शिक्षक विद्यार्थी सम्बन्ध र प्रयोगात्मक परीक्षा

अविनाश पौडेल अविनाश पौडेल
जेठ १७, २०७७

एका प्रयोगात्मक अंक शिक्षकको विद्यार्थीप्रतिको धारणा कस्तो छ ? त्यसमा नै निर्भर हुन्छ । प्रयोगशालामा गरिने क्रियाकलापको त कुरै भएन, विज्ञानको प्रयोगशाला नै नभएका विद्यालयको सूचि लामै छ । ‘टेस्टट्युब’ नचिनीकन २५ पूर्णाङ्क पाउने विद्यार्थीको सूचि त झन अटाइनसक्ने छ ।

नेपालको शिक्षा प्रणलीप्रतिका टिप्पणी र असन्तुष्टिको बर्खिलाफ राख्ने हो भने एउटा किताब सजिलै भरिन्छ । अहिले भनिदैँ आएका मुख्य असन्तुष्टि भनेको परीक्षामुखी शिक्षा र थ्योरीटिकल शिक्षा नै हुन् । परीक्षामुखी शिक्षाका विपक्षमा जतिसुकै विद्वानहरुले आलोचना गरेपनि त्यसको बिउ नै यस्तै बस्यो कि त्यो यसरी नै हुर्किरहने भयो । तर प्रयोगात्मक शिक्षा विकास गर्ने भनेर छुट्टाइएका प्रयोगात्मक पाठ्यक्रम र प्रयोगात्मक भार भने हाँस्यास्पद र अपाङ्ग बनेका छन् । तिनले शिक्षा प्रणालीमा विकासको सट्टा विनाश र विकृती मात्र रोप्ने भए ।

प्रयोगात्मक परीक्षाको उद्देश्य भनेको शिक्षा जीवन र कार्यक्षेत्रमा अत्याधिक उपयोगी बनोस् भन्ने हो । तर अहिलेको यो ठिमाहा संघियतामा यो शिक्षा प्रणाली पनि ठिमाहा नै हुन पुग्यो । कक्षा १० सम्मको प्रयोगात्मक परीक्षा त हात्तीको देखाउने दाँत जस्तै हो । प्रयोगात्मक परीक्षाको प्रणाली देखाउने र भन्ने मात्रै हो । यस्तो प्रयोगात्मक परीक्षाको प्रणाली बाट उद्देश्य हासिल गर्नु भनेको ‘यो बाटो कहाँ जान्छ ?’ भन्दा ‘अमेरिका जान्छ’ भने जस्तै हो । जान त जान्छ तर कहिले, कसरी जान्छ केही निक्र्योल छैन । त्यसकारण, प्रयोगात्मक परीक्षाका ती उद्देश्य हासिल गर्न प्रयोगात्मक परीक्षाको यस्तो विधि सफल हुने छैन र झन विकृति र गुणस्तर घट्ने मात्र हो ।

विशेषतः कक्षा १० सम्म हुने र दिने गरिएका प्रयोगात्मक अंक शिक्षकको विद्यार्थीप्रतिको धारणा कस्तो छ ? त्यसमा नै निर्भर हुन्छ । प्रयोगशालामा गरिने क्रियाकलापको त कुरै भएन, विज्ञानको प्रयोगशाला नै नभएका विद्यालयको सूचि लामै छ । ‘टेस्टट्युब’ नचिनीकन २५ पूर्णाङ्क पाउने विद्यार्थीको सूचि त झन अटाइनसक्ने छ । मुल्याङ्कन नगरिकन शिक्षकको धारणा अनुरुपको नम्बर त प्रायजसो सामुदायिक विद्यालयका विद्यार्थीले पाएकै छन् । संस्थागत विद्यालयको हाल त झन् बिजोगै छ । शिक्षकको धारणा पनि त्यहाँ मापन हुँदैन । त्यहाँ त प्रयोगात्मक अंकमा अभिभावकले तिरेको पैसा प्रष्टिन्छ, सजिलो अर्थमा ‘२५’ ।

म सामुदायिक विद्यालयमा अध्ययनरत हुनाले त्यहाँको समस्या दर्शाउन चाहान्छु । माथि लेखिएजस्तै म पनि ‘टेस्टट्युव‘ नचिनी ए प्लस् पाउने विद्यार्थीमा पर्छु । म अहिले ढुक्क छु कि मेरो त्यो ए प्लस ग्रेड साच्चिकै न्याय होइन, अन्याय नै हो । तर त्यो ए प्लस् नपाउने हो कि भनेर १० कक्षामा मलाइ जति पिरलो सायद अरुलाई पनि परेको हुनुपर्छ ।

यो प्रयोगात्मक परीक्षाले मलाइ नजानीकनै राम्रो ग्रेड ल्याउने अवसर त दियो, त्यतिकै डर पनि पैदा भयो । स्थाइ शिक्षकको खिलाफ औँला उठाउने साहस त प्रायजसो हेड मास्टरसँग पनि हुँदैन, अब हाम्रा असन्तुष्टि पोख्ने को सँग ? शिक्षकप्रतिको असन्तुष्टि यो प्रयोगात्मक परीक्षाको लेखमा किन उठायो होला ? भन्ने लाग्ला तर यो असन्तुष्टि पोख्न भन्दा पहिला त्यो उ प्लस् आँखामा झल्झली आउँथ्यो । शिक्षक सँग उसैको शिक्षणको विषयमा वादविवाद गर्दा धारणा कस्तो बन्छ ? त्यस्तै प्रतिफल आउँछ मार्कसिटमा । प्रयोगात्मक परीक्षा हुन्थ्यो र त्यो परीक्षामा राम्रो गरेको हुन्थे भनेपनि बोल्ने साहस त हुँदो हो । न परीक्षा भएको छ, न धारणा राम्रो बन्छ । प्रयोगात्मक परीक्षा त हुदै भएन, शिक्षकको धारणाको परीक्षामा म फेल हुने भएँ, यदि असन्तुष्टि पोखेँ भने । अब म हच्किएँ, बोल्नबाट । म सहनै तयार हुनु पर्‍यो, त्यो असन्तुष्टिलाइ कसरी हुन्छ झेल्नै पर्यो ।

