हाम्रो देश बहुलजाति, बहुभाषी, बहुलसंस्कृति भएको समृद्ध राज्य हो। हाम्रा परम्परादेखि चलिआएका सामाजिक मूल्य मान्यता, संस्कृति, संस्कार, मैत्रीभाव, सहिष्णुता र मौलिक व्यवहारहरू, ऐतिहासिक र प्राकृतिक धरोहरहरू गौरवका रूपमा चल्दै आएका थिए ती विस्तारै ह्रास हुँदै गइरहेका छन्। हामी आफ्ना पूर्वजहरूबाट त्यो परम्परा छाड्दै र नयाँ परम्पराको थालनी गर्दैछौं, ती हाम्रा परम्परा, संस्कृति र संस्कारलाई सामाजिक कार्यव्यवहारमा कुल्चँदै, भत्काउँदै गइरहेछौँ। नयाँ ……….. देखाउन, आधुनिकताको स्वाङ, प्रगतिवादी बन्ने बडप्पन देखाउन, हामी आफ्ना सामाजिक मूल्य मान्यता, संस्कृति, संस्कार र मौलिकतालाई गुमाउँदै गइरहेछौं।
कक्षाकोठामा आफ्ना किताब कापी लुकाएर घर गएका केही विद्यार्थीका ती सामान जफत गरी अभिभावक बोलाएर मात्र फिर्ता गर्ने स्टाफ बैठकमा निर्णय गरियो। भोलिपल्ट छात्र-छात्रालाई किताब कापी किन छाडेर गएको भनी हप्काउँदा उनीहरूले धेरै पुस्तक कापी बोक्नु पर्दा गह्रुङ्गो भएको र होमवर्क नभएकाले घर नलगेको जवाफ दिएका थिए। किताब फिर्ता नदिइने हो भने कापी दिनुस् भनी मागेका थिए। उनीहरूको त्यो अभिव्यक्तिले अनेक सम्भावनातर्फ सङ्केत गरेको अनुमान लगाउन सकिन्थ्यो। एक किताब सरकारले निःशुल्क दिएको थियो र कापी आफूले किन्नु पर्दथ्यो, दोस्रो किताब पढ्न मात्र सकिन्थ्यो भने कापीमा पढेको कुरा लेख्न सकिन्थ्यो। किताब भरिएको र कापी खाली पन्ना थियो, लेख्न सकिन्थ्यो त्यो किन्न पैसा चाहिन्थ्यो र त्यो प्यारो थियो।
हो, कपि खाली हुन्छ र त्यसमा लेखिन्छ तर किताबमा लेखिइसकेको हुन्छ अनि त्यो पढ्न मात्र सकिन्छ। यस मानेमा विद्यार्थीले कापी माग्नु स्वभाविक हुन्छ। उनीहरूको दिमागमा धेरै कुरा भर्न सकिन्छ, कोर्न सकिन्छ। खाली कापीमा लेखेझैं, चित्र कोरेझैं, क्यासेटका चक्कामा डबिङ गरे झैं। परन्तु त्यो लेखिने, कोरिने र भरिने कुरा पनि निश्चित, नियोजित र कृत्रिम नभै प्रकृति सम्मत बनाउनु राम्रो हुन्छ।
श्रीमद्भागवत सप्ताह ज्ञान यज्ञमा पुगेको थिएँ, पं.ले भागवत्का श्रीकृष्ण र अर्जुन आदि प्रवृत्तिका कथाहरू सुनाउँदै हुनुहुन्थ्यो, श्रोताजनहरू दत्तचित्त भएर श्रवण गर्दै थिए। केटोकेटी भने यत्रतत्र रमाउँदै र खेल्दै। एकजनाले भने – यी पूरातन कहानी सुनेर सुनाएर आजको सामाजिक व्यवहारमा कत्तिको लाभदायी होला – खै म त पटक्कै बुझदिन यो कुरा।
