धर्म भन्नाले इश्वरसम्बन्धी धारणा भन्ने बुझिन्छ। समय र परिस्थिति अनुसार इश्वर सम्बन्धी धारणामा मत भिन्नता भएकाले विश्वमा विभिन्न धर्मको जन्म हुन गयो। अहिले विश्वमा देखिएका प्रमुख धर्महरुमा सनातन धर्म वा हिन्दू धर्म, क्रिस्चियन धर्म, इस्लाम धर्म र बौद्ध धर्म प्रमुख छन्। सनातन धर्मबाहेक अन्य धर्मको उत्पति भएको ३ हजार वर्ष पनि भएको छैन, तर सनातन धर्मको इतिहास हेर्ने हो भने यो अनादीकाल देखि नै चलिआएको पाइन्छ। सृष्टिको प्रारम्भसँगै यसको स्थापना भएकाले यसलाई सनातन भनियो र पछि सिन्धु सभ्यतासँग जोडेर हिन्दू भन्ने नाम रहन गएको पाइन्छ।
प्रत्येक धर्मलाई मार्ग दर्शन धर्मशास्त्रले गर्छ। इसाई धर्मावलम्बीको शास्त्र वाइवल हो भने इस्लाम धर्मालम्बीको कुरान सरिक हो। त्यस्तै गरी हिन्दू धर्मालम्बीको धर्म ग्रन्थ अथवा शास्त्रको रूपमा वेद, उपनिषद्, १८ वटा पुराण र गीतालाई लिइन्छ। इसाई र इस्लाम धर्मावलम्बी धर्मशास्त्रप्रति अगाध श्रद्धा राख्छन् र त्यसका कुराहरुलाई वाणी सम्झेर स्वीकार गर्छन्। तर्क वितर्क गर्दैनन्। हिन्दूहरुले पनि शास्त्रीय ग्रन्थहरुप्रति श्रद्धा राख्दछन्। तर अप्राविधिक परिवेशमा त्यो श्रद्धामा कमी आएको स्पष्ट हुन्छ।
१) इश्वर सर्वव्यापी, सर्वदा शक्तिमान र सर्वज्ञ छ।
२)आवश्यकताअनुसार इश्वरले अवतार लिन्छन्।
३) इश्वर एक भएर पनि अनेक छन् र अनेक भएर पनि एक छन्।
४) मानिसको कर्म अनुसार प्रारब्ध बन्छ र प्रारब्ध अनुसार फल भोग्नु पर्दछ।
५) मानिसले मोक्ष प्राप्त नगरेसम्म जन्म मृत्युको चक्करमा परिरहनुपर्छ।
६) मानिसले प्रारब्धको भर नपरी पुरुषार्थ गरिरहनु पर्छ। -इश्वरको ध्यान गरेर पुरुषार्थ गरे मानिसको कल्याण हुन्छ।)
१) विश्वका जनसुकै धर्ममा पनि त्यस धर्मलाई मार्गर्दर्शन गर्ने मुल ग्रन्थ एउटै हुन्छ। जस्तै वाइवल, कुरान, गुरु ग्रन्थ साहेव, पिटक। यसकारण ती धर्ममा वादविवाद हुने सम्भावना कम हुन्छ। तर हिन्दू धर्ममा ४ वेद, १८ पुराण, १०८ उपनिषद भएको र कतिपय पुराणहरुमा आफै महत्त्व बढी दर्शाइनुका साथै कतिपय मान्यतामा पनि पुरक देखिएकाले यसबाट असंख्यक सम्प्रादयका बीच झै झगडा युद्ध भयो।
२) सनातन धर्ममा परब्रम्ह परमात्मा एक भनेर भनिए तापनि उहाँका अनेक साकार रुप छन्। ब्रम्हामा विष्णु, महेश्वर दुर्गा गणेश, हनुमान आदी धेरै रुप भएकाले कस्लाई मान्ने भन्ने कुरामा पनि अलमलिएका छन् । त्यस्तैगरी देवताको स्वरुप अनुसार पूजा विधि र प्रसादमा पनि विविधता भएकाले वलि प्रथा ठीक हो कि होइन भन्नेजस्ता तर्कहरु रहेका छन् ।
