शिक्षा निरन्तर चलिरहने प्रक्रिया हो । यो त एक अमूत र अदृश्य परिपाटीबाट पनि सञ्चालन हुन सक्छ । विद्यालय गएर कडा अनुशासन र शिक्षकको निगरानीमा सिकिने मात्र शिक्षा होइन यो त परिस्थिति र वालावरणले ल्याउने परिवर्तनको स्वरुपमा भर पर्दछ । महात्मा र शिक्षा विद्हरुको भनाईपनि यहि हो । मात्र फरक कहाँ देखिन्छ भने, सिद्धान्त एकातिर परिपाटि या भनौँ गराई अकोर्तिर । यसो भनिरहदा राष्ट्रले अंगालेको शिक्षाको गराई सिद्धान्तनुकुल छैन भन्ने कुरा होइन यो त एक लक्ष्य भित्र अनेकौँ उद्देश्यहरु जडित संरचनामा आधारित छ ।
प्राचिन कालमा देखिने शिक्षा प्रदानको अवधारणा र गुरुको आश्रममा गई सिकिने गुरुकुत शिक्षा पनि हाम्रो सामु र्छल· छन् । त्यस समयको वातावरणको आवश्यकता त्यहि प्रकारको शिक्षाको महशुस गरिएको थियो भने अहिले आएर परिवर्तित समाजको माग र आवश्यकतामा भिन्नता देखा पर्यो । वास्तवमा शिक्षा प्राप्तिको स्वरुपमो हस्तान्तरण प्रक्रिया एउटैै मात्र हो यसैलाई हामि विकास भन्दछौँ ।
देश, काल, वाताबरण र परिस्थितिलार्य मुल्याड्ढन गर्दै शिक्षाले व्यक्तिलाई नयाँ परिपाटि र विज्ञान र प्रविधिले ल्याएको परिवर्तित युगमा समायोजन गराउनुपर्दछ नत्रभने त्यो शिक्षाकेा औचित्यमाथि प्रश्नचिहृन खडा हुन्छ । परिवर्तित समाजमा समाजको आवश्यकतालाई मात्र हेरेर पुग्दैन ,हामी आज बाल मैत्रि शिक्षाको अवधारणामा छौँ । यसको लागि विद्यालयको शैक्षिक एवं भौतिक सञ्रचना बालकेन्द्रित हुनुपर्दछ । बालमैत्रि शिक्षामा बालबालिकाको सरोकारका विषयले प्राथमिकता पाउने व्यवस्था हुन्छ । विषयवस्तु चयन, क्रमबद्धता, समय, भौतिक वातावरणको व्यवस्थापन जस्ता शिक्षामा देखिने प्रथमिक विषयको छनौटमा बालबालिकाको सहभागिता हुनु नित्तान्त आवश्यक ठानिन्छ या भनौ वालमष्तिष्कको अर्थपूर्ण सहभागिताले मात्र शिक्षामा प्राथमिक आधारहरु छनौट गर्न सकिन्छ । आजभोलि बाल सहभागिताको विषयले सार्वजनिक सरोकारका विषयमा बोलिमा निकै प्राथमिकता पाउने गरेको सुनिन्छ । आजका वालवालिका भोलिका देशका बागडोर समाल्ने सक्षम र कर्मठ व्यक्तित्व पनि हुन । अतः यहाँ भन्न खोजिएको कुरा के हो भने शिक्षकले आफ्नो जिम्मेवारी पूरा गनुुमात्र प्रमुख कार्य होइन यसमा त वालमस्तिष्कको कुराले प्रश्रय पाउनु आवश्यक ठानिन्छ । कक्षाकोठाको वातावरण मिलाउने कार्य शिक्षकको हुन सक्ला तर शिक्षकले यो मानसिकता लिनु हुदैन की आज मेरा विद्यार्थीहरुलाई यो कितावी कोरा ज्ञान दिमागमा छिराएरै छाड्छु ताकी शिक्षकले आज पढाउने पाठको योजना वनाएर कक्षा कोठामा जाला तर विद्यार्थीको वाल मस्तिष्कले अर्कै विषय वस्तु प्रति अग्रसर र जागरुकता देखाउने परिस्थिति भईदिन सक्छ । शिक्षकले