समाधिको क्षण र मैले बुझेको सिद्ध महायोग

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०७३

समाधिको क्षण

२०७२ चैत्र २६ गतेदेखि सञ्चालन भएको समाधि एवम् रामार्चन यज्ञ तथा विशेष अनुष्ठान कार्यक्रम श्री नारायणस्थान धार्मिक क्षेत्र विकास समिति नारायणस्थान पोखरा तथा नरनारायण बाबा आश्रम पश्चिमाञ्चल शाखा, रामघाट, पोखराको संयुक्त आयोजनामा पोखरा, रामघाटस्थित लक्ष्मीनारायण मन्दिर परिसरमा मिति २०७३ वैशाख ३ गते समाप्त भयो। रामनवमीको अवसरमा आयोजना गरिएको कार्यक्रम नौ दिनसम्म सञ्चालन भएको थियो। मिति २०७२ चैत्र २६ गतेको विधिवत रामार्चन पूजा सद्गुरुदेव श्री श्री १००८ डा. श्री वैष्णव कृष्णदासजी महाराज समाधि जानुपूर्व यान्त्रिक विधिबाट आफ्ना भक्तजनको सानिध्यमा रही सामूहिक रामार्चन पूजामा समाहित हुने अवसर मैले पनि पाएँ। तत्पश्चात् दिनभरिका कार्यक्रममा सहभागी हुन शौभाग्य नमिले पनि बिहानीको रामार्चन पूजा कार्यक्रममा भने आफूलाई दैनिकजसो सर्मपण गरेको थिएँ। सद्गुरुदेवको समाधिका कारण जुन कार्यक्रमको संयोजकत्व रामानन्द सेवापीठका उपाध्यक्ष आदरणीय गुरु श्री गोविन्दबाबु तिवारीले गर्नुभएको थियो। बाँकी १०८ रामायाण पाठ परायण, दिवाको प्रवचन कार्यक्रममा सहभागी हुन नपाउँदा मलाई सार्‍है खल्लो र पश्चाताप भएको छ।

मिति २०७२ चैत्र २४ गते महायोगी सिद्धबाबाको समाधि एवम् रामार्चान यज्ञ तथा विशेष अनुष्ठान कार्यक्रमबारेमा डाक्टरसहित पत्रकार सम्मेलनमा सद्गुरुदेवले चार सय वर्षसम्म लुप्त रहेका हाम्रा धार्मिक ग्रन्थ भागवत, पुराणमा व्याख्या भए अनुसारका ऋषिमुनिहरूले गर्ने योग शिक्षा र समाधिसम्बन्धी जानकारी दिई त्यस विद्यालाई पुनर्जागृत गराई सम्पूर्ण मानव जगतमा यथार्थ, प्रायोगिक, तथ्यपरक बनाउनका लागि यो समाधि गरिएको सन्देश सुनाउनुभयो। समाधि अवधिभर गर्ने कार्यबारे आफ्ना भक्तजनहरूलाई उहाँले निर्देश पनि गर्नुभएको थियो।