हो, मनासिव हो तर पहिलेका कथा कहानी, प्रवृत्ति संस्कृतिलाई निफनेर, केलाएर, सच्च्ााएर वर्तमानका विद्यमान कार्यशैलीसँग जोड्न सक्नुपर्छ, अनि मात्र त्यो शिक्षक व्यवहारिक बन्न सक्छ, समाजको अग्रता, सभ्यता र सम्पन्नतातर्फ लम्किने गर्छ भन्ने निष्कर्षमा हामी पुगेका थियौं। प्रतिदिन चौविसै घण्टा जस्तो पश्चिमा शैली र संस्कृतितर्फ डोर्याउन खोज्ने हाम्रो संस्कारले भोलि हाम्रो मौलिक संस्कृति, संस्कार र व्यवहारमा पृथकता ल्याउने निश्चित छ अनि हामी विस्तारै ह्रासोन्मुख हुनेछौं।
आजको शिक्षामा बालबालिकाले मातृभाषामा शिक्षा पाउने अधिकार दिलाएको छ, समाजमै बोलिने कयौ भाषा, राष्ट्रभाषा, राष्ट्रिय भाषा, क्षेत्रीय र आञ्चलिक भाषा समेतको यो बहुभाषीय मुलुकमा हामी अङ्ग्रेजी मात्र अहोरात्र घोकाएर बालबालिकाको अन्य क्षेत्रको ज्ञानबाट विमुख बनाउन खोजिरहेका छौं। उसले बाबा आमाको माया प्रेम स्नेह र वात्सल्यताको अनुभूत गरोस, एक आपसमा आफ्नो संस्कृति, संस्कार, कला सौर्न्दर्यको कुरा गरोस्, एक अकोर्मै सिकोस् सिकाओस् र आफ्नो अन्तरनिहित प्रतिभाको प्रस्फुटन गरोस् अनि मात्र शिक्षाको राष्ट्रिय उद्देश्य -“प्रत्येक व्यक्तिमा अन्तरनिहित प्रतिभा र व्यक्तित्व विकासको सम्भावनालाई प्रस्फुटित गर्न सहयोग गर्ने” को निकटवर्ती लक्ष्यमा नजिक पुग्न सकिन्छ।
कतिपय स्कूले छात्रा छात्रलाई नजिकैबाट पढेर के बुझन सकिन्छ भने उनीहरूका दिमागमा पाठ्यपुस्तकका यावत् कुरालाई रेर्कर्ड गरेर कोचिएको छ। जसरी रेर्कर्ड गरिएका क्यासेटको चक्का बज्न थालेपछि नसकिउञ्जेल बजिरहन्छन् त्यसैगरी पढ्ने वहानामा हाम्रा बालबालिकाहरू पाठको अन्त्य नहुञ्जेलसम्म फरर्र्र कण्ठ गर्न सक्छन्। उनीहरूमा अन्तर्निहित प्रतिभा, सिर्जनात्मक क्षमतालाई बडेमानका पुस्तकभित्रका विषयवस्तुभित्र भुलाउँदै, थोपरिँदै गइरहेका छौं। खै प्रतिभा र कलाको पहिचान – खै मौलिकता – खै सिर्जनात्मक वातावरणमा सहभागिता – प्रायः पन्ध्रघण्टा स्कूलमै किताबरूपी ज्ञानको सीमाभित्र बाँधेर के हामी उनीहरूको स्वतन्त्रताप्रति हस्तक्षेप त गरिरहेका छैनौ – ठण्डा दिमागले सोच्ने हो भने यो अधिकारकर्मीको भाषामा विश्वजनीन कुरा हो भने उनीहरूलाई कक्षाकोठामै, घर परिवारमै हाँस्न, बोल्न, नाच्न, गाउन, कुरा गर्न, आफ्नो रुचि अनुसारको क्षेत्रमा लाग्न प्रेरित र प्रोत्साहित गर्नुपर्छ।
