शैक्षिक भ्रमणको यात्रा स्मरण

आदर्श समाज सम्वाददाता
चैत्र २४, २०७०

विगत दुर्इ वर्ष पहिले २०६८ कार्तिक को कुरा हो। विगतका संझनाले मलाई पछ्याई रहृयो किन भन्दा म त्यस बेला त्यस विद्यालयको वि.व्य.स.को अध्यक्षमा थिएँ। त्यसै वर्ष विद्यालयको ५० औ वर्ष पूर्ण भएको अवसरमा स्वर्णयमहोत्सव मनाउने तयारी भइरहेको थियो। स्वर्णयमहोत्सव मनाउन भन्दा पहिला कक्षा ९ र १० का विद्यार्थीले शैक्षिक भ्रमणमा जाने जिज्ञासा राखे त्यसै सर्न्दर्भमा शिक्षकहरुले व्यवस्थापन समितिका अध्यक्षलाई पनि हामी संगै सहभागी गराउने भन्ने कुरा विद्यार्थी र शिक्षकहरुको सुझाव आयो। त्यसमा म पनि सहभागी भै शैक्षिक भ्रमण महेन्द्र नगरतिर जाने निर्णय भयो। हामी कार्तिक १ देखि ६ गते सम्म को कार्यतालीका वनाई विद्यालयवाट हेम्जा मिलन चोक मेलवोट सम्म पैदल जाने अनि त्यहाँ वाट ट्राभल्स वसवाट सवार हुने कार्यक्रम वन्यो।  कक्षा ९ र १० का २४/२४ विद्यार्थी गरी ४८ जना र शिक्षक १२ जना, अभिभावकका तर्फवाट समितिका अध्यक्ष १ जना गरी ६१ जना र वस चालक र स्टाफका ४ जना गरी जम्मा ६५ जनाको शुभयात्रा सुरु भयो। पोखरावाट सुदुरपश्चिम महाकाली महेन्द्रनगर सम्मको शैक्षिक भ्रमणमा वस नं ४८०३ को मनकामना ट्राभल्सवाट यात्रालाई अधि वढायौ।

पहिलो दिन कार्तिक १ गते

हाम्रो शैक्षिक भ्रमण हेम्जा मेलवोटवाट गाडीको रुट सुरु भै ९.५ बजेवाट यात्रा प्रारम्भ भयो। हेम्जा वाट पोखरा वगर विन्ध्यवासीनी, मालेपाटन जिरो किमी हुदै हामी स्याङजा तर्फ प्रस्थान गर्‍यौ। हामी स्याङजा पुतली वजार गल्याङ हुदै राम्दी पुल तरेर पारी सिध्द गुफा मन्दिर ३.१५ मा पुग्यौ। करिव ३० मिनेट जति पैदल गरि (पदयात्रा) मा सिध्द गुफा मन्दिर र महादेवको दर्शन पनि गर्‍यो। त्यसपछि  विद्यार्थी शिक्षक सवैले वसभित्र संगीतमा रमाउदै ४.२० मा पाल्पा तान्सेन वजार  पुग्यो। त्यहा श्री नगर डाँडाको मनमोहक रमाइलो चौर तिरको आकषिर्त दृश्यले मोहीत भएका थियौ। राजदरवार, बाल मन्दिर, सल्लाको धारीक रुखहरुको अति मनमोहक रमाइलो प्राकृतिक दृश्यको अवलोकन गरि बेलुका ५.५ बजे हामी त्यहा वाट बुटवल तर्फ लाग्यौ। वेलुका बुटवलमा ७.१५ बजे होटल मेरीगोल्डमा वास वस्यौं। त्यसपछि हाम्रो भोलिको योजना के हो र कहाँ कता घुम्ने भन्ने सरसल्लाह भयो। भोलि पल्ट विहान लुम्बिनी घुम्ने निर्णयमा पुगियो। अनि सुत्ने तर्खरमा पुग्यौ यसरी पहिलो दिनको गन्तव्य आराम संग पुरा भएको थियो।

