शान्तिपूर्ण नेपाल बनाउन हामी सबै जिम्मेवार बनौं

आदर्श समाज सम्वाददाता
भाद्र २४, २०७२

हाम्रो नेपाल एक शान्तिपूर्ण देश हो भनेर विश्वभरि चिनिएको छ। हाम्रो नेपाल विविध जातजाति, भाषाभाषी, विविध धर्म संस्कृति परापूर्वकालदेखि सहअस्तित्वको परम्परा जोगाउँदै आपसी सहयोग र भाइचारा कायम गर्दै आएको देश हो। हाम्रो देश बुद्ध भूमि भनेर पनि विश्वभरि चिनिएको छ। त्यति मात्र होइन २८ जना बुद्धमध्ये ३ जना बुद्ध यसै नेपालको धर्तीमा जन्म लिएर ज्ञान फैलाएको इतिहास छ। गौतम बुद्ध, क्रकुच्छन्द बुद्ध र कनकमुनी बुद्ध नेपालमै जन्मेका थिए। भनिन्छ नेपाल खाल्डो -काठमाडौं उपत्यका) नै मञ्जुश्री बोधिसत्वले दक्षिण चीन बाट आएर ऊ बेलामा तालको रूपमा रहेको खाल्डाको पानी निकालेर बस्न योग भूमि निर्माण गरी जानुभएको थियो। यो देश विविध देवी देवीहरू, ऋषि महषिर्हरूको कर्मक्षेत्र लोकेश्वरहरूले संरक्षित क्षेत्र पनि हो। त्यसैले होला नेपालीहरू इमान्दार, शान्तिप्रमी, कर्तव्यनिष्ठ र परेको खण्डमा ज्यान आहुति गर्न सक्ने वीरहरूको देश भनी पनि विश्वभरि चिनिएको छ।

तर बडो दुःखको कुरा के छ भने हालै भदौ ७ गते घटेका दुःखद घटनाहरू जस्तै कैलालीको टीकापुरमा एक उच्च प्रहरी व्यक्तित्वको हत्या साथै एक सानो बालकलगायत ९ जनाको क्रुर हत्या भएको छ।यस्तै यस घटनाको केही दिन पहिले पनि केही आन्दोलनकारीको ज्यान गएको कुरा सञ्चारमाध्यममा आएको छ। यस्तै गरी २०५२ साल फागुनबाट राजनीतिक परिवर्तनको लागि भनी सञ्चालन गरिएको जनयुद्धमा पनि हजारांै हजार व्यक्ति हताहत भएका थिए भने अहिलेसम्म कतिपय व्यक्ति मरेका छन् कि बाँचेका छन् भन्ने थाहा नपाई बेपत्ता पारिएका छन््। यसरी एउटा शान्तिपूर्ण देश आज विभिन्नखाले द्वन्द्वमा फस्दैछ। र एक नेपालीले अर्को नेपालीप्रति विश्वास गनै गाह्रो पर्ने अवस्था आइरहेको छ।

हो, हामी नेपालीहरूलाई केही सामन्ति शासकहरूले आधारभूत अधिकार नदिइकन देशलाई ब्रम्हलुट मच्चाएका थिए। यसमा विशेषगरी १०४ वर्ष एकलौटी गरी जहानीयाँ राणा शासन पनि लागू गरे। यसका विरुद्ध जनताहरू उठेर राजनीतिक आन्दोलन गरे जसमा धेरै सपुतहरू शहीद पनि भए। प्रजातान्त्रिक शासन व्यवस्था आएपछि सबै विस्तारै ठीक हुन्छ नी भनेर जनताले अपेक्षा गरेका थिए। तर जनताको आशा आकांक्षा आकाशको फल आ“खा तरी मर भने जस्तै भयो। राणाबाट खोसेर ल्याएको शासन सत्ता जब राजा महेन्द्रलगायत वीरेन्द्र र ज्ञानेन्द्र राजा भए। विभिन्न राजनीतिक व्यवस्था पनि परीक्षणको रूपमा जस्तै लागू भए। राजा केन्द्रित शक्ति र नया“ नेताहरू केन्द्रित राजनीतिक शक्ति बीचमा द्वन्द्व चल्दै जाँदा नेकपा माओवादीको जनयुद्ध विभिन्न राजनीतिक दलहरूले चलाएको जनआन्दोलन -जसमा पछि नेकपा माओवादी पनि समाहित भयो) पछि २०६४ सालतिर राजतन्त्र विधिवत अन्त्य भएको घोषणा तत्कालीन पुनस्र्थापित संसद्बाट भयो।नेपाल गणतान्त्रिक युगमा प्रवेश गर्‍यो। जनताले राजतन्त्रलाई फालेपछि सबै विस्तारै व्यवस्थित भइहाल्छ भनेर आशा गरेका थिए। तर आजसम्म त्यो आशाको त्यान्द्रो पनि कता चुँडिने हो कि भन्ने डर नेपाली जनतालाई लागेको छ। यसो हुनुका मुख्य कारणहरू यस पंक्तिकारको दृष्टिमा लागेका एक/दुर्इ कुरा यस लेखमा पेश गर्ने जमर्को भएको छ।

