हाम्रो पुर्खाहरूको इतिहास हेर्ने हो भने एउटा मानवमा हुनु पर्ने गुणहरू धेरै र अवगुण थोरै भएको पाइन्छ। तर अहिले ठीक उल्टो अवस्था छ। पहिला धर्मको महत्व ठूलो थियो। यसले हर मानिसलाई अनुशासनमा बाँधेर राखेको थियो। दुष्कर्मलाई पाप भन्थे, त्यसो गर्न मानिस डराउँथे। तर बिस्तारै त्यस्तो अवस्था हराउँदै गयो। अहिले त धर्म शब्दमा मात्र सीमित छ। व्यवहारमा अधर्म हावी भइसकेको स्थिति छ। धर्मलाई स्वार्थ र धन सम्पति आर्जन गर्ने माध्यम बनाइएको छ।
धर्म भनेको मानवीय व्यवहारमा संयमपूर्वक आफ्नो पुर्खाले मान्दै आएको संस्कार, नियम, चालचलनमा रहनु हो। त्यो अर्को कुनै प्राणी, मनुष्य या धर्मलाई प्रतिकूल असर नपर्ने गरी अपनाइएको हुन्छ। निःस्वार्थ भावमा भक्तिपूर्वक मानिने धर्म नै असली धर्म हो। त्यो कसैलाई खुशी पार्न, कसैको स्वार्थ या कसैको करकापले मानिएको हुँदैन। धर्मको सम्बन्ध कुल या पुर्खासँग गाँसिएको हन्छ। धर्मको सम्बन्ध भगवानसँग सोझै हुन्छ। धर्म अपनाउने बाटाहरू धेरै छन्। तर व्यक्तिका विचार पनि त्यसरी नै अलग अलग विभाजित हुन्छन्। धर्मको सिद्धान्त एउटै छ। गमन विन्दु एउटै छ। तर धर्म मान्नेहरूको सिद्धान्त अलग अलग बाँडिएको मात्रै हो। मेरो र तेरो धर्म भनिरहेका छन्। जुन सुकै धर्म भए पनि भगवान एक हुन्छन् र सिद्धान्त पनि एक हुनुपर्ने हो। चोरी गर्नँ धर्म होइन। बेइमानी गर्नँ, लोभ गर्नु, स्वार्थी बन्नु, आदि असल हो भनेर कुनै धर्मले पनि भनेको छैन। त्यस्तै धर्मको सिद्धान्त एकै छ तर मानवीय प्रवृत्ति नभएको स्वार्थी र राक्षसी प्रवृत्तिले घेरिएका व्यक्तिको क्षणिक स्वार्थको लागि धर्मको बाटो बङ्ग्याइएको छ। ललाई-फकाई लालचको आधारमा धर्म परिवर्तन गराइएको छ। धर्मको नियम पालना गर्ने आफूमा क्षमता छैन। अनि त्यस्ता व्यक्तिहरू उक्त धर्ममा दोष देखाई आफू अर्को धर्म मान्छन् र धार्मिक देखिन चाहन्छन्।
जब उसले आफ्नो कुलको र पुर्खाको सिद्धान्तमा हिँड्न सक्दैन, पुर्खाले मान्दै आएको नियम मान्न तयार छैन, फेरि कसरी उसको मुक्ति हुने हो ? कुल र पितृ कसरी खुशी रहन्छन् ? कसरी धर्मको पालनकर्ता हुने हो ? कर्तव्य पूरा गर्न नसक्ने तर अधिकार मात्र खोज्ने ? के त्यो धर्म हो ? स्वार्थको पछि भौतारिनुलाई पनि धर्म भन्न मिल्छ र ?
व्यक्तिगत र क्षणिक स्वार्थको कारण धर्मको बाटो बङ्ग्याइएको छ। धर्मका कुराहरू बाझिने हिसावले बनाइएका छन्। एक आपसमा लडाउने, अनैतिक कार्यहरू चोरी, डकैती, रिस राग अनेकांै छलकपट बढेका छन्। मेरो, मैले र मलाई भन्ने शब्दले बढावा पाएका छन्। मेरो हो, मैले गरेको हुँ, मलाई चाहिन्छ, म सर्वश्रेष्ठ हुँ भन्ने मात्र छ। हाम्रो हो, हामीहरूले गरेको, हामीहरूको, हामीहरूलाई चाहिन्छ भन्ने शब्दहरू लोप भैसकेका छन्। धर्म केवल बोलीमा सीमित छ र व्यवहारमा लोप हुँदै गइरहेको छ। धर्मको नाममा आज त संघर्ष नित्याइएको छ। धर्मको अर्को अर्थ संसारमा भएका सम्पूर्ण प्राणीलाई सकारात्मक सोचले हेर्नँ हो र सकारात्मक व्यवहारमा प्रदशन गर्नँ हो। आफ्नो अवगुण कमी कमजोरीलाई चिन्न सक्नु र त्यसमाथि विजय प्राप्त गर्नँ प्रगति पथमा पुरुषार्थ देखाउनु धर्म हो। सही मार्गमा मानव मात्रको मानवीय भावमा सेवा गर्नँ धर्म हो।
