श्रमिक द्रोहीले कब्जा गरेको मई दिवस

तिलक पराजुली तिलक पराजुली
वैशाख २०, २०७६

मई एक, अन्तराष्ट्रिय श्रमिक दिवस। प्रत्येक वर्ष अवाञ्छित पाहुना झैं आउँछ। शोषित पीडित श्रमिक किसान भन्दा तँछाड मछाड गरेर शोषक र शासकले मञ्च कब्जा गर्छन र, लक्ष्यदार भाषामा भाषण गर्छन, मानौं, असली मजदूर उनीहरू नै हुन्। सँधै शोषण र दलनमा पदैं आएका मजदूरहरू मई दिवसको दिन पनि झन ठगिन्छन्। उता काम गर्न पनि पाउँदैनन्। आरामगर्न पनि पाउँदैनन्। किन भने, ट्रेडयुनियनका स्वघोषित नेताले जुलुसमा आउने ऊर्दी जारी गरेका हुन्छन्। दिनभरी टन्टलापुर घाममा उभिएर भ्रष्टाचारी नेताहरूको पाखण्डी भाषण सुन्न अभिशप्त हुनुपर्दछ। नेपालका श्रमिकको वर्तमान नियती यही हो।

त्यसैले, के भन्न सकिन्छ भने मई दिवसको महत्व अपहरित भएको छ। यसले आफ्नो गरिमापूर्ण लय गुमाउदै गएको छ। शोषक र श्रमिक द्रोही वर्गले कब्जा गर्न सफल भएका छन्। – मजदुरका एजेण्डा। राष्ट्रवाद होस् वा विकास र सामाजिक न्यायका कुराहरूका आवरणमा होस् शासक वर्गले मजदूर हकहितका न्यारेटिभ (संकथन) लाई आफ्नो अधिनस्थ गरेपछि मई दिवस वार्षिक श्राध्द गर्ने कर्म काण्डीक्रिया बाहेक अरु केही नहुने रहेछ।

देशमा भएका केही उद्योगधन्दा बेचिए। या त रुग्ण पारिए, बन्द गरिए। उद्योगै नभए पछि औद्योगिक मजदूर पनि हुने भएनन्। “नरहे बाँस, नबझे बाँसुरी ” श्रमिक हकहित र मजदूर आन्दोलनको जगनै समाप्त पारिएको छ – नेपालमा।

प्रत्येक दिन एक हज्जार देखि पन्ध्रसय सम्म युवाहरू कामको खोजीमा खाडीमुलुक, तिर लाग्छन्। जानेहरू कोही पठितछन्, कोही अपठित छन्। तर, विदेश पुगेपछि उनीहरूले गर्ने काम एकै किसिमको हुन्छ – शारीरिक श्रम। किन भने, कोरा कितावी पढाई, त्यो पनि गुणस्तरहीन, त्यसैले पढाई अनुसारको काम पाउने कुरै छैन। रोजगारी – मुलक शिक्षाको व्यवस्था गर्ने कुरा नारामा मात्रै सीमित छ। यताबाट काम गरेर पैसा कमाउने, परिवारलाई खाना, नाना र छानाको जोह गर्न विदेश लागेका युवा – युवती उताबाट बाकस (कफिन) मा प्याक भएर फर्कनेको संख्या पनि दिन प्रतिदिन बढ्दो छ। डिफिकल्ट, डट्री र डेन्जरकाम गरेर पनि जीवित रहेर फर्कनेहरूले कमाएको विदेशी आर्जन (विप्रेषणमा ) मोज गनेर्हरूले मई दिवसमा मजदुर कल्याणको भाषण दिन्छन्। हामी त्यही सहिरहन अभिशप्त छौं।

