समृद्धिका लागि आभा, वास्तु र घर

कल्याण पन्त
माघ ८, २०७६

जसरी चुम्बकले आफ्नो वरपर उर्जा दिइराखेको हुन्छ, त्यसरी नै सम्पूर्ण शरीरले नै ऊर्जा निरन्तर फालिरहेको हुन्छ । हाम्रा घर, मन्दिरहरुका वरपर आभा रहेको हुन्छ । आभा सकरात्मक ऊर्जा हो । जति धेरै आभामण्डल रहन्छ, त्यति नै व्यक्ति वा वस्तु ऊर्जाशील रहन्छ ।

अंग्रेजीमा औरा भनिने यो उर्जा हरेक व्यक्तिमा निहित हुन्छ । यसलाई धेरै प्रकारले अनुभूति गर्न सकिन्छ । तर यो मानिसमा मात्र होइन घरमा पनि त्यत्तिकै रुपमा हुन्छ । आभा घरको सौन्दर्यसित जोडिएको छ । आभाको शाब्दिक अर्थ नै चमक÷कान्ति वा रुप अथवा प्रतिबिम्ब÷ छायाँ भन्ने बुझिन्छ । आभा शब्द व्यक्ति वा गृहमा भएको ऊर्जासित सम्बन्धित छ । आभामण्डल कुनै व्यक्ति वा धेरै कुनै व्यक्तिमा कम हुन्छ । सिद्ध पुरुषहरुमा धेरै र अन्य सामान्य व्यक्तिमा कम हुन्छ । देवीदेवताको फोटोमा टाउको पछाडि प्रकाशयुक्त घेरा बनाइएको हुन्छ । यो नै ऊर्जायुक्त आभामण्डल हो । जसरी चुम्बकले आफ्नो वरपर उर्जा दिइराखेको हुन्छ, त्यसरी नै सम्पूर्ण शरीरले नै ऊर्जा निरन्तर फालिरहेको हुन्छ । हाम्रा घर, मन्दिरहरुका वरपर आभा रहेको हुन्छ । आभा सकरात्मक ऊर्जा हो । जति धेरै आभामण्डल रहन्छ, त्यति नै व्यक्ति वा वस्तु ऊर्जाशील रहन्छ । वास्तुशास्त्रमा आभाको बारेमा व्यापक चर्चा गरिएको छ ।
आभामण्डललाई बुझ्न पहिले मानवमा हुने आभालाई बुझ्नु अति आवश्यक छ । बजिरहेको रेडियो वा टेलिभिजनको नजिक पुग्दा विद्युत प्रवाहमा केही प्रभाव पर्न गई क्यार्र आवाज आउनु शरीरमा भएको आभामण्डलको केही असर हो । शरीरबाट उत्सर्जित कान्तिमा मानसिक, शारीरिक तथा भावनात्मक वृत्ति समाहित भएका हुन्छन् । आभामण्डल तरंगको स्वभाव अनुसार केही बदलिन सक्छ । भित्री आनन्दमा आभा धेरै हुन्छ भने मानसिक पीडामा कम हुन्छ । आभामण्डलमा भएको ऊर्जाले सम्मोहन पनि गराएको हुन्छ । भगवान् कृष्णको कान्तिमा गोपिनीहरु मोहित हुन्थे । कृष्णमा आभा निकै थियो । गौतम बुद्धमा पनि आभा निकै थियो । अध्यात्मिक सन्त, महन्त सबेमा आभा निकै परसम्म फैलिएको हुन्छ । तर आँखाले भने देख्न सकिन्न ।
आभा शरीर वा गृहबाट निस्कने कान्तिपन हावा भनौं वरपर चारैतर्फ फैलिएको प्रतिविम्ब वा छायाँ हो । योगी, ध्यानीहरुको सामिप्यमा रहँदा वा गृहमा वस्दा मानसिक पीडा बिर्सेर आनन्दानुभूति प्राप्त हुने आभामण्डलको कारण हो । आभा किरिलियन क्यामराले खिचिएको फोटामा देख्न सकिन्छ ।
व्यक्तिको आभा अनुहारद्वारा प्रकाशित हुन्छ भने गृहको आभा प्रवेशद्वारबाट सुरु हुन्छ । व्यक्तिको आभामण्डलमा ४९ वटा घेरा हुन्छन् भने गृहको आभामा १९ वटा घेरा हुन्छन् । आभा व्यक्तिको शारीरिक र मानसिक अवस्था बोधक हो । घरको शोभाको बोधक यही नै हो।

आभा शरीर वा गृहबाट निस्कने कान्तिपन हावा भनौं वरपर चारैतर्फ फैलिएको प्रतिविम्ब वा छायाँ हो । योगी, ध्यानीहरुको सामिप्यमा रहँदा वा गृहमा वस्दा मानसिक पीडा बिर्सेर आनन्दानुभूति प्राप्त हुने आभामण्डलको कारण हो ।