चैत्र २६ गते बिहान ७ बजेदेखि दिउँसो ५:३० बजेसम्म यान्त्रिक विधिबाट रामार्चन पुजनपछि गत चैत्र २४ गते डाक्टरसहित पत्रकारहरूलाई पत्रकार सम्मेलनमा गरिएका कुराहरूलाई निर्देशित गर्दै सद्गुरुदेव कृष्णदास महाराजजीले समाधि जानु पूर्व पुनः पत्रकार, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरूको भेला गराई आफू समाधिमा बस्न लागेको जानकारी गराउनु भएको थियो। उनै चिकित्सकहरू डा.कालु शर्मा, डा. बुद्धिबहादुर थापा र डा.श्रीकृष्ण श्रेष्ठ रहनु भएको टोलीले समाधि पूर्व सद्गुरुदेव महाराजको सम्पूर्ण स्वास्थ्य परीक्षण गरी उहाँको शारीरिक सबै अवस्था सामान्य रहेको बताएका थिए। अर्काेतर्फ गुरुदेव शयन गर्ने कक्षमा करिब पाँच फिट लम्बाई, तीन फिट चौडाइ र तीन फिट उचाई भएको काठको फोल्डिङ बाकसको दक्षिण, पश्चिम र उत्तरतर्फको भागमा माटो खाद्ने काम सम्पन्न भयो भने पूर्वतर्फको भागमा दियो पुजन गरी नौ दिनसम्मका लागि राखिएको थियो। चारैतर्फ हावा नछिर्ने गरी प्लाष्टिकले मोडी ठाउँ-ठाउँमा थमपिन ठोकी ढक्कनसहितको बाकसमा करिब ६:३५ बजे आफ्नो योगसाधना सँगसँगै शङ्ख फुकी उक्त काठको बाकसभित्र सद्गुरुदेव सानो च्यादरको भरमा सुत्नुभयो। भक्तजनले चार ताल्चासहित बाकसको ढक्कन लगाइ ढक्कनमाथि समेत माटो खन्याइ करिब ५० बोरा जति माटोले छोपी जौ छरे। यस कार्यको यथार्थ दृश्यावलोकन दिनका लागि करिब ४० भन्दा बढी पत्रकार, डाक्टर, विदेशी पर्यवेक्षकका साथसाथै भक्तजनको प्रत्यक्ष निगरानी थियो। समाधिका लागि कही कतैबाट शंका गर्ने ठाउँ नै थिएन। पत्रकार साथीहरूले त्यस अवधिको दृश्यावलोकन आफ्नो क्यामरामार्फत्, टेलिभिजन, पत्रिकाबाट समाचार सम्प्रेषण गरेका थिए। कति भक्तजनहरू प्रत्यक्ष रुपमा त्यस अवस्थाको दृश्य आ-आफ्नो क्यामरा मोवाइलभित्र कैद गर्न सफल भएका थिए त सर्वसाधारणहरू टेलिभिजनको पर्दा अगाडिबाट प्रत्यक्ष दृश्यावलोकन गरेका थिए। समाधिको सुरुका दिनमा भक्तजनबाहेक सर्वसाधारणको उपस्थित खासै थिएन।

समाधिको नौ दिन अर्थात् वि.सं. २०७३ बैशाख ३ गते बिहान रामार्चान पूजा एवम् रामायण पाठ पारायण करिब बिहान ८:०० बजेतिर नै समाप्त भएको थियो। तत्पश्चात् मैले स्वयंसेवकको भूमिका निभाउने मौका पाएँ। क्रमशः दर्शको ओइरो लागिरÞयो। आश्रम गेटबाहिर पुलिस, आर्मी, सशस्त्र र ट्राफिकले सवारी साधनको यथोचित पार्किङको राम्रैसँग व्यवस्था मिलाएका थिए। आश्रमभित्र दर्शकको भीड नियन्त्रण गर्न हामी स्वयंसेवक त के, प्रहरीलाई पनि हम्मेहम्मे परेको थियो। समाधिमा बसेका गुरुलाई हेर्ने दर्शकको भीड क्रमिक रुपमा बढ्दै जाँदा थामिनसक्ने अवस्थामा पुगेको थियो। तैपनि सर्वसाधारण त्यस्तो कुनै अविश्मरणीय घटना नभई संयमपूर्वक धैर्यधारण गरी सद्गुरुदेवको दर्शनको लागि बसेका थिए। मन्दिर परिसर दर्शकले ढपक्कै ढाकिएको थियो। खाली ठाउँ त के त्यहाँ भएका वृक्षमा समेत चढेर गुरुदेवको दर्शनको प्रतीक्षामा थिए सर्वसाधारण। समाधिपश्चात् सद्गुरुदेवको वाणी र दृष्टिपात अति महत्वपूर्ण हुन्छ भनी प्रायःजसो दर्शकले जलले भरिएको तामा र माटाका कलशहरू आफ्नो शिरमा राखेका थिए। समाधि कक्षमा भएका गतिविधिहरू सबैले जानकारी पाउन् भनी परिसरका विभिन्न ठाउँमा चार टेलिभिजन राखिएको थियो। सबैको ध्यान टेलिभिजनमा केन्द्रित थियो। दृश्य देख्न नसक्ने दर्शकहरू टेलिभिजन नजिक जान आतुर देखिन्थे। जहाँ केही घम्साघम्सी र अति भीड भएको महसुस हुन्थ्यो स्वयंसेवक र प्रहरीलाई दर्शकको भीडलाई थाम्न साह्रै मुस्िकल परेको थियो। आयोजकले सबै दर्शकलाई प्रसाद ग्रहणको व्यवस्था गरेको थियो। गुरुदेवको आगमन नभइ प्रसादी नदिएका कारण केही दर्शक कि प्रसादी देऊ कि बाबाको दर्शन देऊ भनी चिच्याएको पनि सुनियो।

