व्यक्ति कुनै पनि परिस्थिति तथा सर्न्दर्भमा जानकार हुन सक्छ। कुनै पनि बालबालिका खेलेर, बुझेर तथा उक्त घटनामा परेर शिक्षा हासिल गर्न सक्छ। शिक्षाको सर्न्दर्भमा विभिन्न भनाई तथा अवधारणाहरू आइरहेका छन् जसअनुरूप राष्ट्रले अंगाल्ने निति पनि परिमार्जन हुने गरेको पाइन्छ। प्राचिन कालमा शिक्षा हासिल गर्ने प्रक्रिया तथा लिच्छविकालीन शिक्षा र हाल आएर आधुनिक शिक्षा प्रणालीमा कयौं परिमार्जन तथा नयाँ नयाँ तथ्य र अवधारणा आइरहेको पाइन्छ। कुनै बेलाको गुरुको आश्रममा गएर आर्जन गरिने शिक्षा र हाल आएर शिक्षाका विभिन्न साधनहरू प्रयोग गरेर आर्जन गरिने शिक्षाको प्रमुख सार भने एउटै हुन सक्छ ताकी यति मात्र फरक छ शिक्षा प्रदान र आर्जन गर्ने माध्यम र पद्धति।
शिक्षाले प्रत्येक वर्गको विकास प्रक्रियामा समान पहुँचको अधिकार सुनिस्चित गराउन सचेत गराउने प्रमुख जिम्मेदारी लिन्छ। समाज सुसुचित र विकासको प्रतिफल प्रत्येक वर्ग, लि· र क्षेत्रमा पुर्याउन शिक्षाको प्रमुख भूमिका हुन्छ। यसो त विकास भन्नु नै समाज हरेक कुरामा सुसुचित र जानकार हाँसिल गर्नु पनि हो। यस प्रक्रियामा अपा·ता भएका बालबालिकालाई पछाडि पारिँदै आएको देखिन्छ।
अपा·ता भएका बालबालिका भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रियसम्बन्धी दीर्घकालीन अशक्तताद्वारा सृजित विभिन्न अवरोधहरूको अन्तरक्रियाको कारणले समाजमा अन्य बालबालिकासरह समान आधारमा पूर्ण र प्रभावकारी रूपमा सहभागी हुन बाधा भएको अवस्था समेतलाई जनाउँछ। सरल भाषामा भन्दा सा· बालबालिकासरह सामाजिक रूपमा समान र सहज रूपमा सहभागी हुन बाधा भएको अवस्थालाई नै अपा·ता भनिन्छ। अपा·ताको महसुस कुनै पनि व्यक्तिमा समान नभई फरक फरक हुने गर्दछ, मानव निर्मित भौतिक संरचना तथा मानवीय सोचले अपा·ताको महसुसमा फरक पार्दछ। जसको लागि मानवीय विकासको सोच बलियो हुनु आवश्यक ठानिन्छ।
मानवीय विकास भनेको निर्वाध स्वतन्त्रताको अवस्थामा जीवन बाँच्न, शिक्षित हुन र उपयुक्त स्तरको जीवन निर्वाह गर्ने लगायतका पर्याप्त अवसर प्राप्त हुनु भन्ने बुझिन्छ। स्वतन्त्रता, मानव अधिकारको प्रत्याभूति र आत्मसम्मान मानवीय विकासका आवश्यक तत्वहरू हुन्। मानव अधिकारका यस्ता तत्वहरू प्राप्तिको रूप रेखामा अपा·ता भएका बालबालिका पुग्न सकेको देखिँदैन।
अपा·ता भएका व्यक्तिहरूले केही पनि काम गर्न सक्तैनन् र उनीहरूलाई सबैले दया गर्नुपर्छ भन्ने अन्धविश्वासले नेपाली समाजमा जरा गाडेको छ। लगभग सामाजिक मान्यता जस्तै बन्न पुगेको यस भ्रमलाई अझै हटाउन सकिएको छैन। फलस्वरूप अपा·ता भएका व्यक्तिहरू आर्थिक, सामाजिक, राजनीतिक, भौतिक, सांस्कृतिक, नागरिकलगायतका अधिकार प्रयोग गर्न बाट बञ्चित हुँदै आइरहेका छन् भने अपा·ता भएका बालबालिकाको अवस्था भने झन विकराल छ।