गृहको सरसफाइ, सजावट, घरायसी आनन्द आदि आभामण्डलको द्योतक हो । सुख, समृद्धि र आत्मोन्नति, शान्ति घरबाट मिल्दैन भने यसले जीवन सहज तुल्याउदैन । सुख, शान्ति र आत्मोन्नतिले सुखपूर्वक जीवनयापनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । बाह्य हल्लाखल्लाले यसलाई प्रभावित पार्दछ । तसर्थ घर सुख, समृद्धि, खुसीयालीको प्रतीक हो । घर वरपर ढुंगा छाएको, हरियाली भएको र गमलामा फूल भएका बोटबिरुवाहरुले छुट्टै प्रकारको आनन्द दिइरहेको हुन्छ । यसबाहेक घरको उचाइ, घरको डिजाइन, रंगरोगन आदिले पनि आभामण्डलमा प्रभाव पार्दछ ।
राम्ररी प्लास्टर भएको, एकनास रंगरोगन भएको, कतै चर्को कतै मधुरो रंग नभएको, वपरपरको वातावरण सफा, नजिक झाडी नभएको, घर अगाडि खुला र स्वच्छ भएको घरमा आभा धेरै देखिन्छ । छानामा बोझ पर्ने कुनै पनि सामग्री तथा फोहोरमैला वरपर भएमा र नाला खुला भएमा नत घरको शोभा राम्रो देखिन्छ नत आभामण्डल नै बलियो देखिन्छ । शारीरिक, मानसिक, आर्थिक र आध्यात्मिक पक्ष सबलताका लागि आभामण्डलको महत्त्व निकै नै देखिन्छ ।
आभा वृद्धिका लागि केही उपाय गर्न सकिन्छ । प्रवेशद्वारबाट घरको बाथरुम देखिन हुँदैन । घरलाई सफा, स्वच्छ राख्नु पर्दछ । घरको कुना वा माझमा जुत्ता, चप्पल राख्नु हुँदैन । प्रवेशद्वारको दुवैतिर स्वस्तिक चिन्ह बनाउनु पर्छ र यसको माथितिर गणेशको मूर्ति राख्ने वा ॐ अक्षर राख्नुपर्दछ । सूर्यमूखीको बोट लगाउनु शुभ मानिन्छ । काडाँदार दूध निस्कने वृक्षहरु घरको नजिक राख्नु हुन्न । घरका कोठाहरु उज्यालो हुनु आवश्यक छ ।
धुने कपडा र सफा कपडालाई छुट्टै राख्नु पर्दछ । खुला स्थान बाहिर धोएको कपडा राख्नु हुँदैन । कागजका कुनै पनि टुक्रा फलफूलका बोक्रा, घरबाट निस्केको फोहोर, झरेका वा काटेका वा कोरेका कपाल राख्नु हुँदेन । काँइयोमा कपाल भएमा पनि यसले प्रभाव पार्दछ । प्रवेशद्वार हरहमेशा सफा भइराख्न जरुरी छ । घरको नजिक सुगुर, कुकुर, मुसा, बिराला हुनु राम्रो मानिन्न । कुकुर बेलाबखत भुक्दा शान्ति भंग गरिदिन्छ । त्यसैले घरमा चर्को स्वरमा समेत कराउँदा आभामण्डल निर्वलियो हुन जान्छ । घरलाई सदा मर्मत सुधार गरिहाल्नु पर्दछ ।
आभाविहीन सूर्य ग्रहलाई अनिष्टकारक मानिन्छ । औसीको दिन बाहेक अन्य दिनमा सूर्यको विम्ब ढाकिन गयो वा प्रकाश मलिन देखिन गयो भने युगान्तकारी उथलपुथल हुन्छ भनिएको छ । यस अवस्थामा राष्ट्र प्रमुखमा पीडा हुन्छ भन्ने कुरो शास्त्रमा लेखिएको पाइन्छ । सबै प्राणीलाई आफ्नो घरले आकृष्ट गर्दछ । वन्यजन्तुहरु लोखर्के, दुम्सी, स्याल, बाघ, चरा आदि समस्त प्राणीहरु आफ्नो गृहमा फर्कदा आनन्दाभूति गर्दछन् । घरमा शत्रु भय हुँदेन र अरुको अवरोध र स्वामित्व पनि रहँदैन । पूर्ण स्वतन्त्रताको आभास घरमा मिल्दछ ।
