शान्ति, सुख, आनन्द, परमानन्द आदि शब्द उस्तै-उस्तै लागे तापनि केही न केही भिन्नता भने अवश्य नै पाइन्छ। शान्ति भन्नाले मनको स्वस्थ अवस्था सुख दुःख आदिबाट नविथोलिने मनस्थिति खलबली कचकच आदि नरहेको बेला, विषयवासनातिर मन नलोभिएको अवस्था कामक्रोध लोभ मोह आदिमा नजेलिएको स्थिति, ग्रहशान्तिको अवस्था क्रान्ति समाप्तिको स्थिति हो भने अनुकूल परिस्थितबाट हुने शान्तिको अनुभूति, हर्ष, आनन्द, अर्काको भलाई गर्न पाउँदाको रमाइलो वोध, इच्छा पूरा हुँदाको मज्जा, तृप्ती सन्तुष्टि आदिलाई सुख भनिएको पाइन्छ। त्यस्तै ज्यादै मन परेको कुरा पूर्ण हुँदा वा गर्न पाउँदा हुने सुखमय अवस्थाको अनुभूति, खुसी, प्रशन्नताको अवस्था र ब्रÞमको साक्षात्कार वा त्यसैको ज्ञानबाट हुने परम सुखलाई आनन्द वा परमानन्द भनिन्छ।
हामी शान्ति खोजिरहेका छौं। जुन शान्तिलाई प्राप्त गरी जीवन सुखी बनाउन चाहन्छौं। त्यो त आफैसँग छ। बाहिर खोज्ने कुरै हैन। हाम्रै हृदयभित्रै छ। यो बाहिरी संसार दुखालय हो भन्ने कुरा जान्दा जान्दै पनि मानिसले सुख शान्ति नै सतहमा खोजिरहेको छ। यो क्रम अनादिकालदेखिचलिरहेको छ। मानिसले खोजेको कुरा सुख शान्ति आजसम्म कसैलेपाएको छैन। आफूले खोजेको कुरा नपाउँदा मानिस अशान्त छ, व्याकुल छ, शान्तिको अनुभूति गर्न पाएकै छैन। त्यसैले यो विश्व ब्रम्हाण्डका मानिसहरू अशान्ति र अतृप्तीको चक्करमा फनफनी घुमिरहेका छन्। गोता खाइरहेका छन्। आज विश्वभर एउटै सामूहिक नारा छ विश्वशान्तिको। तर नारा लगाउँदैमा, भाषण दिँदैमा, समारोहमा प्रस्ताप पास गराउँदैमा, शान्तिसन्धिमा हस्ताक्षर गर्दैमा सेता परेवा उडाउँदैमा विश्व शान्तिको कामना गर्दैमा वादलले आकाश ढाकेसरी शान्लिे यो ब्रम्माण्डलाई ढपक्क ढाक्नेवाला छैन। आफ्नो कल्याण चाहनेले आफू को हो खोजी गर्नुपर्दछ। आफू र शान्ति पर्यायवाची शब्द हुन्। आफू फेला पर्यो भने शान्ति फेला परिहाल्छ।
अधिकांश मानिस भौतिक सुख शान्तिलाई नै शान्ति हो भनि भ्रममा परिरहेका छन्। वास्तवमा यस्तो भौतिक सुख शान्तिको कुनै अस्ितत्व नै छैन। धन, सम्पत्ति, पत्नी छोरा छोरी जायजेथा घर, मोटरकार बैड्ढ व्यालेसन्स पद प्रतिष्ठा, मान सम्मान यी सबै भौतिक सुख सुविधा भौतिक जगतलाई सत्य मान्ने आध्यात्मिक चिन्तन नभएका मानिसको निमित्त मात्र हो। यो भ्रमको जालो मात्र हो। यसमा वास्तविक सुख शान्ति हुदैन। किनकि भौतिक सुख शान्तिबाट मानिसहरूलाई सुख शान्ति होला तर आत्मालाई शान्ति मिल्दैन।
भौतिक पदार्थमा शान्ति देख्ने मानिसले बाटो विराएका हुन भन्न अतियुक्ति नहोला किनभने जहाँ शान्ति छैन, यिनीहरू त्यही शान्ति खोजिरहेका छन्। बाहिरी सतहमा खोजेर शान्ति प्राप्त हुन सक्दैन। शान्तिको वासस्थान बाहिर हुँदैन हृदयभित्र हुन्छ। उसको स्थायी बसोबास आत्मा नै हो शान्तिको भण्डार आफैभित्र छ। अहिले यो शान्तिको भण्डार बन्द छ। त्यो भण्डारको साँचो खोल्न आध्यात्मिक चिन्तनको आवश्यकता छ। हाम्रा वेद, पुराण उपनिषद् र ब्रम्ह विद्याको सहायताले आफ्नै वन्द हृदयभित्रको विर्को खोल्नुपर्छ। आत्मा चिन्नुपर्दछ त्यही शान्ति फेला पर्छ। आत्मालाई चिनी यसैलाई केन्द्र विन्दुमा राखेर आत्माको सम्मान गर्दै जीवनयात्रा गर्नुभयो भने तपाइँको यहलोक परलोक दुवै सप्रन्छ दुवैलोकमा शान्ति पाउनु हुन्छ। यो आत्मा भन्ने वस्तु पञ्चकोषभित्र रहेको हुन्छ। अथक प्रयासले