छ। देवात्माहरुले मात्रै होइन, धर्मात्मा, महात्मा र पुण्यात्माहरुले पनि शिवलाई आफ्नो आराध्यको रुपमा स्वीकारेका छन्। त्यस्तै शंकरलाई पनि हातमा रुद्राक्षको माला लिई शिवजीको प्रतिमा स्थापित गरी ध्यान मग्न अवस्थामा देखाइन्छ। संस्कृत भाषाअनुसार रुद्र शब्दको अर्थ हुन्छ शिव। यसबाट के स्पष्ट हुन्छ भने शंकरले पनि रुद्र अर्थात् शिव नामको माला नै सिमरण गर्नुभएको हो। अर्को कुरा यदि शिव र शंकर एक हुनुहुन्थ्यो भने हामी हरेक वर्ष जुन शिवरात्रि मनाउँछौं, शिवरात्रिको सट्टा हामी कहिल्यै भुलेर पनि हामी शंकररात्रि भन्दैनौं, शिवरात्रि नै भन्दछौं। यस तथ्यबाट पनि शंकर देवता र शिव परमात्माबीच भएको महान अन्तर स्पष्ट हुन्छ।

शिव परमात्माले सृष्टिको रचना, पालना र विनाश गर्नका लागि त्रिदेवको रचना गर्नुहुन्छ। उहाँले ब्रह्हृमाद्वारा स्थापना, विष्णुद्वारा पालना र शंकरद्वारा विनाशको कार्य गर्नुहुन्छ। त्यसैले शिव रचयिता हुनुहुन्छ भने शंकर रचना मात्रै हुनुहुन्छ। शंकर विनाशको कार्य गर्न चाहिने शक्ति पनि उनै परमात्माको याद गरी प्राप्त गर्दछन्। शंकरको जटाबाट पानीको गंगा निकाल्नु ज्ञान गंगाको प्रतीक हो। जटामा विभूषित चन्द्रमा परमात्माको तपस्याद्वारा प्राप्त इन्द्रियहरुको शीतलता र मधुरताको प्रतीक हो। गलामा सपको माला लगाउनु भनेको कलियुगी आत्मामा भएका पाँच विकारहरु काम, क्रोध, लोभ, मोह, अहंकाररुपी विकारमाथि योग शक्तिद्वारा नियन्त्रणमा ल्याउनु हो। हातमा माला जप्नु निरन्तर यादको प्रतीक हो। काँधमा जनैर्र् इश्वरीय नियम वा मर्यादारुपी बन्धनमा रहेर आत्मा वा शरीर दुवैको रक्षाको प्रतीक हो। भृकुटीमा तेस्रो नेत्र दिव्य ज्ञान क्षुको प्रतीक हो। त्रिशुल फ् कारको प्रतीक हो भने डमरु ज्ञान गुन्जनको प्रतीक हो। बाघको छालामा आसन एक दृढ विश्वास एवं बहादुरीको प्रतीक हो। यस आसनले हिंसामाथिको सम्पूर्ण विजयलाई पनि संकेत गर्दछ। अधिकतम मानिसहरूले के तर्क गर्दछन् भने चाहे दुःख होस वा सुख सबै परमात्माले नै गराउनुहुन्छ। परमात्मा त सदा सुख कर्ता, दुःख हर्ता हुनुहुन्छ, वहाँको कर्ममा पनि कहिल्यै दुःख विद्यमान हुन सक्दैन। त्यसैले पाप कर्म अथवा पुण्य कर्म परमात्माले नै गराउनुहुन्छ भने त्यसको राम्रो वा नराम्रो फल आत्माहरूले किन भोग्दछन त ? जबकि नियम अनुसार त जसले गर्दछ उसले नै प्राप्त गर्छ भनिन्छ। प्रत्येक आत्मा कर्म गर्नमा पूर्णतयाः स्वतन्त्र हुन्छ। परमात्माको हातमा उ कुनै खेलौना -कठपुतली) सरह छैन। यथार्थमा पुरा विश्वमा शान्तिको स्थापना गर्नु, पुरानो संसारलाई नया“ बनाउनु, सबै मनुष्यात्माहरुको विकार र विकृतिको जेलबाट छुटाएर दैवी बनाउनु, देवत्वको स्थितिलाई प्राप्त गराउनु वहाँको मुख्य कर्तव्य हो। परमात्मा शिवले कलियुगको अन्त र सत्ययुगको आदि संगमयुगमा सृष्टिमा अवतरित भएर नयाँ विश्वको स्थापना गर्नुहुन्छ।

