संविधान निर्माणमा उदासिनता

आदर्श समाज सम्वाददाता
माघ ५, २०७१

राजनीतिक दलका नेताहरू इमान्दार देखिएका छैनन्। देश र जनताको स्वार्थभन्दा व्यक्तिगत र दलगत स्वार्थ प्राथमिकतामा परेकाले तिनका काम सन्देहको घेरामा परेको छ। तिनले आफ्नो अडानमा अडिग भइदिएकाले देशले सुन्दर गति लिन अप्ठ्यारो भइरहेको कुरा त स्पष्ट नै भइसकेको छ।

यो सुन्दर शान्त नेपाल पृथ्वीनारायण शाहको नेतृत्वमा वीर गोर्खालीहरूले रचना गरेको हो। यसको विगतको स्वाभिमानी विशाल छवि आज संसारभरि बदनाम हुन गइरहेको छ। देशलाई संविधान दिएर देशलाई सजाउने र विकास एवम् प्रगतिको बाटोमा लगाउने समय नजिक आइपुग्दा पनि कथित नेता महोदयहरूले सिन्को भा“च्न सक्नुभएको छैन। पारिश्रमिक, भत्ता आदिका नाममा देशको ढुकुटी सिध्याउनु बाहेक तिनको उपलब्धि केही देखिएन। ती कार्यकर्ता र परिवारसित नजिक भए, तर बाँकी जनतासँग टाढा भए। न चन्द्र सूर्य झण्डा समाएका छन्, न देशको माटोसित रमाएका छन् हाम्रा नेता महोदयहरूले। न त देशको गीत गाएका छन्, न देशलाई गुन लाएका छन्। खोलो तर्‍यो लौरो बिस्यो भनेझैँ आफैलाई चुनावमा जिताउने जनताको समेत माया छैन यिनीहरूलाई। छ त केवल आफ्नो परिवारको र आफ्ना धुपौरे कार्यकर्ताहरूप्रति माया। संविधान बनोस् या नबनोस्, देश सजियोस् वा नसजियोस् केही मतलव छैन यिनीहरूलाई। देशको ढुकुटीले गोजी भरेका छन्। त्यतिमात्रै होइन, विरामी भएको नाममा समेत पैसा उपर गर्छन्। मिल्यो भने उपचारका लागि राष्ट्रको धनमा विदेशसमेत जान खोज्छन्। महङ्गा-महङ्गा गाडीमा ओहोर-दोहोर गरी ऐश आरामपूर्ण जीवन बिताइरहने चाहना छ। संविधान नबनेर उनीहरूलाई केही नोक्सान हुनेवाला छैन, बरु फाइदा नै होला।

माघ ८ मा संविधान जारी हुन्छ भनेर हाम्रा नेतागणहरू नै प्रतिबद्ध बन्नुभएको थियो। तर हाम्रा यी नेतागणहरूको बोलीमा दम रहेनछ भन्ने कुरा प्रमाणित भइसकेको छ। संसारैभरि फैलिसकेको छ कि तोकिएको मितिमा नेपालमा फेरि पनि संविधान जारी हुन नसक्ने भयो भनेर। नेताज्यूहरूले लाज हराउनु भएको भनेर पनि सारा जगतले जानकारी पाइसकेको छ। केही दलका मित्रहरू नेपाल बन्द गर्नतिर व्यस्त देखिनु भएको छ। देशैभरि अशान्तिको दियो जलाइरहनु भएको छ उहाँहरूले। हुन त हामी बन्द गर्दैनौँ भनेर पनि कसम खानुभएको थियो विगतमा। तर किन बस्न सक्नुहुन्थ्यो बन्द कार्यक्रम नगरी। त्यसैले उहाँहरू हिजोआज बन्द सफल पार्न सडकमा प्रदर्शन गर्दै हिँड्नु भएको छ। यो के गर्न खोज्नुभएको होला ? हामी देशबासीहरू निकै दुःखी छौँ उहाँहरू जस्ता नेताहरूसित। हिजो हामीले भोट पनि हालेको हो उहाँहरूलाई। तर आज उहाँहरूले चोट दिने काम गर्दिनुभयो हामीलाई। वार्ताद्वारा समस्याको समाधान निकाल्नुको सट्टा नेपाल बन्दतिर पो उहाँहरू जानुभयो। यसको ठूलो असर सि·ो देशलाई नै पर्‍यो। बन्दले कसैलाई पनि फाइदा पुर्‍याउँदैन। लाखौँ केटाकेटीहरू स्कूल, क्याम्पस जान पाएनन्। बिरामी, सुत्केरीहरू उपचारको अभावले मर्न सक्छन् भने किसानका दूध, फलफूल, तरकारी जस्ता दैनिक उपभोग्य वस्तुहरू नष्ट हुन जाँदा अबौर्ंको घाटा देशमा हुन जान्छ। तर सरकारलाई कुनै असर हुन गएन। आफ्नो कुरा सुुनाउन खोजेको त सरकारलाई होला। साँढेको जुधाइ, बाच्छाको मिचाइ भनेझैँ जनतालाई बेकारको सास्ती। यस्ता बन्दका कार्यक्रममार्फत आदरणीय नेता महोदयहरूले हामी जनतासित दूरी बढाउने काम गर्नुभयो। तर घाटा तपाईंहरूलाई नै भयो। तपाईंको जनलहर घट्दै गएको छ। यो कुरा तपाईं बन्द गर्नेहरूले बुझन आवश्यक छ। कृपया आन्दोलन नै गर्न परे पनि बन्द नगरी शान्तिपूर्ण तरिकाले कार्यक्रम गरेर पूरै देशबासीको मन जित्ने तवरले गर्दिनोस्। नेपाल बन्द जस्ता कार्यक्रम अब नगरिदिनोस् नेता ज्यू।

