शिवरात्रि पर्व

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७०

आज फागुन कृष्ण पक्षको चतुर्दशीको दिन। यही दिनको रात्रिमा शिवजीको रात्रि मानिआइएको छ परम्परादेखि हिन्दू धर्मावलम्बीहरूको। शिवजीको मन्दिरहरूमा श्रद्धालु भक्तजनको भीड लाग्दछ। शिवजीको मूर्तिमा दूध, बेलपत्र, फलफूल र ıव्य अर्पण गर्न। मानिसहरू दिनभर ब्रत बसेर रात्रिमा जागा बस्ने पनि गरिन्छ। जटाधारी नग्न शरीरमा भष्म घसेर, धुनी जगाई गाँजा भाङ् धतुरो सेवन गरी ग्रन्थहरूमा वर्ण्र्ाा गरिएका शिवजीजस्तै गरी बसी शिव महिमा गाइरहनेहरू यत्रतत्र शिव मन्दिर र शिव लि· स्थापना गरिएका ठाउँमा देखिन्छन्। पशुपतिनाथको दर्शनको लागि हजारौंको सङ्ख्यामा भारतलगायत अन्य देशबाट नेपाल आउने गर्दछन्। पशुपतिक्षेत्र विकास समितिमा आवद्ध व्यक्तिहरूको निमित्त यो पर्वको बेला ज्यादै व्यस्त रहनुपर्छ, दर्शनार्थीको सुरक्षा र सुविधाको व्यवस्था मिलाउनमा। शिवरात्रि पर्वको समय प्रायः चिसो रहन्छ मौसम, त्यसैले साधु सन्त भनाउँदाका लागि धुनी जगाउने व्यवस्था गरिदिने चलन छ।

शिवरात्रि पर्व धुमधामका साथ मनाउनका खातिर गत वर्ष मलेशियाली हिन्दूहरूबाट बाईस लाखको राशि समितिको कोषमा जम्मा हुन आएको थियो, प्रत्येक वर्ष यत्रो धनराशि जम्मा हुने प्रक्रिया जारी छ। पशुपति क्षेत्र विकास समितिले पनि आफ्नो कोषबाट प्रशस्त रकम खर्च गर्ने गरेको छ।

शिवरात्रि ब्रतको महिमा ठूला ठूला ग्रन्थमा प्रायः एउटै प्रकारले व्यक्त भएको पाइन्छ। यी सबै ग्रन्थमा व्यक्त भएका कुराहरू शिवजीलाई प्रसन्न राख्ने उद्देश्य पूण पाइन्छ। शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी नजानी गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास रहिआएको छ। कली युगमा मानिसहरू अल्पआयुका हुन्छन्, रोग व्याधिले ग्रस्त रहन्छन् भन्ने मान्यतालाई ध्यानमा राखी उनीहरूको कल्याण होस् भन्ने  हेतुले शिव पूजन विधि र ब्रतको महिमालाई प्राधान्यता दिँदै विभिन्न ग्रन्थको रचना गरेको पाइन्छ। ती ग्रन्थमध्ये श्री लि·पुराणको उमा महादेव संवाद मुख्य मानिएको छ।

एक दिन शिव पार्वतीको बीच ठूलो वादविवाद चल्यो। त्यस वादविवादमा पार्वतीले शिवजीसँग प्रश्न गर्छिन्-‘चलनचल्तीमा परम्परादेखि चलीआएको ब्रतहरूमध्ये सबैभन्दा ठूलो ब्रत कुन हो -’ यस प्रश्नको उत्तरमा शिवजीले शिवरात्रिमा गरिने ब्रत नै सबैभन्दा ठूलो फल पाइने ब्रत हो भन्ने उत्तर दिए। यस ब्रतको महत्त्व दर्शाउन एउटा कथा शिवजीले पार्वतीलाई भन्छन्। त्यो कथाका पात्र एक शिवभक्त व्याधा र मृग मृगिणीहरू। व्याधा आफ्नो धनु र बाँण लिई शिकारको खोजीमा घनघोर वन चहार्दै हिँड्थ्यो। जंगलका मृग मारेर आफ्नी आमा, श्रीमती, छोराछोरीको र आफ्नो जीवन चलाउँथ्यो। एक दिन जुन दिन शिवरात्रिको दिन थियो, कहिँ कतै शिकार पाउन नसकी एउटा बेलको रुखमुनि शिवजीको मन्दिरको नजिकै रातमा मृगहरू पानी पिउँछन् भन्ने आशाले एउटा जलासयको नजिक बास बसिरहेको बेला रातको पहिलो प्रहारमा एउटी गर्भिनी मृगिणी त्यहाँ आई। व्याधाले वाण हान्न लागेको बेला मृगिणीले आफ्नो परिचय दिँदै बडो मिठासपूर्ण वाक्यमा आफू रम्मा नाउँकी अप्सरा भएको बताई। आफ्नो उच्छृङ्खलताको कारण हिरण्याक्षसँग विवाह भएको कुरा पनि बताई। पछि शिवजीको श्रापले १२ वर्षसम्म  मृगिणी भइरहनू भन्ने भएकोले हिराण्याक्ष मृग र ऊ मृगिणी भइरहनुपरेको कुरा बताई। व्याधासँग अनेकौं कुराको प्रतिज्ञा गरि फेरि फर्केर आउने वाचा गरी घर फिरी, अको मृगिणी र मृगको पनि त्यस्तै प्रतिज्ञा सुनी व्याधाले छोडिदियो। यसरी प्रत्येक पटकमा बेलपत्र प्रत्येक प्रहरमा व्याधाले चढाइरहन्थ्यो, फलस्वरूप उसले गरेका पापबाट मुक्ति पाउँदै थियो।