वर्तमान समयमा देखिएका परिस्थितिहरुपनि पूर्ण परिवर्तनको लागि आतुर भएर बसेको प्रतीत हुन्छ। यस्तो समयमा स्वयं परमात्मा यस धर्तीमा अवतरित भएर आफ्नो दिव्य कार्य गरिरहनुभएको छ। सहज राजयोग तथा ध्यानबाट आत्माको परमात्मासँग मिलन हुन्छ। यो परिवर्तनको युग हो। कलियुगको अन्तमा धर्म-ग्लानी अथवा अज्ञान-रात्रिको समयमा शिव सृष्टिको कल्याण गर्नको लागि सबैभन्दा पहिले तीन सूक्ष्म देवता ब्रह्मा, बिष्णु र शंकरलाई रच्नुहुन्छ र यसैले परमात्मालाई त्रिमूर्ति भनिन्छ। तीन देवतालाई रचना गरेपश्चात् उहाँ स्वयं यस मनुष्य लोकमा एक साधारण एवं वृद्ध भक्तको तनमा अवतरित हुनुहुन्छ, जसको नाम उहाँले प्रजापिता ब्रह्मा राख्नुहुन्छ। प्रजापिता ब्रह्माद्वारा नै परमात्मा शिवले मनुष्यात्माहरुसँग पिता, शिक्षक र सद्गुरुको रुपमा मल्नुहुन्छ र सहज गीता-ज्ञान तथा सहज राजयोग सिकाएर उनीहरुको सद्गति गर्नुहुन्छ, अर्थात् उनीहरुलाई मुक्ति-जीवनमुक्ति दिनुहुन्छ। कलियुगको अन्तमा प्रजापिता ब्रह्हृमाद्वारा सत्ययुगी दैवी सृष्टि स्थापना सँगै परमपिता परमात्मा शिवले पुरानो आसुरी सृष्टिको महाविनाशको तयारी पनि गर्नुहुन्छ। जसरी कोही व्यक्ति विशेष कहीँ टाढा भएमा उसको स्मृतिको लागि उसको फोटो राखेर त्यसैलाई हेरेर स्मृति गरिन्छ। यदि उसलाई केही खुवाउनु परेमा वा उबाट केही सहयोग लिनुपरेमा प्रत्यक्ष उसँग नै सम्बन्ध राख्नुपर्दछ। कि उ भएको स्थानमा नै जानुपर्दछ कि त उ नै त्यहाँ आउनुपर्दछ। त्यस्तै प्रकारले शिवलि· नै शिव परमात्मा हुनुहुन्न, त्यो त केवल उहाँको प्रतीकमात्र हो। शिव भगवानको स्मृति गर्नका लागि बनाइएको चिन्हमात्र हो। शिव परमात्मा ज्योतिस्वरुप हुनाको कारणले उहाँको यस प्रतीक पनि शारीरिक आकारको नभएर अण्डाकार ज्योतिर्लि·को रुपमा प्रयोग गरिन्छ।

शिवलिंगको आकृति र त्यसमा बनाइएको चिन्हकोर्र् इश्वरीय महत्व एवं आध्यात्मिक रहस्य छ। कालो संसार अर्थात तमोप्रधान कलियुगी संसारमा शिवको अवतरण हुने भएको हुँदा शिवलि·लाई कालो देखाइन्छ र बीचमा तीन रेखाले स्वणिर्म प्रभात ल्याउन तीन देवता- ब्रह्माद्वारा स्थापना, विष्णुद्वारा पालना तथा शंकरद्वारा महाविनाशलाई रेखांकित गर्दछ। शिवलि·को तल घुमेको भाग पृथ्वी तथा धर्तीको प्रतीक हो भने माथि उठेको भाग धर्तीभन्दा माथि पार ब्रह्म परमधाममा रहने शिव भगवानको प्रतीक हो। बीचभागमा लगाइएको रातो रंगको बिन्दीले पनि निराकार शिवलाई देखाउ“दछ। शिवको पूजा गर्दा प्रयोग गरिने कलशभरिको पानीले भगवानले दिएको ज्ञानाअमृत आफ्नो बुद्धिरुपी कलशमा भरपुर गराउनु भन्ने संकेत गर्दछ। बत्ती बाल्नु भनेको स्वयंलाई निराकार आत्मा ज्योतिस्वरुप मानेर पिता परमात्मा पनि निराकार ज्योतिर्बिन्दु स्वरुप हुनुहुन्छ भनेर जान्नु हो। फूल चढाउनु फूलजस्तो पवित्र मन, पवित्र जीवन परमात्मामा अपर्णेगर्नु हो। जौ चढाउनु, जलाउनु भनेको परमात्मा शिवजीलाई अरुलाई दुःख दिने बानीरुपी घोच्ने काँडाहरु चढाउनु हो। कालो तिल भनेको सूक्ष्म मनोविकारहरुको त्याग गर्नु हो। शिवजीलाई अक भाँग धतुरो चढाउनुको भावार्थ हाम्रो पत्थरजस्तो बुद्धि, पाँच विकारहरुलाई नष्ट पार्न चढाउनु हो। शिवलि·मा दूध चढाउनु भनेको दूध जस्तै पवित्र भावना भगवानप्रति चढाउनु हो। तीनवटा पात भएको वेलपत्र अर्पण गर्नु भनेको परमात्मामा मन, वाणी र कर्म तीनवटै कुराहरु समर्पण गर्नु भन्ने बुझिन्छ। शिवरात्रिमा अग्निकुण्ड बनाएर होम गर्नु र आहुति दिनु भनेको दाउराको आगोमा धान, चामल, जौ, तिल, घिउ स्वाहा गर्नु नभई आफूभित्र रहेका पाप, अधर्मरुपी मनोविकारहरुको त्याग गर्नु हो। शिव ज्योतिमा अवगुणलाई नष्ट पारौं भनिएको हो। हामीले पुज्ने १२ ज्योतिर्लि·मको परमात्माद्वारा गरिएको अलग-अलग कार्यस्वरुप र कर्मको यादगार हो।

Related News

सम्बन्धित समाचार

  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…
  • रेमिटेन्स

    झलककुमार खाती असाेज २२, २०८०
    नेपालमा वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत नै रेमिट्यान्स हो । विदेशमा आर्जन गरेको रकम त्यहाँको मुद्रा नेपालमा पठाउनुलाई नै ‘रेमिट्यान्स’…
  • सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो

    शिवप्रसाद गौतम असाेज ११, २०८०
    पोखरा वडा नं. ९ र ११ को बीच भएर सेती गण्डकी बग्छ । सोही नदीको नदीजन्य पदार्थहरू ढुंगा, गिटी, बालुवा…

hero news full width