मध्यकालमा धर्मयुद्धमा मारिएर वीरगति प्राप्त गर्ने योद्धालाई शहीद भनिन्थ्यो। फारसी भाषाको ‘शहीद’ जस्तै रोमन भाषाको दुवै उस्तै अर्थ दिने शब्द हुन्। :बचतथच पनि ऋचगकबमभ अर्थात् धर्मयुद्धमा मारिएकालाई प्रयोग गरिने शब्द हो। स्वधर्म र स्वजातिलाई आफ्नो अस्तित्व ठान्ने जमानामा उपर्युक्त शब्दहरू बनिए पनि अहिलेको राष्ट्रियता र मानवता प्रधान रहेको युगमा केही फरक तर बलिदानसँग जोडिएर ‘शहीद’ शब्द आउँछ। ठाउँ अनुसार बलिदानको उद्देश्य फरक हुन सक्छ तर ती सबै बहुजनको हितमा रहेको पाइन्छ। धेरैजसो देशहरूमा राष्ट्रिय स्वतन्त्रताको आन्दोलनमा मृत्युवरण गर्नेलाई शहीद भनिएको पाइन्छ। हाम्रो लगायत कतिपय देशमा लोकतन्त्रको लागि मानिसहरू शहीद भएका छन्। जेजस्तो परिवेश रहे पनि शहीद भनेका समाजका ती सपुत हुन् जसले आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर समग्र हितको निम्ति जीवन उर्त्र्सग गरे।
कवि/साहित्यकारहरूले भन्ने गरेको प्वाँख जस्तो हल्का नभै पहाड जस्तै गह्रुङ्गो मृत्यु नै शहादत हो। हाम्रो देशमा इतिहासका थुप्रै कालखण्डमा हाम्रा पुर्खाहरूले यस्तै खाले मृत्यु मरे। कहिले जन्मभूमिको स्वतन्त्रता खाँतिर त कहिले निरङ्कुशता र तानाशाहीको विरुद्धमा। लोकतन्त्र र जनताराज्य स्थापना खाँतिर उनीहरूले बलिदान गरे। नेपाल राज्य स्थापना कालमा बंशराज, केहरसिंहहरू अनि साम्राज्यवाद विरुद्धको लडाइँमा वलभद्र, अमरसिंहहरू सामूहिक स्वार्थकै लागि लडेका थिए। निरङ्कुशता विरुद्ध आवाज उठाउने लखन, गंगालाल, धर्मभक्तहरूको लडाइँ पनि सामुहिक स्वार्थकै लागि थियो। इतिहासका सबै चरणमा हाम्रा पुर्खाले गरेको वलिदान निस्वार्थ थियो। साम्राज्यवाद होस् या सामन्तवादको विरुद्धमा उनीहरू लडे, वीरगति प्राप्त गरे र शहीद भए। हाम्रो सर्न्दर्भमा अझ देश भित्रका सामन्तहरूसँगको संघर्षमा शहादत हुनेहरू बढी छन्। यहाँ जन्मेर आफ्नो लागि मात्र बाँच्नेहरू धेरै हुन्छन्। तर मान्छे हुनुको अर्थलाई अरु सबैको भलाईसँग तादाम्यता राख्ने र त्यस्तै जीवन बाँच्नेहरू कमै हुन्छन्। शहीद भनेका आमाका थुप्रैमध्ये तिनै असल छोराछोरी हुन्।
प्रत्येक वर्षको माघ महिनामा हामीहरू यिनै निस्वार्थी वलिदानीहरूलाई सम्झन्छौं। हाम्रो इतिहासका थुपै्र यस्ता पात्रहरू मध्ये वि.सं. १९९७ को माघ महिनामा शहीद बनेका नेपाल आमाका चारजना असल छोराहरू गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराज शास्त्रीको सम्झनामा शहीद दिवस आह्वान गर्दछौं। यी चार जना तत्कालीन क्रुर शासक जुद्ध शमसेरबाट मारिएका थिए। राज्यलाई आफ्नो बाबुको बपौती ठान्ने र जनतालाई रैति र कमारा सम्झने राणाहरूको विरुद्धमा आवाज उठाउनेहरूको अग्रपंक्तिमा यी चारजना वीर पनि थिए। यिनीहरूको आवाजले आफ्नो स्र्वर्ग हल्लिँदा राणाहरूले यिनलाई मारे। यिनीहरूको निडर र अटल आत्म स्वाभिमानपूर्ण कामले तत्कालीन तानाशाही अन्त्यको सुरुवात गरेको थियो। त्यसै अर्थले थुप्रै शहीदको लामबाट हामीले यिनीहरूलाई प्रतिनिधि शहीद ठानेका हौं। र माघ १६ लाई शहीद दिवसका रूपमा स्मरण गर्ने गरेका छौं।
हामी नेपालीको इतिहास नै वलिदानीले भरिएको छ। एक सय चार वर्षको राणाकाल मात्र हैन जहिल्यै हामीहरू स्वशासन र सुशासनबाट वञ्चित रह्यौं। विश्वमै वीर भनेर कहलिएका हामी आफ्नैहरूसँग हारेर बाँचिरह्यौं। सधैँभरि घरभित्र पराई बन्दै थिचिनु र दबिनु हाम्रो नियति बन्यो। क्षितिजभरि गुञ्जिने हाम्रो वीरता घरभित्र जहिल्यै पराधिनताको आँसुको नुनिलो ढिका बनिरह्यो। प्रत्येक पटक हामीले लड्नुपरिरहेछ। हिजो भक्ति थापाहरू लडे। कृष्णलाल सापकोटाहरू गुमनाम भए। चिनियाकाजीहरू ढले। राम, लक्ष्मण र यज्ञबहादुरहरू, वीरेन राजवंशी, नेत्र कुँइकेलहरू अनि कृष्णसेन, सुरेश वाग्लेहरू, सबै सबै तानाशाहका निशाना बने।
हामीले गौरवका साथ लिने गरेको शहीद शब्द र शहीदहरू हाम्रा आदरणीय हुन्। उनीहरूको आत्म बलिदानीको हृदयबाटै सम्मान गरिनुपर्छ। शहीद शब्द भजाएर दुनो सोझाउने स्वार्थी प्रवृतिलाई निरुत्साहित पार्नुपर्छ। बरु राज्यले शहीदहरूको सच्चा सम्मान गर्ने वातावरण बनाउन उपयुक्त राष्ट्रिय नीति तर्जुमा गर्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
मनोसामाजिक अपांगता के हो ?
तिलकदाइको सम्झनामा
अभिभावकहरूलाई एक प्रधानाध्यापकको अनुरोध
फेलको फेहरिस्त
नागरिकको समय नै देश विकासको आधारशिला
hero news full width
मुख्य समाचार
फेवा किनारका जलारीको गुनासो : आजसम्म थाहा छैन हामी को हौं ?
मुग्लिन-पोखरा सडक : नौ किलोमिटर खण्डमा एकतर्फी कालोपत्र सकियो
मंसिर १९, २०८०पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट, किसान चिन्तित
मंसिर १९, २०८०मदरल्याण्डद्वारा विद्यार्थीलाई २ लाखसहित सम्मान
मंसिर १९, २०८०पर्यटन बसपार्क जिम्मा ए वानलाई
मंसिर १९, २०८०१९ औं लेखनाथ महोत्सवमा ९० लाख आम्दानी लक्ष्य
मंसिर १८, २०८०