समान व्यवहार

dineshbasnet दिनेश बस्नेत
फागुन १०, २०७६

आमा बाँकी रहेको अलिकति चना दिदीलाई दिन्छु, गाली नगर्नोस् है ?’ ‘किन दिनुप¥यो, दिदीलाई । बढी जानकार हुँदो रहेछ । छोरो मान्छे भएपछि हृष्टपुष्ट र बलियो हुनुपर्छ, लुरे भएर हुन्न ।

सुजल बिहान उठ्यो । आप्mनो नित्य कर्म ग¥यो । जस्तै हात–मुख धुने, शौचालय जाने । त्यसपछि आमाले माया मानेर गिलासभरि दूध दिनुभयो । अनि अण्डा र चना पनि दिनुभयो । सुजल अण्डा छोडाएर खाँदै थियो, उसलाई रत्ना दिदीको याद आयो र आमासँग सोध्यो–‘दिदी खोइ त नि ।’‘ऊ त बिहानै उठेर पानी लिन गई । तँलाई किन चाहियो, छिटो–छिटो खाएर पढ् ।’ आमाले निर्धक्कसँग भन्नु भयो ।
एक क्षणपछि रत्ना पानी लिएर आई । उसले भाइले चना खाएको रसिक लाग्दो गरी हेरी । अनि मनमनै ठानी– मैले पनि खान पाए, तर आप्mनो भाग्यमा त्यस्तो खान कहाँ लेखेको छ र ? सुजलले दिदीको लोभलाग्दो दृष्टि देख्यो । जसबाट दिदीले खान चाहेको तर नपाएको अवस्था बुभ्mयो । उसले मनमनै खुब सोच्यो, बाबा–आमाले यसरी मलाई मात्र पोषिलो खानेकुरा खान दिने तर रत्ना दिदीलाई भने केही नदिने, किन भेदभाव गरेका होलान् ? सो कुराले उसको मनमा भुतभुती खेल्यो । एउटा जिज्ञासा बनेर सल्बलायो । आमासँग नसोधिकन सुजल शान्त रहन सकेन, ‘आमा दिदीलाई अण्डा चना केही छैन ?’‘किन चाहियो दिदीलाई । तँ खुरुखुरु खाए त भो नि ।’ आमाले उल्टै झपार्नु भयो । ‘मैले मात्र खाएर कहाँ हुन्छ, दिदीले पनि खानु पर्छ नि । तपाईँले जहिले पनि यस्तै गर्नुहुन्छ ।’ सुजलले प्रतिवाद ग¥यो ।
दिदी, रत्ना भने टिठलाग्दो मुहार बनाएर बसेकी थिइ, किनभने बाबा आमाले भाइ र आफू बीच गर्दै आएको पक्षपाती व्यवहार अब त यसलाई सामान्य भइसकेको थियो । ‘दिदी, अलिकति चना छ खानोस्’ सुजलले माया मान्दै भन्यो । तर रत्नाले भाइले दिएको चना खान मानिन । ‘मैले दिएपछि खानोस् न ।’ सुजलले अलिकति कर गरेर भन्यो । ‘अहिले आमाले गाली गर्नुहुन्छ । अस्ति नै तिम्ले खान दिँदा आमाले कसरी गाली गर्नु भएको थियो , बिर्सियौ रत्नाले सुस्तरी भनी ।
आमाभित्र भान्छामा खाना पकाइरहुन भएको थियो । सुजल भित्र गएर भन्यो–‘आमा बाँकी रहेको अलिकति चना दिदीलाई दिन्छु, गाली नगर्नोस् है ?’ ‘किन दिनुप¥यो, दिदीलाई । बढी जानकार हुँदो रहेछ । छोरो मान्छे भएपछि हृष्टपुष्ट र बलियो हुनुपर्छ, लुरे भएर हुन्न । त्यसैले बा र मेरो सल्लाहले बिहान–बिहान तँलाई चना र अण्डा दिएको हो ।’ आमाले प्रष्ट्याउदैँ भन्नुभयो ।

‘के दिदी पनि तपाईँ कै सन्तान होइनन् र ? हामी दुवै जना तपाईँ कै सन्तान हौँ भने छोरा र छोरीमा किन फरक ?’ उसका कुरा बा–आमाले मनन गरे । दुवैले घरी छोरीतर्फ पुलुक्क हेरे । घरी छोरातर्फ पुलुक्क हेरे । तब छोरा, छोरी आप्mनै सन्तान भएको महसुस गरे । त्यति मात्र होइन, छोरा र छोरीमा कुनै अन्तर नभएको यथार्थ समेत बुझे । अनि आफूहरुले आजसम्म गर्दै आएको पक्षपात र भेदभाव सम्झेर पछुताए ।