एउटा वन्ध कोठामा बनाएको योजनाले वालबालिकाको सर्वा·ण्िा पक्षको प्रतिनिधित्त गर्छ भन्ने कुरामा कुनै पनि व्यक्ति विस्वस्त रहन सक्दैन । निस्चित समयमा विद्यालयको शैक्षिक , भौतिक, साँस्कृतिक एवं विविध पक्षहरुलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर तयार पारिएको क्रियाकलाप सहितको समष्टिगत योजनानै विद्यालय सुधार योजना हो । विद्यालयको सुधार गर्ने विविध पक्षहरुको योजनाहरुमा पनि वालमस्तिष्कको सहभागिताको स्थान अग्रपंक्तिमा हुनै पर्दछ ।
शिक्षालाई कुनै पनि परिस्थितिमा संकुचित पारिनु हुदैन । यो त व्यक्तिपिच्छेको धारणले गर्दा फरक बन्न गएको मात्र हो । किनभने शिक्षा मानव जिवनको अभिन्न अ· हो । यसलाई हामी जीव्ान पर्यन्त शिक्षा पनि भन्दछौँ । विद्यालय गएर विश्वविद्यालय धाएर आर्जन गरेको शिक्षा त केवल मार्गर्दर्शन मात्र हो । यसलाई अको अर्थमा भन्दा विद्यालय वा विश्व्ाविद्यालय गएर निस्चित समय, निस्चित लगानी र विशेष परिस्थितिमा सिकिने शिक्षा त केवल अपुरो शिक्षा मात्र हो । त्यस्तो अपुरो शिक्षालाई पूर्ण बनाउन दैनिक जिवनका विविध परिस्थितिलाई समयानुकुल समायोजन गराउने परिपाटी सृजना हुनुपर्दछ या भनौँ विहान दश बजेदेखि चार बजेसम्म सिकिने शिक्षाले व्यक्तिको दैनिक जिवनलाई सहज सञ्चालन गराउन सकिने हुनुपर्दछ ।
नेपालले सहश्राबिद विकास लक्ष्यमा केन्द्रित रहेर शिक्षा सम्वन्धि विभिन्न योजना निर्मण गर्दै कार्यान्वयनमा ल्याइरहेको छ । सन् २०१७ सम्ममा सवैका लागि शिक्षा कार्यक्रममा विभिन्न स्वरुपहरु सञ्चालनमा रहेको छन् । बालअधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय महासन्धि पनि अनुमोदन भईसकेको परिस्थिति छ भने शिक्षालाई सवै प्रकारका वालबालिकाकेन्द्रित बनाउन शिक्षा विभागले समाहित शिक्षा शाखा खोलेर प्रत्येक क्षेत्र र वर्गका बालबालिकाहरुको शिक्षामा सुनिस्चिततालाई कानुनी रुपमा स्वीकार गरिसकेको छ । तर प्रशासनिक संरचना शिक्षाका, शिक्षाका विद्यमान भौतिक वातावरण र आम मानस पटलमा परिवर्तन गराउन समय लाग्दोरहेछ । यसो भनिरहदा शिक्षाको संरचनागत परिवर्तन तत्काल गर्न सकिदैन भन्न खोजिएको चाहि पक्कै होइन । यहाँ त शिक्षा क्षेत्र हेर्ने कर्मचारी र शिक्षाका आवश्यक समावेशि सिद्धान्तका अवधारणहरुलाई कार्यान्वयन गराउने तहसम्म रहेको विद्यमान सोचको परिवर्तनको कुरा हो । तसर्थ वाल सहभागिता , बाल संरक्षण र बाल बचाउलाई सुनिस्चित मार्गर्दर्शन बनाउदै विद्यार्थी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक र समग्र समुदाय नै बालअधिकारप्रति सचेत रहनु आजको आम चासोको विषय बनेको छ ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०