मानवको उत्पत्ति पशुबाट भएको र त्यसैको विकसित रूप मानिन्छ। तर त्यो आज आएर मानवीय रूपको कंकाल मात्र साविक भएको छ। दानवीय र पशुत्वको व्यवहार देखाइन्छ। फेरि दानवमा रूपान्तरण हुँदै गएको जस्तो पाइन्छ। मानवले मानवलाई हेर्ने दृष्टि दानवीय छ। आफ्नो कर्तव्य भुलिसकेको छ। अधिकारको माग बढिरहेको छ। कर्तव्य मिहिनेत विना नै एकै चोटि माथि पुग्ने ठूलो बन्ने आकाङ्क्षा छ। अहंकारको प्रदर्शन यत्रतत्र सर्वत्र देख्न पाइन्छ। अकोर्ले तपाई भनोस् नभनोस् आफै मपाई भन्ने प्रवृत्तिले मानिसको भूइँमा खुट्टो छैन। म को हुँ, मेरो कर्तव्य के हो भन्ने बोध भएको छैन। अकोर्लाई सजिलै चिनिएको छ, आफूलाई चिन्ने कोशिस गरिएको छैन। अर्काको कर्तव्यप्रति आँैला उठाउन पछि परेको छैन। लवाई खवाई, भेष भुषाका आधारमा कृत्रिम अनुहारले पनि समाजमा मान प्रतिष्ठा पाउन लागेका छन्। म बाँच्नु पर्छ भने अर्काको पनि बाँच्ने अधिकार छ भन्ने कसैको विचार छैन। आफू फोहोर गल्लीमा डुबेको थाहा छैन, अर्काको गुण दोष छिटै थाहा हुन्छ। आफ्नो क्षमता छैन अर्काको कमाइ मिहिनेतमा ग्लानि र इष्र्या भइरहेको हुन्छ। धर्तीमा जन्म लिनुको अर्थ बुझिरहेका छैनन्। समाजमा अनेकांै कुरीतिहरू निम्त्याइएका छन्।
बचपनबाटै सिकाइन्छ खानु, निल्नु, कपडा लगाउनु, ताते ताते हिँड्नु, तोते बोली अनि शुद्ध बोली। त्यो को हो, के भन्ने हो आदर सम्मान, अभिवादन अनि नमस्ते के गर्नुपर्ने हो सिकाइन्छ। बोल्नुपर्ने बोलीहरू जी, तपाई, हजुर, तँ आदि, इष्ट मित्र, नातासम्बन्धी ज्ञान, बाबा, आमा, गुरु, चेला, छिमेक आफन्त मान्यजन र उनीहरू प्रति गरिने आदर सत्कार बोल्नुपर्ने र गर्नुपर्ने व्यवहार बोली चाली आदि सिकाइन्छ। आफ्ना आफ्ना ठाउँमा सबै आफ्नै संस्कारले अलग अलग प्रकारले महत्व राख्दछन्। ज्ञान-गुण, शिक्षा दिक्षाका सम्पूर्ण कुराहरू। परिवार, छिमेक, टोल र राष्ट्रसँग गर्नुपर्ने सकारात्मक सोचका कुराहरू।
यी सबै सफल जीवनका ज्ञान बुटी हुन्। यिनै कुराहरूको सम्मिश्रणबाट एक सफल र समाजमा शिर ठाडो गरेर हिँड्ने कला र व्यक्तित्व निर्माण हुन्छ। अनि मात्र सफल जीवनको मार्गमा लाग्न सकिन्छ र सांसारिक व्यवहारमा सफल जिन्दगी प्राप्त गर्न सफल भइन्छ। यिनै ज्ञान बाल्यकालबाट नै प्रयोगमा ल्याइयो भने अवश्य सफल जिन्दगी भन्न सकिन्छ। आफ्नो स्वधर्मको आभाष जीवनमा हुन्छ र सत्चरित्रवान बन्ने क्रममा तपाई हुनुहुन्छ भने समाजले तपाईलाई सम्मानित व्यक्तित्वको परिचय दिन्छ। तपाईलाई मान सम्मान दिन समाज आफै बाध्य हुनेछ। मपाई भन्न जरुरी नै पर्ने छैन। यो नै स्वधर्मको सुन्दर पक्ष हो। यही कारण नै जीवन सफल मार्गमा प्रवेश गर्दै जाने छ र सार्थक बन्ने छ। ज्ञान, बुद्धि, धन, दौलत, कुर्सीले आफै पछ्याउने छ। तपाईले खोजेर हिँड्नु पर्ने छैन। ज्ञानको भण्डार बढ्दै जाने छ। ज्ञान या बुद्धि भन्नाले पढेर लिएको प्रमाण पत्र मात्रै हुँदैन। व्यवहारबाट पनि ठूलो ज्ञान हासिल गरिन्छ। पढेर लिएको लिखित प्रमाण पत्र पनि तब मात्र सार्थक हुन्छ जब पढेको ज्ञान सांसारिक व्यवहारमा उर्तान सकिन्छ। त्यस्तो ज्ञानको मात्र कदर र सम्मान हुन्छ। त्यो नै तपाईको ऐना हुने छ त्यो ऐनाले मात्र समाजमा ड्रि्रीको प्रमाण दिने छ। परिवार, टोल, समाजमा मान, सम्मान, इज्जत सबै प्राप्त हुने छ, त्यो नै धर्म हो।
बाल्य अवस्थामा यी ज्ञानका कुराहरूलाई लिनु, युवा अवस्थामा यिनै कुराहरूको विकास गर्दै शिक्षालाई सफल पार्नु, प्रौढ अवस्थामा यिनै तत्वको परिचालन गर्दै प्रगति पथ चरम सीमामा पुग्नु र बृद्ध अवस्थामा सफल जीवन महसुस गर्नु नै वास्तवमा धर्मको महसुस गर्नु हो। अब मेरो धर्म तेरो धर्म भन्ने प्रवृत्ति त्यागी सबै हाम्रो धर्म भन्ने भावना विकास गरौँ। त्यसो भएमा अवश्य जीवन सफल हुनेछ। त्यो नै धर्मको रहस्य हो। अनि स्वतः धर्मात्मा बनिने छ र सारा जगतको कल्याण हुनेछ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०