शिवभक्त बन्नु, शिवरात्रिको प्रत्येक प्रहरमा जागा रही शिवलि·मा बेल पत्र चढाउनु, मृगिणी, मृगको मर्म बुझेर उनीहरूको प्रतीक्षामा विश्वास गर्नु र सत्यमा अडिग रहनुले गर्दा व्याधालाई मोक्ष प्राप्त हुनु, मृग मृगिणीहरूले सत्यतामा रहँदा मोक्ष प्राप्त हुनुबाट शिवजीको पूजा शुद्ध मनले अहोरात्र जागा रहि बेल पत्र प्रहर प्रहरमा अर्पण गर्नुमा नै शिवजीको आराधना भएको मानिआएको छ। यसरी श्री लि·पुराणको उमामहादेव संवादमा मृगिणीको व्याधासँगको प्रतिज्ञामा उल्लेख भएबमोजिम मान्छेले गर्न हुने र नहुने कुरामा विशेष जोड दिएको पाइन्छ। मान्छेले गर्नुपर्ने कुरामा सर्वकल्याणको फललाई लक्षित गरी आफ्नो मन भगवान शिवमा अर्पण गर्नु नै सवोर्त्तम छ। मान्छेले मुख्य कुरा सत्यलाई मान्नुपर्छ। सत्यमा अडिग रहनुपर्छ। सत्यम्, शिवम्, सुन्दरम्को सिद्धान्तलाई मान्नुपर्छ। मान्छे भएर गर्नै नहुने कुरा शिवजीले हरिणीको प्रतिज्ञाको रूपमा गरेका छन्।

बाह्मणहरू वेद अध्ययन गरेकै हुनुपर्छ र तदानुसार नित्य कर्म दिन प्रतिदिन गर्नुर्पर्छ। आफ्नी श्रीमती, श्रीमान, मित्र, बालक, गाई, ब्राह्मण, गुरु, पत्नी आदिलाई दुःख दिन हुँदैन, एकपटक कसैको साथमा सम्भोग गरिसकेकी स्त्रीलाई कन्या मान्नु, पतिको निन्दा गर्नु, उमेर पुगेकी कन्यालाई योग्य वरसँग विवाह नगरिदिनु इत्यादि कुरा पापपूर्ण हुन्छन्। यस्ता सामाजिक क्रियाकलापमा के के मा कस्तो महत्त्व छ भन्ने पहिचान गर्नको लागि शिवमा शुद्ध र एकाग्र मनले अर्पित रहनुपर्छ।