अठारौं शदीको अन्त्य तिरबाट शुरु भई उन्नाइसौं शताब्दीमा युरोपमा भएको औद्योगिक विकास र त्यसले उत्पन्न गरेका नवीन दर्शन तथा मानव चेतनाको प्रस्फुटनले अहिले पनि विश्वलाई झक्झक्याए कै छ। खास गरेर जर्मनीमा विकास भएको दर्शनशास्त्र, वेलायतको अर्थशास्त्र र फ्रान्सेली समाजवाद मानव जातिले आर्जन गरेको उत्कृष्ट ज्ञानको वैधानिक उत्तराधिकार हो। हुन त यो मे दिवस अमेरिकाको शिकागोमा भएको मजदूर आन्दोलनको विरासत मानिन्छ। तथापी, मजदूर आन्दोलनको उद्गम स्थल युरोप हो। पूँजीवादको विकास, त्यसैले उत्पन्न गरेको श्रमिक दासत्व र दासत्वबाट मुक्तिको मार्ग देखाउने श्रेय जर्मनीमा जन्मेका माक्र्स र उनका अनन्यमित्र एंगेल्सलाई छ। द्वन्द्वात्मक भौतिकवादी विश्व दृष्टिकोणको आलोकमा इतिहासको भाौतिकवादी विश्लेषण र व्याख्या अहिले पनि सान्दर्भिक छन्। यसो भएता पनि युरोप मै श्रमिक आन्दोलन शिथिल हुनु थप विश्लेषणको विषय हो।

नेपालमा उद्योगको अवस्था संबन्धमा माथिनै उल्लेख गरियो। जहाँ सम्म श्रमिकको सवाल छ। त्यो भनेको मुख्यतः निर्माण कार्यमा संलग्न मजदूरको कुरा हेा। घरहरू बनिरहेका छन्। मुलुकमा औद्योगिक लगानीको वातावरणको अभावले गर्दा पैसा बचाउन सक्नेहरू जग्गा किन्छन्। घर बनाउछन्। यो एउटा क्षेत्र छ जहाँ निकै संख्यामा कार्यरत छन् श्रमिकहरू।

निर्माण कार्यमा संलग्न क्षेत्रलाई अनौपचारिक क्षेत्र मानिन्छ। काहाँ काहाँ निर्माण काम भएका छन् , त्यसमा कति मजदुर, कारीगड संलग्न छन् त्यसको तथ्य तथ्यांङक सरकारसँग छैन। सेनिटरी, पाईप फिटिङग, इलिक्ट्रिफिकेशन र सिमेन्ट लगाउने जस्ता प्रविधियुक्त काम गर्ने प्रायः भारतीयहरू छन्। नेपाली भने डकर्मी सिकर्मी हुन्। काम गाह्रो। ज्याला भने कम। चरम शोषण छ यो क्षेत्रका श्रमिकलाई। यिनीहरू न त राम्रो ज्याला पाउँछन् न त सरकारको सामाजिक सुरक्षा कार्यक्रमले यिनीहरूलाई छुन्छ। यी मेहनतकस जनता शोषणको चरम जाँतोमा पिसिएका छन्। मे दिवस आउँछ जान्छ। उनीहरूको दीनदशा भने ज्यूँका त्युँ रहन्छ।

भारतीयहरू जसले निर्माण क्षेत्रमा काम गर्छन् तिनको प्रसङगमा थप केही भन्नु आवश्यक छ। प्रविधि र सीपका क्षेत्र उनीहरूले ओगटेका छन्। पाईप फिटिङग गर्ने उडिया (भारतको उडिसाबाट आएका हुँदा जनवोलिमा उडिया भन्छन) लाई धारोमा केही समस्या भएर बोलाइयो भने उसले रेन्चि यसो चलाएर काम उत्तिखेर सके पनि एकहजार असुल गरी छाड्छ। यो रकम त डाक्टरको टोकनको मूल्य भन्दा पनि बढी हो। भारतमा काम गरेर नेपालीले स्वदेशमा ल्याउने रूपैया भन्दा कयौं गुना बढी भारतीयहरूले नेपालबाट कमाई गरेर लैजान्छन्। भारतीयहरूले विदेशमा काम गरेर रेमिट्यान्स (विदेशको कमाई) आफ्नो मुलुकमा भित्र्याउने देशहरू मध्ये नेपाल छैटौं स्थानमा पर्छ भन्दा धेरैले विश्वास गर्दैनन्। यथार्थ भने यही हो।

