भाइ चाँडै मेरो एल्बम आउँदैछ। तयारीमा जुटिरहेको छु। निकै जोसिलो तरिकाले मलाई बताइरहेका थिए, गायक विनोद बानियाँ। साङ्गीतिक योजनाहरूको बारेमा। गायक हुनु भनेको अहिलेको ऋणमा डुब्नु नै हो जस्तो महशुस हुन्छ मलाई। तर विनोद बानियाँको सङ्र्घर्ष र वर्तमान अवस्था अध्ययन गर्ने हो भने त्यो दुर भइदिन्छ। उनि विगत १२/१३ वर्ष अघिदेखि सङ्गीतमा लागेर जीवन व्यतित गरिरहेका छन्। उनी सङ्गीतमै बाँचेका र नाम कमाएका छन्। सङ्र्घर्ष गरिरहेका छन् सङ्गीतमै, अरूलाई पनि डोर्याइरहेका छन्, यसरी हेर्दा विनोद बानियाँ यूवाहरूको लागि एक जागरूक संागीतिक व्यक्ति मान्छु म। अरू व्यक्ति काठमाडौंमा रहेर नेपालको लोकप्रिय गायक बन्नमा धौधौ गर्छन्। म मोफसलमै रहेर नेपालको गायक बन्न पाउनुमा गर्व गर्छु जुन पोखरामा मैले गर्ने प्रयाश गरिरहेको छु उनी बताउँछन्। साच्चै विनोदले पोखरालाई पनि आफ्नो गायनको माध्यमबाट प्रवर्द्धन गरिरहेका छन्। सानामा स्कुल पढ्दा मादल बजाउनमा खुब रहर गर्ने उनी साथीहरूको लहैलहैमा लागेर गाउने भएका थिए र उनलाई साथीहरूले हौसाए। लागे गीत गाउनतिर र भए गायक विनोद बानियाँ।
रामभक्त जोजिजुसँग सङ्गीतको औपचारिक ज्ञानहरू केही समय सिकेपछि उनी काठमाडैंमा पनि सङगत नगरेका होइनन्। उनलाई केन्द्रीकृत शहरले तानेन र फर्किए पोखरा। पोखराको सुन्दरताले अड्याइराख्यो। पोखराबाटै आफ्नो साङ्गीतिक माहौल जमाए। पोखराबाटै व्यवसायिक रूपमा सङ्गीतमा स्थापित भइसके। भन्छन्, मोफसलबाटै नेपाली सङ्गीतलाई अन्तराष्ट्रियस्तरसम्म पुर्याउनको लागि प्रयास गर्नुको बेग्लै मज्जा भाइ।
नेपालमा राम्रो गीत गाएर टिक्न पनि सकिदैन। अधिकांश स्तरिय गायकहरू विदेश पलायन हुनु आजको बाध्यता हो। चलेका गायकहरू अहिले कोहीँ बेलायत, अमेरिका, त्यतिमात्र नभई कोहीँ त दुर्बई, कतारसम्म पनि भ्याएका छन् किन त – किनकि नेपाली सङ्गीतमा लागेर स्थापित नै नहुनु चाहीँ कुनै नौलो कुरा होइन। आर्थिक रूपले सबल र सक्षम बन्न नसक्नु आजको दुर्भाग्य हो। कुनैताका कर्णयास भन्ने बित्तिकै नेपाली सङ्गीत उद्योगमा बेग्लै पहिचान बन्थ्यो। आज उहाँ नेपथ्यमा हुनुहुन्छ। यो विषयमा गायक विनोद बानियाँ भने बेग्लै धारणा व्यक्त गदर्छन्। राज्यले राम्रो नीतिनियम बनाएर त्यसलाई कडाइका साथ कार्यन्वयन गर्ने हो भने नेपाली कलाकार विदेश धाइरहनु जरूरी छैन। यहाँ कानुन छ कार्यान्वयन हुदैन।
बानियाँको दैनिकी विद्यालयमा हरदिन सङ्गीत सिकाउनु र बेलुकी गजल रेष्टुरेन्टमा गीत गाउनु उनको दैनिकी हो। यसैले टिकाएका छन् उनलाई आजसम्म। यति चाहीँ गर्व लाग्छ कि, विदेश र राजधानी नधाई मोफसलमै ढुक्कसँग एक इमान्दार र सक्षम कलाकार भएर बाँच्न सफल भएका छन्।