३) हिन्दू धर्म ज्यादै फराकिलो मान्यता राख्ने र लचिलो धर्म हो। यस धर्ममा यस्तै गर्नुर्पर्छ भन्ने ठोस मान्यता नराखी मानिसको रुचि, फाइदा र आस्था अनुसार व्यवहार गर्न छुट दिएकाले पनि यस धर्ममा ठूलो समस्या देखिन आएको हो। मूर्ति पूजा गर्ने पनि हिन्दू , मूर्ति बेच्ने पनि हिन्दू, गाईलाई पूजा गर्ने पनि हिन्दू गाई काटेर मासु खाने पनि हिन्दू छन् । यस्तो विवादास्पद स्थिति अन्य धर्ममा छैन।
४) समाज व्यवस्थित ढंगले चलोस् भनेर ४ वर्णयर ४ आश्रमको व्यवस्था गरियो। ४ वर्णयो कामको पनि वर्गीकरण गरियो। तर पछि गएर यही वर्णयव्यवस्थामा तल्लो जात र माथिल्लो जातको अवधाराणा आएकाले यसमा भेदभावको र सामाजिकस्तरको समस्या देखिन आयो।
५) हिन्दू धर्ममा नारीलाई शक्तिको रूपमा मान्ने भएता पनि हजारौ वर्षसम्म पनि हिन्दू धर्म भएको देशहरुका पितृ सत्तात्मक सामाजिक व्यवस्था रह्यो र नारी वर्ग पिछडिन गए।
१) भारतमा वृटिश साम्राज्यको विस्तार हुनुभन्दा अघि वृटिश शासन कसरी फैलाउन र बलियो बनाउने भन्ने बारेमा अध्ययन गर्न आएका थिए। उनले त्यहाँको बौद्धिक शिक्षा पद्धती आचरण, जीवन पद्धती, पारिवारिक एकता आदिको अध्ययन गरेर वृटिश सरकारलाई सुझाव वा प्रतिवेदन दिए भनिन्छ। उनको प्रतिवेदनका मुख्य धारणा के थियो भने भारतमा शिक्षा पद्धतिमा आमूल परिर्वतन गरी त्यहाँ भाषा, संस्कृति र आचरणमा परिर्वर्तन नगरेसम्म वृटिश साम्राज्य बलियो हुँदैन । त्यसै अनुसार भारतमा पाश्चात्य शिक्षा पद्धति लागू गरियो । बौद्धिक शिक्षा, भाषा, नैतिक शिक्षालाई विस्थापन गरियो। त्यसैको सिको गरेर नेपालमा पनि मेकाले को शिक्षा पद्धति भित्राइयो। यसको परिणाम अहिले नेपाल र भारतमा समेत बैद्धिक शिक्षा र संस्कृत भाषा प्राय लोप हुने अवस्थामा छ। अहिले पाश्चात्य भाषा र संस्कृतिले जरो गाड्न थालेको छन्। त्यस कारण यो शिक्षा पद्धतिले सनातन धर्ममा मूल चुनौती देखा परेको छ।
२) खासगरी हिन्दू धर्मालम्बीहरुको संख्या बढी भएको देश नेपाल र भारत हो। दुवै देशमा ७५% भन्दा बढी जनसंख्या हिन्दूहरुको छ। यसो भएता पनि भारत स्वतन्त्र भएपछि भारतलाई धर्म निरपेक्ष देश घोषित गरियो भने नेपालको अन्तरिम संविधानमा पनि धर्म निरपेक्ष भनियो। तर विश्वका अधिकांश देशमा जनसंख्याको वाहुल्यताको आधारमा धर्म सापेक्ष निरपेक्ष भन्ने गरिएको पाइन्छ।