नेपाली युवालाई प्रविधिको शिक्षा र तालिमको व्यवस्था स्वदेशमा गर्न सक्ने हो भने स्वदेशको निर्माणमा उनीहरूको भूमिका अहं हुने थियो। काम र मामको लागि खाडी मुलुक जान वा भाडाको सैनिक हुन छाती नपाउँदै हिंड्न पर्ने पनि थिएन। यो बोध नेपाली नेतृत्वले कहिल्यै गरेन। राजनीतिको शीर्षमा रहेकाहरू व्यापारी छन्। शिक्षा र स्वास्थ्यका व्यापारी। माफिया तन्त्र मुलुकमा प्रवल छ। भ्रष्टाचार झन बढ्दो र फैलिदै गएको छ। सुशासन भने लुप्त प्रायः छ। दुर्लभ छ।

केही अगाडि राजधानीमा एक ठूलै अन्तराष्ट्रिय जमघट गराईयो – लगानी सम्मेलन। तर, विदेशी लगानी उद्योग धन्दा क्षेत्रमा नेपालमा आउने लक्ष्यण देखिँदैन। त्यो सम्भावना क्षीण छ। यसको कारण मुलुकमा व्याप्त भ्रष्टाचार र कुशासन नै हो। तर, लगानी सम्मेलन समापन भएको केही दिनपछि नै विश्व महाशक्ति राष्ट्रअमेरिकी राजदूत रेन्डि वेरीले मुख खोले – “भष्ट्राचार छँदासम्म अमेरिकी लगानी नेपालमा आउँदैन। ”

हामी चीनको बेल्ट एण्ड रोड इनिसियटिभमा संलग्न हौं वा अमेरिकाको इण्डो प्यासिफिकमा यसले केही फरक पार्दैन औद्योगिक विकासको सन्दर्भमा। किन भने, नेपालको विकास अरुले गरिदिने होइन। त्यसो हुँदो हो त यत्रो ठूलो धनराशि वैदेशिक ऋण र सहयोगमा आउँदा हाम्रो मुलकुले आर्थिक तरक्की गरिसकेको हुनु पर्ने हो। राष्ट्र निर्माण प्रति प्रतिबद्ध एवं इमान्दार नेतृत्व हुने हो भने हाम्रो राष्ट्रमा श्रोत र साधनको अभाव छैन। १६ देखि ४० वर्ष भित्र उमेर रहेकेा युवा तथा उर्जाशील मानव संशोधन कुल जनसंख्याको ४० प्रतिशत हाम्रो देशमा छ। यो सदुपयोग गर्न सक्ने हो भने राष्ट्र निर्माणको लागि ठूलो पूँजी हो।

मई दिवसतिरै फकेर्र हेरौं। नेपालको संदर्भमा मई दिवस मनाउनु भनेको भ्रष्ट नेतृत्वलाई विस्थापित गरी भ्रष्टाचार मुक्त शासन व्यवस्था र व्यक्ति वा मुठ्ठिभर ठालुहरूको स्वार्थ निर्देशित आदेशमा होइन विधिको शासनमा चल्ने न्यायपूर्ण व्यवस्थाको खोजी नै हो। त्यसको लागि भ्रष्टहरूले कब्जा गरेको मई दिवसलाई मुक्त गर्नै पर्छ। अहिले त श्रमिक मात्रै होइन मई एक अर्थात श्रमिक दिवस नै भ्रष्टचारी, माफिया र नवसामन्तहरूको बन्दी बनेको छ – नेपालमा।

तपाइको विचार व्यक्त गर्नुहोस्

अन्य शिर्षकहरू

धम्म’ को सट्टा ‘धर्म’ शब्दको प्रयोग किन?

सरकारको भूमिका

नेपाली काँग्रेसको जनजागरण अभियान

समाजका सच्चा प्रेरक लोक बहादुर थापा

प्रमुख समाचार

भारतको गुजरात स्थित ट्युसन सेन्टरमा आगलागी हुँदा २० विद्यार्थीको मृत्यु