शितलादेवी सामुदायिक विद्यालय : एक शैक्षिक झलक

आदर्श समाज सम्वाददाता
माघ १५, २०७१

पृष्ठभूमि :

हामी सबैलाई थाहा भएकै कुरा हो कि शिक्षा समाजको ऐना हो र राष्ट्रको मेरुदण्ड। प्रत्येक राष्ट्रको विकास र उन्नति प्रगति उक्त देशको शैक्षिक विकास र शैक्षिक रणनीतिमा आधारित हुन्छ। शिक्षा सबैको पहुँचमा हुनु पर्छ भन्ने कुरामा दुर्इमत छैन। समाजमा सबै वर्गका मानिसहरूले समय सान्दर्भिक, स्तर र माध्यमको शिक्षा पाउनु पर्छ। तर देशको राजनैतिक अस्थिरताका कारण एउटै मुलुकमा पनि दुर्इ थरी अङ्ग्रेजी र नेपाली माध्यमबाट शिक्षा दिइने परिपाटी जसमा निजी विद्यालयले अङ्ग्रेजी माध्यम र सार्वजनिक विद्यालयमा नेपाली माध्यमबाट शिक्षा दिने चलन नेपालमा चल्दै आएको छ। जनमानसमा निजी विद्यालयले दिने अङ्ग्रेजी माध्यमको शिक्षालाई गुणस्तरीय शिक्षा भनी विश्वास बढेको र विद्यार्थी चाप पनि बढ्दै गएको र सार्वजनिक विद्यालयमा दिनानुदिन विद्यार्थी सङ्ख्या घट्दै गएकोले समाजमा शिक्षाको ठुलो खाडल जस्तो परिस्थिति उत्पन्न भएको महसुस गरिएको छ। यस सर्न्दर्भमा सबैजसो अभिभावकहरूको मोह अङ्ग्रेजी माध्यमको शिक्षामा बढेको तर निजी विद्यालयले दिने शिक्षा मह·ो भएको जनगुनासो रही आएको र सबै अभिभावकको पहुँच नपुग्ने परिस्थितिलाई नजरअन्दाज गरी समाजका सबै वर्ग र तहका विद्यार्थीका लागि समय सापेक्ष आम जनमानसको माग अनुसारको अङ्ग्रेजी माध्यमको शिक्षा सर्वसुलभ रूपमा प्रदान गर्ने उद्देश्यका साथ समाजका सबै जनसमुदाय संस्थापक रहने गरी यो विद्यालयमा वि.सं. २०६१ सालदेखि अङ्ग्रेजी माध्यमका कक्षाहरू सञ्चालन गर्न थालिएको हो। भाषा पाठशालाको रूपमा वि.सं. १९८८ सालमा स्थापित सुन्दर नगरी पोखराको वडा नं. १२, शितलादेवीमा अवस्थित यो विद्यालय पोखराकै पुरानो विद्यालय हो। गुरुकूल शिक्षा प्रणाली जस्तो गरी गुरुहरूबाट संस्कृत शिक्षाको अध्यापन लामो समय सम्म गर्दै आएको यस विद्यालय वि.सं. २०२१ साल माघ १५ गते विधिवत् रूपमा माटेपानी प्रा.वि.का रूपमा तत्कालीन श्री ५ को सरकारबाट मान्यता पाई औपचारिक शिक्षा प्रदान गर्न थालेको हो। सरकारबाट मान्यता पाए पनि अन्य शैक्षिक र भौतिक पूर्वाधारको कमीले गर्दा सोंचेजस्तो विकास भने हुन सकेन। पुनः यस कुरालाई मध्यनजर राख्दै सरकारको विद्यालयलाई समुदायमा हस्तान्तरण गर्ने नीति बमोजिम वि.सं. २०५९ सालमा स्थानीय समुदायले व्यवस्थापकीय जिम्मा लिई पूर्वाधार विकासका लागि महायज्ञ लगाई सङ्कलित रकमबाट भवन र अन्य पूर्वाधार विकास गरी वि.सं. २०६१ सालबाट तत्कालीन नेपाली माध्यमबाट सञ्चालित प्रा.वि. तहको संरचनालाई यथावत राखी छुट्टै व्यवस्थापनमा अङ्ग्रेजी माध्यमका कक्षा सञ्चालन गर्न सुरु गरिएको हो। सर्वसुलभ गुणस्तरीय शिक्षा ९त्तगबष्तिबतष्खभ भ्मगअबतष्यल ायच ब्िि० भन्ने नाराका साथ स्थापित यस विद्यालय हाल कास्की जिल्लामै एक उदाहरणीय विद्यालयका रूपमा विकसित भइरहेको छ। अङ्ग्रेजी माध्यम सुरु गर्दाको वर्ष वि.सं. २०६१ मा ज्यादै न्यून विद्यार्थीहरू भएको विद्यालय हाल विद्यार्थीको चाप केन्द्र बन्न पुगेको छ। दुबै माध्यम एकै कम्पाउण्ड भित्र चल्दा केही अप्ठ्यारो महसुस आम अभिभावकहरूमा भएको जनगुनासोलाई सम्बोधन गर्दै वि.