शिक्षक विद्यार्थीको सम्बन्धले कहिले सम्म मार्कसिटमा प्रतक्ष प्रभाव राखिरहने र विद्यार्थीका असन्तुष्टि दमित भइरहने ? शिक्षकहरुको अल्छीपनाको विरुद्ध विद्यार्थी बोल्न सक्ने अवस्था बन्ला कि नाइ ? ब्ल्याकलिस्टमा पर्नेगरि विद्यालयमा गएर बोल्न सक्ने अभिभावकको पनि स्थिती रहेन, यही ठिमाहा प्रयोगात्मक परीक्षाले । बच्चाको अंक सँग अभिभावकको प्रेम पनि अतुलनीय नै हुन्छ । यो भयावह स्थिति होइन र ?

यदि यो अपाङ्ग, ठिमाहा र औचित्यहीन प्रयोगात्मक परीक्षाको सट्टा व्यवहारीक र साँचोे अर्थमा प्रतिफल दिने किसिमको परीक्षा हुन्थ्यो भने अथवा त्यो ठिमाहा परीक्षा हुदैँनथ्यो भने, म खुलेआम त्यो असन्तुष्टिको खिलाफमा बोल्ने थिएँ र कमसेकम मेरो विद्यालयमा विद्रोहको सुरुवात हुने थियो, सकारात्मक विद्रोह । एउटा क्रान्तिको थालनी हुन्थ्यो, खराबको बिरुद्ध बोल्ने । म त बोलिन या कम बोलेँ यो खराब परिपाटीको विरुद्ध मेरो स्वार्थ (ए प्लु)को निम्ति । यही समाजले स्वार्थी बनायो मलाई ।
यो समस्याबाट ग्रसित र त्रसित म मात्र होइन , तमाम विद्यार्थीहरु छन् । अधिकतमले त फाइदा पनि लिएका होलान् यहि ठिमाहा प्रणालीबाट तर या फाइदा केवल क्षणिक हो, नतिजा प्रकाशनको दिन मात्र । यो शिक्षक विद्यार्थीको सम्बन्धले कहिले सम्म मार्कसिटमा प्रतक्ष प्रभाव राखिरहने र विद्यार्थीका असन्तुष्टि दमित भइरहने ? शिक्षकहरुको अल्छीपनाको विरुद्ध विद्यार्थी बोल्न सक्ने अवस्था बन्ला कि नाइ ? ब्ल्याकलिस्टमा पर्नेगरि विद्यालयमा गएर बोल्न सक्ने अभिभावकको पनि स्थिती रहेन, यही ठिमाहा प्रयोगात्मक परीक्षाले । बच्चाको अंक सँग अभिभावकको प्रेम पनि अतुलनीय नै हुन्छ । यो भयावह स्थिति होइन र ?

मेरो तात्पर्य यो होइन कि प्रयोगात्मक परीक्षा फाल्नुपर्छ, तर त्यसको विसध भने फेरिनु पर्छ । कक्षा ११/१२ अथवा माथिल्लो स्तरमा जस्तै बाहिरी शिक्षकको मुल्याङ्कनले आन्तरीक शिक्षकको सम्बन्धबाट त अङ्कलाइ त निरपेक्ष राख्ला तर त्यस्तो परीक्षा पनि साँचो अर्थमा प्रयोगात्मक छैन ।

यस्ता कुरा पनि नसुनिएका होइनन् कि नेपालमा शिक्षाको राम्रो स्तर र विद्यार्थी राम्रो ग्रेडमा पास भएका दस्तावेज विश्व समुदायमा पेश गर्न र आएका अनुदान पचाउन यस्ता निरअर्थक प्रयासहरु भएका हुन् । यदि यसकै निम्ति यी सबै कर्मकाण्ड गरेर फूलपाती चढाउने काम गरिएकै हो भने विद्यार्थी अशिक्षित बनुन्, मिहिनेत बिना नै प्रमाणपत्र पाउन्, ज्ञान विना नै ज्ञान बाँड्ने सर्टिफिकेट पाउन्, अनुभव विना नै मान्छे चिर्न पाउन् भन्ने जस्तो चरित्र देखिन्छ । यसको निम्ति विद्यार्थी मात्र होइन आम जनसमुदाय नैे विद्रोहको निम्ति जागृत हुनुपर्छ । कसैलाइ देखाउनको निम्ति हामी शिक्षित हुनु छैन, हामी साक्षर हुनु छैन ।

त्यसकारण अविलम्व विज्ञहरुसँग सल्लाह र छलफल गरेर प्रयोगात्मक परीक्षाको दायरा बढाउनु पर्छ र साँचो अर्थमा शिक्षाको गुणस्तर बढाउनु पर्छ । यस्तो सन्त्रास म मात्र होइन नेपालका सम्पूर्ण विद्यार्थीले भोगेका छन् । बाहिर सामान्य देखिएपनि यो विद्यार्थीको निम्ति ठूलो संकट नै हो ।

हाम्रो सुझाव