समाधि कक्षमा गुरुदेवले दिएको समय ९:३५ बजेबाट जमारा काटी ताल्चा लगाई ढाकिएको ढक्कन खोली सद्गुरुदेवलाई ठिक १०:१५ बजे पुन जागृत गराइयो। पूर्ण रुपमा पसिनाले भिजेको शरीर देखिन्थ्यो। बाकस खोल्ने बित्तिकै थररर कामेको अवस्था, केही बेरपछि मात्र चलमलाउन थालेपछि रामानन्दचार्य सेवापीठका उपाध्यक्ष गोविन्दबाबु तिवारीले जलार्पण गरेर निधारमा तिलक लगाई कुम, कानको दुबैतिर र शिरमा पञ्चामृत र्छर्किएपछि आँखा चिम्म गरेका सिद्धबाबा शङ्ख ध्वनीका साथ कसैसँग नबोली आफै उठ्नुभयो। पञ्चामृत ग्रहण, दही, पानी पिलाएपछि कपडा फेर्ने र उहाँको शरीर पुछ्ने काम भयो। उहाँ आफैले शंख फुकेपछि समाधि कक्षबाट विश्राम कक्षमा आउनुभयो। लगत्तै पूर्व चिकित्सक टोलीले गुरुदेवको सम्पूर्ण गर्नुपर्ने स्वास्थ्य परीक्षण गर्‍यो। पुनः परीक्षण गराउँदा स्वास्थ्यमा कुनै खराबी नदेखिएकाले चिकित्सक टोली आर्श्चर्यमा पर्‍यो।

चिकित्सा विज्ञानका अनुसार तीन मिनेटमात्रै मानिसको शरीरले अक्सिजन नपाएमा उसको स्वतः मृत्यु हुने भए पनि नौ दिनसम्म प्लाष्टिकले बेरिएको बन्द बाकस अनि त्यसको सम्पूर्ण भागमा माटो बिच्छ्याई जमारा उमारिएको स्थानबाट सद्गुरुदेवलाई निकालिनु, स्वास्थ्य परीक्षण गर्दा यथास्थिति रहनु चिकित्सा विज्ञानका लागि एक अनुसन्धानको विषय भएको चिकित्सक टोलीका प्रमुख डा. कालु शर्माले बताए। एक मिनेटको त के कुरा नौ दिनसम्म बन्द बाकसभित्रबाट जागृत भई सबैलाई आर्श्चर्य चकित पार्दै समाधि कक्षबाहिर बरण्डाबाट सर्बसाधारणलाई सद्गुरुदेवले शङ्ख ध्वनिकासाथ दृष्टिपात गरेपछि दर्शकले हर्ष, उल्लासले जयजयकार गरेका थिए। सबैको जिज्ञासाको र कौतुहलताको विन्दु पूर्ण मेटिएको थियो। भक्तजनमा मात्र के सम्पूर्ण दर्शक एवम् धर्म अनुयायीमा खुसीको सिमा थिएन। धेरैजसो यो कसरी सम्भव भयो भनी आपसमा खुल्दुली व्यक्त गरिरहेका देखिन्थे। जसको प्रत्यक्ष प्रसारण विभिन्न टेलिभिजनले गरेका थिए। समाधि सम्बन्धमा कुनै टीका, टिप्पणी गर्नुपर्ने कुरै देखिँदैन। यो अनौठो अलौकिक चमत्कार कसरी सम्भव भयो – यसलाई गहन खोजीको विषय बनाइनु आवश्यक छ भनी चिकित्सक टोलीका प्रमुख डा. कालु शर्माले भने। त्यस्तैगरी, सर्र्वोच्च अदालतका वरिष्ठ न्यायाशीश गोपालप्रसाद पारजुलीले समाध्रि्रति आर्श्चर्य व्यक्त गरे।