सं. २०६७ सालदेखि कक्षा समायोजन क्रमशः शिशु कक्षादेखि सुरु गरी वि.सं. २०७१ मा पूर्ण रूपमा अङ्ग्रेजी माध्यमका कक्षाहरू मात्र रहेका छन् र नेपाली माध्यममा अध्यापनरत नेपाल सरकारबाट अनुदान प्राप्त शिक्षक शिक्षिकाहरूलाई अङ्ग्रेजी माध्यमबाट शिक्षण गर्न भाषिक सक्षमलाई सम्बन्धित तह र स्तर अनुसारको सिधै कक्षा दिइएको र भाषाले अप्ठ्यारो पार्ने शिक्षकलाई एक वर्ष सहयोगी शिक्षकका रूपमा शिक्षण गराई अको वर्षदेखि पूर्ण कक्षा दिई सबै शिक्षक शिक्षिकाहरूलाई समायोजन गरिएको छ । वि.सं. २०६१ सालमा नर्सरीदेखि कक्षा ३ सम्म एकैैचोटी नयाँ कक्षा सञ्चालनबाट सुरु गरी २०६२ सालमा कक्षा ४ र ५ र वि.सं. २०६३ देखि प्रत्येक वर्ष क्रमशः १/१ कक्षाहरू थप गर्दै वि.सं. २०६७ सालमा पहिलोपटक एस.एल.सी. परीक्षामा सामेल भई सम्मिलित सबै विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भई आफ्नो सफलताको पाइला देखाउन सुरु गरेको यो विद्यालय त्यो पश्चात् हालसम्म नै एस.एल.सी. परीक्षामा १००% नतिजा दिई सफलताका पाइला अगाडि बढाइरहेको छ। वि.सं. २०६७ को जिल्लास्तरीय परीक्षामा कास्की प्रथम विद्यालयको रूपमा जि.शि.का कास्कीद्वारा सम्मानित यो विद्यालय एस.एल.सी. परीक्षामा १००% विद्यार्थी उत्तीर्ण गराइरहन सफल विद्यालयको रूपमा विभिन्न संघ संस्थाहरूबाट पनि सम्मानित भइरहेको छ। साथै विभिन्न जिल्लास्तरीय, क्षेत्रीय र अञ्चल स्तरीय प्रतियोगिताहरूमा पनि विजयी भई नाम उच्च राख्न सफल भएको छ। साथै यस विद्यालयबाट क्ीऋ उत्तिर्णयगरी भएका विद्यार्थीहरू विनिता लामिछाने पहिलो क्ीऋ  ब्याच र आर्जु रेग्मी दोस्रो क्ीऋ व्याचका विद्यार्थीले नेपाल सरकारको :द्यद्यक् छात्रवृत्ति प्राप्त गरिसकेका छन्। साथै अन्य क्ीऋ मा उत्तिर्णयविद्यार्थी प्रायः सबैले उच्च मा.वि. को छात्रवृत्ति पाइरहेका छन्। हाल नर्सरीदेखी कक्षा १० सम्म कक्षाहरू सञ्चालन गर्दै आएको यो विद्यालयमा आगामी वर्षदेखि उच्च मा.वि. तहको कक्षा सञ्चालन गर्न प्रक्रिया अगाडि बर्ढाई सम्बन्धित निकायमा फाइल पेश गरिसकिएको छ। प्रथम चरणमा अङ्ग्रेजी माध्यमबाट कम्प्युटर विज्ञान सहितको व्यवस्थापन सङ्कायका कक्षा सञ्चालन गर्ने र क्रमशः अन्य विषय र सङ्कायहरू थप गर्दै जाने साथै स्नातक तहका कक्षाहरू र प्राविधिक र व्यवसायिक शिक्षाका कक्षाहरू सञ्चालन गर्ने सोंच विद्यालय परिवारको रहेको छ। विद्यालयलाई हालको यो अवस्थामा ल्याई पुर्‍याउन वर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्थानीय समाजसेवी टीकाबहादुर कार्कीको नेतृत्वमा रहेको विद्यालय व्यवस्थापन समिति, शैक्षिक गतिविधि र कार्यक्रम सञ्चालनमा परामर्श दिन शिक्षाविद् प्रा. टिकाराम कोइराला ज्यूको संयोजकत्वमा गठित शैक्षिक योजना तर्जुमा समिति, समाजसेवी एवं प्रेस युनियन कास्कीका अध्यक्ष श्री शिरोमणि बराल ज्यूको अध्यक्षतामा गठित शिक्षक अभिभावक संघ, सल्लाहकार समिति, शिक्षक शिक्षिका, अभिभावक ज्यूहरू र स्थानीय समुदायको गहन भूमिका रहेको छ र स्थानीय समुदायको अझ सक्रिय सहयोगको अपेक्षा राखिएको छ।