यता रोयल्टी र बजारको हल्ला भने बेग्लै छ। गीत चल्छ। मिडिया हिट हुन्छ। मिडियासँग रोयल्टी मागौ भने उनीहरूलाई नै मर्का छ। दैनिक लोडसेडिङ्को कारणले मिडिया आफैँ धराशायी बन्दै गएको छ। रोयल्टीको विषयमा यसरी कुरा निक्लेपछि मैले निकै चासोपुर्वक सोधे तपाइलाई रोयल्टी लिन मन छैन – उनी निधार गुजुमुज्ज पारेर यसो भन्छन्, उनीहरूले हामीलाई पैसा तिर्न सक्दैनन्। हाम्रो समाजमा नागरिक सभ्यताको समेत विकास हुन जरूरी ठान्छन् विनोद। कसैले मोबाइलमा गीत सार्दा, ब्लुटुथको उपयोग गरी गीत सार्दा यो काम अवैधानिक हो भनि ठानेर त्यसो नगरिदिएमा कलाकारलाई केही राहत हुने थियो। मिडियामार्फत पाइरेसी हुन्छ। मोबाइल पसलमार्फत खुल्लम् खुल्ला पाइरेसी हुन्छ। यो दर्दानक विषय पनि हो नेपाली कलाकारको लागि।
आफुले कम संख्यामै गीत रेर्कर्ड गरेको ठान्छन् बानियाँ। दर्जनौ एल्बमहरूमा उनले सङ्गीत पनि दिइसकेका छन्। सङ्गीत गर्दाको वातावरणका सर्न्दर्भमा उनी बाटोमा हिड्दा हिड्दै कम्पोज गर्या छन। र कम्पोज गर्दा हामोर्नियमको प्रयोग गर्दै आएका छन्। आजका नयाँ पुस्ता उनलाई धेरै मन पर्छ। किनकि सङ्गीत सिक्न निकै चासो लिन्छन् र सिकेर गीत निकाल्ने विकास भइसकेकोले उनी निकै उत्साहित देखिन्छन्। नेपालीपनको सङ्गीत निकै कम मात्र सुनिन्छ। अधिकांश सङ्गीत विदेशी सङ्गीतबाट प्रभावित भएकोले नेपाली सङ्गीतको पहिचान के हो त – भन्ने विषयमा उनी प्रश्न चिन्ह खडा गर्न चाहन्छन्। उनी आफुलाई अझै पनि सङ्गीतमा सङ्र्घर्ष गरिरहेको नै बताउँछन्। आफुले राम्रो सङ्गीतको सिर्जना गर्ने र नेपाली श्रोतालाई पस्किने लक्ष्यमा अग्रसर बानियाँ एउटा अमुत गायक नै हुन् जस्तो पनि लाग्छ। उनीसँग गीत गाउन सक्ने क्षमता प्रखर देखिन्छ। स्वरसम्राट नारायण गोपालदेखि लिएर नेपालको पछिल्लो पटक चर्चामा आएको जस्तो कलाकारहरूको गीत सहज तरिकाले गाउन सक्छन् र नै आजसम्म विनोद बानियाँ एक कुशल गायक हो भनि सबैले सम्मान पुर्वक उनलाई पुकार्छन्।
विनोद बानियाँमा सक्दो आफ्नो माटोलाई नछोड्ने र नेपाली सङ्गीतको उत्थान गर्ने रहर अझै मरेको छैन। यो नयाँ पुस्ताको लागि एक मार्गनिर्देशन बन्न सक्छ। आजका अन्य कलाकारहरूले पनि यो कुरालाई मनन् गर्ने हो भने सम्भवत नेपाली सङ्गीतले केही फड्को मार्न सक्ला भन्न सकिन्छ। गायकले रोयल्टी पाउनुपर्छ भन्ने मान्यतालाई विर्सने हो भने नेपाली कलाकारले यो भन्दा बेसी दुःखदायिक पीडाको बोझ खेपिरहनुपर्नेछ। सबै गायकले जस्तो नेपालमा सङ्गीतकै विषयमा जागिर पाउन सम्भव छैन। आज हरेक मिडियाले गायक विनोद बानियाँ जस्तो कुशल कलाकारलाई गीत बजेबापत रोयल्टी नदिने हो भने अबको अनुज पुस्ताले सङ्गीतमा लाग्नु ठूलो मुखता हुनेछ। कलाकारले आफ्नै कलाको मूल्य बुझ्नुपर्छ। यो कुरा बुझि राखौ। अन्त्यमा गायक विनोद बानियाँको बाँकी साङ्गीतिक जीवन सुखमय होस्। शुभकामना।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०