सङ्र्घर्षका दिनहरू सम्झिँदा

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७१

परिश्रम गर्ने हातहरू र सङ्र्घर्ष गरेर बाँच्न सक्ने मानिसहरू आज विश्वका सबै कुनामा बगैचाका फूलहरू झैं फैलिएका छन्। सङ्र्घर्ष र मेहनत गरेर कहिल्यै नथाक्ने लाखौँ नेपाली युवाहरूमध्येको एक युवा म आफूलाई महसुस गर्दछु। हुन त मानिसका सोचाइ, खुसी र अवसरहरू समय अनुसार बदलिँदै जान्छन्। जुन आँखाले हिजो मैले यो संसार र आफूलाई अनि आफ्नो भाग्य भविष्यलाई अवलोकन गर्थे’, पक्कै पनि आज त्यो भन्दा पृथक छ, भने भोलि आफै फरक पर्न सक्छ। आज अतीतका ती दिन याद म गर्छु केही क्षण आफैलाई भन्न पनि अप्ठ्यारो लाग्छ।

जब म कक्षा दुर्इमा पढ्थें, मलाई बुबा आमाले झोलामा किताब कापी भरेर घरमाथिको स्कुलमा पढ्न पठाउनुहुन्थ्यो, तर म भने झोला बोकेर घरभन्दा तल बेसीतिर जान्थेँ रे। त्यति बेला मलाई पढाइ के हो, किन पढ्नुपर्छ भन्ने ज्ञानै भएन। सानो छँदा सबैले भन्ने गर्थे कि म बढी नै जिद्धि (कतगददयचल) थिएँ रे। त्यसपछि त पढाइमा जीवनमा पहिलो पटक फेल खाएँ। शैक्षिक क्षेत्रमा पहिलोपटक फेल भएको मलाई खासै महसुस नभए पनि एउटा वास्तविक कहानी गाँसिएको छ मेरो जीवनमा। त्यसपछि बुबाको थप्पड र हप्काई पनि भेटेपछि स्कुल जान थालेँ, पढ्न थालेँ, प्रथम पो भएँ त्यस साल त।

जब मानिसलाई केही थप हौसला मिल्छ अनि साथ साथै एउटा चुनौती पनि हुन्छ कि त्यो सफलतालाई निरन्तरता दिनु। सायद मेरो भागमा पनि ती हौसला र चुनौती परे होलान्। वास्तवमा म सानै कक्षादेखि विज्ञान र गणितमा निकै चासो राख्थेँ र अब्बल पनि। शिक्षकले कुनै समस्या हल गर्दा शिक्षकभन्दा म नै पहिला हुन्थेँ। पछि-पछि ती विद्यालयका शिक्षकसँग भेट हुँदा निकै तेज तर अलि चकचके थियौ तिमी पनि भन्ने गर्नुहुन्थ्यो। जीवनमा एकपटक त्यस्तै ३।४ कक्षामा हुँदा गुरुले अरु कसैलाई प्रश्न सोध्नुभएको थियो तर उसले उत्तर दिन जानेन, मैले जुरुक्क उठेर उत्तर दिँदा नराम्ररी पिर्टाई खाएको मलाई अझै पनि सम्झना आउँछ।