विद्यालयका विशेषताहरू :

यस विद्यालयका शैक्षिक गतिविधि र सफलतालाई नियाल्ने काम कास्की जिल्ला भित्र मात्र नभई अन्य जिल्लाहरू र केन्द्रबाट समेत बेलाबेलामा भइरहेका छन् र बेलाबेलामा यस विद्यालयको स्थलगत अध्ययन अवलोकनका लागि विभिन्न ठाउँबाट अध्ययन टोलीहरू आउने गरेका छन्। सङ्क्षिप्त रूपमा यस विद्यालयका विशेषताहरू निम्नानुसार रहेका छन् :

क)     पूर्ण रूपमा अङ्ग्रेजी माध्यममा कक्षा सञ्चालन भइरहेको सरकारी सामुदायिक विद्यालय।

ख)     सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालय।

ग)     खुल्ला खेल मैदान, इमेल इन्टरनेट सहितको कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला र लाइब्रेरीको व्यवस्था भएको विद्यालय।

घ)     एस.एल.सी. परीक्षामा समावेश भएको वर्षदेखि हालसम्म नै विशिष्ट श्रेणी सहित सबै विद्यार्थीहरु -१००%) उत्तिर्णयगराइरहन सफल विद्यालय।

ङ)     विद्यालयमै स्तरीय खाजाको व्यवस्था।

च)     लामो समयसम्म शिक्षा क्षेत्रमा योगदान गरिसक्नु भएका पोखराकै प्रख्यात शिक्षाविद्हरूको प्रत्यक्ष निगरानीमा शैक्षिक क्रियाकलाप हुने विद्यालय।

छ)     अतिरिक्त कक्षा र होस्टलको व्यवस्था भएको विद्यालय।

ज)     युरोगार्डद्वारा प्रशोधित पिउने पानीको व्यवस्था भएको विद्यालय।

झ)     दक्ष शिक्षक शिक्षिकाद्वारा मायालु/बालमैत्री वातावरणमा अध्यापन गरिने विद्यालय।

ञ)     यथेष्ट अतिरिक्त क्रियाकलाप आयोजना गरिने र विभिन्न बाहृय प्रतियोगिताहरूमा सहभागी भई विजयी वा पुरस्कृत हुन सफल विद्यालय।