यसरी शिव र पार्वतीको बीचमा भएका कुराद्वारा मान्छेलाई सत्विचार, सत्कर्मतिर लगाउन एउटा विश्वास बसाउने काम भएको देखिन्छ, शिवरात्रिको महिमा व्यक्त गर्नुमा। अब आधुनिक वैज्ञानिक युगमा यस्ता उपदेशहरू कति हदसम्म पालना गर्न सकिन्छ, कति अन्धविश्वासपूर्ण छन्, कति असम्भव छन् सबै कुराको विश्लेषण गर्नुपर्ने बेला आएको छ। पहिले-पहिलेका विचारकहरूले भन्न थालिसकेका छन्-‘शिव नाउ“ गरेको व्यक्ति लेखकको कल्पना मात्र हो, कैलाश पर्वतमा गाँजा, भाङ धतुरोको धुँवा उडाउने, बाघको छाला पहिरिने, सर्पका माला लगाउने, कतै हिँड्नुपरेमा बूढो गोरुको पिठ्युँमा चढ्ने, तर कहिलेकाहीँ अत्याधुनिक महलमा बस्ने, नन्दी भृ·ी, चतुषष्ठी योगिनीहरूले घेरिने, परी आएमा जटा भुइँमा बजारेर महाँबली योद्धाहरूलाई उपस्थित गराउन सक्ने, हतियार सर्वघातक अस्त्र प्रयोगमा ल्याउन सक्ने, कसैले खुसी पारेमा जस्तो पनि वरदान दिन सक्ने, आफैले दिएको वरदान प्राप्तहरूसँग युद्ध गरी उनीहरूको नाश गर्न सक्ने, आफैंले निकालेका कालकूट विष आफैले सेवन गर्न सक्ने, आफ्नी प्रियसीको सुखको लागि बोक्ने, सुत्केरी हुने दुःख नगरी पुत्र उत्पन्न गर्न सक्ने सर्वशक्तिमान थिए, छन् भनी कसरी मान्न सकिन्छ अहिले। यस्ता व्यक्ति विचारवानहरूको विचारको उपजमात्र हो भन्दा अत्युक्ति नहोला। लेखकले विभिन्न स्वभाव, कार्यक्षमता भएको पात्रहरूको परिकल्पना गरेर उनीहरूका क्रियाकलाप अरु पात्रका क्रियाकलापसँग निकट सम्बन्ध कायम हुने गरी बडो रोचक ढ·ले समय सुहाउँदो व्यवहारिक पुस्तकहरू लेखेका छन्, लेख्छन् पनि। उपन्यास, नाटक, कथाजस्ता लेखमा लेखकहरूमा यस्तो क्षमता दर्शाउन सक्ने क्षमता पाइन्छ। लेखकहरू महान् तब मात्र कहलाउँछन् जब कि उनीहरूले मौलिकता, भाषिक चरित्र चित्रण र घटनाचक्र सिर्जना गर्ने क्षेत्रमा आफ्नो दक्षता देखाउन सक्छन्, रोचक र मानव क्षमताभित्र पार्ने ढ·बाट। यस्तै किसिमले परापूर्वकालमा पनि यस्ता लेखकहरू थिए जसले मौलिक ढ·बाट विविध क्षमता भएका पात्रहरूको परिकल्पना गरेका थिए। उनीहरूले परिकल्पना गरेका पात्रहरूमा अलौकिक क्षमता भएको देखाइएको छ। यस्ता अलौकिक क्षमता भएका व्यक्ति त्यो बेला जन्मेका हुन पनि सक्छन्, तर अहिलेको सर्न्दर्भ हेर्दा ती शिवजस्ता पात्रहरू कल्पनाका उपज मात्र हुन्।

शिवसम्बन्धी कथामा मृग, मृगीजस्ता जनावरहरूले बडो तर्कपूर्ण ढ·ले बोलेको देखाइएको छ, जो असम्भव थियो, छ र हुनेछ। शिव लि·मा बेलपत्र चढाउँदा पापबाट मुक्त होइन्छ भन्ने विश्वासका आधारमा कतै पाउन सम्भव होला भन्न सकिन्न। ब्रत बसेर पापबाट मुक्ति पाइन्छ भन्ने विश्वासमा पनि प्रमाण पाउन असम्भव प्रायः छ। त्यसकारण भगवानको परिकल्पना गरेर मानिसहरूमा डरको साथै नैतिक नियम पालनातिर बाध्य गराएको मात्र हो भन्दा अत्युक्ति नहोला।

धार्मिक ग्रन्थमा देखाइए अनुसार शिवजीलाई साकार, निराकार र दुवै रूपमा ग्रहण गर्नुपर्ने हुन्छ। वास्तवमा जुन महापुरुषले शिवजीको परिकल्पना गरे उनले त निराकारलाई नै प्राथमिता दिएका छ्न। उनको सोचाइ अनुसार शिव मानवमा रहेको महाशक्तिको रूप हो। समयको चाल अनुसार यो शक्तिको रूप बदलिरहन्छ। मानिसमा बाल्यकाल, युवा अवस्था, वृद्धावस्थामा भिन्न-भिन्न शक्ति पाइन्छ भने प्रकृतिमा पनि चैत्र, वैशाख, जेठमा एक प्रकारको शक्ति प्रयोगमा आएको हुन्छ भने अरु ऋतुहरूमा छुट्टै किसिमको शक्ति प्रयोगमा आएको हुन्छ। उत्तरी गोलार्द्धमा जुन प्रकारको शक्ति प्रयोगमा हुन्छ, त्यही समयमा दक्षिणी गोलार्द्धमा भिन्न शक्तिले काम गरिरहेको हुन्छ।

मौसम परिवर्तन यही शिव शक्तिको प्रभाव हो, गर्मी, सर्दी, वषा, सुख्खा, झरीबादल, भूकम्प, ज्वालामुखी, बाढी, पहिरो, रोगव्याधि, सुख, दुःख इत्यादि, वादविवाद, मारकाट, महायुद्ध यी सबै यही शिवशक्तिको विविध रूपमा भएको प्रयोग हो।