सुजल बोर्डिङ्ग स्कूलमा पढ्दथ्यो । रत्ना गाउँको स्कूलमा पढ्दथी । बा–आमाले सुजललाई बढी माया र विशेष खालको हेरचाह गर्दथे । तर रत्नालाई भने नाम मात्रको माया मान्थे । अर्थात् बेवास्ता गर्दथे । त्यसैले रत्ना स्कूल पढ्न गए पनि घरमा पढ्न पाउँदैनथी । उसले घरमा धेरै काम गर्नु पर्दथ्यो । भाइ सुजल भने स्कूलबाट पढेर आएपछि जे मन लाग्यो त्यही गर्दथ्यो । भन्नाले पढ्न मन लागे पढेर बस्दथ्यो । खेल्न मन लागे गाउँका साथीसँग खेल्न जान्थ्यो ।
त्यतिबेला सुजलले बा–आमाको पक्षपाती व्यवहार सम्झियो । अनि उसले खुब गहिरिएर सोच्न थाल्यो, ‘म पनि उहाँहरुको सन्तान रत्ना दिदी पनि उहाँहरुकै सन्तान, म र दिदीमा के फरक छ ? मैले उहाँहरुको माया बढी पाउनुमा के कारण छ ?’ त्यसपछि सुजललाई बा–आमाको त्यस्तो असमान व्यवहार मन परेन । भोलिपल्ट बिहान पनि आमाले दूध, अण्डा र चना खान दिनुभयो । तर सुजलले खान मानेन ‘किन खान्न भनेको होस्, यसरी कसरी बलियो हुन्छस्’ आमाले भन्न्ुाभयो, ‘किन सन्चो
भएन’? ‘हैन, त्यस्तो केही भएको छैन ।’ उसले भन्यो ‘त्यस्तो भए किन दालेको त, ला खा ।’ आमाले कर गर्दै भन्नु भयो । म्ौले भनेको एउटा कुरा मान्ने भए खान्छु नत्र खान्न । सुजलले शर्त राख्दै भन्यो । ‘ल फेरि, के कुरा मान्ने भनेको होला ?’ आमा दङ्चित् पर्नु भयो ।
त्यति नै बेला सुजलका बाबा आउनु भयो । बाबाले यताउता हेर्दे भन्नु भयो ‘के हुँदैछ , किन खान्न भन्दैछ, यो ।’ ‘हेर्नोस, खान्न भन्छ र एउटा कुरा मान्नेभए मात्र खान्छु भन्छ । तपाई आउनु भो आप्mनो प्यारो छोराको कुरा आफै सुन्नोस्, अनि सम्झाउनुहोस् ।’ आमाले बुबाको जिम्मा लगाउँदै भन्नुभयो । ‘के भयो बाबु भन् त, किन नास्ता नखाएको ?’ बाबुले कपाल मुसार्दै भन्नुभयो । सुजलले मनमनै भन्यो–‘मलाई पोषिलो खानेकुरा खानुपर्ने, अनि हृष्टपुष्ट, बलियो र स्वस्थ हुनपर्ने दिदिलाई भने ……………….’तर मुखले केही बोलेन ।
‘भन् त बाबु ! के कुरा हो तेरो, कुन कुरा हामीले मानेका छैनौँ, तेरो कुन कुरा हामीले पु¥याएका छैनौँ ?’ बाबुले सम्झाउदैँ भन्नुभयो । ‘मैले भनी हालेँ नि, मैले भनेको एउटा कुरा मान्नेभए मात्र खान्छु भनेर ।’ सुजलले पुरानै कुरा दोहो¥यायो । ‘पहिला के कुरा हो, त्यो त भन्, किन तँलाई पैसा चाहिएको हो । कति चाहियो भन् ।’ बुबाले पिठ्यँुमा हात राख्दै भन्नुभयो । ‘होइन पैसासैसा चाहिएको’, सुजलले हात तर्काउँदै भन्यो । बुबा आश्चर्यमा पर्नुभयो । किनभने सधँै सुजल बाबाको कुरा काट्दैन्थयो । जे भन्यो त्यही मान्थ्यो । ‘त्यसोभए के हो त, तैले भन्न खोजेको हामीले मान्नुपर्ने कुरा ।’ बाबाले नम्र भावमा भन्नु भयो ।
‘मैले जे नास्ता बिहानमा खान्छु, अरु बेला जे खानेकुरा खान्छु, रत्ना दिदीलाई पनि त्यही खाने कुरा दिनु पर्छ, तब मात्र म खान्छु ।’ सुजलले भन्यो । ‘कस्तो लाटो कुरा गरेको होला, तैँले खान पाए त भइहाल्यो नि, रत्न दिदीको किन फिक्री मान्नु प¥यो, फेरि तँ छोरा होस्, ऊ छोरी हो ।’ आमाले भन्नुभयो । बुबाले आमाको कुरामा सही थाप्नुभयो ।
‘के दिदी पनि तपाईँ कै सन्तान होइनन् र ? हामी दुवै जना तपाईँ कै सन्तान हौँ भने छोरा र छोरीमा किन फरक ?’ उसका कुरा बा–आमाले मनन गरे । दुवैले घरी छोरीतर्फ पुलुक्क हेरे । घरी छोरातर्फ पुलुक्क हेरे । तब छोरा, छोरी आप्mनै सन्तान भएको महसुस गरे । त्यति मात्र होइन, छोरा र छोरीमा कुनै अन्तर नभएको यथार्थ समेत बुझे । अनि आफूहरुले आजसम्म गर्दै आएको पक्षपात र भेदभाव सम्झेर पछुताए ।
त्यसपछि आप्mना आँखा खोलिदिने छोराको प्रशंसा गर्दै भने–‘यस्तो कुरा जान्ने तेरा मुख पहिला कहाँ गएका थिए ? बेलैमा हामीलाई सुझाइदिएको भए, विचरा रत्नाको त्यतिका अन्याय भोग्नु पर्ने थिएन नि । यतिन्जेल जे भयो, सो भयो । तर अबदेखि हामी तिमी दुईमा कुनै फरक देख्ने छैनौ । सधैं समान व्यवहार गर्नेछौ ।’ बाबा आमाको कुरा सुनेपछि रत्ना खुशी देखिई, दिदी खुशी भएको देखेर सुजल स्वतः खुशी भयो ।

हाम्रो सुझाव