यस देशका नेताहरू जसले राजनीतिक आन्दोलनहरू त सफल गराए तर ती सफलतालाई संस्थागत गर्न सकेनन्। निश्चित रूपले केही नेताहरू जस्तै बीपी कोइराला, गणेशमान सिंह, पुष्पलाल श्रेष्ठ, मदन भण्डारी आदि जस्ता अत्यन्त लोकप्रिय नेताहरू नदेखिएका होइनन्। तर उनीहरूले पनि विभिन्न कारणले प्राप्त सफलतालाई संस्थागत गरी सुदृढ गर्न सकेनन्। नेपालको राजनीतिमा परिवर्तन ल्याउँछौं नी भनेर लागेका मुख्य दुर्इ राजनीतिक शक्ति काङ्ग्रेस र कम्युनिष्ट पनि अनेक गुट उपगुटमा विभाजित भए भने कम्युनिष्ट शक्ति त झन क्षत विक्षत नै भएको देखियो। किनभने कम्युनिष्ट नामधारी दल र समूहहरू नेपालमा करिब ३०/४० वटा भइसके। काङ्गेस र कम्युनिष्टका नेताहरू -एकाधबाहेक) सबैले राम्रो राजनीतिक संस्कार र अनुशासित व्यवस्था आफ्ना आफना पार्टीभित्र र पार्टीबाहिर लागू गर्न सकेनन्। उनीहरूले एक पक्षमा सत्तामा पुगेपछि सकारात्मक भई प्रजातान्त्रिक ढाँचामा प्रतिस्पर्धा गरी इमान्दार प्रतिपक्षको भूमिका निभाउनुभन्दा पनि जसरी हुन्छ सत्तामा पुगेकालाई सत्ताबाट झार्ने काम मात्र गर्न थाले। नेताहरू केवल सत्ता सङघर्षमा मात्र लागे। उनीहरूले सत्ता बाहिर बसेर पनि धेरै आर्थिक, सामाजिक, जनचेतना बढाउने, राजनीतिक पूर्वाधारहरू बनाउँदै लाने पक्षमा काम गर्न सक्थे जसमा पटक्कै ध्यान पुर्‍याएनन्। जसरी पनि सत्तामा पुगेकालाई सत्ताबाट झार्ने मात्र विचार गरे भने सत्तामा पुगेका पार्टीरू पनि विभिन्न गुट उपगुट बनाउँटै फोहोरी खेलमा लागे र राम्रो संस्कार बनाउने, राजनीतिक पूर्वाधारहरू सुदृढ पार्ने, रोजगारी बढाउने जस्ता आधारभूत कामहरू एकदम कम भयो।

यसैको फलस्वरुप नेपालमा राजनीतिक वातावरण उपयुक्त भएन। जनतामा उचित शिक्षा, समुचित स्वास्थ, आर्थिक अवसर, रोजगारीका पर्याप्त अवसर भएन। यसमा एकथरि जाति समूह र समुदायका जनता लाभान्वित हु“दै गए। बहुसंख्यक जनता विभिन्न अवसर, विकासको फल पाउने अवसरबाट वञ्चित हु“दै विदेशमा समेत पलायन हुनुपर्ने अवसर पाए। यसै अवस्थालाई उपयोग गर्दै केही अर्का थरी राजनीतिक नेताहरू नेपालमा देखा परे जसले जनताका यस्ता निराशाजनक अवस्थाको क्यास गर्दै (प्रयोग गर्दै) उनीहरूलाई साम्प्रदायिक रूपले भड्काउने प्रयास गर्न थाले। कसैले हाम्रा फलाना समुदायलाई जानाजानी सुनियोजित ढंगले पछि पार्‍यो भन्दै आन्दोलित गराए। यसरी नेपाली नेपाली बीचमा अविश्वास पैदा गराए। र विभिन्न खाले राजनीतिक द्वन्द्व समेत उत्पन्न गराए। यसैको फलस्वरुप धार्मिक विखण्डन, क्षेत्रीय विखण्डन, जातीय द्वन्द्व गराउने शक्तिहरू हावी भए। यसले गर्दा राजनीतिक स्थिरता भएन। दुर्इ-दुर्इचोटी संविधानसभाको चुनाव भएर पनि करिब एक दशकको समय पूरा भए पनि नेपालको नया“ संविधान बन्न सकेको छैन। अहिले पनि संविधान आउँछ कि आउँदैन र आइहाले पनि नया“ आएको संविधानले काम गर्छ कि गर्दैन भन्ने असंख्य प्रश्नहरू यथावत छ“दैछन्। यसमा पनि हाम्रो राजनीतिक अवस्था कमजोर भएको अवस्था पारेर नेपालको धरतीलाई आफना रणनीतिक आवश्यकता पूरा गर्न नेपाललाई आफ्नो नियन्त्रणमा पार्न विदेशी शक्तिहरूले खेल्ने र हस्तक्षेप गरेकै छन्।