दोस्रो दिन कार्तिक २ गते वुधवार

विहान ८.१५ वाट ११.१५ सम्म लुम्विनीमा बुध्द विहार माया देवि मन्दिर, लुम्विनी विकास क्षेत्रको पूर्वि भागमा चीन जापान कोरिया र जर्मनद्धारा निर्मित विहार र मूर्ति चित्रमा मायादेवि र गौतमबुध्दको जीवनी सचित्र महस्तुपा मन्दिर दर्शन गरियो साथै भग्नावशेष गृहको अवलोकन गरि लुम्विनी वाट १२.३० बजे वुटवल आएर खाना खाइयो। त्यस पछि दिनको १.५ बजे मा वुटवलवाट गाडी सवार गरी नेपालगंज वेलुका ६.३५ मा पुगियो र ११.५ मा वेलुकाको खाना खाइयो। नेपालगंजमा पुग्न कोहल पुरवाट ६ किमी दक्षिण जानु पर्दो रहेछ।

तेस्रो दिन कार्तिक ३ गते

विहान ७ बजे नेपालगंजमा बागेश्वरी मन्दिरमा भगवनको दर्शन र ८ बजे नेपाल भारतको सीमा -बोर्डर) को रेल्वे स्टेशन रेल मार्ग, रेल गाडी समेत को अवलोकन गरियो। विद्यार्थीहरु रेल देखेर छक्क परेरर्र्े र रमाए पनि। त्याहाँवाट हामी विहान को १० बजे कर्णाली (चिसापानी) पुलपारी १.३० बजेमा खाजा खायौ। कर्णाली पुलको लंम्वाइ ५०० मिटर रहेछ। स्टे ३०±३० दुवै तर्फ गरी ६० वटा रहेछन्। कर्णयीपूल हेर्दै विद्यार्थीहरुले गीत घन्काउदै मादल वजाउदै रमाइलो गरेका थिए। त्यसपछि हामी अघि वढ्यौ र वर्दिया ववई नहर (वर्दिया) पुग्यौं। नहरको लम्बाई ३५ कि.मी रहेछ। मान खोला वाँके र वर्दिया को सीमा रहेछ। मान खोलावाट कर्णयली नदी (चिसापानी) पुग्न ६० कि.मि अघि जानु पर्दो रहेछ। हेर्दै जादा नौलो अनुभव बटुल्न पाइयो। त्यसपछि कर्णयी हुदै लुम्की, वलीया, मुढा, घोडाघोडी धार्मिक तथा पर्यटकीय क्षेत्रमा पुग्यौं। त्यहाँ गाडी रोकेर घोडाघोडी ताल हेर्‍यौ लम्वाई १४०० मिटर मा पुरै जलकुम्भी र कमलको फुल मात्र रहेछ कस्तो गजवको ताल। कमल फूल तलाउ भरी फुलेको असाध्यै राम्रो लाग्यो। अनि त्यहाँ हामी करिव ३० मिनेट जति ताल र मन्दिरको अवलोकन तर्फ भुल्यौँ। त्यसपछि हामी गाडीको रफ्तार र विद्यार्थीहरुको गीतमा मनोरञ्जन लिंदै, दृश्य हेर्दै गयौं। हामी पहलमानपुर, चौमाला, अत्तरीया, गुलारिया, वनरा नदि, दोजी हुदै वेलुकी ५.४५ बजे खाना खान वस्न सुदुर पश्चिम महाकाली अञ्चलको महेन्द्र नगर पुगियो। वेलुकाको खाना १०.५ मा खायौ  र सवै सुत्यौ।