त्यस्तैगरी, शिक्षा सचिव विश्वप्रकाश पण्डितले योग नेपालकै जननी हो जसलाई हामीले दैनिक जीवनमा उतार्न आवश्यक छ भने। यस समाधिले यो साधना पूर्ण प्रयोग सिद्ध तुल्याइदिएको अभिव्यक्ति उननको थियो। त्यस्तैगरी पूर्व सांसद शुक्रराज शर्मा, पत्रकार रमेश पौडेलले समाधिबारे आर्श्चर्य व्यक्त गरे।

केही पत्रकारले आत्मा बोध गर्न नसकी आफूले प्रत्यक्ष देखेका र क्यामारामा कैद गरेको वास्तविकतालाई पनि यथार्थतामा ल्याउन कन्जुस्याइ गरेको, बाहिरी होहल्ला र नकारात्मक टीका, टिप्पणीबाट प्रभावित भएको पाइयो। हाल आधुनिकिकरण र पश्चिमिकरणको प्रभावमा आफ्नो देशको वास्तविकता र यथार्थततालाई चटक्कै बिर्सन पुगेका नेपालीलाई विश्वास र चेतना दिलाउनका लागि हाम्रो धर्म संस्कार आध्यात्मिक, वैज्ञानिक, प्रयोगसिद्ध छ भनी यति ठूलो त्याग, तपस्या र योगाभ्यासले हाम्रैअगाडि सम्भव तुल्याइदिने सफल व्यक्तित्वलाई राष्ट्रले सम्मानपूर्वक व्यवहार गरी उहाँको ज्ञान खोतल्नतिर लाग्नु आवश्यक देखिन्छ।

सिद्ध महायोग

नेपालको उत्तरी हिमशृङ्खला जहाँ कैलाश पर्वत पनि पर्दछ। यही कैलाश पर्वतमा शिवजी र हिमालय पर्वतकी छोरी पार्वती यसै हिमाली श्रृङ्खलका बासिन्दा हुन् भन्ने हाम्रा धार्मिक ग्रन्थमा पाइन्छ। शिवजीबाट प्रवर्तित शैव संस्कृति हिमाली संस्कृति हो, नेपाली संस्कृति हो। योगशास्त्रका पर्वतक नै शिवजी हुन्। योगशास्त्र पूर्वी सभ्यताको आदिम उपलब्धिका रुपमा रहेको पाइन्छ। योगबारे पूर्वी सभ्यताका आदिम साक्षी वेद, उपनिषद्, पुराण, महाभारत, भागवत, गीता जस्ता ग्रन्थमा पर्याप्त मात्रामा चर्चा रहेको पाइन्छ। यही चर्चाले नै योगको प्राचिनकालीन अस्ितत्व विकास र महत्वलाई सिद्ध गर्दछ। योग मूलतः चार प्रकारका छन्ः मन्त्रयोग, लययोग, हठयोग र राजयोग। यी सबै योग मानवीय जीवनका लागि उपयोगी एवम् लाभप्रद छन्। मानवीय स्वास्थ्य र मानवीय अन्तर उर्जाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्। यिनै चार योगहरूको समष्टि रुप नै महायोग हो।

