नेपाल एक दृष्टिमा वि.सं. २०६८ देखि २०७१ सम्मको तथ्याड्ढनुसार नेपालको साक्षारता र जनसङ्ख्या तथा क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी. छ भने कुल जनसङ्ख्या २ करोड ६४ लाख ९४ हजार ५ सय चार छ। यसमध्ये पुरुष १ करोड २८ लाख ४९ हजार ४१ छन्, भने महिलाको सङ्ख्या १ करोड ३६ लाख ४५ हजार ४६३ छ। पुरुषको सङ्ख्या भन्दा महिलाको सङ्ख्या ७ लाख ९६ हजार ४२२ बढी छ। अनुपस्थित सङ्ख्यामा १९ लाख २९ हजार ४९४ छन् (महिला २,३७४०० र पुरुष १६८४०२९ अनुपस्थित छन्।)
१. जनघनत्व :-१८० प्रतिवर्गमिटर पर्दछ। प्रतिशनमा १४ वर्षभन्दा मुनिका उमेर समूहका जनसङ्ख्या ३४.९५ प्रतिशत छ भने १५ देखि ४९ वर्ष समूहको जनसङ्ख्या ५९.९६ प्रतिशत छ भने ६० वर्षभन्दा माथिका उमेर जनसङ्ख्या ८.१३ % प्रतिशत छ।
२. साक्षारता तथा शैक्षिकसम्बन्धी जानकारी सङ्ख्या :
क) सङ्ख्यामा विश्वविद्यालय :- ११
ख) क्याम्पसमा त्रि. वि. वि. आङ्गिक :- ६०
ग) सामुदायिक क्याम्पस सङ्ख्या :- ३००
घ) निजी सम्बन्धन प्राप्त क्याम्पस :- ६०९
ङ) उच्च मा.वि. (सामुदायिक) सङ्ख्या :- २६४८
च) उच्च मा.वि. (निजी) सङ्ख्याः- ९४८
३. क) साक्षारता पुरुष प्रतिशत :- ७५.१ प्रतिशत
ख) साक्षारता महिला प्रतिशत :- ५७.४ प्रतिशत
ग) कुल प्रतिशतमा जम्मा प्रतिशत :- ६५.९ प्रतिशत
४. सामुदायिक र संस्थागत संस्थाहरूको सङ्ख्या यस प्रकार छ :-
क) मा. वि. संस्थागत सङ्ख्यामा :- १८६५
ख) मा. वि. सामुदायिक सङ्ख्यामा :- ३१३०
ग) नि. मा. वि. संस्थागत सङ्ख्यामा :- ७७४
घ) नि. मा. वि. सामुदायिक सङ्ख्यामा :- ३९०१
ङ) प्रा. वि. संस्थागततर्फ सङ्ख्यामा :- १७७९
च) प्रा. वि. सामुदायिक सङ्ख्यामा :- १९१४७
छ) प्राविधिक संस्थाहरू सङ्ख्यामा (ऋत्भ्ख्त्):- २३०
ज) ऋ।त्।भ्।ख्।त्। द्वारा सञ्चालित प्राविधिक सङ्ख्याः- २१
झ) वाल विकास केन्द्र (प्रारम्भिक विद्यालय):- १०,१८५४३
५. क) शिक्षक सङ्ख्या :- १,६५,३४७ (अधिराज्यभर जम्मा शिक्षक सङ्ख्या)
ख) शिक्षिका सङ्ख्या :- ९२,८९० छन्। (जम्मा २,५८,२३७ छन्)
ग) छात्र सङ्ख्या :- ३७,१७,२१० छन्।
घ) छात्रा सङ्ख्या :- ३८,३४,७८५ छन्।
जम्मा विद्यार्थी सङ्ख्या ७५ लाख ५१ हजार ९९५ छन्।
६. पश्चिमाञ्चल सदरमुकाम (पोखरा) कास्कीको तथ्याड्ढ :
क) क्षेत्रफल २९३९८ वर्ग कि. मी.- परिवार सङ्ख्या १०,६६३६२ मात्र।
ख) जम्मा सङ्ख्या ४९,२६७६५ जम्मा महिला सङ्ख्या २६३४१६८ पुरुष सङ्ख्या २२९२५९७
ग) प्रतिशतमा १८.६ प्रतिशत
घ) राजधानीबाट- पोखरा सडक यात्रा दूरी कि.मी. मा १९८.५५ मात्र
७. साक्षारता प्रकारहरू :
साक्षरता भन्नासाथ अक्षर वा लिपि चिन्नु लेखपढ गर्न जान्नु, सक्नु र गणनाका सामान्य कार्य गर्न सक्नु भन्ने बुझिन्छ। यसबाट भन्न सकिन्छ, जुनसुकै ठाउँमा पनि साक्षरता विविधता छैन। साक्षरताको एउटै प्रकार हुन्छ। यसमा विविधता छैन। शिक्षाको कार्यक्रम सामान्यतया औपचारिक र अनौपचारिक प्रकृतिबाट सञ्चालन गर्ने गरिन्छ। औपचारिक शिक्षाबाट प्राप्त गरेको ज्ञान सीपले पनि साक्षारता विकासमा सहयोग पुर्याएको हुन्छ। विभिन्न मुलुकमा सञ्चालित साक्षरता कार्यक्रमलाई विश्लेषण गर्दा निम्न प्रकारका साक्षरता पाइन्छन्।
(क) मौखिक साक्षरता,
(ख) प्राज्ञिक साक्षरता,
(ग) कानुनी साक्षरता
(घ) राजनीतिक साक्षरता
(ङ) व्यापारी साक्षरता,
(च) व्यवसायिक साक्षरता
(छ) वैज्ञानिक साक्षरता।
८. साक्षरता किन ?