शिव शक्ति कहिले संहारमा प्रयोग भएको पाइन्छ भने कहिले रचनामा। रचनाको प्रक्रिया निरन्तर चलिरहन्छ भने संहारको प्रक्रिया समय-समयमा मात्र देखिन्छ।वैचारिक द्वन्द्वले संहारतिर धकेल्छ त्यो शिवशक्तिलाई, द्वन्द्वबाट देखिएको परिणामले मानिसमा चेतना आउँछ, यही चेतना शक्तिले रचना गर्नतिर मानिसलाई अगाडि लग्छ। वास्तवमा मानवको सर्वतोमुखी दृष्टिले भलो हुने कामको योजनावद्ध तरिकाले परिचालन गर्नुमा नै शिव शक्तिको प्रयोग भएको देखिन्छ। शिवशक्तिको प्रयोग त्यसले मात्र प्रयोगमा ल्याउन सक्छ जसमा सत्भाव र साहस छ। सत्भावले रचनात्मक पक्षलाई समाउँछ भने साहसले कार्यदक्षता अँगाल्छ। यी दुर्इको बीचमा इमान्दारिता रहन्छ। इमान्दार रहेर सत्भावका साथ साहस प्रदर्शन गर्न सक्नेलाई शिवजीको साथ प्राप्त हुन्छ, निर्वाधरूपमा प्रगति पथमा लम्कन सकिन्छ र सिद्धि प्राप्त हुन्छ। सिद्धि प्राप्त गर्नु नै शिव शक्तिको सदुपयोग गर्नु, शिवरात्रिको यथार्थरूपमा ब्रत गर्नु हो।

वास्तवमा अज्ञानमय रात्रिलाई हटाउन प्रयोगमा ल्याइने प्रकाश नै शिवरात्रि ब्रतको प्रभाव हो। मानिसमा दैवी एवर्ं इश्वरीय गुणको जागरण गराउन सक्नु नै शिव पूजनको फल मानिन्छ। छोटकरीमा भन्नुपर्दा अज्ञान र विकार लाई न्रि्रा ९एबककष्खष्तथ० को रूपमा लिइन्छ। यस्तो एबककष्खष्तथ बाट मुक्ति पाउनु जागरण हो। त्यसकारण फागुन कृष्ण पक्षको चतुर्दशीमा (औंसीको अघिल्लो रात) जाग्राम बस्नुबाट अज्ञानता नष्ट हुन्छ भन्ने जनमासनमा विश्वास छ। वास्तवमा यस्तो विश्वास स्थापना गराउनाको पछाडि मानिसको शरीरमा एक ऋतुको समाप्ति र अको ऋतुको सुरुसातको बीच अनेकौं कुरामा परिवर्तन आउन सक्छ, यस्ता परिवर्तनको नकारात्मक असरबाट रक्षा गर्न चलिआएको जीवन प्रक्रियामा विश्राम दिनु उचित र्ठहर्छ भन्ने विश्वास स्थापना गर्नु हो। शिवरात्रिपछि गर्मी सुरु हुन्छ, सर्दीको अवधि सकिन्छ। यो अन्तरालमा विकृति नआओस् भन्ने हेतुले यो रातमा ब्रत बस्नु, जागा रहनु, मनलाई एकाग्र राख्न शिवजीको पूजा गर्नु, गर्मी सर्दीको संगमको प्रभावलाई रोक्न बेलपत्रको स्र्पर्शले मात्र पनि सहयोग पुग्छ भन्ने विश्वास स्थापना गर्नु हो।

आज फागुन कृष्ण पक्षको चतुर्दशीको दिन। यही दिनको रात्रिमा शिवजीको रात्रि मानिआइएको छ परम्परादेखि हिन्दू धर्मावलम्बीहरूको। शिवजीको मन्दिरहरूमा श्रद्धालु भक्तजनको भीड लाग्दछ। शिवजीको मूर्तिमा दूध, बेलपत्र, फलफूल र ıव्य अर्पण गर्न। मानिसहरू दिनभर ब्रत बसेर रात्रिमा जागा बस्ने पनि गरिन्छ। जटाधारी नग्न शरीरमा भष्म घसेर, धुनी जगाई गाँजा भाङ् धतुरो सेवन गरी ग्रन्थहरूमा वर्ण्र्ाा गरिएका शिवजीजस्तै गरी बसी शिव महिमा गाइरहनेहरू यत्रतत्र शिव मन्दिर र शिव लि· स्थापना गरिएका ठाउँमा देखिन्छन्। पशुपतिनाथको दर्शनको लागि हजारौंको सङ्ख्यामा भारतलगायत अन्य देशबाट नेपाल आउने गर्दछन्। पशुपतिक्षेत्र विकास समितिमा आवद्ध व्यक्तिहरूको निमित्त यो पर्वको बेला ज्यादै व्यस्त रहनुपर्छ, दर्शनार्थीको सुरक्षा र सुविधाको व्यवस्था मिलाउनमा। शिवरात्रि पर्वको समय प्रायः चिसो रहन्छ मौसम, त्यसैले साधु सन्त भनाउँदाका लागि धुनी जगाउने व्यवस्था गरिदिने चलन छ।