३) नेपालको संविधान र कानुनले नागरिकलाई आफ्नो स्वविवेकले धर्म मान्ने स्वतन्त्रता दिइएको छ। करकापमा वा प्रलोभनको आधारमा धर्म परिर्वर्तन गराउन नपाउने व्यवस्था भएता पनि विगत १०/१५ वर्षदेखि धर्मान्तरणको बाढी नै आएको छ। यसरी नै धर्मानन्तरण हुँदै जाने हो र कुनै निकायले पनि वास्ता नगर्ने हो भने ५० वर्षभित्र हिन्दूहरु अल्प संख्यकमा पर्ने मात्र होइन यहाँको सामाजिक संरचना संस्कृतिका ठूलो परिर्वतन आउने र त्यसले राजनीतिमा पनि असर नपार्ला भन्न सकिन्न।
४) जातभातको समस्या पनि यस धर्मको ठूलो समस्या हो । कानुनी रुपमा सबै समान भएपनि व्यवहारिक रुपमा अझै समस्या निराकरण भइसकेको छैन।
५) सरकारी हेराई र बुझाइमा पनि सबै धर्मालम्बीहरुलाई समान रुपमा हेर्ने गरिएको पाइँदैन। कुनै धर्मालम्बीहरुले आन्दोलन गरे वा माग गरे भन्दैमा ती धर्मालम्बीहरुलाई खास सुविधा दिनु राम्रो होइन। हिन्दूहरुले कुनै कुरा उब्जाएमा साम्प्रदायिकको विल्ला लगाई दिने चलन नेपालमा मात्र होइन भारतमा पनि छ। त्यही कुरा अरुले गरे सामान्य मानिन्छ।
१) सनातन धर्मलाई मजवुद पार्न यस धर्मका, साधकहरु, सम्प्रदाय सबै बसी यसको सिद्धान्त, सामान्यता र गर्नुपर्ने आचरणको बारेमा सर्व मान्य हुने गरी धारणा बनाउनु पर्ने र त्यसलाई कार्यान्वयन गराउन सरकारीस्तरमा पनि पहल हुनुपर्छ ।
२) शिक्षा नीतिमा परिर्वर्तन हुनु जरुरी छ। पाठ्यक्रममा वैदिक शिक्षा, नैतिक शिक्षा, संस्कृत भाषा समेत समावेश गरिनु आवश्यक छ।
३) धर्मानन्तरण गर्ने परिपाटीलाई रोकिनु पर्छ।
४) जातभातको भिन्नतालाई अन्त्य गरी सामाजिक सद्भावना बढाउनु पर्छ।
५) सनातन धर्मको समृद्धिका लागि राष्ट्रिय स्तरमा एक सवल, सक्षम गैह्र राजनैतिक चरित्रको सामाजिक संगठन हुनु आवश्यक छ र सोही सामाजिक संगठन अन्तर्गत हिन्दू धर्म अन्तर्गतका सबै धार्मिक संस्थाहरु आवद्ध हुनुपर्छ।
६) प्राचिनकालदेखि चलिआएका पूजा, चार्डपर्व, सांस्कृतिक परम्परालाई अगाडी बढाइनुपर्छ।
७) सनातन धर्म अन्तरगतका विभिन्न सम्प्रदायहरुमा समन्वय र आपसी सद्भावनामा वृद्धि गरिनु आवश्यक छ।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
विद्यालय शिक्षा ऐन बनाउन गण्डकी प्रदेशबाट सुझाव संकलन
निर्माण व्यवसायीले बुझाए ज्ञापन
माघ ६, २०८१माघमा दाइँ गरेर पर्यटक बोलाउँदै पिटिसी
माघ ६, २०८१महानगरमा स्वास्थ्यका ५१ कर्मचारीलाई बिदा
माघ ६, २०८१गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
माघ ६, २०८१पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
माघ ५, २०८१