सरकार चलाउने दुर्इ ठूला दलहरू पनि गैरजिम्मेवार भएको कुरा प्रमाणित भइसकेको छ। सत्तापक्षीय दलहरू पनि यो राजनीतिक गतिरोधको भागीदार छन्। प्रधानमन्त्रीज्यूले सकभर सहमतिमा, नत्र भने प्रक्रियामा गएर माघ ८ मै संविधान जारी गर्छुभनेर शपथ खाने दिनदेखि भन्दै आउनुभएको हो। तर माघ ८ मा संविधान नआउने कुरा पक्का भइसक्यो। उहाँले सबैलाई समेटेर लैजान जुन नेतृत्वदायी भूमिका खेल्नुपर्ने थियो त्यस ढ·बाट उहाँ पनि प्रस्तुत हुन सक्नुभएन। खाली आउँछ-आउँछ भन्नुभयो। तर व्यवहारमा उतार्न सक्नुभएन। उहाँले एकीकृत माओवादी, मधेशवादी आदि सबै दलहरूलाई समेट्न सक्नुभएन। यो साह्रै  दुःखको कुरा हो। आखिर दुनियाँ प्रक्रियामा गइरहँदा नेपाल किन जान सक्दैन ? यो बडो सोचनीय विषय भएको  छ। किन अन्तिम समयमा आएर सरकार प्रक्रियामा जान डरायो ? पहिलाबाटै दुर्इ तिहाइ भन्दै आएको सरकार किन दुर्इ तिहाइ प्रयोग गर्न सकेन। वास्तवमा यो लाज हराएको सरकार हो। होइन भने संविधान जारी गर्न किन देश र जनतालाई सूचना जारी गर्न सक्दैन ?

माओवादी भनेर डराउनु पनि पर्दैन, मधेशवादी दल भनेर डराउनु पनि पर्दैन। सम्भव हुन्छ भने सहमतिमा जारी गर्ने हो। होइन भने प्रक्रियामा गएर पनि जारी गर्नुपर्छ। यसले के स्पष्ट हुन्छ भने सरकारमा का“ग्रेस, एमालेहरू पनि देश र जनतासित नजिक छैनन्। गुलिया भाषणसिवाय यिनले पनि केही गर्न सकेका छैनन्।

आदरणीय नेता मित्रहरू ∕ सबै एक ठाउँमा नआई सुखै छैन। तपाईहरू कति दिन हामी देशबासीलाई ढा“टिरहनु हुन्छ – देश निर्माणको संवेदनशील घडीमा नियतिले तपाईलाई संविधान निर्माणको महत्वपूर्ण जिम्मेवारी सुम्पेको छ। उक्त जिम्मेवारी सुसम्पन्न गरी गौरव गर्ने कि इतिहासको कठघरामा कलंकित भई उभिने भन्ने छनोट तपाईका अघिल्तिर छ। हाम्रो नेपाल भन्ने भावना बोकेर नयाँ नेपाल निर्माणका लागि सबै मिलेर जानु नै उत्तम उपाय हो। अन्यथा नेपाली जनहरूले तपाईहरूलाई हेयको दृष्टिकोणले हेर्नेछन्। अब जसरी पनि सच्चिएर एक ठाउँमा आउनुहोस्। वार्ताद्वारा समस्याको समाधान गरेर संविधान जारी गर्न तर्फ लाग्नोस्। कसैले घुर्कि नदेखाउनुहोस्। देश र जनताको लागि राजनीति गर्ने बाटोमा हि“डिरहनोस्। देशलाई टुक्रा-टुक्रा बनाउने एजेण्डा कुनै पनि नेता मित्रहरूले नल्याउनुहोस्। किनकि हामी हजारौं बर्षदेखि हातमा हात मिलाई, स्वरमा स्वर घन्काई मिली बस्दै आएका मानवजातिहरू हौ“। हामीभित्र अनेकतामा एकता छ। त्यसैले विभाजित भएर बस्न सक्दैनौ“। हामी सबै मानवजाति एक भएर अटाउन सक्ने सुन्दर राज्य बनाउन जुट्नोस् नेता मित्रहरू। पहाडमा बस्नेले पहाड छुट्टै बनाउँ भनेर कसैले पनि नभनौ“, तराईमा बस्नेले तराई छुट्टै भनेर कसैले पनि नभनौ“। अनि हिमालमा बस्नेले हिमाल छुट्टै भनेर पनि नभनौ“। हामी सबै मानवजाति मिलेर एक भएर बस्न चाहन्छौ“। नेता मित्रहरू, यस ढ·बाट तपाईंहरू प्रस्तुत हुन सक्नुभयो भने यो देश कहिल्यै पनि टुक्राटुक्रा हुन सक्दैन। हामी बलियो भएपछि, विदेशी दलालहरूले आ“खा लाउन सक्दैनन्। ठीकै छ, यो माघ ८ मा संविधान दिन सक्नुभएन भने पनि हामी सहन्छौँ। तर अब विन्ती छ, अको पटक यो गल्ती नदोहोरियोस्। जोश, जाँगर, फूर्तिका साथ अघि बढेर संविधान बनाउनतर्फ जुटिरहनोस् ताकि यो देशलाई सुन्दर गति लिन सजिलो होस्। माघ ८ पछिको कुनै मितिमा बहुप्रतिक्षित संविधान यो देशले पाओस्।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width