ट)     विद्यार्थीलाई गृहकार्य गर्न सहजकता ल्याउन गृहकार्य डायरीको व्यवस्था।

ठ)     कक्षा-३-१० सम्म कम्प्युटर विज्ञान विषय पढाइ हुने विद्यालय।

ड)     विभिन्न विद्यालयीय, अक्षयकोष तथा सरकारी छात्रवृत्ति प्राप्त हुने विद्यालय।

ढ)     नर्सरीदेखि यु.के.जी. सम्मका विद्यार्थीलाई विद्यालयमै लेखन सामग्रीको व्यवस्था भएको विद्यालय।

ण)     प्रत्येक परीक्षाको नतिजा प्रकाशनका दिन विद्यार्थीले लेखेका उत्तर पुस्तिकाको व्यक्तिगत फाइल तयार गरी सम्बन्धित विद्यार्थी र अभिभावकलाई प्रत्यक्ष अवलोकन गराइ पृष्ठपोषण दिने विद्यालय।

त)     पूर्व प्रा. वि. मा विशेष चित्रात्मक मन्टेश्वरी विधिमा अध्यापन गराइने विद्यालय।

थ)     विभिन्न बालक्लब र रेडक्रसको गठन गरी विद्यार्थीमा नेतृत्व र सामाजिक भाव विकास गराइने विद्यालय।

समग्रमा यो विद्यालयको शैक्षिक स्तर र उपलब्धी उत्कृष्ट रहेको छ। एक सरकारी विद्यालय भएर पनि निजी विद्यालयसँग प्रतिस्पर्धी भई सफलता पाइरहेको यो विद्यालय अझ बढी परिस्कृत र गुणस्तरीय शिक्षा प्रदान गर्न कटिवद्ध छ। अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन भइरहेको तर सरकारी अनुदान प्राप्त शिक्षक दरवन्दी सङ्ख्या कम भएकोले सञ्चालनमा केही अफ्ठ्यारो परेको छ तथापि अभिभावक ज्यूहरूको सक्रिय सहयोगले हालको स्थितिमा विद्यालय पुगेको छ। प्रयास गरियो भने सरकारी विद्यालय पनि विद्यार्थीहरूको चाप वा रोजाईकेन्द्र बनाउन सकिने रहेछ भन्ने कुरा विद्यालय परिवारले महसुस गरेको छ। सरकारी विद्यालायलाई राम्रो बनाउन राजनैतिक पूर्वाग्रह भन्दा माथि उठ्नु जरुरी देखिन्छ। योजना र कार्यान्वयनलाई चुस्त राख्न सके सफलता सुनिश्चित छ।

यो वर्ष विद्यालाय स्वर्णयमहोत्सव भव्य रूपले सम्पन्न गर्ने क्रममा छ। मूल समारोहको उद्घाटन नेपाल सरकारका माननीय शिक्षा मन्त्री चित्रलेखा यादव ज्यूबाट माघ १५ गते -आज) हुँदैछ। उक्त कार्यक्रमलाई सफल गराउन आम पोखरेली महानुभाव वा विद्यालय प्रेमी सम्पूर्ण महानुभावहरूलाई विनम्र अनुरोध गर्दछु। स्वर्णयमहोत्सवलाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण चन्दादाताहरू, विभिन्न उपसमितिमा संयोजक र सदस्य पदमा रहेर सहयोग गर्नुहुने महानुभावहरू, स्वर्णयार निर्माणको सम्पूर्ण खर्च सौजन्य गर्नुहुने स्थानीय अभिभावक पूर्णमान श्रेष्ठ, द्वारदेखि विद्यालय हातासम्मको बाटो ढलान सौजन्यकर्ता स्थानीय ओम गुरुङ, समिति सदस्यहरू, अभिभावक, शिक्षक, विद्यार्थीहरू लगायत सम्पूर्ण प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोगी हातहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै स्वर्णयमहोत्सवको शुभकामना व्यक्त गर्दछु।

(लेखक शितलादेवी प्रस्तावित उच्च माविका प्राचार्य हुन्। सं.)

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width