एकाबिहानै कतै गैरहेथेँ, एउटा स्कूले केटाले भन्यो – मर्निङ सर’ जवाफमा भने – ‘गुडमर्निङ’। हामी आफ्ना बालबालिकालाई बाबा, आमा, दिदी दाइ भन्न नलगाई मम्मी र ड्याडी, ब्रदर सिष्टर भन्न सिकाउँछौं, शुभप्रभात, नमस्कार, अभिवादन गर्न नसिकाइ ‘गुडमर्निङ, गुडनाइट, हाई, हल्लो’ भन्न सिकाउँछौं फलस्वरूप उनीहरूले मम र ड्याड, ब्रो र सिस् भन्न मन पराउन थालेका छन्। साथीसँगीमा हुने मित्रता, सद्भाव, सहिष्णुता र सामाजिक एकतालाई विदेशी चलचित्रको वेपर्वाह संस्कृतितर्फ आकृष्ट गर्न सिकायौं भने के हाम्रा मौलिकता, सामाजिक मूल्य, मान्यता, आदर्श र वैशिष्ट्यको संरक्षण, सर्म्बर्द्धन हुन सक्ला। हाम्रो संस्कृति र संस्कारले सभ्यताका अग्रपङ्तिमा उभिन सक्ला त – बुझने जति र बुझन चाहनेले गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ।
सुझबुझ र धारणाको विकासमा आहार विहारले प्रशस्त प्रभाव पारेको हुन्छ। हामी आफ्ना केटाकेटीलाई भुटेको मकै भटमासको बदला चाउचाउ र बिस्कुट खुवाउने गछौर्ं, दूध, दही, महिको बदला आइसक्रिम र कोक फेन्टा पिलाउने गछौर्ं। केक, बिस्कुट र चाउचाउ जस्ता ड्राइफुडले बालबालिकाको स्वास्थ्यमा सानैदेखि असर पार्ने हुँदा उनीहरूको पाचन प्रणाली कमजोर हुनुका साथै विभिन्न किसिमका रोगबाट संक्रमित बनाउँछन्। चिल्लो, अमिलो, चिसो, पिरो, शुष्क र मसलादार खानाले अपच, कब्जियत, ग्याष्टिक, अल्सर आदि पेटसम्बन्धी रोग लाग्नुका साथै मस्ितष्क, शुष्क र कमजोर बन्न पुग्छ। आफ्नो इच्छा विपरित खानुपर्ने, पढ्नुपर्ने, गर्नुपर्ने वाध्यताका कारणबाट पनि बालबालिकाहरू झगडा गर्ने, अटेरी गर्ने, घमण्डी र जिद्धि गर्ने स्वभावका बन्न पुग्छन्। उनीहरूलाई तीतो, गुलियो, टरो, अमिलो, रसिलो, काँचो, पाकेको, मीठो, नमिठो सबै गुणहरूको स्वाद चखाउनुपर्छ र बेग्लाबेग्लै स्वादको रसानुभूति गराउन सक्यौँ भने मात्र उनीहरूले सभ्य, शिष्ट संस्कार जनित समाजको निर्माण वा सिर्जनामा सघाउन सक्छन्।
पधेंरामा एउटी आमाले सानी छोरीलाई अश्लिल लाग्ने बोलीले गाली गर्दै थिइन्। लुगा धुँदै थिएँ म, उनको त्यो बेस्से, नक्कली, भनेको मान्दिनस् ………. आदि वचन सुनेपछि भनें – बहिनी, के भन्नु भएको हो त्यस्तो – किन छोरीलाई नराम्रो बोल्नु हुन्छ – उनी हच्किइन् र लाचारी साथ भनिन् – पटक्कै भनेको मान्दिन सर, गाली नगरेर के गरुँ – भनंे आमा बाबु नै त्यस्तो अश्लिल शब्द भन्नुहुन्छ भने ती केटाकेटी देखासिकी गर्दैनन् – केटाकेटीलाई कुटपिट गरेर गाली गरेर, नराम्रो वचन भनेर मात्र सुध्रिने हुन् र ? अहँ ’ होइन। बरु आफ्ना सन्ततीलाई के गर्दा उनीहरू खुशी हुन्छन् र सभ्य, शिष्ट, लगनशील, आज्ञाकारी हुन सक्छन् त्यो घर परिवारले वा अभिभावकले सानैदेखि बुझ्नुपर्छ, जान्नुपर्छ, सिक्नुपर्छ र गर्नुपर्छ। बालमनोविज्ञान सबैले कहाँ बुझन सक्छ – प्रश्न उठ्न सक्ला तर उचित मायाप्रेम, स्नेह, सहयोग, सहानुभूति, प्रोत्साहन प्रेरणा नपाउने बालबालिकाहरू उच्च संवेग देखाउने, अटेरी गर्ने, झगडा गर्ने, अरुको डाह गर्ने, बाबु आमाको आदेश उल्लङ्घन गर्ने, पठनमा ध्यान नदिने, साथी समूहमा रमाउने आदि विविध मनोदशाका हुन्छन्।