वास्तुशास्त्र अनुसार घरमा वास्तु दोष भएमा विभिन्न परिणाम निस्कन्छ सक्छ । वास्तुदोष दिशाअनुसार हुन्छ । पूर्व दिशामा सडक भएमा दरिद्रता हुने उल्लेख छ । यसले सन्तान मन्द बुद्धि हुनसक्छ भनेको छ । यस्तो अवस्थामा पूर्वपट्टिको भित्तामा स्वस्तिक वा पिरामिड यन्त्र लगाउन सकिन्छ । आग्नेय (पूर्वदक्षिण) कोणतिर सडक भएमा बालबच्चा तथा महिलामा प्रभाव देखिन्छ । यसका लािग पनि स्वस्तिक वा पिरामिड राख्नु पर्दछ । दक्षिण दिशाको सडक पनि अशुभ मानिएको छ । यस अवस्था ऐना राख्न सकिन्छ वा स्वस्तिक वा पिरामिड राखेर उपचार गर्न सकिन्छ । नैऋत्य दिशामा दोष भएमा दम्पत्ति वा जेठो छोरालाई अशुभ हुन्छ । यसका लागि तुलसी जस्ता बोटबिरुवा लगाएर दोष निवारण गर्न सकिन्छ । वायव्य दिशामा दोष देखिएमा दरिद्रता हुन्छ । उत्तरतिरको सडकले आर्थिक सम्पन्नता प्राप्त हुन्छ । इशानतिरको वास्तु दोषले सन्ततिमा असर पर्दछ ।
वास्तु दोष निवारणका उपाय धेरै छन् । जसरी बिरामी पर्दा धामीवैद्य, तान्त्रिक , ज्योतिषी, चिकित्सक आदिले उपचार गर्ने विधिहरु छन्, त्यसरी नै यसका उपायहरु पनि वास्तु शान्ति, नवग्रह शान्ति, तान्त्रिक विधि, रुद्राक्ष धारण, यन्त्र पूजन, पिरामिड प्रयोग, आन्तरिक साम्रगी मिलाएर वा घरको भित्ताहरु यतायति तोडमोड गरेर वास्तु उपचार गरिन्छ । वास्तु निवारण विधिद्वारा उपचार गर्ने विधि वास्तु शान्ति भनिन्छ । ग्रहबाट विभिन्न किसिमको तरङ्ग पैदा हुने हुँदा यसबाट हुन सक्ने दुष्प्रभाव यज्ञजस्ता कर्मद्वारा हटाउन सकिन्छ । त्यसरी नै गृह यन्त्रको प्रयोगले शरीर र मनको प्रभावलाई सन्तुलनलमा ल्याउने विधि हो ।
रुद्राक्ष धारणले मनमा शान्ति पैदा गर्दछ । नकरात्मक ऊर्जालाई फ्क्याक्दछ । पिरामिडलाई अपार शक्ति केन्द्र मानिन्छ । गृहको आन्तरिक सजावटले सकरात्मक उर्जालाई तरगित गर्दछ । प्रकृतिप्रदत्त जग्गामा मानव निर्मित कुनै पनि भवनका झ्याल, ढोका र भित्री कोठामा सरसामान मिलाएर भित्र बास गर्नुको आनन्द नै बेग्लै हुन्छ । कुनै भवन वा घरमा प्रवेश गर्नासाथ आनन्दाभूति हुने वा कुनैमा पस्दा खिन्नता हुने वास्तु विज्ञानसँग सरोकार छ । प्राचीन ग्रन्थ स्थापत्य वेदले कस्तो घरले सुखशान्ति भित्र्याउछ भन्ने आद्योपान्त व्याख्या गरिदिएको छ । बस्दै गरेको घर केही समयको अन्तरालमा बेच्न परेका घटनाको मूल कारण यही वास्तु नै हो । वास्तुले जीवनमा सहजता ल्याउछ । घरभित्रै प्रकाश भित्र्याउँछ । निरोगी बनाउछ ।
घर निर्माण सम्बन्धी कलालाई वास्तुशास्त्र भनिन्छ । मूलतः वास्तुशास्त्र मिलेन भने घरले टाटै पल्टाइदिन्छ । वास्तु भन्नाले प्रकृति वा पर्यावरण हो । यो प्राचीन कला वा विज्ञान हो । हरेक निर्माणका भवनहरु वास्तुशास्त्रसम्मत हुनुपर्दछ । यसले प्रसन्नता दिलाउँछ, आर्थिक स्थितिमा सुधार, चरित्र निर्माण, घरमा मेलमिलापको वातावरण गराउँछ । वास्तु विपरीत निर्माण गरिएका घरले अनावश्यक यात्रा गरिराख्नु पर्ने, अपयश, दुःख, निराशा भइरहने, आपत्ति परिरहने, अनावश्यक शारीरिक कष्ट बल्झने, अशान्ति छाउने हुन्छ ।
पबथिबलउबलतब२थबजयय।अयm

Related News

सम्बन्धित समाचार

hero news full width