शिक्षा मन्त्रालयका पछिल्लो तथ्याङ्क अनुसार अपा·ता भएका बालबालिकामध्ये करिव ८० प्रतिशत बालबालिकाहरू अझै पनि विद्यालयको शिक्षाबाट बञ्चित रहेका छन्। हाल सञ्चालन भएका विद्यालय तथा शिक्षण संस्थामा अपा·ता भएका सम्पूर्ण बालबालिकाको सहज पहुँच पुग्न सकेको छैन।
अपा·ता भएका बालबालिकालार्ई शिक्षाको अवसर सुलभ अनि सहज होस् भन्ने उद्देश्यले अपा· संरक्षण तथा कल्याण ऐन, २०३९ को दफा ६ मा शिक्षा तथा तालिमको व्यवस्था गरिएको छ। नेपालको अन्तरिम संविधान, २०६३ को मौलिक हकको दफा १७ मा शिक्षा तथा संस्कृतिको अधिकार संरक्षण गर्दै प्रत्येक समुदायलाई मातृभाषामा आधारभूत शिक्षा प्राप्त गर्ने अवसरको सुनिश्चितता गरी कानुनमा व्यवस्था भएबमोजिम माध्यमिक तहसम्म निःशुल्क शिक्षा पाउने हक प्रत्याभूत गरिएको छ। यसैगरि नेपाल राष्ट्रिय योजना आयोगको आधार पत्रमा सबैलाई निःशुल्क र अनिवार्य आधारभूत शिक्षा प्रदान गर्ने, उच्च शिक्षा समन्यायिक एवं समावेशी पहुँच विस्तार गरी गुणस्तरीय, सीपमुलक र रोजगार उन्मुख शिक्षाको विस्तार गर्ने प्रतिबद्धता उल्लेख छ।
विकास भनेको सबै मानिसले सबै अधिकार प्राप्त गर्ने प्रक्रिया भएकोले विकासको योजना बनाउँदा मानिसका सबै अधिकारको परिपूर्र्ति हुने गरी एकीकृत रूपमा बनाइनुपर्छ। जस्तैः अपा·ता भएका बालबालिकाको शिक्षाको अधिकार प्राप्तिका लागि उनिहरूको अवस्था अनुकूल हुने मानिसका खाद्य अधिकार, स्वास्थ्य अधिकार, शिक्षाको अधिकार, रोजगारीको अधिकार, समानताको अधिकार, तथा स्वतन्त्रताका अधिकारलगायतका सबै अधिकार पूरा गर्नका लागि एकसाथ योजना गरिनुपर्दछ।
सरकारले लिएको निति अनुरूप प्रत्येक निजी तथा सामुदायिक विद्यालयहरूले पनि अपा·ता भएका बालबालिकालाई शिक्षा प्रदान गर्ने आधार तयार गर्नुपर्दछ। विकासमा सहभागिता हने अधिकार र विकासको प्रतिफल प्राप्त गर्ने अधिकारमा कुनै पनि बालबालिका पछाडि नपरुन भनेर संयुक्त राष्ट्र सङ्घको आह्वानमा बालबालिकाको अधिकारसम्बन्धी महासन्धि १९७९ ल्याइयो। उक्त महासन्धिले बाल बचाबट, बाल विकास, बाल संरक्षण र बाल सहभागिताको सवालमा बोले तापनि अपा·ता भएका बालबालिका त्यसको प्रत्यक्ष नजरमा पर्न सकेनन्। जसअनुरूप संयुक्त राष्ट्र सङ्घको ६१ औँ महासभाबाट पारित अपा·ता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि २००६को धारा २४ मा अपा·ता भएकै कारणबाट कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नगरिने कुरा उल्लेख गरियो। यस महासन्धि राष्ट्र सङ्घले जारी गरेका ठूला महासन्धिमध्ये महत्त्वपूर्ण महासन्धिभित्र पर्दछ। यसको प्रभावकारी कार्यान्वयनको आधार तयार नहुँदा अपा·ता भएका बालबालिकाको सवाल सधै ओझेलमा मात्र परेको देखिन्छ।
अपाङ्गता भएका बालबालिकाका लागि विद्यमान शैक्षिक अवरोधहरू