मात्र भेट्टाउन सकिन्छ। खोजिनेवाला र खोजनेवाला दुवै शान्त स्वरूप नै हुन्। आफैले आफूभित्रको आफैलाई खोजी गर्दा नभेट्टाएर हामी संसारिक प्राणीहरू दुःखको भुमरीमा परिरहेका छौं। शान्तिको सास फेर्न सकेका छैनौं। शान्ति सतहमा खोजेर पाइने वस्तु हैन हामी त्यही सतहमा खोजीरहेका छौं। देह जड हो आत्मा चेतन हो भन्ने अनुभूति गर्न सके म र मेरो भन्ने भावना त्याग्न सके त्यसैमा शान्ति, शुख, आनन्द र परमआनन्द छ। दृश्य संसारको शान्ति भनेको अशान्तिको सच्चा स्वरूप हो। अदृश्य (भित्री) संसारको खोजी विना शान्ति प्राप्त हुदैन। शान्ति स्वधर्ममा छ, परर्धर्ममा छैन। शान्ति सरलतामा छ, आडम्बरमा छैन। शान्ति अद्वैतमा छ, द्वैतमा छैन। शान्ति सुसुप्तीमा छ, जागित र स्वप्नामा छैन। शान्ति त्यागमा हुन्छ सञ्चयमा छैन,। विषयवस्तुको त्यागले मात्र शान्ति प्राप्त हुदैन। विषयका वासनाको परित्याग गर्नु सक्नुपर्दछ। आफू भनेको ब्रम्ह हो। वेदमा भनिएको छ-‘अहं व्रम्होस्यी’, यसैले म आफू ब्रम्ह नै हूँ भन्ने दृढ निश्चय गर्न पर्दछ। म ब्रम्हभन्दा भिन्न हैन भन्ने भावनाले आफूभित्रको ब्रम्हसँग रमाउनु त्यसैमा शान्ति छ।
योग वशिष्ठमा भनिएको छ, शान्ति प्राप्त गरी चिदाकासमा स्थित हुन चाहनेले विषय बासना र बानारका जस्तो चञ्चल स्वभाव भएको मनको नाश गरेपछि मात्र शान्ति प्राप्त हुन्छ। यो मन जीवित प्राणीको शत्रु हो। यसलाई वैराज्ञरूप खड्ग प्रहार गरी नाश गर्नुपर्दछ। श्रीमद्भागत गीतामा भनिएको छ मन र इन्द्रियहरूको दास हुने मानिसको निर्णय गर्ने शक्ति हुँदैन। अन्तसकर्णो भाव पनि हुँदैन। भावना रहित मानिसलाई सुख शान्ति कहिल्यै मिल्दैन। अष्ट्रावक्र गीतामा राजा जनकलाई उपदेश गर्दै ऋषि अष्ट्रावक्र भन्नु हुन्छ ‘हे राजसी जनक अनादिकालदेखि तिमी देहाभिमानको पासोले बाधिएका छौं। त्यो वन्धन चुँडाल्न सकिरहेका छैनौं। वन्धन मुक्त भै शान्ति प्राप्त गर्न चाहन्छौं भने आफूलाई म वोधस्वरूप हू“, अखण्डपरीपूर्ण आत्मा स्वरूप हूँ, म ब्रम्ह नै हूँ, म र ब्रम्हमा कुनै भिन्नता छैन, भन्ने दृढनिश्चिय गरे र ज्ञानरूप खड्गले पासोरूपी वन्धन काटी सदाका लागि शान्ति हात पार’ गीता, उपनिसद मोक्षपरक शास्त्रहरूको अध्ययन गरी अनुभव गर्दा शान्ति खोज्न अन्यत्र जान पर्ने देखिँदैन। शान्ति आफूभित्रै छ। केवल दृष्टिकोण बदल्न पर्ने देखिन्छ। आफू भन्दा भिन्न वस्तुमा शान्ति खोजिनु गलत हुन्छ। शान्ति भनेको तपाइँ हामी सबैको आफ्नै स्वरूप हो त्यही नै आत्मा, त्यही इश्वर त्यही ब्रम्ह हो। आत्मा (आफू) तिर फर्कुनुपर्छ, जताततै शान्ति नै शान्ति प्राप्त हुन्छ।
Related News
सम्बन्धित समाचार
मेरो ओलम्पिक यात्रा संस्मरण
‘स्व’ को खोजीमा प्रतीक्षा
गण्डकीमा विपद् जोखिमको अवस्था, पूर्वतयारी र न्यूनीकरण
नमच्चिने पिङको सय झड्का (हास्यव्यङ्ग्य निबन्ध)
बालकथा : मौकाको साटो
hero news full width
मुख्य समाचार
क्षतिग्रस्त पुल र सडक निर्माणमा २५ अर्ब लाग्ने
बाढीपहिरो प्रभावितलाई गण्डकी सरकारको ५० लाख
असाेज १७, २०८१विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु, नवदुर्गाले खिच्यो ध्यान
असाेज १७, २०८१गोरखा दरबारमा विधिपूर्वक जमरा राखियो
असाेज १७, २०८१सर्वोच्चले भन्यो–जोशीलाई हिरासतमुक्त गर्न सकिने
असाेज १७, २०८१स्वास्थ्य मन्त्रालय परिसरमै लामखुट्टेको बासस्थान !
असाेज १६, २०८१