शिवरात्रि पर्व धुमधामका साथ मनाउनका खातिर गत वर्ष मलेशियाली हिन्दूहरूबाट बाईस लाखको राशि समितिको कोषमा जम्मा हुन आएको थियो, प्रत्येक वर्ष यत्रो धनराशि जम्मा हुने प्रक्रिया जारी छ। पशुपति क्षेत्र विकास समितिले पनि आफ्नो कोषबाट प्रशस्त रकम खर्च गर्ने गरेको छ।

शिवरात्रि ब्रतको महिमा ठूला ठूला ग्रन्थमा प्रायः एउटै प्रकारले व्यक्त भएको पाइन्छ। यी सबै ग्रन्थमा व्यक्त भएका कुराहरू शिवजीलाई प्रसन्न राख्ने उद्देश्य पूण पाइन्छ। शिवलाई प्रसन्न राख्न सकेमा मानिसबाट जानी नजानी गरिएका पाप कर्मको फलबाट मोक्ष प्राप्ति हुन्छ भन्ने विश्वास रहिआएको छ। कली युगमा मानिसहरू अल्पआयुका हुन्छन्, रोग व्याधिले ग्रस्त रहन्छन् भन्ने मान्यतालाई ध्यानमा राखी उनीहरूको कल्याण होस् भन्ने  हेतुले शिव पूजन विधि र ब्रतको महिमालाई प्राधान्यता दिँदै विभिन्न ग्रन्थको रचना गरेको पाइन्छ। ती ग्रन्थमध्ये श्री लि·पुराणको उमा महादेव संवाद मुख्य मानिएको छ।

एक दिन शिव पार्वतीको बीच ठूलो वादविवाद चल्यो। त्यस वादविवादमा पार्वतीले शिवजीसँग प्रश्न गर्छिन्-‘चलनचल्तीमा परम्परादेखि चलीआएको ब्रतहरूमध्ये सबैभन्दा ठूलो ब्रत कुन हो -’ यस प्रश्नको उत्तरमा शिवजीले शिवरात्रिमा गरिने ब्रत नै सबैभन्दा ठूलो फल पाइने ब्रत हो भन्ने उत्तर दिए। यस ब्रतको महत्त्व दर्शाउन एउटा कथा शिवजीले पार्वतीलाई भन्छन्। त्यो कथाका पात्र एक शिवभक्त व्याधा र मृग मृगिणीहरू। व्याधा आफ्नो धनु र बाँण लिई शिकारको खोजीमा घनघोर वन चहार्दै हिँड्थ्यो। जंगलका मृग मारेर आफ्नी आमा, श्रीमती, छोराछोरीको र आफ्नो जीवन चलाउँथ्यो। एक दिन जुन दिन शिवरात्रिको दिन थियो, कहिँ कतै शिकार पाउन नसकी एउटा बेलको रुखमुनि शिवजीको मन्दिरको नजिकै रातमा मृगहरू पानी पिउँछन् भन्ने आशाले एउटा जलासयको नजिक बास बसिरहेको बेला रातको पहिलो प्रहारमा एउटी गर्भिनी मृगिणी त्यहाँ आई। व्याधाले वाण हान्न लागेको बेला मृगिणीले आफ्नो परिचय दिँदै बडो मिठासपूर्ण वाक्यमा आफू रम्मा नाउँकी अप्सरा भएको बताई। आफ्नो उच्छृङ्खलताको कारण हिरण्याक्षसँग विवाह भएको कुरा पनि बताई। पछि शिवजीको श्रापले १२ वर्षसम्म  मृगिणी भइरहनू भन्ने भएकोले हिराण्याक्ष मृग र ऊ मृगिणी भइरहनुपरेको कुरा बताई। व्याधासँग अनेकौं कुराको प्रतिज्ञा गरि फेरि फर्केर आउने वाचा गरी घर फिरी, अको मृगिणी र मृगको पनि त्यस्तै प्रतिज्ञा सुनी व्याधाले छोडिदियो। यसरी प्रत्येक पटकमा बेलपत्र प्रत्येक प्रहरमा व्याधाले चढाइरहन्थ्यो, फलस्वरूप उसले गरेका पापबाट मुक्ति पाउँदै थियो।