विद्यालयस्तरमा हुने धेरैजसो अतिरिक्त क्रियाकलाप जस्तै वक्तृत्वकला प्रतियोगिता, निबन्ध, कवितामा प्रथम हुने गर्दथेँ। केही सफलता, केही खुसीका रंगहरू खाली जीवनका पानामा भर्दै, उकालीओराली गर्दै, डाँडापाखा हरियालीसँग मितेरी साइनो गाँस्दै एउटा मध्यम वर्गीय परिवारबाट हुर्किएको म एक विद्यार्थी  भविष्य निर्माण माध्यमिक विद्यालय, कृस्तीनाच्नेचौर-१, कास्कीबाट २०५९ सालमा एसएलसी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण हुँदा विद्यालयको गौरवमा टेवा पुर्‍याउन सानो ठूलो भूमिका खेलेँ। एसएलसी परीक्षापछि सबैले सपना देख्ने गर्छन् कि, यो बन्ने, ऊ बन्ने। मैले पनि त्यस्तै एउटा सपना बुनेको थिएँ कि इन्जिनियरिङ पढ्ने। त्यसैले पोखरा-१६ लामाचौरस्थित पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा प्रवेश परीक्षाको लागि र्फम भरेँ तर गलत सूचनाले गर्दा प्रवेश परीक्षाको भोलिपल्ट क्याम्पसमा पुगेछु। त्यसपछि केही उपाय नलागे पछि पोखरा-१, भीमकाली पाटनस्थित पृथ्वीनारायण क्याम्पसमा भर्ना भई अध्ययन सुरु गरेँ। आफ्नो सपना र सोचाइ अनुसारको विषयमा भर्ना हुन नपाएकाले होला पढाइमा भन्दा अरु विधामा बढी मन ढल्कन थाल्यो।

त्यतिबेला आर्मी र वृटिश आर्मीमा भर्ति हुनेहरूको निकै लहर थियो। म पनि त्यही परिवेशमा घुलमिल हुन थालेँ। वृटिश आर्मीमा एकपटक राम्रैसँग मेहनत गरेर लागिपरेँ प्रायः जसो सबै मापनमा म प्रथम नै थिएँ, तर खै किन नाम  निस्िकएन थाहा भएन। अर्को पटक भर्ति खुल्दा उमेर हदबन्दीले गर्दा पुनः प्रयास गर्ने मौका मिलेन। अघिल्लो दिन वृटिश क्याम्पमा भाग दौडदेखि दुनियाँ प्रक्रियामा निकै अबेरसम्म बस्नुपर्‍यो भने उता स्नातक प्रथम वर्षको परीक्षा भोलिपल्ट बिहान सात बजे।

तैपनि परीक्षा भन्ने कुरा सहभागी हुनुपर्छ भन्दै परीक्षा दिन गएँ। मनमा खाली ब्रिटिस क्याम्पभित्रका गतिविधि मात्र डुलिरहन्थे, तैपनि मनलाई बन्धनमा राखी कक्षा लिँदा गरेका केही हिसाबलाई सम्झँदै लेख्न थालें। अरु विषय राम्रैसँग पढेर परीक्षा दिएँ र सबै विषय नियमित रूपमा पास गरें। वृटिस आर्मीमा भर्ति हुने सम्भावना नभएपछि बिहान क्याम्पस र दिउँसोमा शिक्षकको काम गर्दै अध्ययनप्रति बढी नजिकिन थालेँ।

अर्को साल द्वितीय वर्षको नतिजा आइपुग्दा म क्याम्पसभरिमा सर्वप्रथम  भई नसोचेको सफलताको हकदार भएँछु, ७७ प्रतिशत अड्ढसहित। सायद जीवनमा सोचेको सफलताले त्यति धेरै खुसी नहुन सकिन्छ होला, तर नसोचेको सफलताले मलाई अत्यन्तै खुसी बनायो। हुन त क्याम्पसमा प्रथम भएको मेरो परिवारको लागि यो पहिलो खुसी थिएन किनकि मेरा प्यारो दाजु पनि पृथ्वीनारायण क्याम्पसमा प्रमाणपत्र तहमा व्यवस्थापन सड्ढायबाट पश्चिमाञ्चल भरिमा सर्वप्रथम हुनुहन्थ्यो। एउटै घरमा दुर्इ-दुर्इ जना दाजुभाइले शैक्षिक क्षेत्रमा हंगामा मच्चाएको भनेर प्रशंसा गर्न प्रशस्तै थिए भने रिस, डाहा गर्नेको पनि कमी चाहीँ थिएन।

खुला आकाशमा पिँजडा बाहिरको पंक्षीझैं उडेर आफ्नै संसारमा रमाउन खोज्ने स्वभावको व्यक्ति म, अनि त पिँजडामा परेको जस्तो हुन थालेँ। एक दिन सफलता प्रायः सबै मान्छेको जीवनमा एउटा नयाँ गन्तव्य बनेर आउने गर्छ, र केही थप जिम्मेवारी पनि बोकेर ल्याएको महसुस भयो मलाई, अनि आफूले आफूलाई केही मूल्याड्ढन गर्न थालेँ, सम्झाउन थालेँ कि यदि थोरै मेहनतमा त यो सफलता पाइन्छ भने, साँच्चै लागिपर्ने हो भने पक्कै पनि म केही गर्न सक्छु।