महायोगको प्रक्रिया केही भिन्न प्रकृतिको छ। योग आफैमा विज्ञान हो, अर्थात् अनुभवसिद्ध प्रयोगिक विषय हो। वैज्ञानिक र प्रायोगिक विषयको बोध गराउनका लागि कुशल निर्देशकको आवश्यकता पर्दछ। निर्देशन विना गरिएको शिक्षाले प्रतिकूल असर पर्दछ। जुन बोध गराउने सामर्थ्यवान् व्यक्ति करिव चार सय वर्षसम्म लुप्त भएको हाल एकमात्र सिद्ध पुरुष परमपुज्य श्री श्री १००८ डा. श्री वैष्णव कृष्णदासजी महाराजबाट मात्र यस विद्यालाई पुनर्जागृत गराउन सफल भएको पाउन सकिन्छ। महायोगको प्रक्रिया प्राकृतिक हुन्छ, यसका लागि पूर्व योजना आवश्यक पर्दैन। अन्य योगमा जस्तो महायोगमा मानिसको शरीरमा कुनै शारीरिक, मानसिक समस्याका कारण शरीरका कुनै पनि अङ्गलाई यसो गर्ने, उसो गर्ने भन्ने जरुरत पर्दैन। हाम्रा सबै प्रकारका संलग्नतामा शरीर र मनलाई कुन शक्तिले परिचालन गर्दछ- कहाँबाट स्वचालित हुन्छ। अर्थात् शरीर गतिशील हुनका लागि खानपान, इच्छा, भोक, न्रि्रा, पाचन, मलमूत्र त्याग, जोश जागर, आलस्य, थकावटजस्ता शारीरिक क्रियाकलाप कहाँबाट उजागर हुन्छन्। जुन क्रियाकलाप आउनमा शरीरमा कुनै निर्देश छैन, यी मानिसका आयोजित कर्म होइनन्। स्वचालित अन्तरउर्जाका प्रतिक्रिया हुन् जुन अवस्था अनुसार सिर्जित हुन्छन्। अन्तर उर्जाका यस्तै स्वचालित अवस्था सहज रुपबाट उजागर गराउने क्रियाकलाप नै महायोग हो। यही महायोगले नै अन्तरजागरण गराउँदछ। यसरी कुशल निर्देशकको अनुशासनमा पूर्ण समपण भावका साथ आफूलाई शरणागत तुल्याएपछि शारीरिक एवम् मानसिक प्रक्रियाहरू आफै सिर्जित हुन्छन्। शरीरभित्रको अन्तर उर्जाले नियोजित रुपमा आफै सञ्चालन, गतिवान, चलायमान हुन्छ। यसैले महायोग स्वचालित पद्धति हो,  प्राकृतिक प्रणाली हो।

हाल राजनीतिक, जातीय, धार्मिक, भाषिक साँस्कृतिक, लैङ्गिक दृष्टिकोणले आम् जनमानसमा भाइचारको नाता टुट्दै गएको अवस्था छ। एकअर्कामा विश्वासको वातावरण कम हुँदै गएको छ। यस अवस्थामा परमपुज्य सिद्ध बाबाले हाम्रा दैनिक दिनचर्याका लागि अति आवश्यक योग, ध्यान, जप, तपदेखि समाधिसम्म प्रत्यक्ष हाम्रो निगरानीमा प्रायोगिक गराइ हाम्रा धर्म, संस्कृत्रि्रति विश्वास जाग्ने वातावरण बनाउनु भएको छ। सिद्धवाबाले निस्वार्थपूर्वक पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका जनतासमक्ष विना जात, भात, उचनीच, धनि, गरिब, धर्म, लिङ्ग नभनी वैष्णव परिवारको नाउFmबाट एक सूत्रमा बाधी महायोग साधनालाई घर-घरमा पुर्‍याउन अभियान चाल्नुभएको छ। यसका साथसाथै नेपाली भूमिमा सिर्जित प्राकृतिक सोत र साधनको यथोचित प्रयोगका निम्नि हामी सबै नेपाली जुट्नुपर्ने उद्घोष गर्नुभएको छ। हजारौं मानिसले गर्न नसकेका, राष्ट्रले पनि आँट गर्न नसकेका कार्यहरू उहाँ एक्लैले गर्नु भएको छ। यस्ता कार्यको सही मुल्याङ्कन अझै राष्ट्रले गर्न सकिरहेको छैन। उहाँको अभियान उद्देश्य अनुरुप राष्ट्र लाग्न सके देश आर्थिक रुपले आत्मनिर्भर बनी धार्मिक, साँस्कृतिक, आध्यात्मिक रुपले पनि मुहार फेर्न सक्थ्यो कि ?

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width