रुपैयाँ चिन्न र तिनको सरल तरिकाले लेनदेन गर्न। घडी हेरेर समय, ढक हेरेर तौल, भित्ते पात्रो हेरेर तिथि र मिति पत्ता लगाउन। औंठा छाप लगाउँदा हुने हीनतावोध हटाउनु र निर्धक्क भई हस्ताक्षर गर्न। चिठी पत्र-सूचना पढ्न र लेख्न। आफ्नो बैड्ढ खाना आफै लेख्ने, चेक आफै लेख्ने, बैड्ढङि काम आफै गरी सम्भावित आर्थिक दुर्घटनाबाट बच्ने। देशको मुल कानुन संविधान तथा संवेदनशील ठाउँ, वस्नु, ट्राफिक सङ्केतसम्बन्धी सूचना बुझ्न र सम्भावित जोखिमबाट बच्न -औषधि तथा उपभोग्य वस्तु, सामानको मूल्य जानकारी लिन।टेलिफोन, मोबाइल, कम्प्युटर इमेल र इन्टरनेट आदिमा पहुँच बर्ढाई क्षमता वृद्धि गर्न। विभिन्न पुस्तक अध्ययन गरी ज्ञान, सीप तथा मनोरञ्जन हासिल गर्न। तालिममा सहभागी हुन, सफलतापूर्वक सञ्चालन गर्न। नक्सा हेरेर भूगोलको ज्ञान लिन र नाम पढेर ठाउँ, घर, कार्यालय, अस्पताल, व्यापारिक केन्द्र आदि पत्ता लगाउन। देशका समसामयिक र जल्दाबल्दा कुराहरू पत्रपत्रिकामार्फत पढ्न र जानकारी लिन आदि।
९. निष्कर्ष :-
मानवीय विकास लगायत विकासका सबै क्षेत्रमा साक्षरता पहिलो खुड्किलो हो। मानव केन्द्रित विकासको अवधारणा लोकप्रिय हुँदै गएको यस परिस्थितिमा सबैका लागि समान रूपमा उचित सिकाइ र जीवनोपयोगी सीपको विकास गर्ने र सबैको सिकाइ आवश्यकताको लक्ष्य पूरा गर्न निरक्षरता उन्मूलनका कार्यक्रम अभियानकै रूपमा सञ्चालन गर्न पर्ने आवश्यकतालाई उच्च प्राथमिकता दिएर नेपाल सरकारले राष्ट्रिय साक्षरता कार्यक्रमलाई जीवनोपयोगी र जीविकोपार्जन सीपसँग जोडेर सञ्चालन गरिएमा कार्यक्रमको प्रभावकारिता बढ्ने निर्विवाद छ। यस अर्थ शिक्षा, स्वास्थ्य, सरसफाइ, आयआर्जन, पूर्वाधार, विकास, नागरिक चेतना र समुदायको उत्थान कार्यमा संलग्न सबै व्यक्ति, संस्था र निकायले यस कार्यक्रमको जिम्मेवारीवोध गरी उचित पाइला चाल्नुपर्दछ। अनुसन्धान सोधखोज गर्ने, अन्यत्र सञ्चालन गरिएका कार्यक्रम र सफलताको अनुभवको अध्ययन गरी सिक्दै र सुधार गर्दै जानुपर्ने देखिन्छ।
(लेखक पूर्व शिक्षक हुन्।सं.)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०