अपाङ्गता भएका बालबालिकाको शिक्षामा सरकारी र गैरसरकारी क्षेत्रबाट विभिन्न प्रयास हुँदाहुँदै पनि केही चुनौती बाँकी नै छन्। त्यसैले अपा·ता भएका बालबालिकाले सहज रूपमा शिक्षा प्राप्त गर्न सक्ने अवस्था छैन। एक त अपा·ता भएका बालबालिकाले आफ्नो घर परिवारका सदस्यहरूबाट विभेदको सिकार भोग्नुपर्छ। त्यसपछि हाम्रो समाजको विद्यमान असमानता र भेदभावपूर्ण सामाजिक निति तथा कुरीति। एक त जन्मपछि अपा·ता भएका बालबालिका समाजका यस्ता अनेक अवरोध झेल्दै विद्यालय पुगेका हुन्छन् तर विद्यालयका शिक्षक तथा शिक्षासँग सम्बन्ध कर्मचारीहरू अपा·ता भएका बालबालिकाप्रति उनीहरूको अपा·ताको बारेमा सुझ बुझ नलिँदा र उनीहरूको भावनाको कदर नहुँदा समावेशी शिक्षाको अधिकार कागजमा मात्र केन्द्रित हुन पुग्छ। यसो त शिक्षा बहुआयामिक पक्ष पनि हो। शिक्षासँग प्रत्येक क्षेत्रहरू अन्तरसम्बन्धित हुन्छन् तर जिवनको आधाआधी पूर्ण अपा·तामा विताएका अपा·ता भएका व्यक्तिहरूले शिक्षा आर्जन गर्ने उपयुक्त माध्यम र अपा·ता भएका व्यक्तिहरूमैत्री वातावरण नहुँदा बाँकी जीवन पनि घरभित्रै अनुत्पादक रूपमा खेर फाल्नुपर्ने अवस्था सृजना हुन पुग्छ।
भौतिक संरचना तथा मानवीय सोच अपा·ता भएका बालबालिकामैत्री नहुनु
हाल सञ्चालनमा आइरहेका विद्यालय तथा शिक्षण संस्थाहरू अपा·ता भएका बालबालिकामैत्री छैनन्। सर्वप्रथम त विद्यालय जाने बाटो शौचालय जस्ता भौतिक संरचना अपा·ता भएका बालबालिकालाई सहज हुनेगरी निर्माण गरिएका छैनन्। विद्यालयमा र्याप्प, मेच, टेबुल, बेन्च, खेलमैदान र पानी पिउन जाने स्थान अपा·ता भएका बालबालिकाले प्रयोग गर्न सक्ने गरी निर्माण गरिएको छैन भने विद्यालयका शिक्षक तथा शिक्षासँग सम्बद्ध कर्मचारीहरू अपा·ता भएका बालबालिकाप्रति उनिहरूको अपा·ताको बारेमा सुझबुझ नलिँदा र उनीहरूको भावनाको कदर नहुँदा विद्यालयमा उनीहरू निर्धारित समयसम्म टिक्न कठिनाई आर्इपर्छ। अकोर्तिर उच्च शिक्षाको लागि केही वर्ष यतादेखि सुरुवात गरिएको उच्च शिक्षा विद्यालयमा तला थपेर निर्माण गरिएको भवनमा सञ्चालन भएको हुँदा माथिल्लो तलामा अध्ययन गर्न जान अपा·ता भएका बालबालिकालाई निकै असुविधा हुन्छ।
शैक्षिक पाठ्यक्रम अपा·तामैत्री नहुनु
नेपालमा दिइने शिक्षामा अपा·ता भएका व्यक्तिहरूलाई अपा·ता अनुसारको पाठ्यक्रम नहुँदा पढ्ने समयमा पनि राम्रोसँग बुझन नसक्ने, परीक्षामा कम अङ्क प्राप्त गर्ने जस्ता समस्या उनीहरूले भोग्नुपरेको छ। जस्तै एउटामात्र हात भएका विद्यार्थीलाई तथा दृष्टिविहीन विद्यार्थीलाई ज्यामिति पढ्नुपर्दा अप्ठेरो हुन्छ। बहिरा विद्यार्थीलाई श्रुति लेखनजस्ता विधिबाट परीक्षा लिँदा कठिनाई हुन्छ। यस्ता समस्याको विकल्प भए पनि तिनका विषयमा व्यापक सचेतना र जानकारी नहुँदा अपा·ता भएका बालबालिकाले शिक्षा प्राप्त गर्न समस्या भोग्नुपरेेको छ।