शिवभक्त बन्नु, शिवरात्रिको प्रत्येक प्रहरमा जागा रही शिवलि·मा बेल पत्र चढाउनु, मृगिणी, मृगको मर्म बुझेर उनीहरूको प्रतीक्षामा विश्वास गर्नु र सत्यमा अडिग रहनुले गर्दा व्याधालाई मोक्ष प्राप्त हुनु, मृग मृगिणीहरूले सत्यतामा रहँदा मोक्ष प्राप्त हुनुबाट शिवजीको पूजा शुद्ध मनले अहोरात्र जागा रहि बेल पत्र प्रहर प्रहरमा अर्पण गर्नुमा नै शिवजीको आराधना भएको मानिआएको छ। यसरी श्री लि·पुराणको उमामहादेव संवादमा मृगिणीको व्याधासँगको प्रतिज्ञामा उल्लेख भएबमोजिम मान्छेले गर्न हुने र नहुने कुरामा विशेष जोड दिएको पाइन्छ। मान्छेले गर्नुपर्ने कुरामा सर्वकल्याणको फललाई लक्षित गरी आफ्नो मन भगवान शिवमा अर्पण गर्नु नै सवोर्त्तम छ। मान्छेले मुख्य कुरा सत्यलाई मान्नुपर्छ। सत्यमा अडिग रहनुपर्छ। सत्यम्, शिवम्, सुन्दरम्को सिद्धान्तलाई मान्नुपर्छ। मान्छे भएर गर्नै नहुने कुरा शिवजीले हरिणीको प्रतिज्ञाको रूपमा गरेका छन्।

बाह्मणहरू वेद अध्ययन गरेकै हुनुपर्छ र तदानुसार नित्य कर्म दिन प्रतिदिन गर्नुर्पर्छ। आफ्नी श्रीमती, श्रीमान, मित्र, बालक, गाई, ब्राह्मण, गुरु, पत्नी आदिलाई दुःख दिन हुँदैन, एकपटक कसैको साथमा सम्भोग गरिसकेकी स्त्रीलाई कन्या मान्नु, पतिको निन्दा गर्नु, उमेर पुगेकी कन्यालाई योग्य वरसँग विवाह नगरिदिनु इत्यादि कुरा पापपूर्ण हुन्छन्। यस्ता सामाजिक क्रियाकलापमा के के मा कस्तो महत्त्व छ भन्ने पहिचान गर्नको लागि शिवमा शुद्ध र एकाग्र मनले अर्पित रहनुपर्छ।

यसरी शिव र पार्वतीको बीचमा भएका कुराद्वारा मान्छेलाई सत्विचार, सत्कर्मतिर लगाउन एउटा विश्वास बसाउने काम भएको देखिन्छ, शिवरात्रिको महिमा व्यक्त गर्नुमा। अब आधुनिक वैज्ञानिक युगमा यस्ता उपदेशहरू कति हदसम्म पालना गर्न सकिन्छ, कति अन्धविश्वासपूर्ण छन्, कति असम्भव छन् सबै कुराको विश्लेषण गर्नुपर्ने बेला आएको छ। पहिले-पहिलेका विचारकहरूले भन्न थालिसकेका छन्-‘शिव नाउ“ गरेको व्यक्ति लेखकको कल्पना मात्र हो, कैलाश पर्वतमा गाँजा, भाङ धतुरोको धुँवा उडाउने, बाघको छाला पहिरिने, सर्पका माला लगाउने, कतै हिँड्नुपरेमा बूढो गोरुको पिठ्युँमा चढ्ने, तर कहिलेकाहीँ अत्याधुनिक महलमा बस्ने, नन्दी भृ·ी, चतुषष्ठी योगिनीहरूले घेरिने, परी आएमा जटा भुइँमा बजारेर महाँबली योद्धाहरूलाई उपस्थित गराउन सक्ने, हतियार सर्वघातक अस्त्र प्रयोगमा ल्याउन सक्ने, कसैले खुसी पारेमा जस्तो पनि वरदान दिन सक्ने, आफैले दिएको वरदान प्राप्तहरूसँग युद्ध गरी उनीहरूको नाश गर्न सक्ने, आफैंले निकालेका कालकूट विष आफैले सेवन गर्न सक्ने, आफ्नी प्रियसीको सुखको लागि बोक्ने, सुत्केरी हुने दुःख नगरी पुत्र उत्पन्न गर्न सक्ने सर्वशक्तिमान थिए, छन् भनी कसरी मान्न सकिन्छ अहिले। यस्ता व्यक्ति विचारवानहरूको विचारको उपजमात्र हो भन्दा अत्युक्ति नहोला। लेखकले विभिन्न स्वभाव, कार्यक्षमता भएको पात्रहरूको परिकल्पना गरेर उनीहरूका क्रियाकलाप अरु पात्रका क्रियाकलापसँग निकट सम्बन्ध कायम हुने गरी बडो रोचक ढ·ले समय सुहाउँदो व्यवहारिक पुस्तकहरू लेखेका छन्, लेख्छन् पनि। उपन्यास, नाटक, कथाजस्ता लेखमा लेखकहरूमा यस्तो क्षमता दर्शाउन सक्ने क्षमता पाइन्छ। लेखकहरू महान् तब मात्र कहलाउँछन् जब कि उनीहरूले मौलिकता, भाषिक चरित्र चित्रण र घटनाचक्र सिर्जना गर्ने क्षेत्रमा आफ्नो दक्षता देखाउन सक्छन्, रोचक र मानव क्षमताभित्र पार्ने ढ·बाट। यस्तै किसिमले परापूर्वकालमा पनि यस्ता लेखकहरू थिए जसले मौलिक ढ·बाट विविध क्षमता भएका पात्रहरूको परिकल्पना गरेका थिए। उनीहरूले परिकल्पना गरेका पात्रहरूमा अलौकिक क्षमता भएको देखाइएको छ। यस्ता अलौकिक क्षमता भएका व्यक्ति त्यो बेला जन्मेका हुन पनि सक्छन्, तर अहिलेको सर्न्दर्भ हेर्दा ती शिवजस्ता पात्रहरू कल्पनाका उपज मात्र हुन्।

