राजनीति समाजमा अपरिहार्य गतिविधि हो। प्रत्येक समाजमा राजनीति शास्त्रीको अहं भूमिका रहन्छ। राजनीति देशका सम्पूर्ण जनतामध्येबाट शासक वा शासित हुने प्रक्रिया हो। राजनीतिमा दुर्इ थरिका मानिस प्रवेश गरेका हुन्छन्। एकथरी जसरी हुन्छ आफू ठूलो मान्छे बन्ने प्रयासमा तल्लीन भने अको थरी जसरी हुन्छ आफू ठूलो काम गर्ने योजनामा तल्लीन। हामीलाई दोस्रो किसिमको राजनीतिज्ञको खाँचो छ। नेपाललाई फूलबारी बनाउनु छ, सिरुवारी हैन, चस्माको सबै लेन्सबाट हेर्दा एउटै समाज देखिनु पर्दछ, बौद्धिक वर्गले सही कुरा भन्न सक्नुपर्यो, पहिचान देख्नुभा छ, पहिचान अनुभवमा हुन्छ। जनताको वास्तविक समस्या पहिचान गर्न सक्ने क्षमता, जनतासँग प्रत्यक्ष संवाद गर्ने शैली, केही मूलभूत कुराहरू गर्ने उत्कृष्ट चाह, दबाब शमन गर्न सक्ने खूबी र निरन्तर त्यही मार्गमा लागिरहने थकानमुक्त चरित्र टड्कारो रुपमा खडि्कएको महसुस भएको छ। आजको चुनौति साम्राज्यवाद, उपनिवेशवाद र नस्लवाद होइन। अब हामी वित्तीय संकट, आतंकवाद, ड्रग, गैह्र कानूनी आप्रवास, पानीको कमी, पर्यावरणको समस्या, जनसङ्ख्या नियन्त्रण, एचआइभी एड्स र गरिबीसँग जुध्न परेको छ। पर्यटन कमजोर अवस्थामा छ, बेरोजगारी र अपराध फस्र्टाई रहेछ, सरकारसँग पैसा छैन, विश्वास हराएको छ, राजनैतिक हताशा उच्च भएको छ, अर्थ व्यवस्था प्रभावहीन हुनाले यहाँ रोजगारका सम्भावना लोप हुँदैछन्, देश अब गहिरो खाडलको नगिच पुगेको छ।
सत्ताको समाज विरोधी आचरण र शक्तिको केन्द्रीकरण अहिलेको राजनीति भएको छ। चारैतिर लुटको माग बढिरहेछ। जनता र सरकारबीच सर्म्पर्क स्थापना गर्ने कडी कमजोर सावित भएको छ। त्यागी राजनेताहरूको सपना चकनाचूर हुँदैछ। जुन आदर्शको भरमा सारा जनता एकिकृत भएका थिए त्यो आदर्श अब रहेन। प्रजातन्त्र परतन्त्रमा परिणत भयो, जातिवाद हावी भयो, धार्मिक तनाव छताछुल्ल पोखियो, विस्तारै हाम्रो देश परनिर्भर हुन पुग्यो, जुन अवस्था असाध्य कहाली लाग्दो छ। भ्रष्टाचार मौलाएको छ, नेताहरू स्वयम् देशको मानमर्दन गर्दैछन्। तसर्थ देशको पहिचानमा नकारात्मक चिन्ह लागेको छ। भनिन्छ, “मुलुक गरिब छ, तिनी गरिब छिन्, उनका विचार गरिब छन्।”
कुनै देशका नेताहरूको आदर्श सुन्दा पनि रहर लाग्छ। केही वर्ष अगाडि भ्रष्टाचारको अभियोग खप्न नसकी जापानका कृषिमन्त्री “तोसिकात्सु मात्सोका” ले आत्महत्या गरे। लिबरल डेमोक्र्याटिक पार्टीका प्रधानमन्त्री “सिन्जो आवे” लाई यसको ठूलो धक्का परेको थियो। चर्चा परिचर्चा हुने बित्तिकै पार्टीत कारबाही गरेको भए यस्तो हुने थिएन होला भन्ने चर्चा पत्रकार वृत्तमा चलेको छ। जापानमा पार्टीका सदस्यहरूको व्यक्तिगत छवीले सिङ्गो पार्टीकाई समेत नाफा वा नोक्सानमा पार्दछ। यसैले जिम्मेवार सबैले यस विषयको ख्याल राखेका हुन्छन्।