समयमा पाठ्यपुस्तक उपलब्ध हुन नसक्नु
दृष्टिविहीन विद्यार्थीले प्रयोग गर्ने ब्रेल लिपिमा पाठ्य सामग्री समयमा नै छापिएर सम्बन्धित विद्यालयमा उपलब्ध नहुँदा पुस्तकबिना नै दृष्टिविहीन विद्यार्थीले शैक्षिक सत्र विताउनुपर्ने अवस्था छ भने आवश्यक शैक्षिक स्रोत सामग्री सम्बन्धित विद्यालयमा पुग्न सक्दैन, यदि पुगे पनि त्यसको व्यवस्थापन र सञ्चालन राम्रोसँग नहुँदा अपेक्षित उपलब्धि हाँसिल हुन सक्दैन।
कानुन प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्नु
अपा·ता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि २००६ मा कुनै पनि अपा·ता भएका बालबालिका शिक्षाबाट बञ्चित नगरिने कुराको सुनिश्चितता गर्नुपर्ने उल्लेख गरिएको छ। त्यस्तै अपा·ता भएका बालबालिकाका लागि अपा· संरक्षण तथा कल्याण ऐन, २०३९ मा निःशुल्क शिक्षा प्राप्त हुने प्रावधान छ। यस व्यवस्थाअनुरूप सवोर्च्च अदालतले २०६० सालमा अपा·ता भएका विद्यार्थीका लागि निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने आदेश सरकारको नाउँमा जारी गरिसकेको छ। त्यसपछि अपा·ता भएका व्यक्तिहरूले सार्वजनिक शिक्षण संंस्थामा निःशुल्क पढ्ने अवसर प्राप्त गरेका थिए। तर केही समय अगाडिदेखि त्रिभुवन विश्वविद्यालयले प्रवीणता प्रमाणपत्र तह खारेज गरेर १२ कक्षासम्म उच्च माध्यमिक विद्यालयमै पढाइ हुने प्रावधान लागू गरेपछि पुनः अपा·ता भएका विद्यार्थीहरू अधिकांश शिक्षण संस्थामा अध्ययनको लागि शुल्क तिर्न बाध्य भएका छन् भने अकोर्तिर छात्रवृत्ति नै निःशुल्क शिक्षा हो भन्ने गलत कानुनको व्याख्याले गर्दा अपा·ता भएका बालबालिका छात्रवृत्तिसहितको निःशुल्क शिक्षाको अधिकारबाट बञ्चित भएका छन्।
निष्कर्ष
शिक्षा सबैको अधिकार हो। हरेक व्यक्तिको आफ्नो अवस्थाअनुसारको शिक्षा प्राप्त गर्न पाउने अधिकार हुन्छ भने त्यस विषयमा गम्भीर भई शिक्षा उपलब्ध गराउनु राज्यको कर्तव्य हुन्छ। तर अपा·ता भएका विद्यार्थीले यस किसिमको अधिकार प्राप्त गर्न सकिरहेको देखिँदैन। यस विषयमा सबै सरोकारवालाले ध्यान दिई अपा·ता भएका बालबालिकाको शिक्षा प्राप्त गर्न पाउने अधिकार संरक्षित गर्नु जरूरी छ।
(लेखक अपा·ता अधिकारकर्मी हुन्।सं.)
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
ठगी अभियोगमा वडा सदस्यसहित ४ पक्राउ
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु, हिमाल जोगाउन एकमत
मंसिर २२, २०८०मनाङमा जलवायु परिवर्तनको असर : हराए हिमालको हिउँ र ताल
मंसिर २२, २०८०चिहानमा पुगिसकेको राजतन्त्र फर्किँदैन: ओली
मंसिर २१, २०८०पोखराको नयाँबजारमा व्यापार मेला सुरु
मंसिर २१, २०८०म टुहुरो भएँ: १४ वर्षमा बुबा बितेर, अहिले छोराछोरी विदेशिएर…
मंसिर २१, २०८०