राजनीतिक स्थिरताको लागि अहिले नेपालको लागि एउटा संविधान अवश्य चाहिएको छ। तर नेपालका सबै पक्ष र सबै राजनीतिक शक्ति केन्द्र, सबै समूहलाई चित्त बुझाएर मात्र संविधान बनाउँछु। वा नामांकल र सीमाड्ढन समेत पूरा गरेर सबै समुदायलाई चित्त बुझाउन खोज्नु सम्भव देखिन्न। यस्तो गर्नु भनेको पानीको फोहोरा र आगो एकै ठाउँमा पार्ने भन्ने जस्तै मात्र हुन्छ। जस्तै अहिले पहिचानसहितको सङ्घीयता -जस्तै तमुवान, लिम्बुवान, थरुहट, एक मधेस एक प्रदेश) जस्ता नाराहरू घन्किएकै छन्। अर्को थरीले सङ्घीयता आएमा देश नै विखण्डित हुन्छ। सार्वभौमिकता नै खतम हुन्छ भन्नेहरू पनि छन्। देशले यी दुर्इ अतिवादबाट बचाउँदै मध्यममार्ग अपनाउँदै अगाडि बढ्नुपर्छ। सङ्घीयतामा जानै नहुने भन्ने कुरा पनि सायद छैन तर हामीलाई यस्तो सङ्घीयता चाहिन्छ जसले हाम्रो राष्ट्रियता बलियो होस्। यदि हाम्रा भावनाहरू, नीतिहरू र संवैधानिक प्रावधानहरू व्यवहारिक र स्पष्ट छ भने हालको ७५ वटा जिल्लालाई ७५ वटा सङ्घ बनाए पनि केही फरक पर्दैन। तर हामी आफै स्पष्ट छैनौं हामीले राम्रा प्रावधानहरू राखेर सुशासन र अनुशासन कायम गर्न सकेनौं भने हाल जानकारीमा आएको ७ प्रदेश मात्रै कायम भए पनि नेपालको समस्या र द्वन्द्वको अवस्था जस्ताको तस्तै हुनेछ। त्यसैले हाल सत्तामा रहेका नेताहरू, सत्तामा जान हतारिएका नेताहरू र हाल आन्दोलन गरेका नेताहरू अत्यन्त जिम्मेवारीको भावना लिएर अगाडि बढ्नुपर्छ। नत्र नेपालको भविष्य अरु अनिश्चित र अकल्पनीय हन सक्ने सम्भावनाप्रति सबैलाई ‘चेतना भया’।

अन्तमा केही ठोस सुझाव के दिन सकिन्छ भने हामीले राष्ट्रिय सरोकारका विषयहरूमा जनमत संग्रह गर्दै जनताको मतलाई व्यवहारिक विश्लेषण गर्दै, बुझ्दै, बहुसंख्यक जनताको हक, अधिकार, आशा, आकांक्षा, चाहना पूरा गर्न सबै तहका नेतामा दृढ इच्छा हुनुपर्दछ। यस्तो जनमत सड्ढलन गर्ने, विश्लेषण गरेपछि आएको परिणामशहरू आफ्नो अनुकूल नआए पनि, आफ्नो अपेक्षाअनुरुप नभए पनि स्वीकार्न सक्ने चौडा छाती हुनुपर्दछ।

Related News

सम्बन्धित समाचार

  • मनोसामाजिक अपांगता के हो ?

    सुदीप घिमिरे मंसिर १७, २०८०
    राइनास नगरपालिका लमजुङका एक वडा अध्यक्षले अपांगताको अधिकार वकालत गर्न सुरु गरेका छन् । गत महिना आयोजित एक कार्यक्रममा मनोसामाजिक…
  • तिलकदाइको सम्झनामा

    हरि अधिकारी मंसिर १३, २०८०
    विख्यात लोकतन्त्रवादी नेता तथा पूर्वी नवलपुर, गैंडाकोट क्षेत्रका अग्रणी सामाजिक अभियन्ता तिलकप्रसाद सापकोटा कीर्तिशेष हुनुभएको एक वर्ष पूरा भएको छ…
  • अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध

    राजेन्द्र भण्डारी कार्तिक ३, २०८०
    अभिभावकज्यूहरू, मौसम बिस्तारै उष्णबाट शीतोष्णमा परिवर्तन हँुदै छ । अर्कातर्फ हाम्रा संस्कृतिका अभिन्न धरोहरहरू हाम्रा घरआँगनमा प्रवेश गरिसकेका छन्; कतिपय…
  • फेलको फेहरिस्त

    शेषराज भट्टराई असाेज २२, २०८०
    विद्वान्हरू भन्ने गर्छन् ‘विद्यार्थी र शिक्षक कहिल्यै फेल हुँदैन । फेल हुने भनेको सिकाइ विधि हो । सिकाइ विधि फेल…
  • नागरिकको समय नै देश विकासको आधारशिला

    डा. दीपकप्रसाद बास्तोला असाेज २२, २०८०
    नेपाल संसारकै एक पुरानो देश हो । यस कुरामा हामी सबै नेपालीहरूले गर्व गरेका छौं । देश विकासको लागि एक…

hero news full width