यो सफलतालाई अझै निरन्तरता दिने मैले अठोट गरेँ र परिवारसँगको आंशिक अनुमति लिएर सुन्दर भविश्यको कल्पना बोकेर उच्च शिक्षाको लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुर आइपुगेँ। काठमाडौंको माहोल र सामाजिक सहकार्य पोखराभन्दा धेरै भिन्न भएकाले निकै आत्तिन थालेँ भने बुबा आमाको माया ममताभन्दा टाढा भएकाले पनि निकै व्याकुल महसुस गर्न थालेँ।

यो परिवारसँगको विछोडलाई बुबा आमाको आशीवाद सम्झँदै अध्ययनमा लागिपरेँ। तर जीवनको यात्रा सधँै कहाँ एउटै पथमा हुँदो रहेछ र। जब म प्रथम वर्षमा अध्ययन गर्दै थिएँ, अचानक मेरा बुबाको ६० वर्षको उमेरमा असामयिक देहान्त भयो। हुन सक्छ, हाम्रो परिवारको खुसीमा भगवान् खुसी रहन सकेनन्। ती पलहरूमा जब म पढ्नका लागि किताब कापीको साथमा हुन्थेँ गहभरि आँसु हुन्थे। मैले पढेका त्यस्ता कुनै किताब कापीका पाना थिएनन् होला जसमा मेरा केही थोपा आँसु नहुन्। भाग्य र विधाताले पटक-पटक धक्का मारे पनि निरन्तर परिश्रम र मेहनतले गर्दा त्रि.वि.मा पनि ९३.६ प्रतिशत अड्ढ प्राप्त गरि सर्वप्रथम हुने अवसर मैले प्राप्त गरेँ। आज जुन सम्मान अवसर मैले प्राप्त गरेँ, यसले मलाई थप खुसी, हौसला र बढी जिम्मेवारी थपिदिएको छ। पक्कै पनि यो सफलतालाई अझै सार्थक र महत्त्वपूर्ण बनाउन कसरत गर्नुपर्छ भन्ने मलाई लागेको छ। शिक्षाको क्षेत्रमा एक असल नेपाली नागरिक भएर शैक्षिक क्रान्तिमा आफ्नो ठाउँबाट सक्दो उर्जा दिनुपर्छ भन्ने मलाई महसुस भएको छ। हुन त हेरौं समयले कति कुरामा साथ दिन्छ, यो हामी पहिल्यै भन्न सक्दैनौं। हिजो मैले सायद आफूलाई आर्मी बन्छु भन्ने सोचेको थिएँ। बरु समयले साथ दिए नायक पो बन्छु कि भन्ने पनि सोचेको थिएँ तर यो सफलता पाउँछु भनेर सोचेको थिइनँ। हाइट, जिम गरेको कसिलो शरीर देख्दा धेरै साथी मोडलिङमा लाग्न सुझाव दिन्थे र केही अवसर पनि आएका थिए, तर समय मिलाउन नसक्दा ती अवसरबाट टाढा बन्न पुगेँ।

हिजोका दिनमा क्याम्पस तथा विद्यालयमा गरिने कतिपय अध्ययन अध्यायपनलाई आफ्नो ठाउँबाट सक्दो नयाँ शैलीबाट विद्यार्थी बुझाइमा पुर्‍याउने कसरत गर्दै अघि बढिरहको छु यो समयमा। आगामी दिनमा मेरा गुरुहरूले देखाएको मार्गलाई अ·ीकार गर्दै र फराकिलो बनाउँदै शैक्षिक जगतमा एउटा हिस्सा बनेर आफ्नै देशमा केहि योगदान गर्ने मैले जीवनको पहिलो लक्ष्य लिएको छु।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width