चौथो दिन कार्तिक ४ गते

महेन्द्रनगर विहान ५ बजे उठ्यौ र नुहाउने लुगा फेरफार गर्ने चियापान गर्दा ६.३० वज्यो। अनि हामी ६.४५ वाट ७.३० संम्म टनकपुर महाकालीको पुल हेर्न गयौं। स्तम्भ ८ (स्पान) र पुलको लम्वाई १४५२ मिटर रहेछ। महाकाली पुल पारी नेपालको भूभाग मध्यवर्ती क्षेत्र दुर्इ गा.वि.स. रहेछन्। १-चादनी, २-दोधारा भन्ने रहेछ। घर घुरी संख्या २९६२ रहेछ, जनसंख्या १६२४७ रहेछ, जम्मा टोल वस्ती ७६० रहेछन् , सरकारी संस्था १ वटा मात्र, सामुदायिक वन ६वटा रहेछन् , जम्मा उपभोक्त समुह ७७ वटा रहेछन् , महिला उपभोक्ता समुह ३९ र पुरुष उपभोक्ता समुह ३८ रहेछन्। सदर मुकाम महेन्द्रनगर, जिल्ला कञ्चनपुर, महाकाली, अञ्चल सुदुर पश्चिमाञ्चल क्षेत्र हो। यहाँ, शुक्ल फाँटा वन्य जन्तु आरक्षण मध्यवर्ति क्षेत्र रहेछ। महाकाली नदि पुल १४५२ मीटर र पुल तर्दा २५ मिनेट लाग्यो। बिहान ८:२५बजेबाट १०:२५ बजे होटेल मनाङलाई खानाको अडर गरियो र खाना खाइयो। मनाङ हाइ रेष्टुरेन्ट एण्ड लजमा खाई १०:४५ मा माथि टनकपुर ब्यारेज नेपाल भारत सीमा पीलर हेर्दै जाँदा जम्म्ाा ८०७ र ९०९ रहेछ। महाकाल्ाी ब्यारेज बाँधको ढोका २२ वटा रहेछन् र विद्युत नहर ढोका संख्या ६ वटा रहेछन्। महाकाली गण्डकी विद्युत मेघावाट ९२ र बाँधको लम्बाई ८५० मिटर रहेछ। महाकाली व्यारेज विद्युत वाँध वारी पारी भारतीय पुलिस वस्दा रहेछन्। पुल पारी जान खोज्दा पुलीसले नेपालीलाई खान तलास गर्दा रहेछन्। महेन्द्रनगर बस चोकबाट पुलमा जान लाग्ने समय र दूरी ३५ मिनेट र १८ कि. मी. साथै बसचोक बाट व्यारेज जाने समय पनि ३५ मिनेट र दूरी १८ कि. मि. नै रहेछ। हामी त्यहाँको दृश्यावलोकन गरिसकेपछि दिउसो २ बजे महेन्द्रनगरबाट फकियौं र त्यहाँवाट कुदेको गाडी बेलुका ८ बजे कोहलपुर हुँदै नेपालगञ्ज न्यूरोडको रोयल होटलमा पुगियो र बेलुकाको खाना र बस्ने त्यहिं गरियो।

पाँचौं दिन ५ गते शनिबार

नेपालगञ्ज बिहान ६:४५ बजेबाट वुटबल २५० कि. मि पार गर्दै दिउँसो १:१५ बजे बुटवलमा आई पुग्यौं। बीचमा पर्ने -बाँके जिल्ला) कुसुम, लरही, अभिनिया बाट दाङ घोराही जाने रहेछ। तर हामी अभिनिया हुँदै भालुवाङ , राप्ती नदि, सुरही खोला त २ पहाडको बिचमा खतरा ठाउँमा रहेछ। चोर खोला, पैरेखोला, चन्द्रौटा यो बिचको ठाउँ १५किलोमिटर जति अलि घुम्ति, खोला र पैराहरु पर्ने रहेछन्। त्यसपछि हामी गोरुसि·ेबाट नयाँबजार अन्नपूर्ण होटलमा आयौं र खाना खायौं। जितपुर, तौलिहवा, कपिलबस्तु हुँदै ४७ कि. मि. पार गर्दै दिउँसो १:१५ मा बुटबल आई पुग्यौं। बुटबलबाट ११५ कि.मि पार गर्दै अथवा, बीचमा पर्ने सुनौल, बर्दघाट, दाउन्ने, दुम्कीबास, अरुण खोला, विमही पूल, अरुणपूल, चोरमारा, डण्डापुल, कावासोती, दलदले, रजहर बजार, मुलपान्ाी, गैंडाकोट -नवलपरासी जिल्ला) का विभिन्न ठाउँहरु पार गर्दै हामी दिनको ४ बजे नारायणी नदि पार गरी नारायण घाट बजार चितौनमा आई पुग्यौं। त्यसपछि हामी वि. पि. मेमेरियल क्यान्सर अस्पताल यज्ञपुरीमा ४:२५ देखि ५:१५ सम्म हस्िपटल परिसर घुम्दै र शिक्षक, विद्यार्थीहरुको एक आपसमा सिंगल र सामुहिक फोटो पनि खिच्ने काम भयो। बेलुका पुनः नारायणघाट बजारको कामाख्या गेष्ट हाउस होटलमा बस्ने खाने सुत्ने काम भयो।