शिवसम्बन्धी कथामा मृग, मृगीजस्ता जनावरहरूले बडो तर्कपूर्ण ढ·ले बोलेको देखाइएको छ, जो असम्भव थियो, छ र हुनेछ। शिव लि·मा बेलपत्र चढाउँदा पापबाट मुक्त होइन्छ भन्ने विश्वासका आधारमा कतै पाउन सम्भव होला भन्न सकिन्न। ब्रत बसेर पापबाट मुक्ति पाइन्छ भन्ने विश्वासमा पनि प्रमाण पाउन असम्भव प्रायः छ। त्यसकारण भगवानको परिकल्पना गरेर मानिसहरूमा डरको साथै नैतिक नियम पालनातिर बाध्य गराएको मात्र हो भन्दा अत्युक्ति नहोला।

धार्मिक ग्रन्थमा देखाइए अनुसार शिवजीलाई साकार, निराकार र दुवै रूपमा ग्रहण गर्नुपर्ने हुन्छ। वास्तवमा जुन महापुरुषले शिवजीको परिकल्पना गरे उनले त निराकारलाई नै प्राथमिता दिएका छ्न। उनको सोचाइ अनुसार शिव मानवमा रहेको महाशक्तिको रूप हो। समयको चाल अनुसार यो शक्तिको रूप बदलिरहन्छ। मानिसमा बाल्यकाल, युवा अवस्था, वृद्धावस्थामा भिन्न-भिन्न शक्ति पाइन्छ भने प्रकृतिमा पनि चैत्र, वैशाख, जेठमा एक प्रकारको शक्ति प्रयोगमा आएको हुन्छ भने अरु ऋतुहरूमा छुट्टै किसिमको शक्ति प्रयोगमा आएको हुन्छ। उत्तरी गोलार्द्धमा जुन प्रकारको शक्ति प्रयोगमा हुन्छ, त्यही समयमा दक्षिणी गोलार्द्धमा भिन्न शक्तिले काम गरिरहेको हुन्छ।

मौसम परिवर्तन यही शिव शक्तिको प्रभाव हो, गर्मी, सर्दी, वषा, सुख्खा, झरीबादल, भूकम्प, ज्वालामुखी, बाढी, पहिरो, रोगव्याधि, सुख, दुःख इत्यादि, वादविवाद, मारकाट, महायुद्ध यी सबै यही शिवशक्तिको विविध रूपमा भएको प्रयोग हो।