हे वार्ड भन्ने एकजना ब्रिटिश लेखकले भनेका छन् : “ठूला राजनैतिक व्यक्तित्व अझै पनि हाम्रो समाजमा प्राप्त गर्न सकिन्छ तर उनीहरूको वैचारिक उच्चता जीवनकालमा कहिल्यै भेटिदैन।” आदर्श राजनीतिज्ञको रुपमा हेर्दा पश्चिम बङ्गाल भारतका एकजना राजनीतिज्ञ तथा पूर्व मुख्य मन्त्री सिर्द्धार्थ शंकर रायलाई लिने गरिन्छ। अर्का पूर्व मुख्य मन्त्री ज्वति वशु रायका राजनैतिक प्रतिद्वन्दी हुन्। वशु सन् १९७७ मा रायको पार्टी-भारतीय राष्ट्रिय काँग्रेस) लाई हराई सत्तामा स्थापित भएका थिए। भारतीय कम्युनिष्ट पार्टी-सिपिआई, एम) को संगठनमा व्यस्त वशु आफूसँग भएको सबै पैसा पार्टीको लागि खर्च गथे। उनकी श्रीमती कमला वशुलाई भान्सा चलाउन समस्या भएको सिकायत सिर्द्धार्थ रायसँग गर्थिन्। “तपाईको साथीलाई सम्झाउनोस् मलाई रसाई चलाउन मुस्किल छ।” राय सरासर वशुको भान्सा निरीक्षण गर्न पुग्थे। यो राजनीतिक सौहार्दता हो। त्यस्तै सहिष्णुता तथा सौहार्दता दक्षीण अफि्रकी नेता नेल्सन मण्डेलाले देखाए। उनले लामो समयका शासक गोरा समुहसित बदला लिएनन्। सबै एकैनाश हुँदैनन्, सबैले विशुद्ध राजनैतिक सहिष्णुता व्यवहारमा उतार्न सक्दैनन्। यसै सर्न्दर्भमा एकजना स्कटिश दार्शनिक थोमस कार्लाइलको भनाई उद्धरण गर्न उपयुक्त देखिन्छ, “धेरै मानिसले राजनीति गर्दछन्, प्रतिनिधित्व गर्दछन् तर थोरैले मात्र परिवर्तन गर्दछन्।”
नेता साधन होस् समाजको। समाजको आवश्यकताले नेता जन्माउँछ, प|mेन्च क्रान्तिले नेपोलियनलाई जन्मायो, त्यस्तै सत्रौं शताब्दीमा बेलायतमा क्रमवेलको जन्म भयो। यो पनि समयको माग हो। मुस्किल यक्ति हो नेता र सर्वसाधारण जनता कसरी छुट्याउने त – नेता अग्ला हुन्छन्, विचारमा, व्यवहारमा स्वच्छतामा, तीक्ष्णतामा, अध्ययनमा अनि क्रियाशील हुन्छन्, शालीन स्वभावका हुन्छन्, यसैबाट नेता र सर्वसाधारण जनता छुट्याउन सकिन्छ।
हुन त राजनीतिमा अभिजनको प्रभूत्व यदाकदा देख्नमा आउँछ। ब्रिटिश व्यवस्थापिकामा धन र खानदानको प्रभाव छ, संयुक्त राज्य अमेरिकामा कानून विज्ञको, चीनमा फौजीको, प|mान्समा र इटलीमा गुरुहरूको प्रभुत्व रहेको पाइन्छ। जहाँ जे भए पनि हाम्रो देश नेपालमा एक आधारभूत प्रिन्सिपल, एक दूरदर्शी दृष्टिकोण, एउटा नैतिक परिधि र जनविश्वास सृजना गर्न सक्ने सक्षम नेतृत्वको आवश्यक छ, उस्लाई समयले जन्माउँछ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०