छैटौं दिन ६ गते

विहान ५:३० बजे हामी चितवन नारायणगढबाट राष्ट्रिय निकुञ्ज सौराहामा अन्नपूर्ण संरक्षण मा क्षेत्र भीत्र प्रवेश गर्‍यो। ६:५ मा पुग्यौं। शिक्षक, विद्यार्थी, अभिभावक, बस चालक स्टाप साथै राष्ट्रिय निकुञ्जको परिक्रमा गरि गैंडा चरिरहेको हेर्यौ, अनि हात्ती सारमा पुगेर १२ /१५ वटा हात्तीको बथान हेर्‍यौं, हात्ती बस्दा खेरी पहिला पछाडिका खुट्टा खुम्च्याएर बस्दोरहेछ। अन्य वन्य जन्तुहरुको आँखेटो उपहार प्रदशनीका दृश्यावलोकन गर्दै सूचनाकेन्द्र अफिसमा राखिएका सबै जीवजन्तुहरुको प्रष्ट दृश्य अवलोकन गरि फोटो लिने काम गर्दै बिहान ७:३० बजे सौराहाबाट फक्यार्ंै। सौराहा नारायणघाट १८ कि. मि. उही होटलमा आई ९:३० मा विहानको खाना खायौं। ठिक १०:३० मा नारायणघाटबाट पोखरा तर्फ प्रस्थान गर्‍यौं। पोखरा ठिक २:३०मा आरामैसँग आई हामीले अन्तिम गन्तव्य पूरा गर्‍यौं। यस शैक्षिक भ्रमणको गन्त्ाव्य सफल भएकोमा हामी सबैलाई खुसीको सीमा नै रहेन।

शिक्षक १२ जना को नाम यसप्रकार छ।

१. प्र. अ. श्री डण्डपाणी दाहाल

२. सा.प्र.अ. श्री विष्णुप्रसाद लामिछाने

३. शिक्षक श्री सोमनाथ  लामिछाने

४. शिक्षक श्री वेदराज ढकाल

५. शिक्षक श्री विकास पगेनी

६. शिक्षक श्री कृष्ण प्रसाद लामिछाने

७. शिक्षक श्री भिमबहादुर जिसी

८ शिक्षक श्री जुमलाल वि.क.

९. शिक्षक श्रीमती भगवती गुरुङ

१०. शिक्षक श्रीमती इन्द्रकुमारी गुरुङ

११. शिक्षक श्री केशव गिरी

१२. शिक्षक श्री डिल्लीराम अधिकारी

१३. अध्यक्ष श्री धर्मराज लामिछाने विद्यालय व्यवस्थापन समिति सहित १३ जना

विद्यार्थी संख्या :

कक्षा ९ बाट २४  / कक्षा १० बाट २४ जम्मा ४८ जना

यस शैक्षिक भ्रमणमा खाना, बस्न र सुत्नको व्यवस्था मिलाउन शिक्षक श्री विष्णुप्रसाद लामिछानेको प्रमुख अगुवाइमा शिक्षक केशव गिरी र विकास पंगेनी व्यवस्था मिलाउन निकै तल्लिन देखिनुहुन्थ्यो भने आर्थिक व्यवस्था तर्फ प्र. अ. दण्डपाणी दाहाल साथै विष्णुप्रसाद लामिछाने हुनुहुथ्यो।

यति लामो ७ अञ्चल १३ जिल्ला काटेर सुदुर पश्चिमाञ्चल क्षेत्रको महाकाली गण्डकी महेन्द्रनगर सम्मको हाम्रो शुभयात्रा सफल भएकोमा म विदायल व्यवस्थापन समितिको अध्यक्षको हैसियतले सबैलाई धन्यवाद दिदै पोखरा जिरो कि.मी मा झरें।

Related News

सम्बन्धित समाचार

  • मेरो ओलम्पिक यात्रा संस्मरण

    आदर्श समाज सम्वाददाता असाेज ९, २०८१
    -तेजबहादुर गुरुङ ओलम्पिक सहभागिता जुनसुकै खेलाडीको लागि अन्तिम लक्ष्य हो । लामो समय खेल क्षेत्रमै जीवन समर्पण भएकाले मेरो निम्ति…
  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…

hero news full width