शिव शक्ति कहिले संहारमा प्रयोग भएको पाइन्छ भने कहिले रचनामा। रचनाको प्रक्रिया निरन्तर चलिरहन्छ भने संहारको प्रक्रिया समय-समयमा मात्र देखिन्छ।वैचारिक द्वन्द्वले संहारतिर धकेल्छ त्यो शिवशक्तिलाई, द्वन्द्वबाट देखिएको परिणामले मानिसमा चेतना आउँछ, यही चेतना शक्तिले रचना गर्नतिर मानिसलाई अगाडि लग्छ। वास्तवमा मानवको सर्वतोमुखी दृष्टिले भलो हुने कामको योजनावद्ध तरिकाले परिचालन गर्नुमा नै शिव शक्तिको प्रयोग भएको देखिन्छ। शिवशक्तिको प्रयोग त्यसले मात्र प्रयोगमा ल्याउन सक्छ जसमा सत्भाव र साहस छ। सत्भावले रचनात्मक पक्षलाई समाउँछ भने साहसले कार्यदक्षता अँगाल्छ। यी दुर्इको बीचमा इमान्दारिता रहन्छ। इमान्दार रहेर सत्भावका साथ साहस प्रदर्शन गर्न सक्नेलाई शिवजीको साथ प्राप्त हुन्छ, निर्वाधरूपमा प्रगति पथमा लम्कन सकिन्छ र सिद्धि प्राप्त हुन्छ। सिद्धि प्राप्त गर्नु नै शिव शक्तिको सदुपयोग गर्नु, शिवरात्रिको यथार्थरूपमा ब्रत गर्नु हो।

वास्तवमा अज्ञानमय रात्रिलाई हटाउन प्रयोगमा ल्याइने प्रकाश नै शिवरात्रि ब्रतको प्रभाव हो। मानिसमा दैवी एवर्ं इश्वरीय गुणको जागरण गराउन सक्नु नै शिव पूजनको फल मानिन्छ। छोटकरीमा भन्नुपर्दा अज्ञान र विकार ९क्ष्नलयचबलअभ बलम ख्गनिबचष्तथ ष्ल बिि बअतष्खष्तष्भक या षिभ० लाई न्रि्रा ९एबककष्खष्तथ० को रूपमा लिइन्छ। यस्तो एबककष्खष्तथ बाट मुक्ति पाउनु जागरण हो। त्यसकारण फागुन कृष्ण पक्षको चतुर्दशीमा -औंसीको अघिल्लो रात) जाग्राम बस्नुबाट अज्ञानता नष्ट हुन्छ भन्ने जनमासनमा विश्वास छ। वास्तवमा यस्तो विश्वास स्थापना गराउनाको पछाडि मानिसको शरीरमा एक ऋतुको समाप्ति र अको ऋतुको सुरुसातको बीच अनेकौं कुरामा परिवर्तन आउन सक्छ, यस्ता परिवर्तनको नकारात्मक असरबाट रक्षा गर्न चलिआएको जीवन प्रक्रियामा विश्राम दिनु उचित र्ठहर्छ भन्ने विश्वास स्थापना गर्नु हो। शिवरात्रिपछि गर्मी सुरु हुन्छ, सर्दीको अवधि सकिन्छ। यो अन्तरालमा विकृति नआओस् भन्ने हेतुले यो रातमा ब्रत बस्नु, जागा रहनु, मनलाई एकाग्र राख्न शिवजीको पूजा गर्नु, गर्मी सर्दीको संगमको प्रभावलाई रोक्न बेलपत्रको स्र्पर्शले मात्र पनि सहयोग पुग्छ भन्ने विश्वास स्थापना गर्नु हो।

Related News

सम्बन्धित समाचार

  • ‘स्व’ को खोजीमा प्रतीक्षा

    कृष्णप्रसाद बस्ताकोटी श्रावण ८, २०८१
    मूलतः मानिस धनको लालचले या त प्रख्यातिको भोकले तानिन्छ र यावत् कर्महरूमा यसरी जोगिन पुग्छ –कृष्णप्रसाद बस्ताकोटी चर्चित साहित्यकार सरस्वती…
  • गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण

    हरिबन्धु अर्याल जेठ २९, २०८१
    मुलुकको संवैधानिक प्रावधान र संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय तहबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको काम हुँदै आएको छ…
  • नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)

    शेषराज भट्टराई जेठ १२, २०८१
    नमच्चिने पिङले झड्का मात्रै दिन्छ । चाहे लभका मामलामा होस् या जबका मामलामा अर्थात् सबका मामलामा काम नगर्ने मान्छेले गफ…
  • बालकथा : मौकाको साटो

    दिनेश बस्नेत जेठ १२, २०८१
    नेपालको पश्चिम भेगमा सुन्दा पनि अचम्म लाग्ने दुईओटा गाउँ थिए । एउटा लिखापुर र अर्काे भुसुनापुर । दुई गाउँको बिचमा…
  • बुद्ध जयन्ती – एक चर्चा बुद्धशिक्षाको

    आनन्दराज मुल्मी जेठ १०, २०८१
    आज २५६८ औं बुद्ध जयन्ती मनाउँदै छौं । अन्तर्राष्ट्रिय रूपमा अजको दिन शान्ति दिवसको रूपमा मनाइन्छ । इसापूर्व ५६३ मा…

hero news full width