यस्ता बालबालिकालाई प्रथमतः घर परिवारबाटै प्रारम्भ गरी स्कूलमा उचित वातावरण दिन सके राम्रो संस्कारको विकास गरी शिक्षित बनाउन सकिन्छ। नाटक ‘कोही किन बर्वाद होस्’ मा पनि यसै पक्षलाई पुष्टि गरिएको छ।
बालमनोविज्ञानको कुरा गर्दा एउटा सुगा व्यापारीको छोटो कथा स्मरण हुन्छ मलाई। कुनै देशका राजा दुर्इ सुगा बेच्न हिडेको व्यापारी भेट्छन् र मूल्य सोध्दा उत्रै दरका सुगाको मूल्य आकाश जमिनको फरक रहेको सुन्दछन्। त्यो फरक मूल्यको रहस्य पछि थाहा हुने व्यापारीको भनाइलाई स्वीकार गरी दरबारमा ती दुबै सुगा पुर्याउँछन्। राजा सुत्ने खोपीको नजिकै त्यो पिञ्जराको सुगा राख्न लगाइन्छ। भोलिपल्ट बिहानै बढी मूल्य पर्ने सुगाले राम्रा राम्रा नीतिश्लोकहरू भन्न थाल्छ, भने कम मूल्यको सुगाले नानाथरिका गाली भट्याउन थाल्छ अनि मात्र राजाले ती उस्तै उत्रै सुगाको मूल्य फरक हुन पुगेको रहस्य थाहा पाउँछन्। कारण थियो नीतिवचन फलाक्ने सुगा शिष्ट, सभ्य कुलीन परिवारमा, जहाँ प्रात पूजा, अर्चना र प्रार्थना हुने घरमा हुर्की बढेको थियो भने अश्लील गाली गर्ने सुगा बिहानै अश्लील गाली गर्दै झगडा गर्ने घरमा हुर्की बढेको थियो। उनीहरूले बिहानै जे जे सुने, बुझे र जाने त्यही त्यही नै गर्न पुगे। बिचराहरू के जानुन्, त्यसको अर्थ के हुन्छ र त्यसले कस्तो प्रभाव पारेको हुन्छ –
ती सुगाहरूको दृष्टान्त झैं हाम्रा सन्ततीहरू पनि सानो छँदा जे जे सुन्छन्, जे देख्छन् त्यही गर्न पुग्छन् तसर्थ साना बालबालिकालाई घरमा श्लील, शिष्ट, सभ्य, सुसंस्कृत शब्दको प्रयोग गर्नु राम्रो हुन्छ। अश्लील, अशिष्ट बोलीवचनले साना बालबालिकामा नराम्रो असर पार्दछ र उनीहरूमा अस्वभाविक व्यवहारहरू देखा पर्न थाल्दछन्। यस मानेमा पनि हामी परिवारमा, समुदायमा र विद्यालयमा पनि शिष्ट, सभ्य, स्नेहजनित शब्दको प्रयोग गरी उच्च संस्कारको विकास गर्नु आवश्यक हुन्छ।
Related News
सम्बन्धित समाचार
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
रेमिटेन्स
सेती भासिँदा रामघाट आसपासमा जोखिम बढ्यो
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
मंसिर १२, २०८०सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०